Skip to main content

अदितिको साथी [कथा]

“मलाई अदितिको नङ्ग टोक्ने बानि मन पर्दैन।” अदितिसँगको मेरो पहिले गुनासो यही थियो । आज म हजार कोशिस गर्दछु, तर अँह त्यो जस्तो निश्चल मन दुखाई गर्न सक्दिन । त्यस्तो मीठो उजुरी उठ्दैन । भोगाइका एउटा होला, पात्र एउटा होला, घडि एउटा होला तर यहाँ भाव सापेक्षिक हुदाँ रहेछन् । अभ्यस्थ भोगाइका भावना ब्यवसायिक भईदिँदा रहेछन । घटिमा मेरा लागि ।

Aditi-ko-Saathiउ बायोलोजी ग्रुपमा रहिनछे । मेरो अंग्रेजीको क्लास सँगै भएर मनमा निकै घिउ पोखिसकेको थिए । पहिलो मन पराइ, पहिलो माया डरलाग्दो हुन्छ । रन्कोमा कसो म फिजिक्स ग्रुपमा सरुवा भइन । हुन त नगएर पनि लछारपाटो केहि लागेन । ‘बायोलोजी’ पढ्ने सबै डाक्टर कहाँ भइदिदाँ रहेछन र । एक हेराइ मनग्गे थियो, अदिति मन परिन् । माया लागे जस्तो भयो । शुरुमा अंग्रेजी कक्षा मात्र थियो । बिस्तारै ल्याब रिपोर्ट, फिजिक्स ट्युसन, क्यान्टिनका खाजाले मेरो मायाका डोरा बाट्दै गए । झन हेर्यो झन माया लाग्ने । अल्लारे बैंश अनि बैंशको सपना, म निकै पुलकित थिए ।

टोलाएको हेराइ र ओल्सिएको बोलाइले मात्रै मायालुका मनमा माया प्रसारित हुने भए संसार अर्कै हुन्थ्यो होला । यहाँ व्यक्त नभएका माया कतिले नै पो बुझ्दछन र! संसार किन पो सजिलो भइदिन्थ्यो । २० भन्दा अगाडि कोहि मन पराउनु, मन पर्यो भनेर भन्नु, केहि प्रयास पछि जवाफ पाउनु एउटा मेलो । तर मनपरेकि केटीलाइ आफ्ना धेरै जसो साथीभाइले मन पराउनु, दुइ-चार ले चाँहि उही सामु गएर भनि टोपल्नु अनि त्यस्ता मायाका अनेक प्रस्ताव खाएर थेत्तरी भएकि केटीलाई आफ्नो बनाउनु चाँहि ठाडो भिर जोत्नु भन्दा गाह्रो । तर बैशंको आँट नै बेग्लै, माया बेग्लै अनि मायाका कसरत बेग्लै । म बिना प्रयास हार किन पो स्वीकार्थे !

मैले निकै तयारी गरे । पहिले माया हार्ने आँट कसको हुन्छ र! अदितिका काकालाई नमस्कार ठोकियो, उसका साथीको बस भाडा तिरियो । कलेजका बाटा फेरिए । दौंतरीका गुनासा खेपिए । अनेक तान बुनियो । म माया जित्ने दौडमा थिए, निकै ब्यस्त थिँए ।

दिन आयो, मौका आयो । अदितिका नजानिँदा इशाराले हौसला दिए । मैले आँट जुटाँए । तपशिल काटेर भन्दा उनले लजाएर स्वीकारिन् । म पास भए ।

मायाको स्वीकारोक्ति बढो अप्ठेरो अनुभव थियो । एकोहोरो पिरोलिएको अल्लारेलाई मायाले हुन्छ भनिदिदाँ नचाहिंदो हलुंग्गो भयो । न आकाश, न धर्ति केवल मायाको स्वीकारोक्ति मात्र बाँकि हुँदोरहेछ । एउटा असहज निर्वाण पाए मैले । तर त्यो अनुभव क्षणिक मात्र । पलभरमै बर्षिने अनेक जिम्मेवारी थिचेर जस्ताको त्यस्तै । आखिरमा बच्ने सावाँको संघर्ष ।

अदितिले स्वीकारेपछि मेरो रुटिन फेरियो । अनि मायाका नियमित भेट, कलेजका हिंडाइ, छड्के हेराइ, मस्केका ठुस्काइ, लबस्तरो हाँसो, के-के हो के-के । त्यो समय त के बित्यो बित्यो । क्या जीवन बित्यो ।

मेरो आई एस्सी, सकियो । उनि फिजिक्स ग्रुप, ‘प्रोग्रेस’ तिर लागिन् । आफू ‘नेम’ धाइयो । भेटघाट केहि कम भयो, स्वभाविक थियो । एन्ट्रान्स कोचिङ्गका दिन चल्दै गए । फुर्सद अनुसार अदितिसँग भेटहुन्थ्यो । बाँकि संसार ‘नेम’ मै आउँथ्यो । समय चलेकै थियो । केहि महिना पछि कोचिङ्ग सकियो । उनले इन्जिनियरिङ्गको पढाइ थालिन ।

मेरो नाम महाराजगन्जमा निस्केन । बिपिमा पनि निस्केन । शिक्षा मन्त्रालयमा पनि पुछार तिर ।

‘इन्जिनियरिङ्गको पनि एन्ट्रान्स दिन पर्ने !’ घरमा पनि यहि राग, अदितिको पनि यहि राग । जोश थियो, आफूमा बिश्वास थियो । मैले पहिलो पटकमै किन हार मान्थे र । घुँडा जोतेर मेहनेत गरे । अदितिलाई कम भेटेर पनि एन्ट्रान्स तयारीमा लागें अनि दोस्रो पटक एन्ट्रान्स दिंए ।

अँह, यो पटक पनि नाम निस्केन । न महाराजगन्जमा, न बिपिमा । अनि इन्जिनियरिङ्गको राग फेरि शुरु ।
बैंशमा हजार तान बुनेर मायाको संघर्ष जित्नु एउटा कुरा । तर महाराजगन्जको एन्ट्रान्स मा २-२ चोटी पछारिएर बैक्लपिक पढाइ रोज्नु अर्कै कुरा । मेरो पीर दीप श्रेष्ठकै भाकामा सँग मिलेको थियो । उपाए थिएन, मैले पनि शुरु गरे “इन्जिनियरिङ्ग” ।

कहिले काँहि समय यस्तो उत्ताउलो भइदिन्छ, गुनेका सबै कुरा उत्तानो पर्छन् । उमेर सोह्र होस या सत्तरी, कतिले यहाँ मायाका लागि आनन्द मनले संसार हारेका छन्, हार्दैछन्, फेरि पनि हार्नेछन् । तर हारेको लडाँईमा माथि माया हार्न पर्दा भने नमिठो बिझाउँछ । मैले अदितिलाई हारि नै हालेको त होइन तर उनि पढेको कलेमा भन्दा अर्कै कलेजमा भर्ना हुन पर्ने भयो । बाउले चिनेका मान्छे ठाउँमा भइदिंदा तन्नेरी छोरालाई अनेक अफ्ठेरा पर्दछन् । बुवाको चिनजानले मेरो ‘इन्जिनियरिङ्ग’ निकै सस्तोमा मिल्ने भयो, तर बिडम्बना अर्को कलेजमा । कहाँ मेरा मायाका सपना, कहाँ इन्जिनियरिङ्गका मोलतोल । मैले निकै तर्क राखे, सबै फोस्रा भइदिए । एकपछि अर्को ठेस, समाजले आफूलाई चिनाउँदै थियो । म समाजलाई चिन्दै थिए ।

मेरो पहिलो बर्ष शुरु भयो । पढाइ घस्रिन थाल्यो । मायाका भेटहरु हाट सरह हुन थाले । हामी कि शनिबार कुर्दथ्यौं कि उपत्यका बन्द । हामीलाई भेटन बहाना चाहिन्थ्यो, कहिले जुट्थ्यो कहिले जुटाउन पर्दथ्यो । म महाराजगन्जको ठोकर पछि गमी भएको थिंए । तन्नेरी जोश पछारिएको थियो, अदिति भन्दा एक ब्याच जुनियर थिए । कैयन पटक भाले अस्तित्वको सोचाइ नआएको होइन । तर यहाँ बार्नेलाई रुघा लाग्छ । सुस्केराले उडाइ जाने माया थिएन मेरो, मैले जानेको त्यहि हो । मैले मेरो माया त्यति हलुको हुन किन दिन्थे र । मैले डाक्टरी सपना हारेको अवस्य थियो । तर अदिति मेरो सत्य थिइ । मैले उसलाई जितिरहेको थिंए, उसले मलाई जितिरहेकि थिइ ।

अदिति लगभग उस्तै थिइ, बोलिरहन पर्ने । अझ उसका बातमा ‘इन्जिनियरिङ्ग’ छिरेको थियो । उ कुरा पोख्दथि, फिंजाउँथी, चलाउँथि । म एकनास उसका कुराहरु टिपिरहन्थे । बेला बेला म उसका कुरा पक्रन्थे, उ रिसाउँथि । एकै छिन बोल्दिन थिइ, म फकाए झैं गर्दथे, उ फकिइदिन्थी । समय निमेषमै बित्दथ्यो । हिड्ने बेलामा म अदितिका सबै कुरा बटुल्थे, पोको पार्थे अनि उ बाट पर हुँदा एकान्तमा फुकाएर मिलाउँथे, सजाउँथे ।

माया पनि भाग हुँदा रहेछन । अध्याय हुँदा रहेछन । अनुच्छेद हुँदा रहेछन । म सम्झंछु, हो त्यहि बेला, मेरो मायाको त्यहि अध्यायमा मलाई आइ एस्सीको मायाको अध्याय सांकेतिक लाग्दथ्यो । जाबो छड्के आँखा हेराइ, २-४ लबस्तरा हाँसो अनि मायाको स्वीकारोक्तिलाई के सम्पूर्ण माया भन्नु । मैले मायाको त्यो अध्यायबाट अघिल्लो अध्यायलाई त्यस्तै देखे । तर बिडम्बना कथा नसकिएसम्म अध्यायका जोखाइ चोखा भन्न के सकिन्छ र! यहाँ भोगाइले जोख्ने सत्य र तिनका अनुभवले जोख्ने सत्य फरक भइदिन सक्दा रहेछन । भोगाइ भन्दा तिनका अनुभवको भार बढि हुँदो रहेछ ।

‘इन्जिनियरिङ्ग’ चल्दै गयो । म अब्बल बिद्धार्थी भने भइन । धाएको खेती, धाएको माया उस्तै उस्तै रहेछ । मायामा लागेका तन्नेरीका अनेक जिम्मेवारी थिए । म जसोतसो धान्दै थिए । तर पनि हाम्रो मायाको कुरो हामीले सकेसम्म लुकाएर नै राखेका थियौं । चुनिएका केहि र पुराना केहि साथीहरुलाई मात्र थाहा थियो । कलेज फरक भएकाले पनि धेरैले थाह पाउन सकेका थिएनन् । साथीभाइका मायाका कुरा चुहिंदा म मन्द रुपमा दंग पर्दथे । मेरो कुरो लुकाउन सकेकोमा ।

विचारहरु स्वतन्त्र मनमा धेरै उम्रिन्छन्, ब्यस्त मनमा भन्दा । मेरो मन व्यस्त थियो, मेरा सपना व्यस्थ थिए । म खुसी थिए । तर मनलाई परिवर्तन हुन घटना घट्न पर्दैन । एउटा झिनो तरंगले छोइयोस, निमेषमै मन एक ब्रम्हाण्ड बाट अर्कोमा ब्रम्हाण्डमा पुगिदिन्छ । हामी मनको यो गतिको अगाडि निरिह छौ । अनि एउटा भावना गोड्दै गरेका हामीलाई सरक्क लगेर शंका, तर्क र अविस्वासको घना जंगलमा छोडिदिन्छ । अनि ति भाव हामी छाँट्न खोज्छौ, तिनले हामीलाई बेर्दै जान्छन् ।

हामी कक्षा चढ्दै गयौं, बिषयहरु साँघुरा र ठाडा हुँदै गए । अदितिले मलाई ‘कोर्स मेटरियल’मा सहयोग गर्दथी । म पढे झैं गर्दथे, बुझे झैं गर्दथे । कुरो उ तेस्रो बर्षमा हुँदाको हो । उसले मलाई दिएका मेटरियलमा नचिनेका अक्षर देखे । मनमा चस्स भयो ।

विश्वास पातलिदा आगो सल्कन बेर लाग्दैन । जितेको भूगोल मायाले मागुन्, दोस्रो सोचाई बिना अर्पिन्छ । तर तिनै माया एक भित्ता टाढा हुने छनक मिलोस, मनले लाख सोचिदिन्छ । माया आफैमा पवित्र हो । तर प्रेमीहरु लोभि हुन्छन्, प्रेमीकाहरु लोभी हुन्छन् ।  भाकल नपुग्दा ईश्वरको अस्तित्वलाई त शंका गरिन्छ, झन म त मायालु भन्दा एक कक्षा तल बाँचेको प्रेमी ।

ती अक्षरहरु नचिनेका मात्र थिएनन् । त्यहाँ शब्दहरु थिए, बाक्यहरू थिए, संवादहरु थिए । त्यहाँ छेडाइहरु थिए, मस्काइहरु थिए । मैले ति अपरिचित लेखाइमा माया जित्न गरिने परिचित दाउहरु देखे, बुन्दै गरेका घरहरु देखे । म  कसरी चिन्दिन थिए होला र, ति सबै अनुभवहरु मेरा अंश-अंशमा थिए ।

उ जो थियो; उसले आफ्ना दाउ राख्दै थियो- माया जित्ने । यहाँ एउटै नारीमा हजार प्रेमीहरु पागल   हुन्छन् । म एक थिए, उ अर्को हुँदो हो । तर अदिति त जानकार थिइ । हामी माया बुन्ने हरेक गोरेटो सँगै हिंडि सकेका थियौं । व्यक्त-अव्यक्त मायाका पद, चाप सबैसँग अभ्यस्त थियौं । तर मैले अदितिलाई फेरि तिनै गोरेटाहरु हिड्दै गरेको भेट्टाए, अर्कै सँग । मायाको बाटोमा अनेक डाँडा काटेर एक घुम्तीमा म सँगै भएको प्रेमी, अर्को सिरामा फेरि किन यात्रा शुरु गर्दछ? यात्रा एउटै, यात्री एउटै, समय एउटै तर फरक पदयात्रीसँग भिन्न मोडमा यात्रा कसरी सम्भव छ? म खङग्रङ्ग भए । मन चिसो भयो ।

ति नचिनेका अक्षरले नाम पाए । ति नचिनेका अक्षरहरु अब बाक्य भए, मुक्तक बने, कविता बने । ति कबिताहरु अदितिका पुस्तिकाबाट उठेर उसका भाकामा गाँसिए ।  ति शब्दका, ति हरफका कोलाहलले मलाई क्रुद्ध बनाउँदै लग्यो । म मनबाट बिरामी हुँदै गए ।

अदिति त्यो साथीका कुराहरु सुनाउन थाली । जान्ने मान्छे, गुरुवर्गको प्यारो, मिजासिलो, सहयोगी आदि-आदि । उसका प्रतिभाहरु पनि कति हुन् । म मनबाट आफैंसँग कमजोर हुन थाले । अदितिका बातमा सँधै उसको साथी हुँदैन थियो, तर पनि म घरि-घरि ति बातमा उसलाई खोज्दथे ।

मैले भित्र मनको तापलाई मेरा ब्यवहारमा प्रसारित हुन नदिन भरमग्दुर प्रयास गरे । अदिति मेरी मायालु थिइ, मेरो आधिपत्य होइन । यहि भावले मलाई सम्हाल्यो । म निको हुन थाले ।

अदितिले इन्जिनियरिङ्ग सकि, म चौंथो बर्षमा पुगें । इन्जिनियरिङ्गको एउटा औषत विद्दार्थीले चार बर्षमा पाठ्यक्रम  मात्र पढ्दैन, समाजका दाउपेच पढ्छ । परिक्षाका साथै जीवनका समस्या सामना गर्न सिक्छ । अनि तिनबाट पछारिदा, उठ्न सिक्छ, तिनलाई छ्ल्न सिक्छ । म पनि सिक्दै गए, व्यवहारमा छिप्पिदै गए ।

ब्यक्त/अब्यक्त मायालाई जीवन सुम्पिने आँट मायाको एउटा अध्याय हो । तर मायाका सबै पोटीहरु सगरमा हुँदैनन् । कति मनको खाडलमा बसिदिन्छन्, कतिले सपना बिझाउँछन् । यी सबै अनुभवलाई पचाएर मायालुलाई मनको सगरमा राखिराख्नु मायाको अर्को अध्याय हो । मैले त्यहि जान्दै थिए, त्यहि बुझ्दै थिए ।

अदितिको साथिका प्रतिभाहरुसँग म सन्तुलित हुँदै गए, उसका बिशेषणहरुसँग म सहज हुँदै गए । समयको कुरो हो, मौका मिल्दा उ एकदिन भेटियो । अदितिले चिनाइन, मैले भर्खर चिने झैं गरे । चिनजान पनि अचम्मको हुन्छ । पात्र भेटिनु अगाडि नै उसका तमाम ब्याख्याहरु बटुलेर हामी एउटा बिम्ब बनाई सक्छौं अनि साक्षात पात्र  भेटिदा उसलाई जेनतेन बिम्बसँग जोड्ने प्रयत्न गर्छौं । मैले पनि अदितिको साथीलाई, उसको बिम्बसँग जोड्ने प्रयास गरे । हामी यहि त मात खान्छौं । बनाई सकेको बिम्ब फोर्नै सकिदैन । अनि हाम्रा ब्यवहारहरु चोखा हुँदैनन् । म अपवाद भइन ।

अग्लो केटो, छोटो कपाल, फोस्रो जिन्स, हलुका भाषा आदि । उमेरले/व्यवहारले एउटा घुम्ती काटेपछी लवाइको खासै महत्व हुँदैन। उसले पनि त्यो बुझिसकेको पाए । अदितिले हाम्रा व्यक्तित्व जोड्ने प्रयास गरि । उ हामीलाई समभुज बनाउन खोज्दै थिई, तर म भावनाका विषमकोणमा उभिएको थिए । त्यसैले त्यो सम्भव भएन । म उसँग गह्रौं नै भइदिए ।

अदिति जागिरे भइसकेकि थिइ । उसको पहिलो जागिर, मेरो चौथो बर्षका ब्यस्तता । हाम्रा भेटहरु राम्रैसँग पातलिएका थिए । ति भेटमा मायाका चिचिला हाँसो, जिस्काई, ठुस्काई, फकाइ भन्दा पनि ब्यवहारका सल्लाहहरु, समाजका अवलोकनहरु, अवलोकनका बिषयगत छलफल हुन्थे । अनि तिनै छलफलमा हामी एक अर्कालाई उडाउँथ्यौ, रिसाउँथ्यौ अनि फेरि तिनै माथि हाँस्थौ । उसको साथी उसका बिषयका बातमा एउटा नियमित उपस्थिति लिएर आउँथ्यो । म मिलेसम्म उसलाई पन्छाउँथे ।

समय बतासियो, मैले इन्जिनियरिङ्ग सक्दा-नसक्दा अदिति विदेश जाने भइ । मैले उसलाई नजाउ भन्ने तर्क थिएन । गाह्रो त उसलाई पनि उत्तिकै भएको थियो । उसले मलाई जसरी पनि विदेश आउने बाचा गराई । हामीले बिवाहको बारेमा नसोचेको, सल्लाह नगरेको होइन । तर दुवैले आफूलाई “तयार” पाएनौं ।

संघर्षले सम्बन्धहरु, सम्बन्धका निर्णयहरु कस्तो सम्म प्रभाव पार्छन् भने हाम्रो बिवाह एउटा  “विकल्प” को रुपमा उभियो । जसको सपना हामीले बर्षौ देखि बुन्दै बसेका थियौं, आज सबैथोक हातमा  हुँदा हामीले आफूलाई “तयार” भेट्टाएनौं । यो ब्यवहारले छिप्प्याएको परिणाम हो या समय सँगै परिष्कृत  अद्दतन माया !! मलाई थाहा छैन, म जान्दिन पनि । तर मेरा देवता साक्षी छन्, त्यो निर्णय लिदाँ मेरो माया बिसको उन्नाइस पनि भएन । अनि मलाई थाहा छ, अदितिको मन पनि चोखो नै थियो । उसले गाह्रो गरि जान्छु भनि, मैले बोझिलो हुन्छ भने । हामी धेरै पछी सँगै रोयौं ।

उ विदेश गइ । म नेपालकै जागिरमा अलमलिए । विदेशको पढाई, छात्रवृत्तीको ताकमा उ उसको साथीकै विश्वविद्दालयमा पुगी । परदेशीका हजार समस्या हुन्छन, मैले के नै गुनासो गर्नु थियो र । मैले गरिन । उसले छात्रवृत्ती पाई, खुशी भइ । मलाई सन्तोष नै भयो ।

म पनि विदेश जाने ताकमा लागे । अदितिले सहयोग गरि । छ-आठ महिना त्यसै लाग्यो । पहिलो प्रयास गरे, ‘भिसा’ लागेन । केहि तामझाम मिलाए, दोस्रो पट्क पनि लागेन । तेस्रो पटक पनि नलाग्दा मैले हारे!  मैले महाराजगञ्ज सम्झें । कहाँ डाक्टरी सपना चकनाचुर भएको ठिटो, कहाँ मायासँग जीवन जोडिने सपना छिनेको लोग्नेमान्छे । महाराजगञ्जको नतिजामा म रिसाएको थिए, उफ्रेको थिए । यहाँ म बाहिर शान्त भए, भित्र-भित्र रोए ।

अदिति अत्तालिइ । मैले पछि बिद्दावारिधि गर्न आउँछु भनि कुरो पल्टाँए । संघर्ष छोडेर अतिदि फर्कन गाह्रो थियो । म जाने उपाय तत्काल देखिन, उसलाई फर्क भन्न सकिन । ब्यवहार बुझ्दै जाँदा म नेपाल नै बस्ने छाँट भयो । अदितिलाई दुबिधा भयो, गाह्रो भयो। मैले त्यहि अनुभव गरे ।

मायामा त्याग पनि हुन पर्दछ । मेरा विचारले यस्तै दिशा लियो । म अदितिको साथीको पुरानो बिम्ब फोर्न थाले । उसका बिशेषणहरु बटुलेर म नयाँ बिम्ब बनाउँन थाले ।

-by meaninglessthinkings@somewhereondearth 

(लेखकको स्विकृतिमा लेखक’कोब्लगबाट साभार / तस्विर रतन)

Comments

  1. कस्तो मन छुने कथा, धेरै पछि पढ्न पाएँ यस्तो कथा। :)

    ReplyDelete
  2. jay hos lekhko lagi........

    ReplyDelete
  3. यथार्थ भोगाइ सटिक प्रश्तुतिकरण मिठा शब्द...अहिलेको युगको परिवेशमा लेखिएको एउटा उत्कृष्ट कथा पढें आज मैले...साँच्चिकै लेखकको जय होस्!!

    ReplyDelete
  4. Nice story.The mind n the behaviour of the young people very well depicted. The best part of the story is that there is no villain, no hero, no heroin. The characters are of everyday life . The story is of the young people of today's age for whom emotions do not run very high and practicality is most important.It is difficult for them to distinguish between Love and companionship.

    ReplyDelete
  5. सुन्दर अती सुन्दर !

    ReplyDelete
  6. when you are honest, your article becomes so powerful, like this and like this line
    अदिति मेरी मायालु थिइ, मेरो आधिपत्य होइन । यहि भावले मलाई सम्हाल्यो । म निको हुन थाले ।

    ReplyDelete
  7. मैले त ओर्जिनल पेजमै गएर कमेन्ट हान्दे ।

    ReplyDelete
  8. अपेक्षाAugust 29, 2012 at 11:23 AM

    मन छोयो ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब

हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ ?

फेसबुक आफैँमा व्यापक सञ्जाल । हामी फेसबुक विना त अधुरो नै हुन्छौँ जस्तो लाग्छ हिजोआज । तर यसो सोच्नुहोस् त हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ होला ? फेसबुक का सुरक्षा प्रमुख म्याक्स केली ले २६ अक्टोबर २००९ मा ब्लग मार्फत मृत्यु भएका व्यक्तिहरु को फेसबुक को प्रोफाइललाई सर्च को नतिजा मा नदेखाइने जनाएकाछन् । फेसबुक प्रयोगकर्ता को मृत्यु पछि, उक्त व्यक्ति को प्रोफाइललाई सिल गरिने अनि सर्च को नतिजामा नदेखाउने बताएकाछन् । तर मृत्यु भएको व्यक्ति प्रति सम्मान का शब्द लेख्न या आफ्नो श्रद्धा व्यक्त गर्न उक्त व्यक्ति को प्रोफाइल को वाल भने, आफ्ना आफन्त अनि साथिहरु को लागि सँधै खुल्ला राखिने जनाइएको छ । अक्टोबर २३ मा फेसबुक नयाँ डिजाइनमा आएपछि, फेसबुक ले यस्तो कुरा सार्वजनिक गरेको हो । फेसबुक प्रयोगकर्ताहरु ले फेसबुक को नयाँ ‘सजेसन’ र ‘रिकनेक्ट’ भन्ने सुविधा का कारण समस्या सिर्जना भएको बताउँदै, ब्लग र ट्विटर मा आफ्ना गुनासाहरु लेखेपछि फेसबुक ले, यो नयाँ निति अगाडि ल्याएको हो । फेसबुक ले मृत्यु भइसकेका व्यक्तिहरु को प्रोफाइल देखाउँदै साथि बनाउन ‘सजेसन’ दिन थालेपछि, समस्या सिर्जना भए

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही &q

SLC Result 2068/2069 Published

The Office of the Controller of Examinations, Sanothimi has published the results of the SLC examination for the academic year 2068, on Wednesday evening. Out of 528,257 examines, 47.16 percent students passed the SLC this year. According to OCE, 2,47,689 regular students passed the exam under the regular, whereas 82,283 students have passed under the exempted category. We've uploaded SLC Result 2068 in .pdf format. Please download the SLC Result 2068 from the links below. Check your SLC Result 2068 Online 1) Link1: SLC Result 2068 Regular .pdf      Link2:  SLC Result 2068 Regular .pdf      Link3: SLC Result 2068 Regular .pdf   (via chakab.com)   2)   Link1:   SLC Result 2068 Exempted .pdf      Link2:   SLC Result 2068 Exempted .pdf      Link3:   SLC Result 2068 Exempted .pdf   (via chakab.com) 3) Distinction : SLC Result 2068 .txt     First Div:  SLC Result 2068  .txt     Second Div:  SLC Result 2068  .txt     Third Div:  SLC Result 2068  .txt     Unde

गुगल डुडलमा गुरू पूर्णिमा

आज नेपालमा गुरू पूर्णिमा मनाइँदैछ, यसै सन्दर्भमा गुगलले आफ्नो डुडल मार्फत गुरू पूर्णिमाको शुभकामना दिएको छ । विगत केही समय यता देखि, नेपालका चाडपर्व र महत्वपूर्ण दिनहरु गुगलको डुडल मा समेटिन थालेको छ । यसैको निरन्तरता स्वरुप, गुगलले आफ्नो गृहपृष्ठमा हामीलाई अन्धकारबाट उज्यालो तर्फ डोर्याउने, समस्त गुरुहरुको सम्मानमा सेतोपाटी सहितको गुगल डुडल राखेको छ। गुरु पूर्णिमाको डुडल, आज नेपालभर गुगलको गृहपृष्ठ मा हेर्न सकिन्छ । विकिपेडिया अनुसार , संस्कृत शव्द गुरुको शाब्दिक अर्थ गुको अर्थ अन्धकार र रु को अर्थ प्रकाश भन्ने हुन्छ । 'गिरति अज्ञानं इति गुरूः' अर्थात् अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्नेलाई गुरू भनिन्छ। यसप्रकार गुरू नै यथार्थ ब्रह्म हो। गुरूपूर्णिमा वेद व्यास जयन्तीको रूपमा पनि मनाइन्छ। वेद व्यासले वेद-वेदान्त, अठार पुराण, उपनिषद्हरू लेखी हिन्दू संस्कृतिलाई ठूलो गुन लगाएका हुन्। यी हिन्दू ग्रन्थ नै हाम्रा मार्गदर्शक हुन्। मेरा समस्त गुरूहरुमा, गुरू पुर्णिमाको शुभकामना। Download Aakar Post Android App

Subscribe to Aakar Post