Skip to main content

मेरो आत्मकथा [Story] Part-4

प्यासेन्जर कोइ भुस परे, धादिङे जती जम्मैले पालैपालो वाके। तीनलाई हेर्दाखेरी त ड्राइभर मस्तसँग अगाडि सिटमा बसेकोछ, स्टेरिङ् घुमाकोछ, गीत सुन्दै मोटर हुइँकाकोछ भन्ने लाग्दो हो। यहाँ मान्छेलाई कति पीर छ, तीनलाई के थाहा? हुन त म पनि केटकेटी हुँदा त्यस्तै ठान्थेँ। मोटर देखेपछी स्कुल छोडेर मोटरमा झुन्डिन जान्थें। बा-आमाले गाली गर्दा ती मेरा र मोटरका त दुश्मनै हुन की जस्तो लाग्थ्यो। हेर्दाहेर्दै स्कुल छोडियो, घर छोडियो, गाउँ छोडियो... सबै कुरा छोडियो तर केही पाइएन। पाइयो त एउटा खँलासीको जागिर।

जे कुरा पनि रहर हुँदा मात्रै रमाइलो लाग्ने रहेछ, त्यही रहर काम बन्यो भने मन मर्दो रहेछ। तर के गर्नु? पढाई छैन, ईलम छैन, सिप छैन? रमाइलोको लागि बसमा झुन्डिदा झुन्डिदै आखिरमा ड्राइभर सम्म बनियो। अब ईलमले यो भन्दा अरु चाँहीं केही बनिएला जस्तो छैन। अब बन्न मन लागेको भनेको बाउ हो, तर खोइ दुइटा ज्यान पाल्न त धौ धौ भएको बेलामा कसरी धान्ने हाउ? बुढीले पनि खुब रहर गर्छे, तर भन्न सक्दिन बिचरी, मेरो ब्यथा त्यस्ले जस्तरि कल्ले बुझ्छ र?

त्यसैले अब सोच्नै पर्छ, रिनधन नै गरेर भए पनि बिदेश जानु पर्‍यो। एउटा सन्तानको मुख हेरेर जान पाए झन बढी दु:ख गर्न मन लाग्छ होला कि। यता बुढीलाई पनि एउटा साहारा हुन्छ। अचेल नेपालमा लाउरेका बुढी बिग्रेको देख्दा दिक्क लागेर आऊँछ। तर मेरी त्यस्ती छैन। माया गरेर ल्याएकी हो, भरोशा लाग्छ। हुन त त्यस्लाई ल्याए देखी म पनि कम्ता सुध्रेको छैन । टिपै पिच्छे लाउरिनीहरु टासिनै आइपुग्छन, लेशमा झुन्ड्याएको बुढीको फोटो देखाइदिए पछी आँफै तर्किन्छन। नत्र म नि झिल्के ड्राइभर पो हूँ नि।

घरमा अचेल बुढी दुब्लाएर हाडछाला मात्रै भएकी छ, के भएकी हो कुन्नी? भीत्र भीत्रै बिरामी पो छ कि? मलाई केही भन्दिन। यस्तो बेलामा दुई जिउकि भई भने फेरी झन् दु:ख पाउने पो हो कि? पाउने सल्लाह गरेपछी एकताल राम्रो डाक्टर सँग लगेर देखाउनु पर्ला अनि बल्ल बिचार गर्नुपर्ला। मलाई त बिदेशै गएँ भने नि सधैं यसैको पीरले सताऊँछ जस्तो लाग्यो। pokhara-129km

संसारमा मलाई मात्र यत्रो पीर हो की सबैलाई हो? हुन त यो खलाँसीलाई देख्दा यस्लाई केही पीर छैन जस्तो लाऊँथ्यो, अस्ती फिट्टु भएर ड्वाँ-ड्वाँ रूँदै सबै कुरा खोल्दा मेरा पनि आँखा रसाएका थिए। पढ्दा पढ्दैको केटो कान्छीआमाले घरमा बसिखानै नदिएपछी सदरमुकाम तीर आएको रहेछ, कताबाट साहुलाई भिनाजु नाता लगाएर खलाँसी जागिर पायो। सोझा बाउछोरा मात्र दु:खसुख गरेर बस्दा रहेछन, कुन चाहिँले भुँडी बोकाएर उसको बाउलाई भिडाइदिएछन।

बालाई सधैं रक्सी खाएर पिट्थी रे कान्छीआमाले, आजसम्म त बालाई मारिसकी होली; बाको मुख पनि हेर्न नपाउने भएँ भन्दै रोएको थियो। खलाँसी त नाम मात्रैको छ, जम्मै काम म आँफैले गर्नुपर्छ, तर पढ्नमा चाँहीं सिपालु रहेछ। पत्रिकाको समाचार फरर पढेर सुनाउछ। गीत पनि राम्रो गाउँछ। रक्सी नखाएको बेलामा आफ्नो ब्यथा कसैलाई सुनाउदैन। हुन पनि यस्तै हुनुपर्छ, दुनियाँलाई दु:ख सुनायो, अगाडि कठै भन्छन पछाडि खुच्चिङ भन्छन। जसलाई सुनाए पनि आफ्नो दु:ख सधैं आँफैसँग हुन्छ। अर्काको कठैले पेट भरिदैन, घरमा चुलो बल्दैन, त्यो भएपछी के काम हामीलाई त्यस्ता जाबा कठै?

हरे यो पछाडि भएको जिपले पनि कति हर्न बजाएको हो? ठाऊँ पाएपछी त साइड दिईहाल्थेँ नि, जस्ता घुम्तिमा नि ओभरटेक गर्नु पर्ने यिनलाई। यस्तैले गर्दा आफु पनि त्रिशुलिमा खस्छन अरुलाई नि खसाल्छन। यस्तो बर्खाको समयमा बाटो चिप्लो हुन्छ, भने बेलामा ब्रेक लाउँदैन, अलि बिस्तारै चलाऊनु नि। ज्यान भन्दा पनि ठुलो के कामको हतार होला? ......ल ल जा तेरिमासाले......... धत्तेरी............. पुलिस पो रैछन्...... पुलिसै त हैनन क्यारे, अर्कै झन्डा छ........ तर बन्दुक पनि लिएका छन............. ओहो........ यी त अर्कै परे जस्तो छ........... ए ........... बल्ल चिनें........ फेरी पछाडिबाट हर्न बझ्दैछ....... होइन यिनका गाडी कति छन हाउ?

खोइ अब त जहाँ भए नि साइड दिनु पर्‍यो। लौ जाउ सरकार........ हाहाहा.... धोतीका जिप भनेर बाल नदिएको त यहाँ अर्कै पो परेछन, साइड नदेको भनेर खोरमा लगेर जाक्ने पो हुन कि? साइड दीइहालेँ अब छिटो कटे हूने नि.......... ओहो उताबाट ट्रक आइसक्यो छिटो कटे हूने बरु............ लौ लौ लौ लौ... आइ पो सक्यो त, मै रोक्छु भो....... जाओस तेस्किमा**।

हरे यो ब्रेक, लौन लौन गाडी त दाइने तीर बाङगि पो हाल्यो। त्यो जिपको मु** ग्वाँजे ड्राइभरले यता गाडी बाङगिएको देखेसी त ब्रेक हाने हुनी नि ................... लौ लौ लौ, छोयो छोयो छोयो ........... धन्न तीन वटै रोकिए......................................... जिपको देब्रे साइड धस्सी हाल्यो। बेलैमा तीन वटै गाडी रोकिएर मान्छे चाँहीं कसैलाई केही भएन जस्तो छ। म भागौँ कि के गरौं त अब? ओहो म त केही सोच्नै सकिन। को रहेछ र हो यो गाडीमा?......................... ए..... यी पो रहेछन... सधैं टिभी र पत्रीकामा देखिने चाँहीं..... लौ यीनलाई देखेपछी मेरा हातगोडा लुला भएर आए। कस्तो दशा रहेछ नि आज..... कस्ता कस्तालाई त छाडेनन् यिनले मलाई झन् के छोड्लान र खै? लौ आजै मेरो अन्तिम दिन रहेछ........................... सबैले मलाई घेरा हाले........................ पुलिस पनि आए, आर्का पनि आए। पुलिस पनि छन् भनेपछी यो बिच बाटोमा ज्यानै चाँहीं नलेलान। त्यही पनि यी गाडीमा भएका चाँहीं सबभन्दा धेरै पढेका हुन क्यारे।

'ब्रेक दाँयाँ तान्थ्यो एमेर्जेन्सी ब्रेक लाऊँदा' मेरो खलाँसीले कसैले नसोध्दै भन्यो

'के दाँयाँ तान्ने, साले ब्रेकै नभएको गाडी लिएर हाइवेमा हिड्छस?.

'ब्रेक नभएको भए कसरी रोकियो त? पानी परेको भएर दाँयाँ तानेको हो सर, गुरुजीको केही गल्ती छैन'

ओहो अचम्म, यो केटो त बोल्न पनि सिपालु रहेछ। डुब्दै गरेको मान्छेले परालको तान्द्रो भेटे पनि समाउछ रे भन्ने सुनेको थिएँ। मलाई अहिले त्यस्तै लागेर आयो, खलाँसी बोलिदिनाले धेरै आड भरोशा पाए जस्तो भयो। नत्र म गरीब को पक्ष लिएर को बोल्ने त्यहाँ अरु? मलाई एकै पटक भए नि गाडी भीत्र हुनुभएका सँग माफ माग्न मन लाग्यो, ज्यान बक्स माग्न मन लाग्यो। तर उनी त मतिर हेर्दा पनि नहेरी अर्को गाडीमा चढेर गए।

मेरो गाडी त्यहि छेउ लाग्यो, पुलिसले सबै प्यासेन्जरलाई अर्को बसमा हालेर पठाए रे। खलाँसी गाडी कुर्दै बस्यो। म चाँहीं थानामा पुगें। यहाँ कोही मलाई 'को होस्?' भनेर सोध्छन, कोही 'कसले पठाएको', 'कसले अह्र्याएको' भनेर सोध्छन, 'नाम भन' भन्छन। म सोझो ड्राइभर.....को हूँ भनुँ? कसले पठाएको हुनु मलाई, घरको चिसो चुलोले पठाएको..... आफ्नै पेटले अह्राएको.... तर कसले बुझ्ने यहाँ मेरो ब्यथा। कताबाट हो छानबिन समितीका मान्छे आउने रे भन्दै थिए।

तीनले फेरी के सोध्ने होलान खै? त्यही को होस्, नाम भन भन्ने त होलान। कसको नाम लिउँ अब म? कठै मेरी बुढी, पोइले आज सारी ब्लाउज ल्याइदेला भनेर कत्रो आश गरेर कुरी बसेकी छे होली, साहु यतिबेला सम्म गाडी किन आएन भन्दै बाटो हेर्दै होलान, के गर्छेस बुढी, ल्याउन त खोजेकै हूँ, साहुजि तपाईंलाई पनि मलाई पनि राम्रै होस् भनेर राम्रै गर्न खोजेकै हूँ, तर के गर्नु? मेरो अभागि पुर्पुरोमा सधैं दु:ख पाउन लेखेको रहेछ।

किर्किर किर्किर जुनकिरी कराऊँदै छन बाहिर, लाम्खुट्टे बिछिट्टै छन भीत्र। त्यतिकैमा खलाँसी निन्याउरो मुख लिएर आयो, मलाई खाना लिएर आएको बेला पारेर गाडीको छतमा भएको जम्मै लगेज चोरेर लगेछन् असत्तिहरुले। हरे मेरो भाग्य....!!

~The End~

- निशांक N®B 


1st: मेरो आत्मकथा [Story] Part-1

2nd: मेरो आत्मकथा [Story] Part-2

3rd: मेरो आत्मकथा [Story] Part-3

Comments

  1.  yo mero katha ko part 5 kahile ho aaune aba yo katha ekdamai man pareko thiyo k garne hora.

    ReplyDelete
  2. दाईभरनीले २ हजार कै भए नी सारी ब्लाउज लगाएको पढ्ने मन थियो तर अन्तमा कथाले यो मोड लिदा मन अमिलो भयो |

    ReplyDelete
  3. तारा मगर पाल्पालीAugust 1, 2012 at 11:59 AM

    मजाको लाग्दै थियो, जेल मै गैर इन्द गर्नु भो ..............अरु भाग पनि छिटै लेख्ननुस .......निशंक जी  

    ReplyDelete

Post a Comment

Popular posts from this blog

नियात्रा : घान्द्रुक को घुमाइ -१

शैक्षिक अध्ययन/ भ्रमण जान नपाएको धुनमा हामी एकपटक विद्यार्थीहरुकै पहलमा चिसापानी पुगिसकेका छौं। सुन्दरीजलबाट एकदिनको पदयात्रामा चिसापानी पुग्न सकिन्छ। सन् २००९ अक्टोबरको महिना। जहिले पनि शैक्षिक अध्ययन/ भ्रमणमा नलगिएको वा घुम्न नपाएको पिडाले मन भरिरहने हामी विद्यार्थीहरुलाई फेरी एकपटक घुम्नजान मन लाग्न थाल्यो। घुम्न मन लाग्यो भनौं कि पढ्न मन लागेन भनौं?... जे बुझेपनि हुन्छ। जता गएपनि सत्य तपाईंकै बटोमा हिँडेको हुनेछ। घुम्न त जाने, तर कहाँ? प्रेम छिरिङग् शेर्पाको दिमाग यहाँनेर हामी सबैको भन्दा छिटो चल्छ, जहिलेपनि। फेरी अच्चमको कुरा के भने नि- नेपालमा अधिकांश ‘घुम्ने’ ठाउँ कि त प्रेम छिरिङग् पुगिसकेको छ कि त उसका साथीहरु। निकै नै रसिक छन् हाम्रा साथी प्रेम छिरिङग् शेर्पा। हामी अधिकांश छात्रहरुलाई भक्तपुरको छ्याङग्शाला, काठमाडौंको टुकुचे भान्छा घर आदी देखाउने श्रेय यीनैलाई जान्छ। यो श्रेय कम्तिमापनि म, उसलाई कृतज्ञताका साथ दिन चाहान्छु। अघिल्लो पल्ट गएको चिसापानि पदयात्रा पनि प्रेम छिरिङग् कै सक्रियतामा संम्भव भएको थियो। त्यसैले यसपटकको यात्राको निणर्य गर्ने जिम्मा पनि प्रेम र गौरबलाई

घोडा तबेला [संस्मरण]

स्याफ्रुवेसीबाट बिहान साँढे सात बजे निस्कँदा, एकैदिनमा धेरै माथिसम्म नजानु 'हाइ' (लेक) लाग्छ भन्ने लोप्साङ, लामा होटल आइपुग्दा, पानी पर्दैन तपाईहरु माथि जान सक्नुहुन्छ भन्न थालेको थियो ।  दुई बजे लामा होटल पुग्दा, पानी सिमसिम परिरहेको थियो, चियाका लागि हामी (विवेक दाइ र म) छेउको होटलमा रोक्कियौँ । लोप्साङ, आफ्नी जर्मन पर्यटक लाउरालाई लिएर अलि पर्तिरको होटलमा गएर रोकियो, हामीले लोप्साङलाई बोलायौँ तर उसले ईशाराले नआउने संकेत गर्यो, उ चिया पिउँदै थियो । तर लोप्साङ सँगै भएकी जर्मन पर्यटक हामी बसेको होटलमा आएर गफ गर्न लागेपछि, लोप्साङ पनि पछिपछि आयो । एक घन्टा बस्दा पनि पानी खासै रोकिएन, तर लोप्साङ पानी रोकिन्छ, तपाईहरु घोडातबेला पुग्नुहुन्छ भनेर हामीलाई भनिरहेथ्यो, सायद उ हामीलाई लामा होटलमा नबसोस् भन्ने चाह गरिरहेको थियो । अघिल्लो दिन माछापोखरी, काठमाडौँबाट बस चढ्दा, लोप्साङ हामी भन्दा अघिल्लो सिटमा थियो । ९ घन्टा लामो बस यात्रामा, लाउरा सँग खासै केही कुरा नभएपनि, लोप्साङ हाम्रो लागि पनि गाइड झैँ बनिसकेको थियो । स्याफ्रुवेसी, विवेक दाइ र मेरो लागि नौलो थियो, लोप्साङकै पछि लागेर, ह

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब

आइफोन, आइप्याड र एप्पल वाचका लागि हाम्रो पात्रोको नयाँ एप

आइफोन, आइप्याड र एप्पल वाचका लागि हाम्रो पात्रोले नयाँ एप सार्वजनिक गरेको छ । यो नयाँ अपडेट सँगै एन्ड्रोइड एपमा उपलब्ध विभिन्न फिचरहरु आइफोन एपमा उपलब्ध भएको छ । आइफोन प्रयोगकर्ताहरुले अब एकै विषयका उस्तै समाचारहरु एकै ठाउँमा पढ्न सक्नेछन् । गतवर्ष नेपाली न्युज माइनिङ इन्जिन प्रयोग गरेर एउटै विषयका उस्तै समाचारहरु, विभिन्न स्रोतहरुबाट लिएर हाम्रो पात्रोको एन्ड्रोइड एपमा पढ्न मिल्ने सुविधा थपिएको थियो । मेसिन लर्निङ पद्दतिबाट नेपाली भाषा सम्बन्धि तालिम गराइएको 'नेपाली न्युज माइनिङ इन्जिन'ले नेपाली भाषामा उस्तै प्रकारका समाचार देखाउने कार्यमा ९० प्रतिशत सफलता हासिल गरेकोछ । हाम्रो पात्रोका संस्थापक शंकर उप्रेतीका अनुसार, हाम्रो पात्रो एपको इन-एप ब्राउजर पहिलेको भन्दा ४० प्रतिशत "फास्ट" बनाइएको छ । नयाँ आएको आइफोन एपमा तस्विरहरुलाई पनि "अप्टिमाइज" गरिएकोछ, भन्नको मतलब एप खोल्दा अब हाम्रो पात्रोले डाटा स्पिड/नेटवर्क अनुसार तस्विरको गुणस्तर (क्वालिटि) स्वत घटबढ हुने सुविधा थपेको छ । हाम्रो पात्रो एप सबैभन्दा सुरुमा आइफोनको लागि बनाइएको भएपनि, एन्ड्रो

गुगलको अटोड्र - चित्र बनाउन एकदमै सजिलो

"सबैको लागि छिटो चित्र बनाउनको लागि" भन्दै गुगल'ले कम्प्युटर, मोबाइल तथा ट्याबलेटमा सजिलैसँग चलाउन मिल्ने 'अटोड्र' नामक वेव एप सार्वजनिक गरेको छ । केही पहिले चित्र बनाउने सजिलो तरिका 'को बारेमा लेखेको थिँए, आज चाँहि छिट्टो चित्र बनाउने गुगलको अटोड्रबारे लेख्दैछु । 'तँ आँट, म पुर्‍याउँछु' भनेझैँ हामीले हातले कोरेको चित्रहरुलाई, गुगल ले मेसिन लर्निङ पद्धतिबाट बुझेर हामीले बनाउन खोेजेको चित्र तुरुन्त बनाइदिन्छ । भन्नको मतलब मैले अटोड्र मा गोलाकार चित्र कोरेँ भने गुगलले मैले कोरेको गोलो चित्रसँग मिल्दोजुल्दो चित्रहरु देखाइदिन्छ, जुन आफूले छानेर राख्न सकिन्छ । उक्त चित्रलाई सानो, ठूलो बनाउनको साथै, रंगहरु परिवर्तन गर्न सकिन्छ । हेर्दा, सोच्दा सामान्य लाग्ने 'अटोड्र'मा आफूलाई चाहिएको चित्रहरु छिटो बनाउन सकिन्छ । कुनै आईकन चाहियो वा कसैलाई केही कुरा बुझाउनुपर्‍यो वा कसैलाई 'पोष्टकार्ड' बनाएर दिनुपर्‍यो भने, कि त गुगल सर्च नै गर्नुपर्ने वा क्यान्भा, पेन्सिल लगायतका विभिन्न वेब एपहरु प्रयोग गर्नुपर्ने झन्झटबाट 'अटोड्र'ले छुटका

पाँच करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक दुरुपयोग

५ करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक चोरी भएको खबर केही दिन पहिले गार्डियन तथा न्युयोर्क टाइम्स ले प्रकाशित गरेको थियो । प्रयोगकर्ताको जानकारी विना फेसबुकबाट लिइएको उक्त तथ्यांकलाई क्याम्ब्रिज एनालिटिका भन्ने कम्पनीले अनधिकृत रुपमा प्रयोग गरेको दावी गर्दै, क्याम्ब्रिज एनालिटिका’का भूतपूर्व इन्जिनियर क्रिस्टोफर वाइलीले गार्डियनलाई अन्तरवार्ता दिएर यी कुराहरु मिडियामा सार्वजनिक गरेका थिए । क्रिस्टोफरका अनुसार क्याम्ब्रिज एनालिटिकाले २०१४ मा एउटा एप मार्फत करिब ५ करोड फेसबुक प्रयोगकर्ताहरुको तथ्यांक चोरी गरेको थियो । क्याम्ब्रिज एनालिटिका र फेसबुककै विषयमा गार्डियनले पहिले नै २०१५ मा समाचार प्रकाशित गरेको थियो । उक्त समाचार पछि फेसबुकले क्याम्ब्रिज एनालिटिकालाई तथ्यांक मेटाउन भनेको र एनालिटिकाले तथ्यांक मेटाएको जानकारी फेसबुकलाई गराएको थियो । तर दुबै कम्पनीले यो कुरालाई गुपचुप राखेका थिए, अझ उल्टै फेसबुकले जथाभावी समाचार लेखेको भन्दै गार्डियनलाई मुद्दा हाल्ने धम्कि दिएको थियो भने क्याम्ब्रिज एनालिटिकाले तथ्यांक सुरक्षित नै राखेको थियो । त्यही चोरी गरिएको प्रयोगकर्ताहरुको तथ्यांकलाई

Subscribe to Aakar Post