Skip to main content

Posts

Showing posts with the label Story

“मलाई अदितिको नङ्ग टोक्ने बानि मन पर्दैन।” अदितिसँगको मेरो पहिले गुनासो यही थियो । आज म हजार कोशिस गर्दछु, तर अँह त्यो जस्तो निश्चल मन दुखाई गर्न सक्दिन । त्यस्तो मीठो उजुरी उठ्दैन । भोगाइका एउटा होला, पात्र एउटा होला, घडि एउटा होला तर यहाँ भाव सापेक्षिक हुदाँ रहेछन् । अभ्यस्थ भोगाइका भावना ब्यवसायिक भईदिँदा रहेछन । घटिमा मेरा लागि । उ बायोलोजी ग्रुपमा रहिनछे । मेरो अंग्रेजीको क्लास सँगै भएर मनमा निकै घिउ पोखिसकेको थिए । पहिलो मन पराइ, पहिलो माया डरलाग्दो हुन्छ । रन्कोमा कसो म फिजिक्स ग्रुपमा सरुवा भइन । हुन त नगएर पनि लछारपाटो केहि लागेन । ‘बायोलोजी’ पढ्ने सबै डाक्टर कहाँ भइदिदाँ रहेछन र । एक हेराइ मनग्गे थियो, अदिति मन परिन् । माया लागे जस्तो भयो । शुरुमा अंग्रेजी कक्षा मात्र थियो । बिस्तारै ल्याब रिपोर्ट, फिजिक्स ट्युसन, क्यान्टिनका खाजाले मेरो मायाका डोरा बाट्दै गए । झन हेर्यो झन माया लाग्ने । अल्लारे बैंश अनि बैंशको सपना, म निकै पुलकित थिए । टोलाएको हेराइ र ओल्सिएको बोलाइले मात्रै मायालुका मनमा माया प्रसारित हुने भए संसार अर्कै हुन्थ्यो होला । यहाँ व्यक्त नभएका माया कतिले नै प

“तिमी को हो?” मेरो प्रश्न थियो! उसले भनी, “खुशी” । “को खुशी”, मैले सोधेँ ! “ह्या, कस्तो नचिन्या होला? म खुशी के ! रहर, छायाँ, खुशी जे भने नि म नै हो के”, उसको जवाफ ! “ए, तिमी पो, कता हराकी थियौ? अब के भनौँ त तिमीलाई उसोभए?” “जे भने नि हुन्छ!” “उसोभए म खुशी भन्छु है”, मैले भनेँ ! उसले हुन्छ भन्ने जनाउ दिन, आँखा सन्काइ र लेखी “हे हे” । कुरा यसरी नै सुरु भएको थियो च्याटमा ! च्याटमा को सँग कुरा गरिरहेछु, आफैँलाई पत्तो छैन, न पहिले च्याट गरिएको थियो, न भेट नै गरिएको थियो । ट्विटरमा नाम परिवर्तन गरिरहने ऊसँग ट्विटरमा आक्कल झुक्कल कुरा गरिने भएपनि उनको ‘म्यासेज’ पहिलोपल्ट च्याटमा अकस्मात आइपुगेको थियो ! म उनको बारेमा प्रस्ट हुन सकिरहेको थिँइन ! अत: फेरि सोधेँ, “यो खुशी को हो?” मेरो प्रश्नले, उसले आफू दुखित भएको जनाउ दिन लेखी “:(” “हैन किन यति रिङ्ग्याएको मलाई”, मैले सोधेँ । “नाम मे क्या रखा है? ;)”, उसको जवाफ ! “नाममा धेरै कुरा राख्या छ हजुर, चिन्नु त पर्यो नि, आफू कोसँग कुरा गर्दैछु भनेर”, मैले भनेँ ! “पिक द नेम, तिम्लाई जुन मन पर्छ त्यही राख”, उसले मलाई नाम छान्ने अधिकार दिई ।

चारैतिर झिलीमिली, ठुला ठुला सपिङ मलमा मानिसहरुको रौनक काठमाडौको विशेषता भएपनि लोडसेडिङ यहाँको वर्तमान वास्तविकता हो । लोडसेडिङ भन्ने बित्तिकै अन्धकार अँध्यारो पनि होइन । जेनेरेटर, इनभरटररले अन्धकारनै त कहाँ रहन दिन्थे  र यो शहरलाई ? त्यसमा पनि विज्ञापनका ठुला ठुला होर्डिङ बोर्डको चमक नै बेल्लै । “अहिले केहि बूझिन पछि कल गर्छु है” म ४ मिनेट अघि देखिको फोन वार्ता टुङग्याउँछु । साँझ झमक्कै पर्न थालिसकेको थियो । सधैँजसो व्यस्त रहने असन क्षेत्रमा झन विवाहको मौसम भएकाले किनमेल गर्नेको चहलपहल बढि नै देखिन्थ्यो, त्यसमा पनि साँझको समय । मानिसहरुको भिड उस्तै बाक्लो सजिलै संग हिड्न सकिने अवस्थै थिएन । असनको व्यस्त गल्ली हुँदै बल्ल बल्ल म न्यूरोड गेट आईपूग्छु । “मोबाइलको घडीले त ६ पो बजाइसकेछ । अब गाडि पाईने हो कि होईन फेरी आफ्नो तिर धेरैबेर सम्म गाडि पनि चल्दैन” सोच्दै म हिँडाइको गति तीव्र पार्छु । सयौँ मानिस हिँडिरहेको सडक देख्दा त्यतीबेला मेरो मनमा जगजित चित्राको “हरतरफ हरजगह बेशुमारा आदमी” बोलको गजल मात्र आइरह्यो मोबाइल हातमै थियो अनि आँखा मोबाइलमा । त्यतीनै बेला अचानक एउटी केटीसँग म नरा

“सञ्जय ! ए सञ्जय ! आज शनिबार हो ।  उठेर नुहा अनी मन्दिर जा त छोरा । कति अल्छि भा’को छस् तँ आजकाल हँ ?”  “ह्या आमा नकराउनु न । सुत्न पनि नदिने भन्या कस्तो मान्छे तपाईं ।” निन्द्राबाट बिउझेर  सञ्जय झोक्किन्छ । “को उठ्छ एस्तो जाडोमा ? सुत्न दिनुस् न भन्या ।” “अल्छि नगर त तँ ।  अल्छि गरेर जाडो भाको तँलाई । म एक घण्टा अगाडि उठेर नुहाए । खोइ मरेनौ त हामी जाडोले । भनेको मान उठ खुरुक्क ।” सञ्जय सिरकले टाउको छोपेर सुतिदिन्छ ।  आमाको स्वर बन्द हुन्छ तर पूजाको  घन्टीले उसलाई झर्को लाग्छ । ह्या ! काम छैन बिहान बिहान उठेर ... ऊ मन मनै सोच्छ । केही बेरमा उठ्छ । एउटा गिजर पनि छैन घरमा । यस्तो चिसो पानीले नुहाउनु पर्ने । हाम्रो बाउले पनि के घर बनाउनु भाको होला यस्तो । जाबो एक तले । छ्या , हेर्दा पनि घर जस्तै छैन, प्रतापको घर हेर, कति दामी छ । खप्पर पनि पाकै रहेछु मैले । नुहाउँदै सोच्छ । नुहाइ सक्दा टेबलमा चिया तयार हुन्छ । सोफामा बसेर ऊ चिया पिउन थाल्छ । ल अब मन्दिर जा त छोरा । भन्साबाट आमाको आवाज सुनिन्छ ।   आज उसलाई मन हुँदैन मन्दिर जाने । सोच्छ के जानु मन्दिर । किन जानु ? मैले थाहा पाए देख

मेरो सबैभन्दा प्यारो थियो उ। जहाँसुकै जाँदा होस्,जेसुकै गर्दा होस् हामी प्राय सँगै हुन्थ्यौं। जब म थकित हुन्थें, उ मेरो साहारा बन्थ्यो। मेरो सुख दु:खको एकमात्र साथी थियो उ। त्योबेला मा उसको प्रशंसा गरेरै थाक्दिनथें, उसले दिने खुशीको बर्णन गर्न सक्दिनथें। उ बीनाको मेरो जिबन अकल्पनिय थियो। मेरो परिवार, साथीसँगी मेरो उप्रतिको लगाव देखेर चिडिन्थे। हेर्दाखेरी उ अरुको भन्दा राम्रो थियो, मोर्डन खालको थियो, त्यसैले मलाई लाग्थ्यो सबैजना मेरो डाह गर्दथे। बिस्तारै समय बदलिँदै गयो, हामी ठुला भयौँ, अनि समय सँगै हामी परीवर्तित् हुँदै गयौँ। मलाई उसले सोच्दो हो, यो स्वार्थी भई, मलाई बिर्सिइ। तर म के गरौँ? उसलाई जे चाहिन्छ, त्यो म उसलाई दिन सक्दिन, मेरो चाहना उसले पुरा गर्न सक्दैन। त्यसमाथि मेरो जिबनमा उसका धेरै बिकल्प आइसके। अब उ मेरो जरुरतबाट रहरमा बदलिएको छ। कुनै दिन म उ बीनाको जिन्दगी कल्पना गर्न सक्दिनथें, आज म आँफै उसको साथ चाहँदिन। अतितको मेरो सबै भन्दा प्रिय उ, अहिले कहाँ छ, कुनै अड्कल् समेत छैन मलाई। मेरा सँगीहरुको सामुन्ने उसले एकपटक मेरो बेइज्जत गराएको थियो। शायद १० बर्ष अघि हो, तीजको

जंगलको बाटो, सुनसान, न घर छन् वरिपरि न मान्छे नै,नजिकै खोला बगेको आवाज सुनिन्छ । चराहरु कराउँदै छन् आफ्नै धुनमा, अनी किराहरुको एकोहोरो स्वर, बेला बेला झरेर सुकेका पातहरुमा कोही हिंडे जस्तो खस्र्याक खुस्रुक आवाज आउँछ । म ओराली लाग्दैछु । देख्छु फोहोर च्यातिएको कपडा लगाएको मानिस मेरो पछी आउँदै छ । उस्का खुट्टा नांगा छन । अनुहार अँध्यारो छ । हिँड्दा उस्को शरीर अगाडिपट्टी हुत्ती रहेको छ । म फेरी अगाडि बढ्छु। त्यो मानिस मेरो दुई तीन कदम पछी हुन्छ । चुरोट पिउने मन हुन्छ । बाटो छेउको एउटा ढुङ्गामा बस्छु । खल्तिबाट सुर्याको बट्टा निकाल्छु । चुरोट सल्काउँछु रुखका टुप्पादेखी आकाशसम्म हेर्दै लामो धुँवा फाल्छु । त्यो मानिस मेरै अगाडि आई उभिन्छ । उस्का आँखा रहस्यमयी लाग्छन । केही भन्न खोजेझै, म नबोली चुरोट तान्दै जान्छु । ऊ हात अगाडि बढाउछ । हातका माझी र चोरि औंला चुरोट च्याप्न तयार हुन्छन । म चुरोट दिन्छु । ऊ पनि बसेर चुरोट तान्न थाल्छ । तपाईं को हो ? म प्रश्न गर्छु । मलाई सबै पगल भन्छन, ऊ भन्छ । म हल्का डराउँछु । कता जान लाग्नु भयो ? अर्को प्रश्न गर्छु, चिहानमा ऊ पागल जस्तै जवाफ दिन्छ ।

प्यासेन्जर कोइ भुस परे, धादिङे जती जम्मैले पालैपालो वाके। तीनलाई हेर्दाखेरी त ड्राइभर मस्तसँग अगाडि सिटमा बसेकोछ, स्टेरिङ् घुमाकोछ, गीत सुन्दै मोटर हुइँकाकोछ भन्ने लाग्दो हो। यहाँ मान्छेलाई कति पीर छ, तीनलाई के थाहा? हुन त म पनि केटकेटी हुँदा त्यस्तै ठान्थेँ। मोटर देखेपछी स्कुल छोडेर मोटरमा झुन्डिन जान्थें। बा-आमाले गाली गर्दा ती मेरा र मोटरका त दुश्मनै हुन की जस्तो लाग्थ्यो। हेर्दाहेर्दै स्कुल छोडियो, घर छोडियो, गाउँ छोडियो... सबै कुरा छोडियो तर केही पाइएन। पाइयो त एउटा खँलासीको जागिर। जे कुरा पनि रहर हुँदा मात्रै रमाइलो लाग्ने रहेछ, त्यही रहर काम बन्यो भने मन मर्दो रहेछ। तर के गर्नु? पढाई छैन, ईलम छैन, सिप छैन? रमाइलोको लागि बसमा झुन्डिदा झुन्डिदै आखिरमा ड्राइभर सम्म बनियो। अब ईलमले यो भन्दा अरु चाँहीं केही बनिएला जस्तो छैन। अब बन्न मन लागेको भनेको बाउ हो, तर खोइ दुइटा ज्यान पाल्न त धौ धौ भएको बेलामा कसरी धान्ने हाउ? बुढीले पनि खुब रहर गर्छे, तर भन्न सक्दिन बिचरी, मेरो ब्यथा त्यस्ले जस्तरि कल्ले बुझ्छ र? त्यसैले अब सोच्नै पर्छ, रिनधन नै गरेर भए पनि बिदेश जानु पर्‍यो। एउटा सन्तानक

लौ अचम्म...!! फोम पो लोड गर्दै रहेछन छतमा। राम्रै लगेज पाईएछ आज। 'सरले बोलाउनु भएको छ', खलाँसीले भन्यो। को-को न सर होला भनेको अघि उही क्यु लाइदिन्न भन्ने लण्ठु रहेछ। 'बर्खा मास लगेज पायौ, राम्रो भो। ल यो बील र पैसा राख' 'सर यत्रो लगेज छ, १५०० त साह्रै थोरै भयो नि' 'तेरिमासाले फोम हो यो, हल्का छ, हेर्दा मात्रै धेरै देखिएको हो, लिने भए लि नत्र म समान झारिदिन्छु' 'सर ट्राफिकले ३ ठाऊंमा मात्रै समाए भने यति पैसा सबै तिनैलाई बुझाऊँदैमा ठीक्क हुन्छ, साहुलाई के दिनु मैले? यतिमा त म लैजान्न' 'ओइ, त्यो समान झारिदे, पछाडिको गाडीमा हाल' 'सर हाम्रो लगेज बुक भाईसकेको छ, हाल्न मिल्दैन' पछाडिको ड्राइभर बाठो भैहाल्यो। 'सर समान झारिदिनुस्, मेरो समय हुन लाग्यो।' म पनि हल्का बाठो भए झैं गरें। 'ल ल भन् कतिमा लैजान्छस?' 'तँ मु**को समान त जती नै दिए नि लान्न' मनले यस्तो भन भन्यो तर भनिन, 'सर अब यत्रो समान, कति दिने आँफै बिचार गर्नुस्।' 'हेर तिमीहरुलाई अर्को पटक लगेज चाहिन्छ की चाहिंदैन? खुरुक्क भन

हेर हेर यसबेला सम्म यस्तो भुइँमा नि कस्तो सुत्न सकेको होला? पक्कै प्लास्टिक सुँघेर कि केही खाएर सुतेको हुनुपर्छ। अचेल यो बसपार्क एरियामा ट्यापे पनि कति हुन? खलाँसी हुन कि ट्यापे हुन चिन्नै सकिन्न। चोरेरै अत्त्याए बा। हुँदा हुँदा स्पेयर टायर समेत जोगाउन धौ-धौ भैसक्यो। कुन दिन इन्जिन खोलेर लाने हुन भन्ने डर छ। बसपार्क भन्नु मात्रै को छ, केही कुरोको सुरक्षा छैन। कतै पकेट मारे भनेर प्यासेन्जर रोएको देखिन्छ कतै समान चोरे भनेर ड्राइभर रोएको देखिन्छ। चाढबाढको बेलामा त पुलिस सुलिस बसेर यसो कडाइ गरे हूने नि। जसलाई जे भए पनि अन्तिममा दोष चाँहीं हामी ड्राइभरलाई आऊँछ। नेपालमा अब ड्राइभर भएर बाँच्न सकिन्न। तर कहाँ जाऊँ म, जहाँ जाऊँ भने पनि लाख रुपैयाँ साथमा नभइ कुरा चलाऊनु बेकार छ, आफु यहाँ बुढीलाई फरिया किन्न नसकेको बेलामा लाख लाख कहाँबाट ल्याउनु। बरु यसो स-सानो लगेज पाउन पाए यो तीज त उम्किन्थ्यो। न साहुलाई दिनु पर्ने, न खलाँसीलाई नै। टक्क सिट मुनी पोको लुकाएर लैदिने हो, भित्र जे सुकै होस बाल मतलब? आफु यहाँ भोकै मरियो भने हामीलाई कसले बाल दिन्छ र? तर अचेल साना लगेज पाउन नि गाह्रो भैसक्यो। संकटका

ए आज त शनिबार पो। आम्मै....... के सार्हो टाउको दुखेको, लोकलवासा भनेर के खुवाएछन यार हिजो? एकछिन अझै सुते बरु निको हुन्थ्यो कि? हा... चिया पिए पछि सन्चो होला नि आफै, फेरी क्यु लाउन नि जानू छ। बिहान त काठमाडौंमा चिसो सुरु भैसकेछ, अचेल ३-४ दिन भयो रे लगातार पानी परेको रहेछ, हिजो आऊँदा नि पुरै बाटो भरी पानी पर्यो। अब त तीज लाइसक्यो अली-अली त भीड त बढ्नु पर्ने, पानी धेरै परेर हो की धेरै मान्छे नै चलेका छैनन। खै हिजो उताबाट आऊँदा रित्तै आइयो, आज यताबाट जाँदा कस्तो हुने हो कुन्नि.. ? उता साहु टोपल्लिएको चाँहीं आज यत्रो भाग ल्याउला भनेर कुरेर बसेको होला, उताबाट हिंड्ने बेलामा त २ सिट मात्रै मान्छे देखेर मुख बिगार्दै थियो, बाटोमा त अली अली प्यासेन्जर चढ्ने झर्ने त भएकै थियो, खलाँसी मुर्दार चाँहीं तेल खर्च नि उठेन भन्छ। हिजो राती खाना खाएको पैसा नि तिर्नु छ, त्यसमाथि आउने बित्तिकै ग्यारेजमा लगेर ब्रेक कसियो। यो बर्खांमास गाडी चलाऊँदा यही झ्याऊ... बाटो त्यस्तो छ, फेरी पानी परेको परेई, अनि खटारो गाडी। पानी परेपछी ब्रेक दायाँ तान्छ, उताबाट आऊँदा भीरमा गएर धस्सिने हो कि भन्ने पीर, यताबाट जाँदा

एकाएक नेपथ्यबाट घद्रयाक-घुद्रुक को आवाज आयो। दुई ठुल्ठुला भित्तो विचको सानो अंध्यारो गल्लिबाट रन्थनिदै एउटा ठिटो निस्क्यो- मानौ कुनै मन्द मादक पदार्थ खाएको मानिस हो। आगाडी पनि भित्तो नै थियो, अग्लो न अग्लो र दायाँ-बाँया सुनसान भत्केका बाटाहरु। उ किन त्यति लामो समय त्यो अन्धकारमा बसेको रैछ कुन्नि बाहिर निस्किएर त रिसले चुर-चुर भएर बौलाहा जस्तो यता उता हेर्न थाल्यो। गल्लिको उता सम्म गयो अनि फेरी गल्लिको यता सम्म आयो मानौ कसैलाई खोजिरहेको जस्तो। यति त छर्लंग थियो उसको भाव-भंगीबाट कि उ उग्र आवेगमा छ। तर बाटाहरु,   सिर्फ सडक सुरक्षा गर्न बसेका भुस्याहा कुकुरको भौं भौं बाट गुन्जायमान मात्र भयो । उसको सुन्ने कोहि थिएन- निर्जन सडकले भौं भौं रटी रह्यो। अनि त त्यो झन् स्या-स्या सु-सु गर्दै लामो लामो सास लिंदै, त्यसै च्याँठिदै, आक्रोसमा आफ्नै हात झट्कार्दै, खुट्टाले यता उता डाङ्डाङ् डुङडुङ गर्न लाग्यो! उ आवेग सहन नसकेर हो कि कुन्नि के हो, त्यसै त्यसै चिच्याउदै 'मलाई चिनिनस, मलाई चिनिनस' भन्दै यता उता हेर्दै भौतारिदै कराउन थाल्यो। प्रतिउत्तरमा सिर्फ कुकुरे भुकाईहरुले कोलाहल गर्न थाल्यो।

१. उसका बा ले नयाँ रेडियो किनेर ल्याएका थिए । ३ वटा ठूलो ‘साइज’ को ब्याट्री लाग्ने ‘इण्डियन’ रेडियो को आवाज पनि ठूलै थियो । एफएम ब्याण्ड लाग्ने भएपनि, उसका बा रेडियो नेपाल मात्र सुन्थे । उ भर्खर ८ कक्षामा पढ्दै थियो भने, उसका बा ले पढेकै थिएनन् । त्यही पनि उसका बा सामान्य  नेपाली अक्षर भने पढ्न सक्थे । रेडियो मा गित बजिरहन्थ्यो तर उसका बा लाई केही मतलब लाग्दैन थियो । उसका बा रेडियो ध्यान दिएर सुन्दैनथे तर हरबखत रेडियो बजाइ नै रहन्थे । टाँइ, टुँई, साईँ, सुँई गरेर पनि रेडियो नेपाल बजिरहन्थ्यो । बिहान उठेर गोबर सोहर्ने, धन्दापात गरे देखि बजेको रेडियो राती अबेरसम्म बजिरहन्थ्यो, कहिलेकाँही उसका बा ले रेडियो बन्द गर्न बिर्सिँदा त रातभरि रेडियो स्याँ गरेको सुनिन्थ्यो । उसका बा रेडियो का सौखिन थिए तर पनि उसलाई थाहा थियो, उसका बा ले, रेडियो मा बजेका कार्यक्रम खासै बुझ्दैनन् र बुझ्नलाई खासै जोड पनि दिँदैनन् । बा ले रेडियो बजाएको देखेर कहिलेकाँही उसलाई साह्रै झर्को पनि लाग्थ्यो । बेलुका को ७ बज्दै थियो, टुकी बत्ति को उज्यालो मा, उ आफ्नो परीक्षा को तयारी गर्दै थियो । रेडियो नेपाल मा ८ बजे

“नमस्कार वकिल सा'ब !” भन्दै एकजना ६०-६५ वर्ष झैँ लाग्ने एक व्यक्ति अफिस मा छिर्छन् । 'नमस्कार' फर्काउँदै हात को इशारा ले बस्नुस भन्ने आग्रह गर्छु । मैले केही भन्नै नपाइ 'म त वर्वाद नै हुँला जस्तो छ,सर' भन्दै हात जोडेर कुर्सी मा बस्छन् । 'के भयो र, तपाईलाई?' म प्रश्न सोध्छु, उनी जवाफ दिन्छन्, “खेत बेचेँ, पास गर्दिसँके, पैसा चाँहि आधिमात्र लिएको छु, अनि आज बाँकि पैसा दिन्छु भन्थे, त्यै भ'र सदरमुकाम आ'को, ३ बज्न लागि सक्यो, खै अहिले सम्म पैसो पाइएन, पैसो पाइएन भने,के गर्ने भनेर, हजुरलाई भेट गर्न आ'को हजुर” । ए ! मैले टाउको हल्लाएँ । मंसिर महिना, मधुरो घाम लागिरहेको छ, अनि मन्द चिसो बतास चलिरहेको छ । मेरो कार्यालय को झ्याल खुल्लै छ, जहाँबाट प्राय: दिनहुँजसो गौरीशंकर हिमाल देखिन्छ। मधुरो घाम, र बादल नलागेको भएर, गौरीशंकर घाम को किरण मा सुनौलो रङ्ग ले टल्किएको छ । ठ्याक्कै शिव र पार्वती झैँ लाग्ने, आकृती मा पनि सुनौलो रङ्ग देखिएको छ । मन्द हावा का कारण, समय समय मा झ्यालबाट पर्दा बाहिर उड्न खोज्छ । धुलिखेल बजार मा पनि मैले एकान्त रोजेको छु । उता अलि