Skip to main content

Posts

Showing posts with the label Radio Bachan

Listen to Maya Thakuri's Story 'चौतारो साक्षी छ' in RadioBachan. आज को रेडियोवाचन को नयाँ अंक मा "माया ठकुरी" को कथासंग्रह 'चौतारो साक्षी छ' बाट "उसको कथा" तथा "चौतारो साक्षी छ" नामक २ वटा कथा वाचन गर्दैछौँ । रेडियोवाचनका लागि हाम्रा चिरपरिचित प्रस्तोता 'अच्युत घिमिरे' कथा वाचन गर्दैहुनुहन्छ भने प्रविधि मा दिलिप ज्योती ले साथ दिइरहनुभएको छ । नेपाली साहित्य मा माया ठकुरी का कथाहरु यथार्थपरक मानिन्छन् । सन् १९४६ मा लखनउ भारत मा जन्मिनु भएकी कथाकार माया ठकुरी को पहिलो कथा 'बहुलाही' हो । बिए सम्म अध्ययन गर्नुभएकी कथाकार ठकुरी ले शास्त्रिय संगित मा जुनियर डिग्री गर्नुभएको छ भने,  शिक्षण पेशा मा संलग्न हुनुहुन्छ । उहाँले वि. सं. २०४१ को मैनालीकथा पुरस्कार,वि.सं. २०३५ मा रन्तश्री स्वर्ण पदक र वि.सं. २०४३ मा जिल्ला शिक्षा समिति पाल्पाद्वारा कदर पत्र / प्रशंसा पत्र ले सम्मानित हुनुभएको छ । उहाँ को "नजुरेको जोडी - कथा संग्रह, गमलाको फूल - कथा संग्रह, साँघु तरेपछि - कथा संग्रह" आदि लगायत का कथा संग्रहहरु प्रकाशित भए

विगत का ६ शृंखलामा हामीले रेडियोवाचन अन्तर्गत डा वानिरा गिरी को उपन्यास 'कारागार' वाचन गरेका थियौँ । अच्युत घिमिरे को वाचन रहेको डा गिरी को उपन्यास 'कारागार' यहाँहरुलाई मनपर्‍यो भन्ने हामीले आशा गरेका छौँ । एउटा प्रौढा नारी को जीवन भोगाइ, खोतल्ने प्रयास गरिएको उपन्यास 'कारागार' नेपाली मा पिचडी गर्ने प्रथम महिला डा. वानिरा गिरी ले लेख्नुभएको हो । उपन्यासमा कुनै पनि पात्र को नाम दिइएको छैन । उपन्यास फ्ल्यास ब्याक मा गएर लेखिएको छ । वास्तविकतामा कैदीलाई थुनिने ठाउँ कारागार हो तर केही अन्तर्मुखीहरु आफैँ कारागार मा परेको अनुभव गर्छन् । यस्तै यस्तै प्रौढानारी को भावनालाई यो उपन्यास मार्फत उजागर गरिएको छ । गएको हप्ता गरेको वाचा अनुसार आज हामी कारागार को सम्पुर्ण डाउनलोड लिंक सहित उपस्थित भएका छौँ । Download Karagar (Radio Bachan) Download: Karagar-1 Download: Karagar-2 Download: Karagar-3 Download: Karagar-4 Download: Karagar-5 Download: Karagar-6

Listen to Banira Giri's Karagar : Episode-6 आजको रेडियोवाचन को यो नयाँ श्रृंखला मा हाम्रा चिरपरिचित रेडियो प्रस्तोता अच्युत घिमिरे डा. वानिरा गिरी को चर्चित उपन्यास 'कारागार' को अन्तिम अंक वाचन गर्दैहुनुहुन्छ । सँधै झैँ आज पनि प्रविधिमा दिलिप ज्योती ले साथ दिइरहनुभएको छ । एउटा प्रौढा नारी को जीवन भोगाइ, खोतल्ने प्रयास गरिएको उपन्यास 'कारागार' नेपाली मा पिचडी गर्ने प्रथम महिला डा. वानिरा गिरी ले लेख्नुभएको हो । उपन्यासमा कुनै पनि पात्र को नाम दिइएको छैन । उपन्यास फ्ल्यास ब्याक मा गएर लेखिएको छ । वास्तविकतामा कैदीलाई थुनिने ठाउँ कारागार हो तर केही अन्तर्मुखीहरु आफैँ कारागार मा परेको अनुभव गर्छन् । यस्तै यस्तै प्रौढानारी को भावनालाई यो उपन्यास मार्फत उजागर गरिएको छ । उपन्यास को मज्जा लिन त, तपाई ले सुन्नै पर्छ, रेडियोवाचनमा, कारागार का अंकहरु ! आगामी अंक मा, हामी कारागार को सम्पुर्ण डाउनलोड लिंक सहित उपस्थित हुनेछौँ ।

Listen to Banira Giri's Karagar : Episode-5 आजको रेडियोवाचन को यो नयाँ श्रृंखला मा हाम्रा चिरपरिचित रेडियो प्रस्तोता अच्युत घिमिरे डा. वानिरा गिरी को चर्चित उपन्यास 'कारागार' को पाचौँ अंक वाचन गर्दैहुनुहुन्छ । सँधै झैँ आज पनि प्रविधिमा दिलिप ज्योती ले साथ दिइरहनुभएको छ । एउटा प्रौढा नारी को जीवन भोगाइ, खोतल्ने प्रयास गरिएको उपन्यास 'कारागार' नेपाली मा पिचडी गर्ने प्रथम महिला डा. वानिरा गिरी ले लेख्नुभएको हो । उपन्यासमा कुनै पनि पात्र को नाम दिइएको छैन । उपन्यास फ्ल्यास ब्याक मा गएर लेखिएको छ । वास्तविकतामा कैदीलाई थुनिने ठाउँ कारागार हो तर केही अन्तर्मुखीहरु आफैँ कारागार मा परेको अनुभव गर्छन् । यस्तै यस्तै प्रौढानारी को भावनालाई यो उपन्यास मार्फत उजागर गरिएको छ । उपन्यास को मज्जा लिन त, तपाई ले सुन्नै पर्छ, रेडियोवाचनमा, कारागार का अंकहरु !

Listen to Banira Giri's Karagar : Episode-4 आजको रेडियोवाचन को यो नयाँ श्रृंखला मा हाम्रा चिरपरिचित रेडियो प्रस्तोता अच्युत घिमिरे डा. वानिरा गिरी को चर्चित उपन्यास 'कारागार' को चौथो अंक वाचन गर्दैहुनुहुन्छ । सँधै झैँ आज पनि प्रविधिमा दिलिप ज्योती ले साथ दिइरहनुभएको छ । एउटा प्रौढा नारी को जीवन भोगाइ, खोतल्ने प्रयास गरिएको उपन्यास 'कारागार' नेपाली मा पिचडी गर्ने प्रथम महिला डा. वानिरा गिरी ले लेख्नुभएको हो । उपन्यासमा कुनै पनि पात्र को नाम दिइएको छैन । उपन्यास फ्ल्यास ब्याक मा गएर लेखिएको छ । बा-आमा तिर्थ जाने कुरा सँगै आज को उपन्यास सुरु हुन्छ । तर बद्रिनाथ बाट फर्किँदा, बाटो मा हिउँ पहिरो मा परे रे, उनी अनाथ भइन् रे । एउटा संसार ३ वटा टुक्रमा बदलियो रे, सं, सा अनि र, 'ठुल्दाजु, सान्दाजु र म' । बा ले, इच्छापत्रमा ठूलो छोरो र सानो छोरोलाई बराबार अनि श्रीमती र छोरीको लागि बराबर अंश भाग लगाएका रहेछन्, तर श्रीमती पनि उनीसँगै टाढा गइसकेकी छिन्, कहिले नफर्किने गरी ! केटाहरु धेरै आए, तर आफूलाई सोध्दै नसोधी ठुल्दाइ, सान्दाइ र भाउजु ले सँधै प्रस्ताव अस्विक

Listen to Banira Giri's Karagar : Episode-3 आजको रेडियोवाचन को यो नयाँ श्रृंखला मा हाम्रा चिरपरिचित रेडियो प्रस्तोता अच्युत घिमिरे डा. वानिरा गिरी को चर्चित उपन्यास 'कारागार' को तेस्रो अंक वाचन गर्दैहुनुहुन्छ । डा. वानिरा गिरी को उपन्यास 'कारागार' मा कुनैपनि पात्रहरु को नाम दिइएको छैन । वास्तविकतामा कैदीलाई थुनिने ठाउँ कारागार हो तर केही अन्तर्मुखीहरु आफैँ कारागार मा परेको अनुभव गर्छन् । यस्तै यस्तै प्रौढानारी को भावनालाई यो उपन्यास मार्फत उजागर गरिएको छ । उपन्यास को मज्जा लिन त, तपाई ले सुन्नै पर्छ, रेडियोवाचनमा, कारागार का अंकहरु !

Listen to Banira Giri's Karagar : Episode-2 "प्रकाशको निम्ति प्वाँख बेच्छन् बत्ति नगिचका डाँठहरु, विलासका निम्ति सबथोक बेच्छन् महल निवासी स्वाँठहरु, वरदान को निम्ति गर्दन बेच्छन् सिंङ्ग उम्रेका बोकाहरु, ज्यानका निम्ति केन बेचुन् हामी जस्ता भोकाहरु ।" हाँस्यव्यङ्ग्यकार 'भैरव अर्याल' को कविता सँगै सुरुहुने आजको रेडियोवाचन को यो नयाँ श्रृंखला मा हाम्रा चिरपरिचित रेडियो प्रस्तोता अच्युत घिमिरे डा. वानिरा गिरी को चर्चित उपन्यास 'कारागार' को दोश्रो अंक वाचन गर्दैहुनुहुन्छ । आज को यो श्रृंखला मा प्रविधिमा दिलिप ज्योती ले साथ दिइरहनुभएको छ । डा. वानिरा गिरी को उपन्यास 'कारागार' मा कुनैपनि पात्रहरु को नाम दिइएको छैन । वास्तविकतामा कैदीलाई थुनिने ठाउँ कारागार हो तर केही अन्तर्मुखीहरु आफैँ कारागार मा परेको अनुभव गर्छन् । यस्तै यस्तै प्रौढानारी को भावनालाई यो उपन्यास मार्फत उजागर गरिएको छ । उपन्यास को मज्जा लिन त, तपाई ले सुन्नै पर्छ, रेडियोवाचनमा, कारागार का अंकहरु !

Listen to Banira Giri's Karagar : Episode-1 "छाति च्यापेर हिँड्छ उ, मान्छे हुनुको गौरव, सम्भवत कोही हो भने, उ नै हो भगवत विजयी !" डा. वानिरा गिरीको 'मेरो आविष्कार' बाट साभार गरिएका हरफ सँगै सुरुहुने आजको रेडियोवाचन को यो नयाँ श्रृंखला मा हाम्रा चिरपरिचित रेडियो प्रस्तोता अच्युत घिमिरे डा. वानिरा गिरी को चर्चित उपन्यास 'कारागार' वाचन गर्दैहुनुहुन्छ । सँधै झैँ आज को यो श्रृंखला मा प्रविधिमा उज्वल अधिकारी ले साथ दिइरहनुभएको छ । वास्तविकतामा कैदीलाई थुनिने ठाउँ कारागार हो तर केही अन्तर्मुखीहरु आफैँ कारागार मा परेको अनुभव गर्छन् । यस्तै यस्तै प्रौढानारी को भावनालाई यो उपन्यास मार्फत उजागर गरिएको छ । उपन्यास को मज्जा लिन त, तपाई ले सुन्नै पर्छ, रेडियोवाचनमा, कारागार का अंकहरु !

Listen to Bijaya Malla's 'Ma ra Chitthi' in RadioBachan. केही दिन को विश्राम पछि रेडियोवाचन मा फेरी एउटा अर्को एक अंकमा सकिने कथा लिएर उपस्थित भएका छौँ । विजय मल्ल को 'परेवा र कैदी' कथा संग्रहबाट आज 'म र चिठ्ठी' शीर्षक को कथा वाचन गर्दैछौँ । रेडियोवाचनका लागि यसका प्रस्तोता अच्युत घिमिरे वाचन गर्दैहुनुहुन्छ भने, प्रविधिमा उज्वल अधिकारी ले साथ दिइरहनुभएको छ । एक समय, काठमाडौँ को एक एफएम स्टेशन बाट प्रसारित रेडियोवाचनका श्रृंखलाहरु हामी आकारपोष्ट मार्फत बजाइरहेका छौँ । आज को रेडियोवाचन को श्रृंखला मा बजेको कथा 'म र चिठ्ठी' २००७ सालमा लेखक प्रजातन्त्र प्राप्ति पछि जेलबाट छुटेको कुरा बाट सुरु हुन्छ । लेखक कांग्रेसका कार्यकर्ता रहेछन्, अनि दिनहुँ चिठ्ठीहरु आउँदारहेछन्, अनि प्राय पत्रमा जागिर को याचना गरिएको हुन्थ्यो । व्यवस्था बलदिएको भएपनि मनोवृत्ति बदलिएको थिएन । एकदिन, एउटी आइमाई को चिठ्ठी आयो । चिठ्ठी लेख्ने आइमाईलाई लेखक चिन्छन् तर लेखकले यहाँ उनको नाम भने उल्लेख गरेका छैनन् । त्यो चिठ्ठी पढिसकेपछि लेखक ले त्यही चिठ्ठीलाई कथाको रुप दिएका छन्

Listen to Neelam Karki's Story 'Hawan' in RadioBachan. आज को रेडियोवाचनमा पनि केही छोटा कथाहरु लिएर आएका छौँ । निलम कार्की ‘निहारिका’ को कथा संग्रह ‘हवन’ बाट अच्युत घिमिरे केही कथाहरु वाचन गर्दै हुनुहुन्छ भने प्रविधि मा साथ दिइरहनुभएको छ, अनिल मन्डर ले । ‘हवन’ कथा संग्रह मा रहेका ४ वटा कथाहरु आज वाचन गरिँदैछ । 'खरिद बिक्रि', 'परिशिष्ट मृत्यु', 'हवन' र 'एकै मृत्यु का दुईरुप' गरि आज ४ वटा कथाहरु प्रशारण गरेका छौँ । सामाजिक यथार्थ र सामाजिक धरातलमा रहेर लेखिएका कथाहरु सबै यथार्थपरक छन् । खरिदबिक्रि कथामा बेचिएका चेलीहरु या भनौँ जबरजस्ति यौन पेशा मा संलग्न गराइएका चेलीहरु बारे लेखिएको छ । शरिरलाई मासु भन्दै कथा मा प्रयुक्त गरिएको छ । त्यस्तै परिशिष्ट मृत्युमा पनि बाँचुन्जेल कसैले नहेर्ने तर मरेपछि चाँहि सबैले हाइहाइ गर्ने प्रवृत्ति सत्य घटना भन्दै लेखिएको छ । अनि कथासंग्रहको शिर्ष कथा 'हवन' मा चाँहि सन्तानप्राप्तिका लागि एउटा पुरुष ले धेरै महिला बिबाह गरेको उल्लेख छ, 'हवन' शीर्षक ले नै धेरै भनिरहेको छ, कथा को बारेमा । 

Listen to Neelam Karki's Story in RadioBachan. आज को रेडियोवाचनमा केही छोटा कथाहरु लिएर आएका छौँ । निलम कार्की ‘निहारिका’ को कथा संग्रह ‘हवन’ बाट अच्युत घिमिरे केही कथाहरु वाचन गर्दै हुनुहुन्छ भने प्रविधि मा साथ दिइरहनुभएको छ, अनिल मन्डर ले । ‘हवन’ कथा संग्रह मा रहेका ४ वटा कथाहरु आज वाचन गरिँदैछ । सुरुमा ‘२०६२ को राजमार्ग’ वाचन हुँदैछ, जुन कथा ले तत्कालिन नेपाल को अवस्था को सजिव चित्रण गरेको छ । कुनै पात्र नभएपनि, यो कथा ले धेरै कुरा भनिरहेको छ, जनयुद्ध, माओवादी, सेना, जनताले खेपेका सकस र सास्ति ! त्यसपछि ‘दोस्रो बिहे’, ‘जन्मिन नपाएका नानीहरु’ र ‘हारजित’ कथा वाचन हुनेछ । निलम कार्कीका कथाहरुले अधिकांशका व्यथाहरु बोकेका छन् । भ्रुण हत्या को विषय ‘जन्मिन नपाएका नानीहरु’ कथा मा समेटिएको छ, भने वैवाहिक सम्बन्ध आदि का बारेमा बाँकि कथा मा लेखिएको छ । निलम कार्की ‘निहारिका’ को हवन कथा मा संग्रहित केही कथाहरु आज को बसाइ मा वाचन गरियो भने, केही कथाहरु अर्को बसाइमा वाचन गरिने छ । यहाँहरुलाई यो वाचन कस्तो लाग्दैछ, कथाहरु कस्तो लाग्यो, जान्ने उत्सुकता हामी मा रहेको छ । धन्यवाद अच्य

Listen to Krishna Dharabasi's Story Jhola in RadioBachan. आज को रेडियोवाचन मा लिएर आएका छौँ, कृष्ण धारावासी को झोला कथासंग्रह बाट ‘झोला’ शिर्षक को कथा । वाचन गर्दैहुनुहुन्छ अच्युत घिमिरे भने प्रविधिमा राम श्रेष्ठ हुनुहुन्छ । २०६० मा प्रकाशित झोला कथा संग्रह मा रहेको कथा ‘झोला’ वाचन गरिँदैछ । कथा मा, कथाकार धारावासी आफैँ उपस्थित भएकाछन् । घरमा झुण्ड्याइराखेको झोला मा कुनै अपरिचित ले ल्याइएको पत्र रहेछ, लेखक त्यही पत्र पढेर यहाँ सुनाउँदैछन् । कथामा कथाकार ले आफ्नो घरको परिवेश को पनि वर्णन गर्दैछन्, श्रीमती, आमा, छोरा सबैछन् कथा मा । त्यो अपरिचितको पत्र लेखक हामीलाई सुनाउँदैछन् । त्यो पत्र मा लेखिएको छ । मेरी आमा को सानैमा बिहे भयो, मेरो बुबा सँग । बुबाको यो दोश्रो बिहे थियो, आफूभन्दा ४० वर्ष कम उमेर की केटी सँग मेरो बुबाको बिहे भएको थियो । म ११ वर्ष को थिँए । एकदिन, बुबा को मृत्यु भयो, मेरी आमा सती जानुपर्ने भयो । म उहाँ सती होइन भन्छु, बुबाले सती नजानु भनेको कुरा सबैलाई सुनाउँछु तर मेरो कुरा कसैले सुन्न चाहेनन् । सबै भन्छन्, अब यिनी सती भइसकिन् । आमा ए

Listen To Full Episode of Lolita. Lolita, one of the most controversial novel written by Vladimir Nabokov explores the human feelings and emotions amid age, sex and of course relationships. A girl's development of sexuality and a man's rise and fall in love and sex is shown so much easily and nicely. Lolita was written at the time of the steady development of sexual life in European / English society. The sophisticated lives of European people in the century have been highly criticized for the sexual life, extra martial affairs, adultery, and cuckoldry. Lolita is the beau of the European society. During the 18th and 19th century man was supposed to be god's creation. It was the biblical view. At the end of the 19th century there came philosophers' like Marx, Freud and Darwin. These three philosophers changed the bourgeois view through their theories. Sigmund Freud's theory is highly controversial. Freud considered man as a sexual being. Man's activities a

Listen to 6th episode of Lolita. लोलिता सँगको बसाइमा आज छैठौँ अंक लिएर हामी उपस्थित भएका छौँ । रेडियोवाचनमा “लोलिता”को अन्तिम अंक वाचन गर्दैछन्, अच्युत घिमिरे र प्रविधी मा साथ दिइरहेकाछन् अनिल मन्डर । भ्लादिमिर नावोकोभ को विश्वविख्यात उपन्यास लोलिता को छैठौँ अंक आज सुनाउँदै छौँ ,आज को रेडियोवाचनमा । केशरी अमगाईव्दारा नेपाली मा अनुवादित उपन्यास “लोलिता”, प्रोफेसर “हम्बर्ट र लोलिता” बिच को यौनसम्बन्धमा आधारित उपन्यास हो । आगामी हप्ता लोलिता को सम्पुर्ण लाउनलोड लिंक सहित उपस्थित हुनेछौँ ।

Listen to 5th episode of Lolita. लोलिता सँगको बसाइमा आज पाचौँ अंक लिएर हामी उपस्थित भएका छौँ । रेडियोवाचनमा “लोलिता”को पाचौँ अंक वाचन गर्दैछन्, अच्युत घिमिरे र प्रविधी मा साथ दिइरहेकाछन् अनिल मन्डर । भ्लादिमिर नावोकोभ को विश्वविख्यात उपन्यास लोलिता को पाचौँ अंक आज सुनाउँदै छौँ ,आज को रेडियोवाचनमा । केशरी अमगाईव्दारा नेपाली मा अनुवादित उपन्यास “लोलिता”, प्रोफेसर “हम्बर्ट र लोलिता” बिच को यौनसम्बन्धमा आधारित उपन्यास हो । एउटा बुढो प्रोफेसर र कलिली केटी बिच को सम्बन्ध को वर्णन गरिएको यो उपन्यास, विश्व कै सर्वाधिक विवादाश्पद उपन्यास हो । प्रोफेसर हम्बर्ट, लोलितालाई लिएर सहर सहर मा डुलिरहेकाछन् । विभिन्न सहरका प्राय: जसो सबै होटल, मोटल चहारिरहेकाछन् ।

Listen to 4th episode of Lolita. लोलिता सँगको बसाइमा आज चौथो अंक लिएर हामी उपस्थित भएका छौँ । रेडियोवाचनमा “लोलिता”को चौथो अंक वाचन गर्दैछन्, अच्युत घिमिरे र प्रविधी मा साथ दिइरहेकाछन् अनिल मन्डर । भ्लादिमिर नावोकोभ को विश्वविख्यात उपन्यास लोलिता को चौथो अंक आज सुनाउँदै छौँ ,आज को रेडियोवाचनमा । केशरी अमगाईव्दारा नेपाली मा अनुवादित उपन्यास “लोलिता”, प्रोफेसर “हम्बर्ट र लोलिता” बिच को यौनसम्बन्धमा आधारित उपन्यास हो । एउटा बुढो प्रोफेसर र कलिली केटी बिच को सम्बन्ध को वर्णन गरिएको यो उपन्यास, विश्व कै सर्वाधिक विवादाश्पद उपन्यास हो । तपाईलाई रेडियोवाचनमा, लोलिता को वाचन कस्तो लाग्दैछ । प्रतिक्रियाको आशा मा रहेकाछौँ ।

Listen to 3rd episode of Lolita. लोलिता सँगको बसाइमा आज तेस्रो अंक लिएर हामी उपस्थित भएका छौँ । रेडियोवाचनमा “लोलिता”को तेस्रो अंक वाचन गर्दैछन्, अच्युत घिमिरे भने प्रविधीमा साथै रहेकाछन्, अनिल मन्डर । भ्लादिमिर नावोकोभ को विश्वविख्यात उपन्यास लोलिता को तेस्रो अंक आज सुनाउँदै छौँ ,आज को रेडियोवाचनमा । केशरी हुमगाईव्दारा नेपाली मा अनुवादित उपन्यास “लोलिता”, प्रोफेसर “हम्बर्ट र लोलिता” बिच को यौनसम्बन्धमा आधारित उपन्यास हो । एउटा बुढो प्रोफेसर र कलिली केटी बिच को सम्बन्ध को वर्णन गरिएको यो उपन्यास, विश्व कै सर्वाधिक विवादाश्पद उपन्यास हो । हम्बर्ट को सार्लट सँग बिहे भयो… हम्बर्ट सयनकक्ष मा पनि सार्लटलाई लोलिता सम्झन्थे… सार्लट र हम्बर्ट बिच झगडा… सार्लट को गाडि दुर्घटनामा मृत्यु हुन्छ… लोलिता र हम्बर्ट सँगै… यस्तै यस्तै कथा सँगै उपन्यास अगाडि बढेको छ । तपाईलाई रेडियोवाचनमा, लोलिता को वाचन कस्तो लाग्दैछ । प्रतिक्रियाको आशा मा रहेकाछौँ ।

Listen to 2nd episode of Lolita. केशरी हुमागाईव्दारा अनुवादित भ्लादिमिर नावोकोभ को विवादास्पद र बहुचर्चित उपन्यास “लोलिता” को दोश्रो अंक लिएर आजको रेडियोवाचनमा उपस्थित भएका छौँ । २० औँ शताब्दि का प्रख्यात कथाकार तथा उपन्यासकार भ्लिदिमिर नावोकोभ ले लोलिता उपन्यास मा “हम्बर्ट को आफ्नी झट्केली छोरी लोलिता प्रतिको यौनाभावको खुलासा” गरेकाछन् । आजको रेडियोवाचन को बसाइमा संसारभर करोडौँ प्रति बिक्रि भइसकेको उपन्यास “लोलिता” को यो दोश्रो अंक हाम्रा लोकप्रिय रेडियोकर्मी अच्युत घिमिरे वाचन गर्दैहुनुहुन्छ, २५ औँ पृष्ठदेखि । लोलिता हिँड्दा हिँड्दै आएर रोकिइ … श्रीमती हेज… प्रोफेसर हम्बर्ट… प्रोफेसर हम्बर्ट लोलितालाई यौनको आँखाले हेर्दैछन्… । अनौठो सम्बन्ध र एकदमै विवादास्पद उपन्यास लोलिता, यस्तै यस्तै प्रसंगहरु सँग अघि बढ्दै जान्छ । अच्युत घिमिरे को वाचनमा सरल र सहज लागेको “लोलिता” को कथा मैले भनिरहनु जरुरी लाग्दैन । यहाँहरु ले सुनेर नै मुल्यांकन गर्नसक्नुहुन्छ । जब जब, श्रीमती हेज घरबाहिर हुन्थिन तब प्रोफेसर लोलितालाई चलाउने र जिस्क्याउने नियत ले हरदम लोलिताकै वरिपरि घुमिरहेका हुन्थे । यह

Listen to Lolita Online. साप्ताहिक कार्यक्रम रेडियोवाचन को आज को श्रृंखला देखि भ्लादिमिर नावोकोभ को उपन्यास "लोलिता" वाचन गरिँदैछ । रेडियोवाचनका लागि अच्युत घिमिरे, लोलिता वाचन गर्दैहुनुहुन्छ र प्रविधिमा साथ दिइरहनुभएको छ, साथी अनिल मन्डरले । केशरी हुमागाईले नेपाली मा अनुवाद गर्नुभएको यो उपन्यास "लोलिता" एक बहुचर्चित, विश्वप्रख्यात र विवादास्पद उपन्यास हो । अत्यन्त व्यस्तताको कारण, यस श्रृखंला को बारे लेख्न अहिले असमर्थ छु । यौनमा आधारित यो उपन्यास, तपाईलाई कस्तो लाग्दैछ, हामी जान्न चाहन्छौँ । यहाँहरुले आफ्ना प्रतिक्रियाहरु सिधै अच्युत घिमिरेलाई [email protected] मा पठाउन पनि सक्नुहुन्छ । सुन्दै रहनुहोला रेडियोवाचन, धन्यवाद !

अपडेट: प्रकाशक'को अाग्रहमा रेडियो वाचनबाट पल्पसा क्याफेको वाचन हटाइएको छ । हामी ले विगतका केही रेडियो वाचन का शृंखला मा नारायण वाग्ले को चर्चित उपन्यास "पल्पसा क्याफे" रेडियोकर्मी अच्युत घिमिरे को आवाजमा सुनाएका थियौँ । ८ अंकमा प्रशारण गरिएको पल्पसा क्याफे का लेखक सँग "पल्पसा क्याफे" को सेरोफेरो मा गरिएको कुराकानी राख्ने योजना हाम्रो थियो तर अन्तरवार्ता को रेकर्ड अहिले फेला पार्न नसकिएकोले प्रशारण गर्न असमर्थ भएका छौँ, पछि भेटिएको खण्डमा हामी अवश्य पनि राख्ने नै छौँ । हामीले भनिरहनुपर्दैन, पल्पसा क्याफे एक उत्कृष्ट उपन्यास हो जसलाई ऐतिहासिक दस्तावेज भन्दा पनि फरक नपर्ला । रेडियोवाचन को शृंखला मा यी सम्पुर्ण अंकहरु उपलब्ध गराइदिनुहुने अच्युत घिमिरेलाई धेरै धेरै धन्यवाद । पल्पसा क्याफे त सुनिसकियो, तर यहाँहरु ले पल्पसा क्याफेलाई कसरी मुल्यांङ्कन गर्नुभयो थाहा छैन । खैर कुरो जेसुकै होस्, आज यहाँ म केही साथिहरुको ब्लगमा प्रकाशित "पल्पसा क्याफे" बारे गरिएको टिप्पणीहरु सहित उपस्थित भएको छु । साथिहरुको ब्लगमा प्रकाशित भइसकेका कुराहरुलाई एकै ठाउँमा समेट्न