Skip to main content

Posts

Showing posts with the label Issue

सुरु मै प्रस्ट पारौँ, म ‘मेडिकल’ क्षेत्रसँग सम्बन्धित छैन तर पनि ब्लग भने स्क्र्याच कार्ड र क्यान्सर बारे लेख्दैछु ! केही दिन अघिको कान्तिपुर मा छापिएको खबर यस्तो छ: मोबाइल रिचार्ज गर्न लागि हामी स्क्रयाच कार्ड उपयोग गर्छौं । एटिएमको पासवर्डको लागि समेत यस्तै उपाय अपनाउनुपर्ने हुन्छ । तर ध्यान राख्नोस्, त्यस्तो बेला औंलाले स्क्रयाच नगर्नु नै राम्रो । वैज्ञानिकहरूको अनुसार त्यस्तो औंलाले शरीरमा छुँदा क्यान्सरको खतरा हुन्छ । मेडिकल रिसर्च अथोरिटी अफ अमेरिकाले हालै स्क्रयाच कार्डका विषयमा गरेको अनुसन्धानपछि यो तथ्य अगाडि आएको हो । अध्ययनअनुसार स्क्रयाच कार्डमा 'सिल्भर नाइट्रोअक्साइड' हुन्छ । नङको माध्यमले त्यो शरीरमा पुग्नु जोखिमपूर्ण हुन सक्छ । यो अक्साइडले छालाको क्यान्सरलाई निम्त्याउँछ । नाइटि्रक अक्साइडले शरीरमा बिस्तारै बिस्तारै नोक्सान पुर्‍याउन थाल्छ । टाउको दुखाइ, बान्ता र कमजोरीको रूपमा यसको असर देखिन्छ । मुटुको चाल असामान्य हुने, छाला चिलाउने, मुख सुक्ने, शरीरमा पानीको कमी हुने जस्ता समस्या पनि देखिन थाल्छन् । त्यस्ता व्यक्तिलाई सास फेर्नसमेत असजिलो भएको पाइयो । शरीरमा न

आफ्नो माग पुरा गराउन नेपाल बन्द, उपत्यका बन्द गर्ने गरिएको कुरा त हामीले देख्दै र भोग्दै आएकाछौँ ! अब “सोपा” [Stop Online Piracy Act (SOPA)] नामक विधेक अमेरिकी संसदले पास गर्न लागेका कारण, इन्टरनेटमा पनि आन्दोलन सुरु भएकोछ ! आन्दोलन स्वरुप “इन्टरनेट सेन्सरसिप” (SOPA/PIPA) को विरोध गर्दै ‘ विकीपेडिया ’ बुधबार (१८, जनवरी २०१२) १ दिनका लागि बन्द गरिने भएकोछ ! (हेर्नुस् English Wikipedia anti-SOPA blackout ) नेपाली समय अनुसार आज दिउँसो १०:४५ बजे (05:00 UTC) देखि भोलि बिहिबार दिउँसो १०:४५ बजेसम्म २४ घन्टाको लागि साइट बन्द हुनेछ ! विकीमिडिया फाउन्डेसनका सहसंस्थापक जिम्मी वेल्सले ट्विटर मार्फत, “सोपा” को विरोधमा ‘विकिपेडिया’ को अंग्रेजी संस्करण २४ घन्टाका लागि संसारभर बन्द गरिने बताएकाहुन् । ट्विटमा ठट्यौलो पारामा विद्यार्थीहरुलाई गृहकार्य समयमै गरिहाल्नु भन्दै, “Student warning! Do your homework early. Wikipedia protesting bad law on Wednesday!” ट्विट गरेका थिए ! विरोधका लागि २४ घन्टाभर साइट डाउन गर्ने निर्णय प्रति ईन्टरनेटमा मिश्रित प्रतिक्रिया व्यक्त गरिएकोछ । विकीपेडियाको निर्णय मूर्खताप

काठमाडौँमा फोहोर को समस्या नयाँ होइन । अनि सहरको यही फोहोर व्यवस्थापन गर्नु महानगरपालिको लागि सँधै टाउको दुखाइ को विषय बन्दै आएको छ । अझ झन् हामी काठमाडौँवासीको प्रवृति नै यस्तो छ कि, आफ्नो घरको फोहोर सँधै अरुलाई अप्ठ्यारो गर्ने गरी व्यवस्थापन गर्छौँ । काठमाडौँको बाटो दैनिकरुपमा नाप्दा बाटोमा विभिन्न किसिमका कुराहरु देख्न पाइन्छन् । बाटोमा देखिने कुराहरु कुनै रमाइला हुन्छन्, कुनै अप्रिय हुन्छन्, अनि बाटोमा देखिने केही कुराहरुले हामी मानवजातीलाई नै जिस्क्याइरहेका हुन्छन्, झस्काइरहेका हुन्छन् । अफिस जाने आउने क्रममा दशैँअघि बाटोमा यसप्रकार को सूचना देखेको थिँए । “कृपया यहाँ फोहोर फाल्न सख्त मनाही छ” , “सभ्य नागरिकको परिचय दियौँ” । एकव्यक्तिको घरसँगै रहेको पर्खालको छेउमा फोहोर फाल्ने गरिएको रहेछ । घरको पर्खालको छेवैमा फोहोर थुपारिएको थियो, अनि सायद घरधनीले हुनुपर्छ, फोहोर फालिएको स्थानलाई घेरेर, फोहोर नफाल्न आग्रह गरेको सूचना टाँसेका थिए । अस्तिको दिन (तिहार पछि) अफिसबाट घरतिर फर्किँदै थिँए । मेरो आँखा फेरि त्यही फोहोर फालिएको स्थानमा टाँसिएको सूचनामा गएर अड्कियो । फोहोर फाल्ने स

Dear Rulers You have been ruling us for some time now, some of you, for 5 or 10 or 15 or even 20 years now.So we want you to answer a few questions below. a) Why are 601 constituent lawmakers needed when at the end only 3 or 4 politicians decide everything for them? b) Why do you stop hydro-power companies from investing here, if you talk about hydro-power as a major export and development catalyst for Nepal? (we go 14 to 18 hours without electricity a day each winter) c) Why do you talk about democracy, when you issue “whip” to your members to only be allowed to vote along party leaders lines? d) Why do you talk about us youths as Nepal’s future, when we are clearly the “present” of the country? (82% of Nepali are under 40) e) Why do you call other countries to help and beg for aid if you don’t want any foreign interference? (30% of economy runs on aid) f) Why does Bagmati still stink when over 25 years, there are 100′s of organizations and government bodies working to

ओवामा र ओसामा उच्चारण उस्तै उस्तै ! झन् अंग्रेजीमा लेख्ने हो भने त एउटा अक्षर B र S को मात्र फरक हो । O b ama र O s ama . नेपाली समय अनुसार हिजो बिहान टेलिभिजन सम्बोधन मार्फत, “ओवामा ले ओसामा मारिएको जानकारी दिए” । यस सँगै मिडियाले ‘सनसनिपुर्ण’ खबर पाए, प्रकाशन र प्रशारण गर्न को लागि । खबर ‘ब्रेक’ गर्ने को लहरै चल्यो तर त्यही खबर चाँडो गर्ने लालसामा ‘बिबिसी’ देखि ‘फक्स न्युज’ सम्म ले S को सट्टा B राखेर समाचार प्रकाशन प्रशारण गरे । अर्थात उनीहरुले प्रशारण गरे, “ओवामा मारिए” (Obama is dead). अमेरिकी राष्ट्रपति वाराक ओवामा र आतंकवादी संगठन अलकायदा का प्रमुख ओसामा विन लादेन । एउटा को थर प्रख्यात छ भने अर्को को  नाम अर्थात, ओवामा र ओसामा । खबर प्रशारण र प्रकाशन गर्ने ले ‘ओवामा’ को टेलिभिजन सम्बोधन हेरेर ‘न्युज ब्रेक’ गरेका थिए, टिभि, ट्विटर र वेवसाइटहरुमा । ‘ओवामा’ भन्दै थिए, ‘ओसामा मारिए’ तर खबर छिटो छिटो दिने होड मा, संसार कै प्रख्यात मिडियाहरुले प्रकाशन/प्रशारण गरे, “ओवामा मारिए” । एक पटक सानो ‘रिभ्यु’ गर्दा, यी गल्तिहरु नहुने सम्भावना धेरै थिए तर उनीहरु ले प्रकाशन/प्रशारण गर्ने हता

कुरो सुरु भयो, साता को ट्विटस् भन्दै, कान्तिपुर को साप्ताहिक परिशिष्टाङ्क हेल्लो शुक्रबार मा छापिने ट्विट बाट । त्यसपछि सुरु भयो ट्विटरमा झगडा, व्यक्तिगत तवर मै उत्रिएर । मेरो मान्यता "पब्लिक ट्विटहरु पत्रिकामा छाप्न पाइन्छ" भन्ने थियो र यही नै रहेको छ । तर कसैको व्यक्तिगत कुराकानी वा कसैको व्यक्तिगत जिवनलाई असर पार्ने किसिम को ट्विटहरु भने पत्रिका ले छाप्नु हुँदैन भन्ने मेरो धारण थियो र छ पनि । फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जालहरुमा प्रयोगकर्ताहरु ले आफ्ना विभिन्न भाव र मनोदशा पोखिरहेका हुन्छन् । कोही जिस्किरहेका हुन्छन् त, कोही आफ्ना 'फ्रस्ट्रेसन' निकालिरहेकाहुन्छन् । मानविय स्वभाव नै त्यस्तै हुन्छ कि, उ आफ्ना मनोभावहरु छताछुल्ल पारेर, आफू हल्का हुन चाहन्छ । हिजो आज मानिसहरु डायरी, ब्लग, फेसबुक हुँदै ट्विटरमा आफ्ना कुराहरु पोखेर आफूलाई 'स्ट्रेस'रहित बनाउन चाहन्छन् । एकैछिन हाँस्न पाइन्छ भनेर पनि कतिपय नेपाली ट्विट प्रयोगकर्ताहरु ट्विटरमा छिरिरहेकाछन् । साँच्चै भन्दा नेपाली जमात मा ट्विटर पब्लिक च्याट गर्ने थलो को रुपमा परिणत हुँदै गएको छ, जहाँ समान्य

३ बर्ष हुन थालेको थियो होला सामाजिक सन्जाल ट्विटरमा रमाउन थालेको, मानिसहरु आउने जाने क्रम चलिरहेको थियो। संसारका साना मसिना ठुला सम्पुर्ण कुराहरु ट्विटरको माध्यमबाट थाहापाउँदै आएको थिए। ट्विटरमा बसिन्जेल नचिनेका मानिसहरुसँग अनौठो नाता जोडिएको थियो। मैले गर्ने कुराहरु सामान्यतया पाच्य हुन्थेनन् तर पनि कुरा भईरहन्थ्यो। अङ्ग्रेजिमा "Down to the Earth" भने जस्तो आफ्नै धरातलमा रहेर ट्विटेको थिए। सबैभन्दा पहिला मलाई ट्विटरमा पच्छाएर मेरा गतिला अगतिला सम्पुर्ण ट्विटहरु साथ दिनेहरुलाई धन्यवाद दिन चाहन्छु। जानि जानि कसैको मन दुखाएको छैन, तर अन्जानमा अवश्य कतिपयको मन दुखेको हुन सक्छ; हृदय देखि क्षमा माग्दछु। आफ्नो बाटोमा हिँडिरहेको मानिसलाइ जिस्काउँदा जो कोहि पनि रिसाउँछ चाहे त्यो राजा महाराजा नै किन नहोस्। मेरो जो सँग सरोकार छैन, मैले जस्को चासो राखेको हुँदिन त्यसले मेरो कुरा नगरोस् मेरो त्यहि चाहना थियो र रहि आएको छ। सुतिरहेको चाहे त्यो बाघ होस् या बिरालो त्यसलाई आरामले सुत्न दिनु पर्छ भन्ने मेरो धारणा हो। पृथ्वी नारायण शाहले भने जस्तो "जाई कटक नगर्नु झिकि कटक गर्नु", आफु

Two weeks had already passed, but still I haven’t seen any sign of re-opening of Kathmandu University (KU). Instead of dialog, all responsible parties/groups are busy in releasing Press Release. Seems, Neither KU Administration is taking this issue seriously nor protestors. And as a result, KU has been padlocked since 18days and 1700+ students are suffering from this. I've not heard of any kind of dialog between KU administration and protestors. It’s too pathetic that concerned authorities are not taking this issue seriously. Didn’t they know that, KU has been padlocked since from 18 days and we are in semester system? On 2nd March Students affiliated to UCPN-Maoist shutdown KU by posting Press release on behalf of their student wings saying, “election procedures is biased”. After 3 days, on 5th March KU published an Urgent Notice in National Daily ‘Kantipur’ by saying, ‘if protestors will not open KU, then KU will take necessary action’ as a response to Students affiliated t

गत शुक्रबार ९.० रेक्टरस्केल को भुकम्प सँगै आएको सुनामी र त्यसपछि ‘न्युक्लियर प्लान्ट’, मा भएको विस्फोटन का कारण निस्किएको ‘विकिरण’हरुले जापान मा मानिसहरु को जिवन कष्टकर बनाउँदै लगेकोछ । जापान को ‘न्युक्लियर पावर प्लान्ट’ एकपछि अर्को गर्दै पड्किन थालेपछि र त्यसलाई नियन्त्रण गर्न नसक्दा ‘प्लान्ट’ बाट निस्किएका हानिकारक ‘विकिरण’हरु ले मानिसहरु को जिवन कष्टकर बनाउँदै लगेको हो । जापान को फुकुसिमा मा रहेका ती प्लान्टहरु मा लागेको आगो निभाउन र त्यहाँ भएको ‘रेडियोएक्टिभ’ पदार्थहरुलाई बाहिर निस्कन नदिन, जापानी सरकार ले हरेक प्रयत्न गरिरहेको छ, तर यति हुँदा हुँदै पनि, स्थिति नियन्त्रणमा आउन सकेको छैन । समस्या सुल्झनु को सट्टा समस्या झन् बढ्दो छ । हिजोसम्म 'स्थानिय’ समस्या मानिएको ‘विकिरण’ प्रभाव अब विश्वव्यापी समस्या बन्ने तरखरमा छ । अन्तराष्ट्रिय आणविक उर्जा एजेन्सी ले अन्तराष्ट्रिय सात स्केलमा यस घटनालाई आणविक दुर्घटना को ‘पाँचौ’ ठूलो दुर्घटना भनेर भनिसकेको छ । हिजोसम्म ३० किलोमिटर भित्रको क्षेत्रमा विकिरणको प्रभाव रहेको भनिएपनि, आज बाट त लगभग २ सय ३० किलोमिटर टाढा रहेको ‘टोकियो’ शहरमा

राजा महाराजा को सवारी बाट आजित भएका नेपाली ले, गणतन्त्र आएपछि सवारी को सास्ति अब खेप्नु पर्दैन होला भन्ने लागेको थियो । ‘सिस्टम’ परिवर्तन भयो भनियो, देश को राष्ट्रप्रमुख जनता को छोरा भए भनियो । अझ हाम्रा राष्ट्रपति छानिएको बेला त, भैँसी चराउने, जनताका छोरा, राष्ट्रपति बने भनेर, गर्व सँग भनियो, चर्चा परिचर्चा गरियो । तर ती त सबै भन्ने कुरा न हुन् भन्या जस्तो गरेर, सत्ता मा उनै जनता का छोरा पुगेपछि, फेरि दुख पाउने जनता नै भा’का छन् । विरेन्द्र वा ज्ञानेन्द्र, जसका सवारी हुँदा पनि, सवारी का निहुँ मा जनता ले दुख पाएका थिए, र अहिले राष्ट्रपति को पनि ‘सवारी’ नै भन्ने गरिएको छ । हामीले सुशासन र समानता को लागि, राजतन्त्रलाई फालेको हैन र ? राजतन्त्र फालिसकेको अवस्था मा, उक्त संस्था को लागि अवलम्बन गरिएको ‘सवारी’ को संस्कार किन अझै जिवित छ ? दोष राष्ट्रपति को हो कि, सुरक्षा निकाय र प्रशासन को हो ? कि चाकडी र चाप्लुसी को संस्कारलाई नै अझै मलजल गर्न खोजिएको हो ? काठमाडौँ को सडक उसै साँघुरो, अझ उसमाथी जाम नपरी कुनै ठाउँमा पुग्छु भन्ने कल्पना पनि गर्नु पर्दैन । तर त्यही जाम र साँघुरो बाटो पनि, कहि

मार्च १५ देखि फेसबुक बन्द हुने हल्ला ले फेसबुक, ट्विटर र ब्लग मा निकै चर्चा पाइरहेको छ । तर विश्वस्त हुनुहोस् यो हल्ला मात्र हो । हल्ला कसरी सुरु भयो र कसले चलायो त्यो त थाहा छैन, तर पनि तपाई ढुक्क हुनुहोस् कि, यो हल्ला मात्र हो । झुटो खबर छापेर, सनसनी मच्चाउने केही साइटहरुमा मार्च १५ देखि फेसबुक बन्द हुने हल्ला को खबर प्रमुखता का साथ छापिएको छ । ती भ्रम छर्ने साइटहरु ले लेखेका छन् “मार्क जुकरवर्ग ले फेसबुक बन्द गर्ने घोषणा गरेका छन्” । ती साइटहरुले मार्क जुकरवर्ग को हवाला दिँदै, जुकरवर्ग ले “आफूले फेसबुक सम्हाल्न नसकेको र, आफूलाई धेरै टेन्सन भएको” बताए भनेर, समाचार लेखेको छ । ती समाचारहरु मा, फेसबुक का विभिन्न पदाधिकारीहरु ले भनेको भनाइ भन्दै, “फेसबुक मार्च १५ देखि बन्द हुने हुँदा, आफ्ना सम्पुर्ण फोटोहरु डाउनलोड गर्न सुझाएका छन्” भनेर लेखेको छ । साइटहरुले लेखेका छन्, “मलाई पैसा को अब आवश्यकता छैन, म आफ्नै पुरानो जिवन मा फर्कन चाहन्छु भनेर, मार्क जुकरवर्ग ले भने । “विश्वास गर्नुस् फेसबुक बन्द हुँदैन !” फेसबुक मा अधिकांश साथीहरुले त्यही झुटा खबरका लिंकहरु सेयर गरिरहनु भए

'लाँक्रे' जुलुस, बन्द, चक्काजाम , झडप र कर्फ्यु  हुँदै आज आएर यसवर्षलाई आजदेखि उखु किसान को आन्दोलन सकिएको छ । सोमबार राजधानीमा प्रधानमन्त्री माधवकुमार नेपालसहितको वार्तामा उखुको न्यूनतम मूल्य प्रतिक्विन्टल "४ सय १" रुपैयाँ कायम गर्ने सहमति भएपछि आन्दोलन टुंगिएको हो । पोहोर को दाँजो मा, यो पनि अझै  प्रतिक्विन्टल २० रुपैँया कमी हो । “लातोँ का भूत बातोँ से नहिँ मान्ता” भन्ने कुरा यहाँ एकपटक फेरि सिद्ध भएको छ । कुरो हो, उखुको मुल्य बढाउन माग गर्दै किसान ले चर्काएको आन्दोलनको । उखुको मुल्य निर्धारण गर्न, उखु का लाँक्रा सहित को जुलुस गर्दा, मर्का सुनिदिने कोही भएनन् तर जब बजार र यातायात बन्द गरे, तत्काल उखुको मुल्य मा सहमती भो । म बन्दलाई बढावा दिइरहेको त छैन तर हाम्रो मा,  जायज मागलाई बन्द नगरी सम्बन्धित निकाय ले नसुन्ने खराव बानी बसिसकेको कुरालाई नकार्न पनि मिल्दैन । यसवर्ष पनि मंसिर देखि नै उखु को मुल्य मा विवाद उठ्यो । मिलवालाहरु, कर र राजश्व देखाएर मुल्य बढाउन नसकिने अडान मा बसे भने, किसानहरु कम्ति मा गतवर्ष को मुल्य आफूले पाउनुपर्ने अडान मा बसे । गतवर्ष उखू को

१५ वर्ष देखि आफ्नै घरमा नजरवन्द मा रहेकी प्रजातन्त्रवादी नेतृ “आङ सान सुकी” लाई त्यहाँ को सैनिक सरकार जुन्टा ले आज देखि नजरवन्दमुक्त गरेको छ । १५ वर्ष सानो समय हैन । यही १५ वर्ष मा धेरै कुरा भइसके ! आफूले नि उहिले बच्चा बेला देखि नै समाचार मा ‘आङ सान सुकी’ भन्ने सुन्याँथिए । आफूलाई त नामै सुनेर अचम्म लाग्थ्यो कस्तो नाम होला, को होला भनेर ! अनि पछि त जहिले वर्मा को नाम सुन्यो कि, ‘आङ सान सुकी’ मात्रै याद आउँथ्यो । आज तिनै नेतृ सैनिक सरकार को नजरवन्द बाट मुक्त भइछिन् ।  संसार भरका टेलिभिजन, रेडियो र वेवसाइट मा आङसाङ सुकी नै छाइरहेकी छिन् । टुविटरमा त अझ, ‘आङ सान सुकी’ ट्रेन्डिङ टपिक नै बनिसकेको छ । ‘आङ सान सुकी’ सबैभन्दा धेरै पटक आफूले सुनेको नाम होला । सन् १९९१ नोबेल शान्ति पुरस्कार की बिजेता तथा प्रजातन्त्रवादी नेतृ को नजरवन्दमुक्त भएको घोषणा सँगै, संसार भर नै खुशीयाली छाएको छ । तर उनको यो रिहाइ का सम्बन्ध मा अहिले नै केही भनिहाल्न सक्ने ठाउँ छैन । साँच्चै भन्दा, सैनिक सरकार को कुरा मा भर गर्न सकिँदैन । विगत मा पनि, नजरवन्द मुक्त गर्ने भन्दा भन्दै नगरिएको धेरै घटनाहरु छन् । अन्तराष्