Skip to main content

Posts

Showing posts with the label Feelings

अन्त्य के हो ? खै, के हो के हो, मेरो मगज ले भेट्न सकेको छैन । साँच्चै भन्ने हो भने, ‘अन्त्य’ के हो भनेर मैले ठम्याउन सकेको छैन । सायद, अरुहरुलाई नि, ‘अन्त्य’ या भनौँ ‘अन्तिम विन्दु’ के होला भन्ने जिज्ञासा होला । पक्कै हुनुपर्छ, तर म पनि यहाँ अन्तिम विन्दु यो नै हो भनेर लेख्दैछैन, खासमा कहिले काँहि यो खालि खालि दिमाग मा नानाभाँति का कुराहरु आएर खेल्ने गर्छन् । त्यसकै प्रतिफल स्वरुप, म आज अन्त्य को खोजी गर्दैछु । अन्त्य केलाई मान्ने यही नै दुविधामा छु म, अनि कुन विन्दु या भनौँ कुन तहमा पुगेपछि अन्त्य भएको मान्ने ? मृत्युलाई नै अन्त्य मान्ने त हैन होला ? मर्दा पनि, शरीर मात्र मर्छ, आत्मा त कहिले मर्दैन रे, भने अन्त्य केलाई भन्ने, सिद्धि या पूर्ण केलाई मान्ने ? अमेरिका, त्यहाँ दिनहुँ विकास भै’रहेको छ, अनि नेपाल पनि विकास को बाटो मा बामे सर्न खोज्दैछ भने केलाई अन्त्य मान्ने ? कुन तह मा पुगेपछि विकास भएको मान्ने ? हामी अमेरीकी जत्तिकै भएपछि विकास भएको मान्ने हो त ? यो पनि सम्भव छैन, उनीहरु जति जति अघि बढ्छन् हाम्रो अन्त्य को खोज पनि त्यती नै टाढा टाढा भाग्छ । पूर्ण केही पनि छैन, कोही

When I born, I black When I grow up, I black When I go in Sun, I black When I scared, I black When I sick, I black And when I die, I still black And you white fellow When you born, you pink When you grow up, you white When you go in sun, you red When you cold, you blue When you scared, you yellow When you sick, you green And when you die, you gray And you calling me colored? Note: I've got this piece of poem in my email. As email says, this poem was nominated by the United Nations as the best poem of 2008 & it was written by an African Kid. imgsrc: karamaureen.com

मनका कुराहरु बुझेर बुझ्नै नसकिने… खै कस्तो कस्तो… कहिले नसोचेको जस्तो… कहिले थाहा नपाएजस्तो… कति राम्रो र मिठो अनुभव । आत्मियता को गहिरो आभास अनि माया… केबल माया, के भइरहेछ पत्तो छैन । उनलाई देखेकी सम्म पनि छैन… तर भावनात्मक आभाषमा यति धेरै डुबेकी छु… आफैँलाई अचम्म लाग्छ, सायद यही नै हो माया । जताततै चारैतिर केवल उनको मात्रै आभास भइरहेछ… उनलाई मात्र सम्झिरहेकी छु… उनको कल्पनामा लिप्त भएकी छु । आफ्नै कल्पना को डुंगामा म तैरिरहेकी छु… साथमा छन् उनकै भावनाहरु, उनकै आभाषहरु र उनकै कल्पनाहरु… सपना देख्छु अत्याधिक र त्यही सपनामा मैले उनलाई देखेँ… कालोवर्ण, मृगनयनी आँखा… घुम्रेको कपाल, पिताम्बर को लुगा, मजुरको प्वाँख साथमा मुरली… उनी मेरा हुन, मेरा… ‘मेरो कृष्ण’… पूर्वकालमा जन्मेकी भएँ, सायद म नै राधा हुन्थेँ होला वा सायद म नै गोपिनीहरु माझ कुनै एक हुन्थेँ होला… तर अफसोच म अभागिनि, त्यसकाल मा मेरो अस्तित्व रहेन… तर आज यस समयमा म केवल उनलाई सम्झिरहेकी छु… यो प्रेम हो वा होइन… तर मलाई लाग्छ, सायद म माया मा फसेकी छु । कल्पना नै एउटा साहारा बनेको छ, उनको माया पाउन… मेरा कृष्ण, केबल मेरा कृष्ण… उन

Happy Friendship Day. " Friendship is unnecessary, like philosophy, like art... It has no survival value; rather is one of those things that give value to survival. " - C. S. Lewis सि एस लेविस ले भने झैँ मित्रता अनावश्यक त हैन तर उनले भनेको यो कुरालाई पनि नकार्न सकिँदैन, साथै मित्रता ले जिउने जिवनमा ठूलो महत्व राख्दछ । हो, पक्कै पनि मित्रता को महत्व ठूलो छ, अनि यसको आफ्नै मुल्य छ जुन केही कुरा सँग पनि तुलना गर्न सकिँदैन । आज अन्तराष्ट्रिय मित्रता दिवस अर्थात अगस्ट महिना को पहिलो आइतबार । यहाँहरु सबैलाई मित्रता दिवसको अवसरमा हार्दिक मंगलमय शुभकामना । साथि, मित्र, हितैषी जुनसुकै नाम दिए पनि यो मित्रताको बन्धन सँधै रहिरहोस्, सबैसँग, सँधैभरिको लागि । आज को दिन यहाँहरु आफ्ना साथिहरुसँग रमाइलो गर्नुहुँदैछ होला, रमाइलो गर्नुस्, साथी को महत्व बुझ्नुस् । समय यस्तो छ कि, यो बितेपछि फर्काएर ल्याउन सकिँदैन अनि आफूमा सम्झना बाहेक केही बाँकी रहँदैन । अत: यो समय मा आफ्ना साथिहरु सँग, स्मरणीय पलहरु बिताउनुहोस्, खानुहोस्, पिउनुहोस्, मोज गर्नुहोस् । साथी, सँधै साथमा त नरहला तर पनि उनीहरु सँग

विगत केही दिन यता, म भिन्नै महशुस गर्दैछु, निसास्सिएको जस्तो गुम्सिएको जस्तो । त्यो भन्दा बढि हिन भावना ले सताइरहेछ । म मष्तिष्क ले भन्दा मन ले सोच्ने भएको छु, अनि मन ले सोच्दा धेरै नै गल्तिहरु हुने रहेछन्, धेरै नै हिन भावनाहरु आउँदारहेछन् । मलाई आजकल यस्तो लाग्दैछ कि, म कुनै अनजान सभ्यताको एउटा भग्नावशेषमा बाँचेको बेमहत्व को सालिक हुँ, आकार रुपरहित शिलालेख हुँ, जसलाई कसैले पढ्न सक्दैन, बुझ्न सक्दैन, बुझेर पनि महत्व रहँदैन.... सायद म केही पनि होइन, केही होइन ! म के गरौँ, कसो गरौँ साह्रै अलमल र दुविधमा परेको छु । म धेरै रिसाउनथालेको छु, झ्वाट्ट रिस उठ्न थालेको छ अनि बुझ्दैछु हानी आफैँलाई नै भइरहेको छ । यहाँ कोही के भन्छन् कोही के, अनेक अर्थ छन् सबैका । मेरो कुरा सुन्नेहरु, सुनेर पनि बुझ्दैनन् या बुझ्नचाहँदैनन् । या म नै कुरा बुझाउन नसक्ने भएको हुँ कि जस्तो पनि लाग्छ । कुरा त हो पनि, अनि आफूले गरेका हरेक कुरा ठिक छ भन्ने ठान्छु , म अलि अल्प कुरा गर्छु, कुरा पुरा हुन पाउँदैन अनि त्यसैको धेरै अर्थ निकाल्छन्, मान्छेहरु । पुरै कुरा भन्न नसक्नु मा मेरो गल्ति हो या, आधि कुरा मात्र सुनेर अरु अ

Listen to this Poem. नदेखिकनै अनि नभेटिकनै जादु टुना या मोह एकलकाँटे भइयो सम्झनामा आइरहने दिनरात तर साँच्चि तिम्रो अनुहार देखेकै छैन । नदेखिकनै देखेको जस्तो नभेटिकनै भेटेको जस्तो हरे, मलाई यो के भो ! कुराइ लामो लाग्दैछ अनि अझै कुर्दैछु कहिले त भेटिएला साइत हेर्दैछु । मनमा छन् कुरा धेरै गर्नुपर्ने र भन्नुपर्ने सोध्दैछु जवाफ मनबाटै भन्छौ, भेट्नैपर्छ आफूले चेकजाँच गर्नैपर्छ ! नदेखिकनै अनि नभेटिकनै विश्वासमा छु कल्पनामै भएपनि तिम्रो अनुहार हेर्छु । अरुलाई उडन्ते कथा जस्तो मेरो मगज सन्केजस्तो तर हैन, नदेखिकनै देखेको जस्तो नभेटिकनै भेटेको जस्तो हरे, मलाई यो के भो ! -माथिको अडियो डाउनलोड गर्नुहोस् ।

मेरो आउने बाटो हेरी, चौतारीमा कुर्छे होली । मेरो चिनो जालीरुमाल, सेतीछेउ धुन्छे होली ।। आँखाभरि आसुँ लिई, वाटो छेक्न खोज्ने उनी । मेलापात आउँदाजाँदा, लुकिछिपि रुन्छे होली ।। चाँडै आउने वाचा गर, तिम्रो यादले मर्छु भन्थी । फर्की आउला कै'ले भनि, दिन मै'ना गुन्छे होली ।। एक्लो हुँदा कै'लेकाँहि, तस्विर हेरी रुन्छे होली । कै'ले टाँसी छातिभरि, कै'ले ओठ चुम्छे होली ।। -मुकुन्द "अनडेस्टिनी" बायोटेक, दोश्रो वर्ष काठमाडौँ विश्वविद्यालय ।

आकाश गड्गडाएर पानी बर्सन्छ धर्‌धर काँप्छ सडकको पुत्र निर्वस्त्र भै उ थर्‌थर छैन वस्त्र उ'मा, कैले आधा पेट उ भर्दछ कहिले त झनै भन्दा अभावमै उ मर्दछ । छैन कोही यहाँ मान्छे मान्छे को दु:ख हेरने जोछन् जति सबै आफ्नै दुनो रोटि समाउने विवेकी जनको ज्ञान आज कुन्नी कता गयो मानव सेवा परम धर्म भन्ने सुक्ति कहाँ गयो ? न छन् आमा बुबा उस्का स्नेहले काखमा लिने न छन् आफन्त कोही नै उ मर्दा शोकले रुने कठैबरा भनिदिन्न आज लौ मान्छे ले किन ? कैले आउला सुखी दिन, गनिरन्छ उ दिन-दिन, गनिरन्छ उ दिन-दिन ॥ -समिर पोखरेल बायोटेक दोस्रो वर्ष, काठमाडौँ युनिभर्सिटि ।

रुनु थियो सँधैभरि, हाँस्न सकिएन । उदासि यो जिवनमा खुशि भेटिएन ॥ संगी मेरी गईसकी, चट्टमाया मारी । झरीसरी आशुँ झर्छ, थाम्न सकिएन ॥ तिम्रो याद एकाएकै, आउँछ आजभोलि । सपनीमै भएपनि, भेट्न सकिएन ॥ सपनाका महलहरु, कति थिए यहाँ । भत्के सबै कम्पिएर, रोक्न सकिएन ॥ तिमीबिना एक्लै अब, बाँच्ने छैन मन । आफैँलाई आफैँ किन रेट्न सकिएन ॥ -मुकुन्द अनडेस्टिनि बायोटेक - दोश्रो वर्ष, केयु

“नहाँसेर बाँच्न नसकिने जिवन तर हाँसेर बाँच्न नपाएको मान्छे, आफैँमा कति ठूलो बिरोध हो ।” सायद यी माथिका हरफहरु साहित्यिक कार्यक्रम बुलबुल कै कुनै अंकमा सुनेझैँ लाग्छ । कहिलेकाँहि घोत्लिने गरेको छु, तिनै शब्दहरु माथि, तिनै भनाइहरु माथि ! साँच्चै, हाँस्नै नपाएको मन को पिडा कस्तो हुन्छ होला ? अनि पिडा कति अथाह हुन्छ होला ? अनुमान गर्न निकै नै मुस्किल छ । तिहार को टिका लगाइसकिएको थियो । अनि खाना खाएर दिउँसो एकछिन तेर्सो बसेथेँ, भुसुक्कै निदाएछु, बिउँझदा बेलुका को ४ बजिसकेको थियो । उठ्दा खेरि मोबाइल मा एसएमएस आ’को संकेत बजिरहेको थियो, हत्तपत्त एसएमएस हेरेँ, लगभग १ घन्टा भइसकेछ एसएमएस आएको, एसएमएस पढेँ । यहाँ एसएमएस मा के थियो भनेर उल्लेख नगरौँ तर एसएमएस मा कसैको वास्तविकता थियो, कसैको कथा थियो, अनि कसैको व्यथा थियो, अनि कसैको तितो यथार्थ थियो, अनि कसैका लागि बल्झिएको घाउ थियो । साँच्चै भन्ने हो भने, एसएमएस मा कसैको जिवन भोगाइको तितो यथार्थ र वास्तविकता थियो । अनि वर्णन नै गर्न नसकिने एउटा अथाह पिडा थियो, अनि ती पिडाहरु मेरो सामु छताछुल्ल पारिएको थियो एसएमएस मार्फत । “सुख बाँढ्दा सुख बढ्छ भन