Skip to main content

Posts

Showing posts with the label Events

माया एनिमेसन एकेडेमी को पहल मा नेपाल मा पहिलो पल्ट पाँच लाख रुपैँया पुरस्कार राशी भएको  ‘थ्रिडि एनिमसेन च्यालेन्ज २०११’ को आयोजना गर्न लागिएको छ । काठमाडौँ मा आयोजित एक समारोह का बिच कार्यक्रम को जानकारी दिइएको हो । संसार भरिका चलचित्रहरु मा एनिमेसन को प्रयोग बढ्दो रुप मा भइरहेको अनि नेपालमा पनि एनिमेटरहरु रहेको तर पनि नेपाल ले एनिमेसन को क्षेत्रमा खासै उपलब्धी हासिल गर्न नसकेको कारण, ‘थ्रिडि एनिमेसन च्यालेन्ज’ को आयोजना गर्न लागिएको हो । नेपालको पहिलो छोटो एनिमेसन चलचित्रहरूको प्रतियोगिता  भनिएको च्यालेन्ज मा  नेपाली तथा नेपालका कुनै पनि क्षेत्रिय भाषामा २ मिनट देखि ८ मिनट अवधिको एनिमेटेड चलचित्र निर्माण गर्न सकिनेछ । नेपाल चलचित्र बिकास बोर्ड संचालक समितिका अध्यक्ष अमर गिरीको प्रमुख आतिथ्यमा आयोजित सो समारोहमा अध्यक्ष गिरीद्वारा वान फिल्म थ्री-डी एनिमेसन च्यालेन्जको अफिसियल वेवसाईट 1film3d.maya-animation.com सार्वजनिक गर्नुभएको थियो । वरिष्ठ एनिमेटर करुण थापाले एनिमेसनमा २ दशकको अवधिमा पनि नेपालले केही उल्लेखनिय प्रगति गर्न नसकेकोमा चिन्ता प्रकट गर्दै यस प्रतियोगिताले नेपा

A short Nepali  Movie, ‘LUST’ by Rajan Kathet  is going to screen tomorrow (Monday, 20th December) at Kathmandu University along with Deepak Rauniyar’s movie ‘POOJA’ at 4.00pm. 'LUST', a first movie made by the students of Kathmandu University is also the winner of 'Buds Film Fiesta 2010 '. And Movie 'POOJA', is made by acclaimed movie maker Deepak Rauniyar. Program is being organized by Media Studies Group of Kathmandu University (MSGKU). Starring Manisha Bista & Pawan Jha, it’s a short (about 22 minutes) Nepali movie  and is about a  love of a ‘caption cook’ and a ‘beautiful lady’ who worked in same office. They fall in love with each other. Though they love each other but their desire & perspective  were different. One day, Boy invited  her for dinner and then something happen…To find out the whole story, you have to watch this movie yourself. Movie name: LUST Director :     Rajan Kathet Producer :     Praveen Samuel Thapa S

विगत का “बारक्याम्प”हरु को सफलता बाट प्रेरित हुँदै, फोटोग्राफी मा लागेका व्यक्ति तथा फोटोग्राफरहरुलाई एकै ठाउँमा भेला गरेर, आफ्ना आइडियाहरु आपस मा बाँड्ने, सुन्ने र सुनाउने हिसाबले भोलि Galleria CUC, Momomagic पूल्चोक (साझा पेट्रोल पम्प अगाडि) ललितपुर मा फोटोक्याम्प काठमाडौँ २०१० को आयोजना हुँदैछ । कार्यक्रम खुला रुपमा आयोजना गरिएको हुँदा, जो कोही पनि निशुल्क सहभागी हुन सक्नेछन् । कार्यक्रम मा फोटोग्राफी सम्बन्धी प्रिजेन्टेसन, डिजिटल स्लाइड सो, फोटो स्टोरिज आदि समेटिनेछ भने, फोटोग्राफी सम्बन्धि विभिन्न जानकारी (tips and tricks) हरु पनि, कार्यक्रम स्थल मै प्रयोगात्मक रुपमा देखाइने कुरा फोटोक्याम्प ब्लग ले उल्लेख गरेको छ । “बारक्याम्प” कै शैलीलाई पच्छ्याउँदै आयोजना भइरहेको फोटोक्याम्प २०१० मा पनि सहभागीहरु नै वक्ता को रुपमा रहनेछन् । सहभागीहरुले आपस मा प्रश्न सोध्न, आफ्ना आइडियाहरु दिन सक्नेछन् । तपाईसँग पनि आइडिया छ या भनौँ फोटोग्राफी मा रुची छ भने, तपाईलाई यो कार्यक्रम ले फाइदा नै पुग्ने देखिन्छ । आफ्ना आइडियाहरु छन् भने, तपाईले फोटोक्याम्प स्थल मै रजिष्ट्रेशन (निशुल्क) गरेर आफ्ना

शुभ दिपावली को अवसर पारेर, नेपाली ब्लगर्स समूह ले भोलि दिउँसो ( बिहिबार दिउँसो ३ बजे, नोभेम्बर ४ अर्थातकात्तिक १८ गते) क्यापिटल एफएम को सभाहल, थापागाउँ हाइट, नयाँ वानेश्वर मा भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्दैछ । विगत मा ३-४ वर्ष पहिले यस किसिम को नेपाली ब्लगर भेटघाट कार्यक्रम गरिएको थियो भन्ने सुनिए पनि, आफ्नालागि भने, भोलि को कार्यक्रम पहिलो प्रत्यक्ष भेटघाट को कार्यक्रम हुनेछ । तर दौँतरी को संयोजकत्वमा यस अघि अनलाइन भेटघाट भने पटक पटक भइसकेको छ । इन्टरनेटमा मुख्यत: सरकार को आदेशमा केही 'आइ एस पि' ले 'ब्लगस्पट' सबडोमेन को सम्पुर्ण ब्लगहरु ब्लक गरि, 'वाकस्वतन्त्रता कुण्ठित' गरिएको समय मा हुन लागेको भेटघाट कार्यक्रम ले सकरात्मक नतिजा ल्याउन सक्ने अपेक्षा गरिएको छ । हामीले यो भेला आगामी दिनका नियमित भेलाहरुका लागि प्रस्थान-बिन्दु बन्नसक्ने बिश्वाश राखेका छौँ र यहाँहरु सबैबाट शुभेच्छा र सहयोगको आशा गर्दछौं । कार्यक्रम मा ब्लगरहरु तथा ब्लग का पाठकहरुलाई सहभागी हुन हार्दिक अनुरोध गर्दछौँ । Event Details: Nepali Bloggers Meet Date: November 4, 20

विद्यार्थी कल्याण परिषद को आयोजना मा काठमाडौँ विश्वविद्यालय मा भइरहेको ३ दिने युवा महोत्सव “युथ सोलिडारिटि फेस्टिबल २०१०” को अन्तिम दिन भोलि साइकल रेस हुँदैछ । विद्यार्थी कल्याण परिषद को आयोजना मा हुन गइरहेको साइकल रेसलाई काठमाडौँ साइकल सिटि ले सहयोग गरेको हो । विभिन्न कलेज का विद्यार्थी तथा साइक्लिस्टहरु को सहभागिता रहने, साइकल रेस भोलि बिहान ९ बजे केयु गेट बाट सुरु हुनेछ । केयु गेट बाट सुरु भएको साइकल रेस, २८ किलो, धूलिखेल, चौकोट हँदै विश्वविद्यालय को खेलमैदान मा आएर टुंगिने छ । करिब ४० जना को सहभागिता रहने अपेक्षा गरिएको साइकल रेस को बिजयीलाई नगद पुरस्कार रु ५ हजार प्रदान गरिने आयोजक ले जनाएको छ । हालसम्म २० जना ले साइकल रेसमा सहभागि हुन रजिष्ट्रेशन गरिसकेकाछन् । आयोजक ले इन्ट्रि फि २०० राखेको छ । साइकल रेसमा भाग लिन आउने प्रतियोगि आफैँ ले साइकल, हेल्मेट र पन्जा को व्यवस्था गर्नु पर्नेछ । साइकल रेस बिहान ९ देखि ११ बजेसम्म हुनेछ । Event Details: Inter College Cycle Race ******Youth Solidarity Festival 2010****** ----------------------------------------------

काठमाडौँ विश्वविद्यालय विद्यार्थी कल्याणकारिणी परिषद को आयोजना मा आज देखि काठमाडौँ विश्वविद्यालय धुलिखेल मा “युथ सोलिडारिटि फेस्टिबल २०१०” हुन गइरहेको छ । ३ दिन सम्म चल्ने ‘युथ फेस्टिभल’  मा, Youth Conference, Project Exhibition, Photo Competition, Inter-college Music Competition, Dance Competition, Cycle Race, Musical  Band Concerts,Short Movie Shows, Painting Exhibition, Food stall, Fun Games आदि विभिन्न कार्यक्रमहरु समावेश गरिएको छ । कार्यक्रम को उद्घाटन आज बिहान ९ बजे राष्ट्रपति डा. रामवरण यादव ले गर्नुहुनेछ ।  कार्यक्रम कै अवसर मा राष्ट्रपति डा यादव ले, नयाँ महिला छात्रावास को पनि उद्घाटन गर्नुहुनेछ । करिब १०-१५ हजार दर्शक ले अवलोकन गर्ने अनुमान गरिएको “युथ सोलिडारिटि फेस्टिबल २०१०” मा लगभग ७५ वटा स्टलहरु रहनेछन् । आज को कार्यक्रम : S.N Start Time End Time Program Detail 1 9:00 11:00

एम्नेस्टि इन्टरनेसनल (AI) नेपाल, केयु युथ नेटवर्क को आयोजना मा, वेपत्ता पारिएका व्यक्तिहरु को खोजि का लागि दबाब दिने उद्देश्यले आयोजना गरिएको, हस्ताक्षर अभियान सम्पन्न भएको छ । माओवादी जनयुद्धकाल देखि लिएर वेपत्ता पारिएका व्यक्तिहरु को खोजि का निम्ति तथा आप्रवासी श्रमिकहरु को अधिकार सुनिश्चित गराउन को निम्ति, दबाब दिने उद्देश्यले हस्ताक्षर कार्यक्रम आयोजना गरेको थियो । बिहान ११ बजे, काठमाडौँ विश्वविद्यालय मा सम्पन्न भएको कार्यक्रम मा करिब ३ सय जनाले हस्ताक्षर गरेका थिए । कार्यक्रम, मानवअधिकारवादि संस्था एम्नेस्टि इन्टरनेसनल को काठमाडौँ विश्वविद्यालय को युथनेटवर्क    “एम्नेस्टि इन्टरनेसनल (AI) नेपाल, केयु युथ नेटवर्क” ले आयोजना गरेको थियो ।

काठमाडौँ विश्वविद्यालय विद्यार्थी कल्याणकारी परिषद को आयोजना मा यही असोज ८ देखि १० सम्म (Sept 24-26), काठमाडौँ विश्वविद्यालय, धुलिखेल काभ्रेमा “Youth Solidarity Festival 2010” को आयोजना हुँदैछ ! ३ दिन सम्म चल्ने ‘युथ फेस्टिभल’  मा, Youth Conference, Project Exhibition, Photo Competition, Inter-college Music Competition, Dance Competition, Cycle Race, Musical  Band Concerts,Short Movie Shows, Painting Exhibition, Food stall, Fun Games आदि विभिन्न कार्यक्रमहरु समावेश गरिएको छ । कार्यक्रम को उद्घाटन राष्ट्रपति डा. रामवरण यादव ले गर्ने कार्यक्रम रहेको छ । कार्यक्रम मा विभिन्न कलेज का विद्यार्थीहरु को सहभागिता रहनेछ । साथै, म्युजिकल कन्सर्टका लागि विभिन्न ब्याण्ड तथा गायक गायिका ले सहभागिता जनाउनुहुनेछ । म्युजिक कन्सर्ट को लागि ‘रोविन एन्ड द न्यु रिभोलुसन’, ‘अभया एन्ड द स्टिम इन्जन्स’,’ अनुप्रस्थ’, ‘सुगम पोखरेल’, ‘जिन्दावाद’ आदि विभिन्न गायक गायिका तथा व्यान्डहरु को सहभागिता रहनेछ । कार्यक्रम स्थल मा आउन जान को लागि, काठमाडौँ बाट बस को व्यवस्था गरिएको छ ।   Download and Listen : Promo

“Competition Builds Quality” भन्ने थिमसहित “7th National Technological Festival LOCUS 2010” को सातौँ संस्करण IOE पुल्चोक क्याम्पस मा आज देखि  सुरु हुँदैछ । पुल्चोक क्याम्पस मा  इलेक्ट्रोनिक्स एन्ड कम्प्युटर  इन्जिनियरिङ तथा इलेक्ट्रिकल इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरु को संस्था लोकस ले लोकस २०१० को आयोजना गरेको हो । लोकस आज र भोलि (सेप्टेम्बर १७  र १८) दुइ दिन सम्म, इन्जिनियरङ अध्ययन संस्था (पुल्चोक क्याम्पस) पुल्चोक मा चल्नेछ । LOCUS 2010 मा Software Competition , Hardware competition , Electrical event competition , Paper presentation , आदि विभिन्न कार्यक्रमहरु समावेश गरिएकोछ । त्यसबाहेक Gaming Competition, Fastest Google Searching Competition,Coding Contest,Problem Solving Competition,3D Movie Show लगायत अन्य विभिन्न कम्पिटिसनहरु पनि समावेश गरिएको छ । Non-competitive events तर्फ भने Exhibition,Seminar/workshop/talk-program,+2 Expo आदि कार्यक्रमहरु सञ्चालन हुने भएको छ । कार्यक्रम मा MicroHydro, Robots, तथा विभिन्न अन्य प्रोजेक्टहरु को प्रदर्शनी गरिनेछ । LOCUS 2010 को उद्घाटन बिहान

Software Freedom Day (SFD) is being celebrated at Kathmandu University under the canopy of Kathmandu University Open Source Community (KUOSC) on Saturday, 18 th September 2010 . Software Freedom Day (SFD) is a global event to promote and foster Free and Open Source Software (FOSS) being celebrated on 3 rd Saturday of every September. It is being coordinated by Software Freedom International globally by providing support, giveaways and a point of collaboration; however volunteer teams around the world organize the local SFD events to impact their own communities. This event used to be celebrated on a central location under the organization of FOSS Nepal community. But this time, the modality of event has changed and it is being celebrated in decentralized modal in various ICT colleges around Nepal. At KU, KUOSC has taken the responsibility of celebrating SFD. On Friday evening, a candle light vigil will be held behind the library block to mark the eve of SFD. Then on the ve

विश्वविद्यालय कम्प्युटर क्लब (केयुसिसी) को आयोजना मा आज देखि ३ दिन सम्म , काभ्रे को वनेपा मा अवस्थित आइटि पार्क मा ‘केयु आइटि मिट २०१०’ सुरु हुँदैछ । सुचना तथा सञ्चार मन्त्री श्री शंकर पोखरेल ले उद्घाटन गर्नहुने भनिएको कार्यक्रम मा विज्ञान तथा प्रविधि राज्यमन्त्री इन्द्र प्रसाद ढुंगेल, काठमाडौँ विश्वविद्यालय का उपकुलपति प्रोफेसर डक्टर सुरेशराज शर्मा, रजिष्ट्रार प्रोफेसर डक्टर भद्रमान तुलाधार का साथै, HLCIT, NITC आदि का प्रतिनिधि तथा स्कुल का डिनहरु को उपस्थिति रहेन बताइएको छ । उद्घाटन कार्यक्रम बिहान १०:३० बजे, आइटि पार्क वनेपा मा हुँदैछ ! सूचना तथा कम्प्युटर प्रविधि सँग सम्बन्धित सफ्टवेयर तथा हार्डवेयर को निर्माण तथा विकास गर्न विद्यार्थीहरुलाई तथा कलेजहरुलाई हौसला तथा प्रोत्साहन गर्न कार्यक्रम आयोजना गर्न लागिएको हो ।  कार्यक्रम ३ दिन सम्म चल्नेछ ! स्थान: आइटि पार्क, वनेपा काभ्रे । मिति: १०-१२ सेप्टेम्बर २०१० ( २५- २७ भदौ २०६७) समय: बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म (दैनिक) फोटो : जितेन्द्र

“Knitting Innovators” को थिम सहित ‘काठमाडौँ बारक्याम्प २०१०’ को दोस्रो संस्करण हिजो अगष्ट २८, २०१० शनिबार का दिन काठमाडौँ स्थित फल्चा, बबरमहल मा सम्पन्न भयो । विभिन्न क्षेत्र का युवाहरु को जमघट रहेको कार्यक्रम मा, सहभागिहरु ले आ-आफ्ना विचार, अनुभव र आइडियाहरु सबै सामु बाँडेका थिए । ३ सेसन मा विभाजित समय मा करिब ३० जना सहभागिहरु ले, बारक्याम्प मा आफ्ना कुराहरु राखेका थिए ।  एउटै टपिक र एउटै क्षेत्र मा मात्र सिमित नरहेको कार्यक्रम काठमाडौँ बारक्याम्प २०१० मा, विभिन्न क्षेत्र का युवाहरुले आफ्ना कुराहरु राखेका थिए, आइडियाहरु सेयर गरेका थिए । कार्यक्रम मा, कोर टेक्नोलोजी देखि लिएर कला, फेसन र मुभि लगायत विविध कुराहरु माथि विचार मन्थन गरिएको थियो । कार्यक्रम मा निम्न कुराहरु माथि वक्ताहरु ले आफ्ना धारणा राख्नुभएको थियो । (शीर्षक र वक्ता को नाम तल दिइएको छ) Crowdsourcing and Microwork in Nepal  -  M Sears Karma, A framework for Creating Educational Software   - Peter Gijsels Hello Messy political economy!   - Chandan Sapkota V.E.N.T! how we do it?   - Sanjana

काठमाडौँ विश्वविद्याल, कम्प्युटर इन्जिनियरिङ डिपार्टमेन्ट अन्तर्गत रहेको Kathmandu University Computer Club (KUCC) को पहल मा IT Park मा KU IT MEET 2010 हुनेभएको छ । KU IT MEET 2010 सेप्टेम्बर १० देखि १२ सम्म ३ दिन, ‘आइटि पार्क बिजनेस कम्प्लेक्स, वनेपा’  मा  सञ्चालन हुनेछ । विगत को भन्दा पृथक र भव्य रुप मा आयोजना हुने, आइटि मिट मा विभिन्न विधाहरु समेटिनेछन् । हामीलाई प्राप्त जानकारी अनुसार, आइटि मिट २०१० मा निम्न विधाहरु समेटिने छन् । 1. Project Competition                         i. Software Competition                         ii. Hardware Competition/Demonstration 2. Project Management Competition 3. Business Incubation Workshop 4. Problem Solving Competition (Instant Programming) 5. IT Quiz 6. Googling 7. Designing                           i. Web Designing                           ii. Graphics 8. Insomnia 9. Gaming Competition 10. Tech Expo 11. Reverse Engineering Competition 12. 3 –D Movie Show काठमाडौँ विश्वविद्यालय कै

संयुक्त राष्ट्रसंघ को पहल मा सन् २००० देखि मनाउन थालिएको International Youth Day (IYD) अर्थात अन्तराष्ट्रिय युवा दिवस को ११ औँ संस्करण आज अगष्ट १२ का दिन संसारभर मनाइँदैछ । “Dialogue and Mutual Understanding” भन्ने नारा का साथ मनाउन लागिएको युवा दिवस को दिन मा संसारभर युवा सम्बन्धि कार्यक्रमहरु हुँदैछन् । नेपाल मा पनि युवा दिवस को अवसर पारेर, विभिन्न कार्यक्रमहरु आयोजना भइरहेकाछन् । हिजो ११ अगष्ट का दिन, Challenges of Youth विषयक कार्यक्रम रसियन कल्चर सेन्टर, कमलपोखरी मा गरिएको थियो भने आज विहान १० बजे देखि फ्रान्सेली केन्द्र (Alliance Francaise de Kathmandu)GAA Hall, Thamel मा ‘युवा जात्रा’ नामक  कार्यक्रम आयोजना गरिँदैछ । हिजो पनि फ्रान्सेली केन्द्र (Alliance Francaise de Kathmandu) मा विविध कार्यक्रमहरु को आयोजना गरिएको थियो ।  ‘युवा जात्रा २०१०’  (Youth Jatra 2010)  मा  टेवल टक, पोस्टर प्रदर्शनी, युवा वजार, फोटो प्रदर्शनी, थियटर लगायत विविध कार्यक्रम हुनेभएको छ । युवा देश को शक्ति मानिन्छन् तर अहिले युवाहरु मा विदेश पलायन हुने प्रवृत्ति बढ्दैगएको छ । राजनैतिक अस्थिरता, वेरोजगारी

यही जुन ६, २०१० आइतबार का दिन, काठमाडौँ विश्वविद्यालय धुलिखेल काभ्रे मा, मिडिया स्टडिज ग्रुप को सक्रियता मा, ‘सहयात्रा’ नामक कार्यक्रम हुन गइरहेको छ । विभन्न कलेज का विद्यार्थी बिच अन्तरक्रिया गराउने हेतु अर्थात, ‘सहयात्रा’ गर्ने हेतुले पहिलोपल्ट आयोजना हुनलागेको सहयात्रा,मा विद्यार्थी लगायत, शिक्षक, तथा मिडियाकर्मीहरु को सहभागिता रहनेछ । आयोजक मिडिया स्टडिज ग्रुप केयु ले, कार्यक्रम ले विभिन्न कलेज का विद्यार्थीहरु बिच आपसी, सहयोग र सम्बन्ध बढाउन सेतु को काम गर्ने अपेक्षा राखेको छ । आयोजक का अनुसार, हालसम्म तिस वटा कलेज ले कार्यक्रम मा सहभागिता हुने कुरा जनाइसकेकाछन् । कार्यक्रम मा  विभिन्न मिडिया हाउस बाट, वक्ताहरुलाई आमन्त्रण गरिएको छ । विशेषगरि, मिडिया पढिरहेका विद्यार्थीहरु मा लक्षित कार्यक्रम ‘सहयात्रा’ को तयारी अन्तिम चरण मा पुगेको छ । कार्यक्रम ‘सहयात्रा’ लाई सफलताको शुभकामना ! Program ‘SAHAYATRA’ Date: June 6, 2010 Time: .  9 AM to 5 PM Venue: Kathmandu University CV Raman Auditorium More information about Sahayatra .

KUOSC (Kathmandu University Open Source Community) is organizing a basic Linux training program called LINUX TALKS 2010 for the students of Kathmandu University. The program will start from Wednesday June 2, 2010 and will last for three days. The training will be conducted after 4:30 pm till 6:30 pm at the General Computer Lab of Computer Science and Engineering Department. The training will basically be focused on: 1. Overview of Open Source Software and Linux Operating System 2. Installation of Ubuntu Linux Operating system 3. Package (Program) installation 4. Application overview and alternative applications 5. File management 6. Terminal basics 7. Internet and Networking Basics 8. Programming overview and tools in Linux Program: Linux Talks 2010                                                                                                     Venue: General Computer Lab of Computer Science and Engineering Department, KU, Dhulikhel.