Skip to main content

केयु मा मिडिया ‘सहयात्रा’ कार्यक्रम हुँदै

यही जुन ६, २०१० आइतबार का दिन, काठमाडौँ विश्वविद्यालय धुलिखेल काभ्रे मा, मिडिया स्टडिज ग्रुप को सक्रियता मा, ‘सहयात्रा’ नामक कार्यक्रम हुन गइरहेको छ ।

विभन्न कलेज का विद्यार्थी बिच अन्तरक्रिया गराउने हेतु अर्थात, ‘सहयात्रा’ गर्ने हेतुले पहिलोपल्ट आयोजना हुनलागेको सहयात्रा,मा विद्यार्थी लगायत, शिक्षक, तथा मिडियाकर्मीहरु को सहभागिता रहनेछ ।

आयोजक मिडिया स्टडिज ग्रुप केयु ले, कार्यक्रम ले विभिन्न कलेज का विद्यार्थीहरु बिच आपसी, सहयोग र सम्बन्ध बढाउन सेतु को काम गर्ने अपेक्षा राखेको छ । आयोजक का अनुसार, हालसम्म तिस वटा कलेज ले कार्यक्रम मा सहभागिता हुने कुरा जनाइसकेकाछन् । कार्यक्रम मा  विभिन्न मिडिया हाउस बाट, वक्ताहरुलाई आमन्त्रण गरिएको छ ।

विशेषगरि, मिडिया पढिरहेका विद्यार्थीहरु मा लक्षित कार्यक्रम ‘सहयात्रा’ को तयारी अन्तिम चरण मा पुगेको छ । कार्यक्रम ‘सहयात्रा’ लाई सफलताको शुभकामना !

Program ‘SAHAYATRA’

Date: June 6, 2010

Time: .  9 AM to 5 PM

Venue: Kathmandu University CV Raman Auditorium

More information about Sahayatra.

Comments

Post a Comment

Subscribe to Aakar Post