Skip to main content

नेपालमा थ्रिडि एनिमेसन च्यालेन्ज आयोजना हुँदै #3DChallenge

माया एनिमेसन एकेडेमी को पहल मा नेपाल मा पहिलो पल्ट पाँच लाख रुपैँया पुरस्कार राशी भएको  ‘थ्रिडि एनिमसेन च्यालेन्ज २०११’ को आयोजना गर्न लागिएको छ । काठमाडौँ मा आयोजित एक समारोह का बिच कार्यक्रम को जानकारी दिइएको हो ।

संसार भरिका चलचित्रहरु मा एनिमेसन को प्रयोग बढ्दो रुप मा भइरहेको अनि नेपालमा पनि एनिमेटरहरु रहेको तर पनि नेपाल ले एनिमेसन को क्षेत्रमा खासै उपलब्धी हासिल गर्न नसकेको कारण, ‘थ्रिडि एनिमेसन च्यालेन्ज’ को आयोजना गर्न लागिएको हो ।

नेपालको पहिलो छोटो एनिमेसन चलचित्रहरूको प्रतियोगिता  भनिएको च्यालेन्ज मा  नेपाली तथा नेपालका कुनै पनि क्षेत्रिय भाषामा २ मिनट देखि ८ मिनट अवधिको एनिमेटेड चलचित्र निर्माण गर्न सकिनेछ ।

winनेपाल चलचित्र बिकास बोर्ड संचालक समितिका अध्यक्ष अमर गिरीको प्रमुख आतिथ्यमा आयोजित सो समारोहमा अध्यक्ष गिरीद्वारा वान फिल्म थ्री-डी एनिमेसन च्यालेन्जको अफिसियल वेवसाईट 1film3d.maya-animation.com सार्वजनिक गर्नुभएको थियो ।

वरिष्ठ एनिमेटर करुण थापाले एनिमेसनमा २ दशकको अवधिमा पनि नेपालले केही उल्लेखनिय प्रगति गर्न नसकेकोमा चिन्ता प्रकट गर्दै यस प्रतियोगिताले नेपाली एनिमेटरहरुलाई संगठित हुन सहयोग पुग्ने बताउनु भएको थियो ।

वरिष्ठ पत्रकार, आदिवासी जनजाति चलचित्र महासंघका सदस्य एवं वान फिल्म थ्री-डी एनिमेसन च्यालेन्ज, प्रकाशन कमिटीका सदस्य विजय रत्न तुलाधरले नेपालमा पहिलो पटक आयोजना हुन लागेको यस प्रतियोगितामा विभिन्न क्षेत्रिय भाषाका लोक कथा तथा लोक संस्कृतिलाई एनिमेटेड गर्न ती क्षेत्रिय भाषाका प्रवर्द्धक संस्थाहरुले एनिमेटरहरूलाई सघाउ पुर्याउनु पर्ने बताए ।

layer3

च्यालेन्ज का सम्बन्ध मा हामीलाई प्राप्त भएको प्रेस विज्ञप्ति यस प्रकार छ ।

“One Film 3D Animation Challenge 2011 : Press Release” [Nepal’s First 3D Animation Short Film Competition]

माया एनिमेसन एकेडेमीका तर्फबाट यहाँहरु माझ “वान फिल्म थ्री-डी एनिमेसन च्यालेन्ज” को घोषणा गर्न पाउँदा गौरव महशुस भइरहेको छ । विश्वव्यापी रूपमा थ्री-डी एनिमेसन उद्योगले लिदै गरेको उचाँईको बारेमा अब हामी कोही अनभिज्ञ रहेनौ । अहिले करिब २१० बिलियन डलर एनिमेसन उधोगमा लगानी रहेको छ । प्रिभिजुलाइजेशन देखि पोष्ट प्रोडक्सन सम्म साधारण प्रोमो देखि ईन्जिनियर, डाक्टर सम्म; कला, बिज्ञान जहिँतहिँ कम्प्युटर ग्राफिक्सको प्रयोग बढ्दो छ । छिमेकी मुलुक भारतकै सन्दर्भ केलाउने हो भने पनि एनिमेसन ब्यापार निकै बिस्तार भइसकेको छ । pandu color

नेपालमा पनि यो क्षेत्रको निम्ति प्रचुर सम्भावनाहरू रहेका छन् । नेपाली युवा एनिमेटरहरूमा रहेको प्रशस्त ऊर्जा र उत्साहका कारण थाहै नपाई नेपाली युवा एनिमेटरहरू पनि समुद्रपारका एनिमेसन उत्पादन कम्पनीहरूका निम्ति राम्रा छनौट बन्न थालेका छन् । त्यसैले थ्री-डी एनिमेसन मार्फत आफ्नो कैरियरलाई ‘ग्लोबल टच’ दिने नेपाली युवाहरूको व्यक्तिगत जमर्को आफैमा सर्‍हानिय छ । थुप्रै सम्भाव्यताहरू रहेको यस क्षेत्रलाई उनीहरुको व्यक्तिगत प्रयासका भरमा मात्र छोड्नु भन्दा योजनाबद्ध रूपमा यस क्षेत्रलाई अघि बढाउने हो भने नेपाली युवा, समाज र देशले प्रशस्त फाइदा लिन सक्ने देखिन्छ र यसका निम्ति संस्थागत पहल आवश्यक छ । त्यही आवश्यकतालाई दृष्टिगत गर्दै माया एनिमेसन एकेडेमीले गर्न लागेको एउटा प्रयास हो – “वान फिल्म थ्री-डी एनिमेसन च्यालेन्ज २०११” । नेपालको पहिलो छोटो एनिमेसन चलचित्रहरूको प्रतियोगिता ।

विविध लोक संस्कृति र लोक कथाले भरिएको देश – नेपाल । नेपाल जस्तो कला र सिर्जनात्मकताले समृद्ध देशमा छोटो एनिमेटेड चलचित्रहरुको प्रतियोगिता आफैमा आशा लाग्दो काम ठहर्छ । आशा राख्न सकिन्छ नेपाली थ्री-डी एनिमेसन चलचित्रले विश्व सामु नेपाल चिनाउने एउटा अर्को पाटो उजागर गर्नेछ ।

नेपालको एक मात्र ‘अटोडेस्क आधिकारिक ट्रेनिङ्ग सेन्टर’ माया एनिमेसन एकेडेमीले आयोजना गर्न लागेको थ्री-डी एनिमेसन च्यालेन्जमा संसारका जुनसुकै कुनामा रहेका नेपाली एनिमेटरहरुले भाग लिन पाउनेछन् । नेपाली तथा नेपालका कुनै पनि क्षेत्रिय भाषामा निर्माण गरिएका २ मिनट देखि ८ मिनट अवधिको एनिमेटेड चलचित्र निर्माणका लागि प्रतिस्पर्धिहरुले यही फेब्रुअरी २८ (फाल्गुण १६ गते) भित्रमा नाम लेखाउन सक्नेछन्। रजिष्ट्रेशनका लागि प्रति चलचित्र रजिष्ट्रेशन शुल्क एक हजार रुपैंया तोकिएको छ ।

रजिष्ट्रेशन पश्चात करिब साढे छ महिनाको अवधिमा चलचित्र तयार पारि बुझाउनु पर्नेछ । यस बिच बिभिन्न एनिमेसन गुरु, कम्प्युटर ग्राफर, समिक्षक तथा चलचित्रबिज्ञहरुको सहभागितामा चलचित्र कार्यशाला तथा अन्तरक्रिया कार्यक्रमहरु आयोजना गरिनेछ, जसले चलचित्रको गुणवत्ता सुधारका निम्ति सहभागिहरुलाई ठूलो सहयोग मिल्ने विश्वास लिएका छौं ।

राजधानि स्थित कुमारी क्युएफएक्स सिनेमामा अक्टोबर १७ (असोज ३० गते) देखि अक्टोबर २१ (कार्तिक ४ गते) सम्म ति चलचित्रको प्रदर्शन गरिनेछ । चलचित्रको मौलिकता (बिषयवस्तु एवं लेखन) , थ्री-डी प्रोडक्सन (क्यारेक्टर एनिमेसन, क्यामेरा प्रस्तुति, सट कम्पोजिसन) , पोष्ट प्रोडक्सन (सम्पादन, ट्रान्जिसन, पेसिङ्ग, कन्टिन्युटी तथा फ्लो) ईमेज क्वालिटी (फोकस, कलर तथा लाइटिङ्ग) तथा साउण्ड क्वालिटी (ध्वनिको मधुरता तथा पृष्ठभुमी संगीत) लाई आधार मानेर थ्री-डी एनिमेसन गुरु, थ्री-डी स्टुडियो एवं प्रोडक्सन कम्पनि तथा चलचित्रविज्ञहरुको निर्णायक मण्डलको निर्णय तथा दर्शकहरुको एसएमएस भोटिङ्गका आधारमा उत्कृष्ट चलचित्रको घोषणा हुनेछ ।

नेपालमा पहिलो पटक आयोजना हुन गइरहेको छोटो एनिमेसन चलचित्रहरुको यस प्रतियोगितामा धेरै भन्दा धेरै नेपाली एनिमेटरहरुको सहभागिताको आशा राखेका छौं । हामीलाई बिश्वास छ, “वान फिल्म थ्री-डी एनिमेसन च्यालेन्ज” ले नेपाली एनिमेटरहरुका निम्ति आफ्नो दक्षता प्रदर्शनको चुनौती पस्कने एउटा ‘प्लेटफर्म’ प्रदान गर्ने मात्र होईन नयाँ-नयाँ अवसर र ज्ञान आर्जनको थुप्रै सम्भाव्यता पनि प्रदान गर्नेछ ।

नेपाली एनिमेसन क्षेत्रकै निम्ति एउटा चुनौतिका रुपमा रहेको यस ‘च्यालेन्ज’ को प्रतिस्पर्धि चलचित्रहरुमा उत्कृष्ट ठहरिएको एक चलचित्रलाई नोभेम्बर ५ (कार्तिक २१ गते) का दिन एक विशेष समारोह बीच रु. पाँच लाख नगद सहित ‘वान फिल्म थ्री-डी एनिमेसन अवार्ड’ प्रदान गरिनेछ । साथै उक्त चलचित्र लाई ‘अन्तराष्ट्रिय एनिमेटेड चलचित्र महोत्सव’ मा समेत प्रतिस्पर्धाका लागि पठाइनेछ।

धन्यवाद,

रमेश मान श्रेष्ठ

कार्यक्रम संयोजक

२०६७ माघ १७ गते सोमबार

Comments

Popular posts from this blog

भारतमा साइट ब्लक गरिँदा, नेपालमा पनि साइट ब्लक [File Sharing Sites Blocked in Nepal]

भारतको सर्वोच्च अदालतको आदेश अनुसार भारतका इन्टरनेट प्रदायक संस्थाहरु (ISP) ले फाइल सेयरिङ साइटहरु, टोरेन्ट, भिडियो साइटहरु तथा अन्य उपयोगी साइटहरुलाई ब्लक गरेकाछन् । आइसोहन्ट (Isohunt), पाइरेट वे (thepiratebay), किकएसटोरेन्ट (kickasstorrent) लगायतका टोरेन्ट साइटहरु तथा भिमियो (Vimeo) र डेलिमोसन (DailyMotion) जस्ता भिडियो सेयरिङ साइटका साथै पेस्टविन (Pastebin), एक्समार्क्स (Xmarks) जस्ता साइटहरुले 'पाइरेसी'लाई बढावा दिएको भन्दै उक्त साइटहरुलाई 'ब्लक' गर्न भारतको सर्वोच्च अदालतले 'आइएसपी'हरुलाई आदेश दिएको थियो । आदेश लगत्तै रिलायन्स, एयरटेल लगायत भारतिय इन्टरनेट प्रदायक संस्थाहरुले उक्त साइटहरु भारतमा ब्लक गरेकाछन्, तर त्यसैको असर स्वरुप नेपालका पनि केही आइएसपीहरुका प्रयोगकर्ताहरुले उक्त सेन्सरसिप सहन गर्नु परेको छ । भारतीय इन्टरनेट प्रदायक संस्थाहरुले साइट ब्लक गर्दा, नेपालमा पनि ती साइटहरु ब्लक हुन पुगेकाछन् । पेस्टविन, पाइरेट वे जस्ता साइटहरु नेपालका अधिकांश आइएसपीहरुबाट नखुल्ने भएकोछ, त्यसको सट्टा "अदालतको आदेश अनुसार साइट ब्लक गरिएकोछ" (Access t...

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

नागको चित्र बनाउने सजिलो तरिका [VIDEO]

आज नागपञ्चमी, नाग अकिंत चित्रहरु घरको ढोकामा गाइको गोबरले टाँसेर दुबो, फूल, अक्षता आदिले पूजा गर्ने गरिन्छ । यसरी ढोका या मूल खाबाेंमा टाँसिएको नागको चित्रले बर्षभरि रक्षा गर्ने जनविश्वास छ । हिजोआज बजारमा नागका थरिथरिका, रंगीविरङ्गी चित्रहरु पाइन्छन् तर यदि तपाईले नागको चित्र भेट्नुभएको छैन वा पाउनु भएको छैन भने पनि चिन्ता नलिनुस्, यो ब्लगमा नागको चित्र बनाउने सजिलो तरिकाबारे चर्चा गर्दैछु। नागको चित्र कसरी बनाउने? सादा कागजमा पहिले 'ब्र्याकेट' (    ) बनाउँदै जानुस् । पहिलो लहरमा एउटा, दोस्रोमा दुईवटा, तेस्रोमा ३ वटा, चौथोमा ४ वटा, त्यस्तै पाँचौमा ३ वटा, छैटौँमा २ वटा, र सातौँमा एउटा 'ब्र्याकेट' बनाउनुस् । त्यसपछि माथिल्लो र तल्लो लहरका ब्राकेटहरु आपसमा छड्के तरिकाले जोड्दै जानुस् । यति गरिसकेपछि, टाउको र पुच्छर बनाउनुस् । तपाईको नाग तयार हुन्छ, यसलाई अझ रंगरोगन गरेर, राम्रो बनाउन सक्नुहुन्छ । विस्तृत विवरणको लागि तलको यो भिडियो हेर्नुस् । नाग पञ्चमी के हो? कसरी मनाइन्छ? ( हाम्रो पात्रो बाट साभार) आज नाग पञ्चमी, अब बिस्तारै बर्षा ओरालो लाग्दैछ, चाडवाडहरुको मौ...

मेरो बिहे [कथा]

“एम ए पढ्दै छे, स्कुलमा पढाउँछे, केटी राम्री छ, एकचोटि हेर” आमाले चिया सँग प्रस्ताव पस्कनु भयो । बिहे गर्ने त यस्तै केटी सँग हो, तर पनि यो मामलामा किन किन म निर्णय गर्न एकदम कमजोर भइरहेको थिँए। “खान्दानी छन् रे, आँगन पनि ठूलो छ" आमाको भनाईको आसय मैले प्रष्टरुपमा बुझेको थिँए । तर कुनै विवाद नगरी म चुप लागेर कुरा सुनिरहेँ । “एक्ली छोरी, काठमाण्डौंमा दाजु भाइ सँग बसेर पढेकी, शिल स्वाभाव राम्रो छ, घर गरिखान्छे हाम्रो” आमा थप्दै हुनुहुन्थो, मलाई चिया भन्दा ति कुरा र बयान मीठा लाग्दै थिए । एक किसिमले आमा मेरो कल्पनामा बुट्टाहरु भर्दै हुनुहुन्थ्यो । “मलाई त मन खायो, तँलाई भनेर फोटो मगाएकीछु, ला” आमाले २ वटा फोटो हातमा राखिदिनु भयो । आमाको अगाडि नियालेर हेर्न लाज भयो । केटी त राम्री नै हो । मैले झलक्क हेर्दा त्यही देखें । म रिमोट चलाइरहेको थिँए । गोरुले दाँइ गरे जसरी च्यानल घुमाउनु मेरो पुरानो बानी । भरे बुवा आएपछि कुरा गरौँला भनेर आमा गिलास उठाउँदै जानुभयो । आमा गएपछी ‘केटीलाई’ नियालें । मुहार त राम्रै हो । कपाल कस्तो हो, प्रष्ट सँग देखिएको थिएन । कुर्ता सलवार, बाहुला नभएकोल...

म र ऊ - एउटा अनलाइन भेट [कथा]

“तिमी को हो?” मेरो प्रश्न थियो! उसले भनी, “खुशी” । “को खुशी”, मैले सोधेँ ! “ह्या, कस्तो नचिन्या होला? म खुशी के ! रहर, छायाँ, खुशी जे भने नि म नै हो के”, उसको जवाफ ! “ए, तिमी पो, कता हराकी थियौ? अब के भनौँ त तिमीलाई उसोभए?” “जे भने नि हुन्छ!” “उसोभए म खुशी भन्छु है”, मैले भनेँ ! उसले हुन्छ भन्ने जनाउ दिन, आँखा सन्काइ र लेखी “हे हे” । कुरा यसरी नै सुरु भएको थियो च्याटमा ! च्याटमा को सँग कुरा गरिरहेछु, आफैँलाई पत्तो छैन, न पहिले च्याट गरिएको थियो, न भेट नै गरिएको थियो । ट्विटरमा नाम परिवर्तन गरिरहने ऊसँग ट्विटरमा आक्कल झुक्कल कुरा गरिने भएपनि उनको ‘म्यासेज’ पहिलोपल्ट च्याटमा अकस्मात आइपुगेको थियो ! म उनको बारेमा प्रस्ट हुन सकिरहेको थिँइन ! अत: फेरि सोधेँ, “यो खुशी को हो?” मेरो प्रश्नले, उसले आफू दुखित भएको जनाउ दिन लेखी “:(” “हैन किन यति रिङ्ग्याएको मलाई”, मैले सोधेँ । “नाम मे क्या रखा है? ;)”, उसको जवाफ ! “नाममा धेरै कुरा राख्या छ हजुर, चिन्नु त पर्यो नि, आफू कोसँग कुरा गर्दैछु भनेर”, मैले भनेँ ! “पिक द नेम, तिम्लाई जुन मन पर्छ त्यही राख”, उसले मलाई नाम छान्ने अधिकार दिई ।...

फोटो आफैँ बोल्छ [Photo Story]

यो कुरा धेरैले देखेका होलान्, केहीले मात्र नियालेर हेरेका होलान् र थोरैले मात्र बुझेका होलान् । कुरा हो पाटन दरवार स्क्वायरमा अवस्थित तिनवटा मुर्ति को, जुन मुर्ति ले पाटन दरवार स्क्वायार को इतिहास बताउँछ । मंगलबजारबाट पाटन दरवार स्क्वायर छिर्दै गर्दा बाटो छेवै को दायाँ तिर को घर अगाडि ३ वटा ऐतिहासिक मुर्तिहरु छन् । देख्नेलाई ३ वटा मुर्तिहरु मात्र लाग्नसक्छ, तर त्यसपछि लुकेको कथा रमाइलो र आश्चार्यजनक छ । ती मुर्तिहरु को बारेमा बुझेपछि त्यसवेला को मानिसको सोच्ने क्षमता को हामीलाई कदर गर्न करै लाग्छ । ती ३ वटा मुर्तिहरु हेरेर यो पाटन दरवार कसले बनायो/बनाउन लगायो भन्ने कुरा थाहा हुन्छ । मुर्ति हेरेर कसरी कसैले त्यस्तो भन्न सक्छ होला भन्ने कौतुहलता लाग्नु स्वभाविक नै हो ! तल ती मुर्तिहरु को फोटो छ, फोटो आफैँ बोलिरहेको छ, तर बुझ्नु नबुझ्नु तपाई को कुरा ! माथि को फोटोमा हेर्नुस्, ३ वटा मुर्ति छन् । वाँया बाट पहिलो मूर्ति भगवान गणेश को हो, गणेश ले आफ्नि श्रीमतीलाई अँगालोमा राखेकाछन् । दोस्रो मुर्तिमा भगवान विष्णु को आधा मान्छे र आधा सिंह को रुप नरसिंह अवतार चित्रित छ । अन्तिम मुर्ति भगवा...

Subscribe to Aakar Post