Skip to main content

वान्नाक्राइ र्‍यान्समवेयर : नेपालमा पारेको प्रभाव र जोगिने उपाय

अघिल्लो हप्ता 'वान्नाक्राइ र्‍यान्समवेयर'ले १५० देशका २ लाख ३० हजार भन्दा धेरै कम्प्युटरमा एकैसाथ आक्रमण गरेर सन्सनी मच्चायो । वान्नाक्राइ र्‍यान्समवेयर एक किसिमको कम्प्युटर भाइरस हो, जसले तपाईको कम्प्युटरको डाटालाई नियन्त्रणमा लिन्छ (या भनौँ अपहरण गर्छ) र त्यसवापत फिरौती माग गर्छ । प्रयोगकर्ताले फिरौती रकम नतिरेसम्म, कम्प्युटरका डाटाहरु प्रयोग गर्नबाट रोक्छ । मेरो कम्प्युटर अरुको नियन्त्रणमा कसरी होला? मेरो आफ्नै कम्प्युटरमा रहेको डाटा प्रयोग गर्न नसक्ने पनि होला र? भनेर प्रयोगकर्तालाई जिज्ञासा लाग्नु सामान्य हो ।

वान्नाक्राइ र्‍यान्समवेयर, र यसले नेपालमा पारेको प्रभाव र जोगिने उपायहरुबारे रिगो टेक्नोलोजीले तयार गरेको सामाग्री आजको ब्लगमा साभार गरेका छौँ । रिगो टेक्नोलोजी 'आइटि सेक्युरिटी' कम्पनी हो, जसले व्यवसायहरुको लागि चाहिने सफ्टवेयर टेस्टिङ, सेक्युरिटि अडिट, आइटि अडिट, सेक्युरिटी तालिम आदि विभिन्न सेवा प्रदान गर्छ ।
वान्नाक्राइ र्‍यान्समवेयर
हामी पहिले देखिनै फिरौती माग्ने ऱ्यान्समवेयर (Ransomware) (एक प्रकारको कम्प्युटर भाइरस) का बारेमा सुन्दै आएकाछौं। जस्तै: Cryptowall, Jigsaw, Cerber, Cryptolocker, Teslacrypt, Locky आदि। यी र्‍यान्समवेयरहरू हाम्रो कम्प्युटरमा प्रवेश गरेपछि, र्‍यान्समवेयरले त्यहाँ भएका सबै फाईललाई लक (encrypt) गरिदिन्छ र फिरौती रकम नतिरेसम्म हाम्रा फाइलहरू प्रयोग गर्नबाट रोक्छ। हालैका दिनमा निकै सुन्नमा आएको र संसारभरि नै फैलिएर तहल्का मच्चाएको वान्नाक्राइ र्‍यान्समवेयर (WannaCry Ransomware), आफैँ एक कम्प्युटरबाट अर्कोमा सर्ने प्रकृतिको र्‍यान्समवेयर हो जसलाई 'र्‍यान्समवेयर वर्म' (Ransomware Worm) पनि भनिन्छ। वान्नाक्राइ र्‍यान्समवेयर तपाईका महत्वपूर्ण फाइलहरु लक गरियो (Oops! Your important files are encrypted.) भन्ने सन्देश कम्प्युटरमा देखाएर साईबर अपराधीहरुले १२ मे २०१७ देखि शुरु गरेको निक्कै नै जटिलप्रकारको साइबर आक्रमण हो।

अघिल्लो शुक्रबारदेखि अति नै आतंक मच्चाउन थालेको यो र्‍यान्समवेयरले इन्टरनेटसँग जडित उपकरणहरुलाई आफ्नो शिकार बनाउँदै हजारौँ उपकरणहरुलाई संक्रमण गरिसकेको छ। यसको मुख्य शिकार रुस, भारत र युक्रेन भएका छन। यसले मुख्यत: सरकारी सेवा, रेल्वे सेवा, अस्पताल, विश्वविद्यालयलाई निसाना बनाएको छ।


नेपाल प्रभाव
हाम्रो प्रारम्भिक अनुसन्धान अनुसार यसले नेपालमा पनि केहि ठूला इन्टरनेट प्रदायक संस्था, दुरसञ्चार प्रदायक संस्था र केहि निजी संस्थाहरुलाई आफ्नो शिकार बनाईसकेको आशङ्का छ । यी संस्थाहरूले उपयोग गरेको विन्डोज अपरेटिङ सिस्टमका कमजोरीहरु 'ईथरनलब्लु' (EternalBlue) र 'डबल पल्सर' (DoublePulsar) लाई समयमै समाधान नगरेका हुनाले वान्नाक्राइ र्‍यान्समवेयरबाट संक्रमित हुने सम्भावना बढेकोहो।

विन्डोज १० अगाडी का MS-17-010 update नहालेका सबै विन्डोज अपरेटिङ सिष्टम वान्नाक्राइबाट संक्रमित हुने खतरामा छन्। यो र्‍यान्समवेयर फैलिनको लागि EternalBlue MS-17-010 को उपयोग गर्छ। ईथरनलब्लु अमेरिकी गुप्तचर संस्थाले बनाएको अनुचित लाभ लिने उद्धेश्यले तयार गरिएको सफ्टवेयर हो जुन हालसालै 'स्याडो ब्रोकर्स' (Shadow Brokers) नामक ह्याकर संगठनले सार्वजनिक गरेको थियो।ईथरनलब्लुले माईक्रोसफ्ट विन्डोजमा प्रयोग भएको 'सर्भर म्यासेज ब्लक' (Server Message Block - SMB) प्रोटोकललाई दुरुपयोग (exploit) गर्दछ।

अहिले यो र्‍यान्समवेयर फैलिने क्रम रोकिएको छ । मालवेयरटेक नामक आइटि सेक्युरिटि अनुसन्धानकर्ताले यसलाई रोकेका हुन। केहि रिपोर्ट अनुसार वान्नाक्राइले मे १७ सम्ममा ७२,००० अमेरिकी डलर फिरौती उठाईसकेको छ। यो रकम यस र्‍यान्समवयेरमा तोकिएको तिनवटा 'बिट्कोइन' (एक प्रकार को डिजिटल मुद्रा) ठेगानामा जम्मा भएकोहो।

कसरी सुरक्षित रहने ?
  • आफ्नो कम्प्युटरमा माइक्रोसफ्टले जारी गरेको MS17-010 update राखे/नराखेको सुनिश्चित गर्नुहोस्। नराखेको भए तुरुन्तै राख्नुहोस्।
  • यदि तपाईंको संस्थामा SMB (ports 139, 445) सार्वजनिक पहुँचमा छ भने, बाहिरबाट भित्र तर्फ आउने ट्राफिकलाई रोक्नुहोस्।
  • यदि तपाईको संस्थामा snort प्रयोग हुन्छ भने snort 42329-42332, 42340, 41978 नियमहरु लागू गर्नुहोस् ।

यस्तै किसिमका खतराबाट भविष्यमा पनि सुरक्षित हुन कम्तिमा तलका यी कुराहरु कार्यान्वयन गर्नुहोस् !
  • मुख्य रुपमा आफ्नो महत्वपूर्ण फाइलहरू नियमित रुपमा कुनै बाह्य स्टोरेज (जस्तो कि pendrive वा removeable हार्डडिस्क) मा backup (प्रतिलिपि) राख्नुहोस्।
  • आफ्नो anti-spam र antivirus सेटिङ आफू अनुकूल बनाउनुहोस्।
  • ईमेल वा सोसल नेटवर्कमार्फत आएका कुनै शङ्कास्पद 'एट्याचमेन्ट' नखोल्नुहोस्।
  • कुनैपनि लिङ्कमा क्लिक गर्नु अगाडी राम्ररी सोच्नुहोस, शङ्का लागेमा क्लिक नगर्नुहोस्।
  • आफ्नो अपरेटिंग सिस्टम र सफ्टवेरहरुलाई नियमित अपडेट गर्नुहोस्।
  • कुनै शंकास्पद प्रोसेस कम्प्युटरमा सुचारु भएमा इन्टरनेट तुरुन्त रोक्नुहोस् र स्वत: सुरु नहुने बनाउनुहोस्।
  • Windows firewall सधैँ चालु राख्नुहोस, सक्नुहुन्छ भने अरु थप firewall को व्यवस्था गर्नुहोस्।
  • Antivirus मा compressed र archived फाइल स्क्यान गर्ने सेटिङ्ग बनाउनुहोस्।
  • यदि प्रयोग नहुने हो भने Windows PowerShell बन्द गरिदिनुहोस्।
  • माइक्रोसफ्ट अफिसमा ‘macros’ र ‘ActiveX’ बन्द गरिदिनुहोस्।
  • इन्टरनेट ब्राउजरमा popup रोक्ने addon हाल्नुहोस्।
  • Autoplay लाई बन्द गरिदिनुहोस्।
  • File sharing लाई आवश्यक परेको बेला बाहेक बन्द गरिदिनुहोस्।
  • Remote service अति आवश्यक परेको बेला बाहेक बन्द गरिदिनुहोस्।

केहि थप जानकारीहरू
यस र्‍यान्समवेयरले निम्न प्रकारका फाइलहरु 'लक' गर्न खोज्छ:
.doc, .docx, .xls, .xlsx, .ppt, .pptx, .pst, .ost, .msg, .eml, .vsd, .vsdx, .txt, .csv, .rtf, .123, .wks, .wk1, .pdf, .dwg, .onetoc2, .snt, .jpeg, .jpg, .docb, .docm, .dot, .dotm, .dotx, .xlsm, .xlsb, .xlw, .xlt, .xlm, .xlc, .xltx, .xltm, .pptm, .pot, .pps, .ppsm, .ppsx, .ppam, .potx, .potm, .edb, .hwp, .602, .sxi, .sti, .sldx, .sldm, .sldm, .vdi, .vmdk, .vmx, .gpg, .aes, .ARC, .PAQ, .bz2, .tbk, .bak, .tar, .tgz, .gz, .7z, .rar, .zip, .backup, .iso, .vcd, .bmp, .png, .gif, .raw, .cgm, .tif, .tiff, .nef, .psd, .ai, .svg, .djvu, .m4u, .m3u, .mid, .wma, .flv, .3g2, .mkv, .3gp, .mp4, .mov, .avi, .asf, .mpeg, .vob, .mpg, .wmv, .fla, .swf, .wav, .mp3, .sh, .class, .jar, .java, .rb, .asp, .php, .jsp, .brd, .sch, .dch, .dip, .pl, .vb, .vbs, .ps1, .bat, .cmd, .js, .asm, .h, .pas, .cpp, .c, .cs, .suo, .sln, .ldf, .mdf, .ibd, .myi, .myd, .frm, .odb, .dbf, .db, .mdb, .accdb, .sql, .sqlitedb, .sqlite3, .asc, .lay6, .lay, .mml, .sxm, .otg, .odg, .uop, .std, .sxd, .otp, .odp, .wb2, .slk, .dif, .stc, .sxc, .ots, .ods, .3dm, .max, .3ds, .uot, .stw, .sxw, .ott, .odt, .pem, .p12, .csr, .crt, .key, .pfx, .der

यस र्‍यान्समवेयरले फिरौती लिन प्रयोग गरेको विटकोइन ठेगाना:
’13AM4VW2dhxYgXeQepoHkHSQuy6Ng
’12t9YDPgwueZ9NyMgw519p7AA8isj
‘115p7UMMngoj1pMvkpHijcRdfJNXj

यस र्‍यान्समवेयरले प्रयोग गरेका नियन्त्रक तथा आदेश सर्भर (C&C server):
gx7ekbenv2riucmf.onion
57g7spgrzlojinas.onion
xxlvbrloxvriy2c5.onion
76jdd2ir2embyv47.onion
cwwnhwhlz52maqm7.onion

नियन्त्रक तथा आदेश सर्भरका IP address हरू:
188[.]166[.]23[.]127:443
193[.]23[.]244[.]244:443
2[.]3[.]69[.]209:9001
146[.]0[.]32[.]144:9001
50[.]7[.]161[.]218:9001
217[.]79[.]179[.]77
128[.]31[.]0[.]39
213[.]61[.]66[.]116
212[.]47[.]232[.]237
81[.]30[.]158[.]223
79[.]172[.]193[.]32
89[.]45[.]235[.]21
38[.]229[.]72[.]16
188[.]138[.]33[.]220
यो पनि ➤ अनलाइन सपिङ्ग गर्दा ध्यान पुर्‍याउनुपर्ने कुराहरु
- सुयश नेपाल / रिगो टेक्नोलोजी

Comments

Popular posts from this blog

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब

पाँच करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक दुरुपयोग

५ करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक चोरी भएको खबर केही दिन पहिले गार्डियन तथा न्युयोर्क टाइम्स ले प्रकाशित गरेको थियो । प्रयोगकर्ताको जानकारी विना फेसबुकबाट लिइएको उक्त तथ्यांकलाई क्याम्ब्रिज एनालिटिका भन्ने कम्पनीले अनधिकृत रुपमा प्रयोग गरेको दावी गर्दै, क्याम्ब्रिज एनालिटिका’का भूतपूर्व इन्जिनियर क्रिस्टोफर वाइलीले गार्डियनलाई अन्तरवार्ता दिएर यी कुराहरु मिडियामा सार्वजनिक गरेका थिए । क्रिस्टोफरका अनुसार क्याम्ब्रिज एनालिटिकाले २०१४ मा एउटा एप मार्फत करिब ५ करोड फेसबुक प्रयोगकर्ताहरुको तथ्यांक चोरी गरेको थियो । क्याम्ब्रिज एनालिटिका र फेसबुककै विषयमा गार्डियनले पहिले नै २०१५ मा समाचार प्रकाशित गरेको थियो । उक्त समाचार पछि फेसबुकले क्याम्ब्रिज एनालिटिकालाई तथ्यांक मेटाउन भनेको र एनालिटिकाले तथ्यांक मेटाएको जानकारी फेसबुकलाई गराएको थियो । तर दुबै कम्पनीले यो कुरालाई गुपचुप राखेका थिए, अझ उल्टै फेसबुकले जथाभावी समाचार लेखेको भन्दै गार्डियनलाई मुद्दा हाल्ने धम्कि दिएको थियो भने क्याम्ब्रिज एनालिटिकाले तथ्यांक सुरक्षित नै राखेको थियो । त्यही चोरी गरिएको प्रयोगकर्ताहरुको तथ्यांकलाई

फेक वेबसाइटले झुक्यायो - नेपालमा फेसबुक अफिस

आज बिहान उज्यालो अनलाइनमा अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सलाई उद्धृत गर्दै 'फेसबुकले नेपालमा सेल्स अफिस खोल्ने' भनेर छापियो । ट्विटरमा उज्यालोको ट्विट देख्नेबित्तिकै खबरमा चाख लागेर, उज्यालोको साइट पुगेँ, समाचार पढेँ, उज्यालोबाट रोयटर्सको भनिएको समाचार पनि पढेँ । २-३ दिन अघि मात्रै प्रख्यात टेक्नोलोजी ब्लग टेकक्रन्चको हवाला दिँदै 'स्टार्टअप एक्सेलेटर वाइ कम्बीनेटरलाई मार्क एन्डरसनको भेन्चरले किनेको' भन्ने खबरहरु प्रकाशित भएको थियो । टेकक्रन्चले पछि अर्को ब्लग मार्फत, खबरको खन्डन गर्यो ।  उक्त समाचार टेकक्रन्चले लेखेको नभइ कसैले स्रटयुआरएल (Shrturl) साइट मार्फत टेकक्रन्चकै साइटको कुनै खबर सम्पादन गरेर स्रटयुआरएलमा राखिदिएको थियो । प्राय: पढ्नेहरुले एड्रेसबारको युआरएल हेरेनन्, सबै साइट यथावत सक्कली थियो, त्यही युआरएल र ब्लग बाहेक । Alarming!!! Hello Journos! Reuters news is FAKE! Do a little research. " @Ujyaalo : फेसबुकले नेपालमा सेल्स अफिस खोल्ने http://t.co/6YtPjmAnU3 " — Aakar (@aakarpost) June 6, 2014 सायद त्यही टकक्रन्चको ब्लगलाई पच्छ्याइरे

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

Aadha Baato (आधा बाटो) [Download] #Novel #Shrutisambeg

श्रुतिसंवेग मा हामी ले कृष्ण धरावासी को उपन्यास “आधा बाटो” को सम्पूर्ण डाउनलोड लिंक लिएर आएका छौ | आफ्ना जिवन भोगाइ का यथार्थलाई जोडेर तयार पारिएको उपन्यास ‘आधा बाटो’ कृष्ण धरावासी को आत्मकथा को रुपमा रहेको छ । “राधा” जस्तो सफल उपन्यास लेखिसकेका धरावासी को यो पछिल्लो उपन्यास मा आफ्ना बाल्यकाल देखि हाल को अवस्था सम्म को कुराहरु समेटेर लेखिएको कारण उपन्यासलाई धरावासी ले ‘आधा बाटो’ भन्न रुचाएका छन् । आफूले देखे सुनेको स्थान, नाम आदि का कारण यो उपन्यास पढ्ने तथा सुन्नेहरुलाई आफ्नै कथा जस्तो पनि लाग्न सक्छ । उज्यालो ९० नेटवर्क को लागि निर्माण गरिएको कार्यक्रम श्रुति संवेग मा वाचन मा अच्युत घिमिरे हुनुहुन्छ भने प्रविधी मा दिनेश निरौला र शशिन्द्र गौतम रहनुभएको छ । कार्यक्रम को अडियो श्रृंखला उज्यालो नाइन्टि नेटवर्क को कार्यक्रम श्रुतिसम्बेग बाट लिइएको हो । Download : Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –1 Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –2 Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –3 Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –4 Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –5 Krishna D

Story: बितेका कुरा

Listen to story 'Biteka Kura'. आज हामी बिशेष प्रस्तुती लिएर आएका छौ । कथाकार रुपनारायण सिहको कथा 'बितेका कुरा'लाई लिएका छौँ । नेपाली गद्य साहित्यमा यो एउटा चर्चित कथा हो । यो कथा नेपाली साहित्यको पाठ्यक्रममा समेत राखिएको कथा हो । कथा कस्तो लाग्यो, यसबारेमा तपाईँ आफैँ विश्लेषण गर्नुहोस् । बितेका कुरा कुनै राम्रा हुन्छन त कुनै नराम्रा, कुरा जस्तो सुकै होस् बितेका नराम्रा कुराहरु बिर्सिनु नै राम्रो हुन्छ रे । अन्यथा आगामी पलहरु अमिलो बन्छन रे । अत: पुराना बितेका नराम्रा कुराहरु, बिर्सिदिनुस् भन्ने बिशेष आग्रह का साथ आज मेरो रेडियो डटकमबाट रुपेश श्रेष्ठ को आवाजमा आज को कथा 'बितेका कुरा' राख्दैछु । आगामी हप्ता देखी पारीजात को उपन्यास 'शिरिस को फूल' लिएर उपस्थित हुनेछौ । (साभार: मेरो रेडियो )

Subscribe to Aakar Post