Skip to main content

अनलाइन सपिङ्ग गर्दा ध्यान पुर्‍याउनुपर्ने कुराहरु


नेपालमा ई-कमर्स साइट तथा एप्सहरुको बढोत्तरी सँगै अनलाईन सामान खरिद गर्न सकिने वेबसाइट तथा एपहरु लोकप्रिय हुँदैगएका छन्। यसकै सेरोफेरोमा, ईन्टरनेट सुरक्षाको विषयमा रिगो टेक्नोलोजीले प्रकाशित गरेको ब्लग यहाँ पुन: प्रकाशित गरेका छौँ ।
आजकल नेपालमा सस्तोडिल, केमु जस्ता अनलाईन सामान खरिद गर्न सकिने वेबसाइट तथा एपहरु लोकप्रिय हुँदैगएका छन्। यस्ता साइटहरुमा धेरै किसिमका सामान एकै ठाउँमा पाइने, एउटा सामान खोज्न पसल-पसल चाहारी राख्नु नपर्ने, विभिन्न पसलका सामानको मूल्य तुलना गर्न पाइने, बार्गेनिंग गरिराख्नु नपर्ने हुँदा खरिद गर्न सजिलो हुन्छ। तर सजिलोका साथसाथै सुरक्षित खरिदका केहि कुरामा ध्यान पुर्‍याइएन भने उल्टो नोक्सानी पनि हुन सक्छ।

इन्टरनेटको माध्यमबाट खरिद गर्दा तपाइको कम्प्युटर, मोबाइल अथवा ट्याब्लेट सुरक्षित हुनु जरुरी छ। दशैँ, तिहार जस्ता चाडहरूमा, बढी खरिद बिक्रि हुने बेलामा अझ धेरै चनाखो हुनु जरुरी हुन्छ। यस्तो बेलामा विभिन्न किसिमका फटाहा, ठगहरु तथा इन्टरनेट अपराधीहरुको गतिबिधि अरु बेला भन्दा अलि बढी नै हुने गर्छ।

निकै आकर्षक लाग्ने र अलि बढी नै छुट दिन्छौ भन्ने लोभ लाग्दा अनलाईन बिज्ञापन प्रति अलि बढी चनाखो हुनु पर्छ। ती अफरहरु कतिखेर तपाईले क्लिक गर्नुहोला र तपाईलाई फसाउँला भनेर पासो थापिएका हुन सक्छन्।

तपाईको बैंक एकाउन्ट मिलेन, पासवर्ड मिलेन, कार्डको नम्बर वा कोड मिलेन, यसो भएन अथवा उसो भएन भनेर सूचना मागिएका एवं सच्चाउन यहाँ क्लिक गर्नुहोस भन्ने जस्ता इमेल प्रति पनि अलि बढी नै सजग हुनु पर्छ।

इन्टरनेटको माध्यमबाट फटाही गर्ने मानिसहरु एवं अपराधीहरुलाई मान्छे लोभी हुन्छ भन्ने राम्रो संग थाहा हुन्छ, उनीहरु तपाई हामीलाई लोभ देखाएर, सस्तो मूल्य अफर गरे जस्तो गरेर हाम्रो सूचना तथा पैसा चोर्ने देखि तपाइको कम्पुटरमा जासुसी सफ्टवेयर नजानिकनै इन्स्टल गरिदिने मौका खोजि रहेका हुन्छन्। अत: अनलाइन खरिद गर्दा निम्न कुरामा ध्यान पुर्याउनु अत्यन्त जरुरी छ!

सामान खरिद गर्नु पूर्व तयारी

बेच्ने पसल वा मान्छेको बारेमा जानकारी: बेच्ने पसल वा मान्छेको पसलको ठेगाना एवं फोन नम्बर छ या छैन जाँच गर्नुहोस्। केहि अफ्ठ्यारो पर्‍यो भने सम्पर्क गर्न सकिने व्यक्ति छ या छैन हेर्नुहोस्। नयाँ साइटबाट खरिद गर्दै हुनुहुन्छ तर त्यसको बारेमा तपाइलाई त्यति जानकारी छैन भने त्यो साइटको बारेमा अरुले के कमेन्ट गरेका छन् हेर्नुहोस्, गुगल वा त्यस्तै किसिममा सर्च साइटमा सर्च गरेर हेर्नुहोस (जस्तो site name fraud वा scam जस्ता सब्दहरु खोज्नु भयो भने त्यो साइटको विश्वसनीयताको बारेमा अरुले गरेका समालोचनाहरु भेट्न सकिन्छ)। त्यस्ता कमेन्ट एवं समालोचनाहरुमा त्यस साइटको माध्यमवाट खरिद गरेका पुर्व ग्राहकहरु संतुष्ट छन् वा छैनन् थाहा पाइसकेपछि अरुको अनुभवको आधारमा तपाईले त्यहाँबाट खरिद गर्ने वा नगर्ने भन्ने कुराको निर्णय लिन सक्नुहुन्छ।

कुनै पनि लिंक क्लिक गर्नु भन्दा पहिले तीनपटक सोच्नुहोस्: तपाईको ई-मेल, फेसबुक पोस्ट, अनलाइन बिज्ञापनहरुका लिंकहरु क्लिक गर्दा इन्टरनेट अपराधीले तपाईको सूचना चोर्न, भाइरस वा जासुसी सफ्टवेयर इन्स्टल गराउन सक्छन। त्यसैले कुनै पनि लिंक क्लिक गर्नु भन्दा पहिले कहाँबाट कसले के को लागि त्यो लिंक पठाएको हो र तपाईले त्यो लिंकमा क्लिक नगरी नहुने के छ विचार गर्नुहोस्। पुरा बिश्वासिलो श्रोतले पठाएको र आवश्यक नपर्दासम्म सकभर त्यस्ता लिंकहरु क्लिक नगर्नुहोस्। कुनै साइट वा बैंकबाट इमेल मार्फत केहि व्यक्तिगत सूचना, युजरनेम वा पासवर्ड मागेको छ भने सम्बन्धित ठाउँमा त्यस्तो मागको बारे जानकारी गराउनुहोस् तर त्यो ईमेल क्लिक गर्ने वा रिप्लाई गर्ने काम कहिले पनि नगर्नुहोस्।

व्यक्तिगत सूचना पैसा बराबर हो, त्यसको महत्व बुझ्नुहोस् र सुरक्षा गर्नुहोस्: अनलाईन खरिद गर्दा भर्ने फारममा के के कुरा मागिएको छ, त्यो के का लागि हो र आवश्यक छ कि छैन ख्याल गर्नुहोस्। सामान्यतया सामान किनेर अर्डर कन्फर्म गर्दा मात्र तपाईका केहि सूचना मागिनु पर्छ, क्लिक गर्ने बित्तिकै फारम भराउन थाल्यो भने केहि गढबढ हुन सक्छ।

सामान फिर्ता गर्ने नियम तथा अन्य नियमहरु ख्याल गर्नुहोस्: सामान किनिसकेपछी चित्त बुझ्दो नभए, खराब भए, नमिले वा केहि समस्या परे फिर्ता हुन्छ या हुन्न, फिर्ता गरेपछी पैसा फिर्ता हुन्छ या सट्टा सामान नै लिनु पर्छ, सामान फिर्ता गर्ने र पैसा प्राप्त गर्ने प्रक्रिया र शर्तहरु के के छन् पहिल्यै ख्याल गर्नुहोस्।

वेबसाइट एड्रेस भेरिफाई गर्नुहोस: साइटमा पुगेसकेपछी तपाई सहि साइट हुनुहुन्छ कि लिंक क्लिक गर्दा अन्तै कतै पुग्नुभयो फेरी चेक गर्नुहोस।

वेबसाइट सुरक्षा चेक गर्नुहोस: अनलाइन सामान खरिद गर्ने साइटबाट तपाईको सूचना आदान प्रदान गर्दा इन्क्रिप्सन गरिनु अत्यन्तै जरुरि हुन्छ। इन्क्रिप्सन गरेपछि सूचना आदान प्रदान सुरक्षित हुन्छ र बिचमा कसैले त्यो सूचना पढ्ने वा यताउता गर्ने सम्भावना न्युन हुन्छ। त्यसको लागि तपाईले सामान खरिद गर्न लाग्नु भएको साइटको ठेगाना https बाट सुरु भएको हुनु पर्छ र त्यो https हरियो रंगमा देखिनु पर्छ। http मात्र छ अथवा https भएपनि काटेको छ वा रातो रंगको मा छ भने भने त्यो वेबसाइट सुरक्षित हुँदैन।


खरिद गर्ने बेला

सुरक्षित भुक्तानी विकल्पहरू प्रयोग गर्नुहोस्: क्रेडिट कार्डबाट सामान किन्दा यदि सामान प्राप्त नभएमा कार्ड जारिगर्नेबाट पैसा फिर्ता पाईने व्यवस्था हुने भएकोले क्रेडिट कार्डबाट खरिद सुरक्षित मानिए पनि नेपालको परिप्रेक्ष्यमा सामान प्राप्त गर्दा नै पैसा तिर्ने मोडेल “Cash on Delivery” नै सबभन्दा सुरक्षित छ। यस मोडेलमा तपाईको हातमा तपाईले खोजेको र रोजेको सामान परेपछी मात्रै पुर्‍याउन ल्याउने व्यक्तिलाई भुक्तानी दिन सक्नुहुन्छ।

आवश्यक नभएको बेला Wi-Fi तथा Bluetooth बन्द गर्नुहोस्: कतिपय स्टोर एवं अन्य लोकेसनमा तपाईको मोबाइलको Wi-Fi तथा Bluetooth तरंगको माध्यमबाट तपाई कता हुनुहुन्छ भन्ने कुरा चियो गरिराखेका हुन सक्छन, त्यसैले आवश्यक नपरेको बेला Wi-Fi तथा Bluetooth बन्द गर्नुहोस्।

निशुल्क वा सार्वजनिक स्थानको Wi-Fi प्रयोग गर्दा ध्यान पुर्याउनुहोस्: निशुल्क वा सार्वजनिक स्थानको Wi-Fi बाट तपाईको ईमेल लगइन गर्ने, इन्टरनेट बैंकिङ चलाउने जस्ता संवेदनशिल काम नगर्नुहोस्। तपाईको कम्पुटरको फायरवाल सँधै अन राख्नुहोस् साथै तपाईको मोबाईल वा कम्पुटर अरुले पत्ता लगाउन नसक्ने सेटिंग गर्नुहोस एवं फाईल शेयर गर्ने अप्सन बन्द गर्नुहोस्।

खरिद पछि

खरिदको रेकर्ड राख्नुहोस: सामान खरिद गरिसकेपछि अर्डर नम्बर, भुक्तानी गरेको कार्ड वा एकाउन्ट टिपेर राख्नुहोस र पछि सामान प्राप्त गर्दा र बैंकले कार्डको स्टेटमेन्ट पठाएपछी तपाईको रेकर्ड, सामान र काटिएको पैसा रुजु गर्नुहोस्।

सामान प्राप्त गर्ने बित्तिकै जाँच गर्न नभुल्नुहोस्: तपाईले खरिद गरेको सामान प्राप्त हुने बित्तिकै त्यो सामान तपाईले अर्डर गरेकै हो या होईन, च्यात्तिने, उध्रिने, कुच्चीने, बिग्रिने भएको त छैन – जाँच गर्नुहोस्। फिर्ता गर्नु पर्ने वा साट्नुपर्ने भए तुरुन्तै गरिहाल्नुस, पछि सामान फिर्ता गर्न बेकारको झन्झट हुने र समय लाग्न सक्छ।

अन्य आधारभूत सुरक्षासम्बन्धि जानकारी

कम्प्युटर, मोबाइल तथा ट्याब्लेट भाइरसमुक्त राख्नुहोस्: तपाईका कम्प्युटर, मोबाइल तथा ट्याब्लेट भाइरस एवं जासुसी सफ्टवेयर मुक्त राख्नु अत्यन्तै जरुरी छ। अपरेटिङ सिस्टम सँधै अपडेट राख्नुहोस, पाइरेट गरेका वा बजारमा पाइने CD/DVD वाला गैरकानुनी सफ्टवेयर प्रयोग नगर्नुहोस्। निशुल्क प्राप्त हुने कैयौँ सफ्टवेयर इन्स्टल गर्ने क्रममा तपाईले नचाहेका अन्य सफ्टवेयर साथसाथै इन्स्टल हुन सक्छन्, त्यसबाट बच्न त्यस्ता सफ्टवेयर इन्स्टल गर्दा के के टिक लागेको छ ध्यान दिएर हेर्नुहोस, अन्य सफ्टवेयरको अफर अस्विकार गर्नुहोस् र उपलब्ध भएको खण्डमा Custom अप्सन छनोट गरि अनावश्यक लागेका अफरहरुमा टिक हटाई त्यस्ता सफ्टवेयर इन्स्टल गर्न अस्विकार गर्नुहोस्।

सुरक्षित लग–ईन गर्नुहोस्: सम्भव भए सम्म पासवर्ड प्रयोग गर्दा Two-Factor Authentication (जस्तो लग-ईन गर्दा SMS बाट भेरिफाई गर्ने, एक पटक मात्रै प्रयोग गर्न मिल्ने पासवर्ड OTP प्रयोग गर्ने) वा Thumbprint तथा अन्य Biometric भेरिफिकेसन प्रयोग गर्नुहोस्। पासवर्ड प्रयोग गर्नु पर्दा सुरक्षित र अरुले अनुमान गर्न नसक्ने खालको पासवर्ड प्रयोग गर्नुहोस् तथा पासवर्ड लेखेर नछाड्नुहोस्।

वाक्यको रुपमा राख्दा पासवर्ड सम्झिन सजिलो हुन्छ: सकभर १२ वा त्यो भन्दा बढी अक्षरको पासवर्ड चयन गर्नुहोस। सामान्य डिक्सनरीमा पाइने शब्द, नाम, फोन नम्बर सुरक्षित हुदैनन्। लामो पासवर्ड बनाउदा आफ्नो पासवर्डलाई सम्झिन सजिलो हुने गरि शब्द बनाउन सक्नुहुन्छ जसो “Happy Dashain to all” भन्ने पासवर्ड चयन गर्दै हुनुहुन्छ भने यसरि लेखि सुरक्षित बनाउन सकिन्छ – “[email protected]@shain2aLL”। अझ बिचमा स्पेस प्रयोग गर्न पाउने अप्सन छ भने स्पेस पनि थप्नुभयो भने पासवर्ड अझ सुरक्षित हुनसक्छ। (हेर्नुहोस्: बलियो पासवर्ड राख्ने सजिलो तरिका)

सबैतिर एउटै पासवर्ड प्रयोग नगर्नुहोस्: हरेक ठाउँमा भिन्दा भिन्दै पासवर्ड राख्यो भने सम्झिन गाह्रो हुन्छ र कुनको कुन भनेर झुक्किइन्छ भनेर धेरैले इमेल, फेसबुक देखि लिएर सबैतिर उही पासवर्ड राख्ने गर्छन्। तपाईको एकाउन्ट सुरक्षित राख्न हरेक साइट वा एप्लिकेशनमा भिन्दा भिन्दै पासवर्ड राख्न अत्यन्तै जरुरि छ। कुनै पनि वेबसाइट वा एप्लिकेसन शतप्रतिशत सुरक्षित छ भनेर ग्यारेन्टी गर्न सकिदैन, त्यसैले यदि कुनै एउटा एकाउन्टको पासवर्ड कसैले पत्ता लगायो भने बाँकि अन्य एकाउन्ट पनि त्यसै पासवर्डवाट खुली गडबड नहोस् भन्नाका लागि सबैमा एउटै पासवर्ड कहिले पनि प्रयोग नगर्नुहोस्।

सार्वजनिक स्थानको कम्प्युटर अनलाइन कारोबारको लागि कहिले पनि प्रयोग नगर्नुहोस्: साइबर क्याफे, लाइब्रेरी तथा होस्टल जस्ता ठाउँका कम्पुटरमा कसैले प्रयोगकर्ताको युजरनेम, पासवर्ड, एकाउन्ट नम्बर जस्ता सूचना चोर्न जासूसी सफ्टवेयर राखेको हुन सक्छ। तपाईले चलाएका साइटहरुको स्वत: रेकर्ड हुने हिस्ट्री तथा लग इन गर्दा प्रयोग हुने कुकीबाट पनि तपाईको बारेमा धेरै कुरा पत्ता लगाउन सकिन्छ। त्यसैले त्यस्ता ठाउँमा उपलब्ध कम्प्युटरहरु अनलाइन सपिङ्गको लागि कहिले पनि प्रयोग नगर्नुहोस्। अनलाइन सपिङ्गका लागि सदैव आफ्नो कम्पुटर वा मोबाइल उपकरण मात्रै प्रयोग गर्नुहोस्। यस्ता कम्पुटरमा सामान्य किसिमको काम गर्नु पर्दा पनि ब्राउजर अनुसार Private Window, Incognito Window, अथवा In-Private Window प्रयोग गर्नुहोस र काम सकेपछी लगइन गरेको भए लगआउट गर्न नभुल्नुहोस्।

खरिद गर्दा जहिले पनि सुरक्षित नेटवर्क मार्फत गर्नुहोस्: निशुल्क वा सार्वजनिक स्थानको Wi-Fi असुरक्षित हुन सक्छ। असुरक्षित Wi-Fi कनेक्सनवाट लग-इन गरि खरिद वा कारोवार गर्दा तपाईको सूचना ह्याकरले सजिलै चोरी गर्न सक्छन्। त्यसैले खरिद वा कारोवारको लागि सुरक्षित स्थानको विश्वसनिय नेटवर्क कनेक्सन (Wi-Fi / LAN) मात्रै प्रयोग गर्नुहोस्।

अनलाईन सपिङ्गग गर्दा अलिकति गृहकार्य तथा अनुसन्धानका साथै माथि उल्लेखित कुरा ध्यान पुर्याउनुभयो भने तपाईको सपिङ्ग सुरक्षित हुनेछ।

तपाईको दशैँ तथा तिहार सुखमय बितोस् – हार्दिक शुभकामना।

Comments

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब

SLC RESULT 2068/2069 (2011-2012) To publish Today

The result of the School Leaving Certificate (SLC) 2068/2069 examinations held earlier this year is going to published today (by Wednesday evening). The Office of the Controller of Examinations, Sanothimi is going through final preparations to flash SLC examination result within this evening. Altogether 528,257 examines had appeared for the exam. SLC Results 2068 will be available online as soon as the Controller of Examinations published the results.You can check SLC Results via SMS Service after Examination Controller’s Office published the results. यस वर्षको एसएलसी परीक्षा 'रिजल्ट' आज सार्वजनिक हुने करिब करिब निश्चत भएको छ। नतिजा निस्कने बित्तिकै अनलाइनमा रिजल्ट राखिनेछ । विभिन्न अनलाइन साइटहरुको साथै, एसएमएसको माध्यमबाट पनि आफ्नो रिजल्ट हेर्न सकिन्छ । एसएमएस मार्फत रिजल्ट हेर्न SLC <space> <your symbol no.> टाइप गरि 5001 मा पठाउन सकिनेछ । SLC Result 2068 Published

सामाजिक सञ्जालमा सुरक्षित रहने तरिका

सामाजिक सञ्जाल चलाउने पनि आफ्नै तौरतरिका छन्, जसलाई नजरअन्दाज गरिँदा सामाजिक सञ्जालले समस्या सिर्जना गरिरहेका पनि छन् । सामाजिक सञ्जालका प्रयोगकर्ता एक करोडभन्दा धेरै रहेको देशमा छिटपुट घटनालाई लिएर पूरै सामाजिक सञ्जाल नै असामाजिक छ भन्न मिल्दैन । मूलधारका मिडिया रेडियो, पत्रिका, टेलिभिजनजस्तो सामाजिक सञ्जाल एकोहोरो छैन । सामाजिक सञ्जालको बनोट नै फरक छ, यो दोहोरो हुन्छ । दोहोरो हुनेबित्तिकै उठान गरिएका विषयमा केही घर्षण हुनु, वादविवाद हुनु, तर्कवितर्क हुनु, केही तलमाथिका कुरा हुनु एकदम सामान्य हो । प्रयोगकर्ताले सामाजिक सञ्जालको बनोट बुझ्ने वा यस्ता प्लेटफर्मका फिचरको सदुपयोग गर्ने हो भने यी कुरा अत्यन्तै सामान्य लाग्छन् । सबै कुरा प्रविधिले समाधान गर्न सम्भव छैन, तर सामाजिक सञ्जालमा देखिने, भोगिने प्रायः कुरा भने प्रविधिबाटै समाधान गर्न सक्ने अवस्था छ । सामाजिक सञ्जाल तथा इन्टरनेट प्रयोगकर्ताले अरूलाई दोष लगाउनुपहिले आफ्नो थैलो बलियोसँग कसौँ भन्ने कुरा मनन गर्न जरुरी छ । मोबाइलमा मात्रै इन्टरनेट चलाउने अधिकांश प्रयोगकर्ताका लागि अहिले फेसबुक र भाइबर भनेकै इन्टरनेट हो भन्ने भ्रम छ 

फेसबुक न्युजफिड अपडेट - पेजलाई झनै गाह्रो

अमेरिकामा भएको पछिल्लो राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भएसँगै फेसबुक लगायत विभिन्न सोसल मिडिया साइटहरुको उपयोगिताबारे व्यापक बहस सुरु भएको थियो । "फेक न्युज"को बिगबिगीले गर्दा फेसबुक, एकहिसाबमा फेकबुकमा परिणत भयो । प्राय: फेक न्युजहरु नै धेरै सेयर हुने र भाइरल हुन थाले । धेरै सेयर हुँदा, स्वाभावत: "फेक न्युज" पनि साँच्चै हो भन्न थालियो । कहिँकति अनुसन्धान छैन, फलानोले एकथरि पेजबाट समाचार सेयर गर्छ, अर्कोले सेयर गर्छ, अर्कोले गर्छ, असत्य तथा काल्पनिक समाचारहरु कै बोलबाला देखियो । नेपालमा भएको पछिल्लो निर्वाचनमा पनि प्रचारवाजी शैलीका मनगढन्ते तथा काल्पनिक समाचारहरु भाइरल भए । फलाना र चिलाना पार्टि, मान्छे पिच्छेका अनलाइन समाचार पोर्टल, फेसबुकको न्युजफिड हेर्न नै दिक्क लाग्ने किसिमको थियो । सबैभन्दा अनौठो लाग्ने चाँहि, मान्छेहरु फेसबुकमा फलाना समाचार पोर्टलले लेखेको भन्दै सेयर गरिरहेका भेटिन्थे । अझ के भने, नेपालका ठूला प्रकाशनहरु सँग ठ्याक्कै मिल्ने नामहरु राखेर काल्पनिक समाचारको व्यापार गर्ने समूहहरु नै छन् । उदाहरणको लागि, कान्तिपुरले यस्तो उस्तो लेख्यो

पाँच करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक दुरुपयोग

५ करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक चोरी भएको खबर केही दिन पहिले गार्डियन तथा न्युयोर्क टाइम्स ले प्रकाशित गरेको थियो । प्रयोगकर्ताको जानकारी विना फेसबुकबाट लिइएको उक्त तथ्यांकलाई क्याम्ब्रिज एनालिटिका भन्ने कम्पनीले अनधिकृत रुपमा प्रयोग गरेको दावी गर्दै, क्याम्ब्रिज एनालिटिका’का भूतपूर्व इन्जिनियर क्रिस्टोफर वाइलीले गार्डियनलाई अन्तरवार्ता दिएर यी कुराहरु मिडियामा सार्वजनिक गरेका थिए । क्रिस्टोफरका अनुसार क्याम्ब्रिज एनालिटिकाले २०१४ मा एउटा एप मार्फत करिब ५ करोड फेसबुक प्रयोगकर्ताहरुको तथ्यांक चोरी गरेको थियो । क्याम्ब्रिज एनालिटिका र फेसबुककै विषयमा गार्डियनले पहिले नै २०१५ मा समाचार प्रकाशित गरेको थियो । उक्त समाचार पछि फेसबुकले क्याम्ब्रिज एनालिटिकालाई तथ्यांक मेटाउन भनेको र एनालिटिकाले तथ्यांक मेटाएको जानकारी फेसबुकलाई गराएको थियो । तर दुबै कम्पनीले यो कुरालाई गुपचुप राखेका थिए, अझ उल्टै फेसबुकले जथाभावी समाचार लेखेको भन्दै गार्डियनलाई मुद्दा हाल्ने धम्कि दिएको थियो भने क्याम्ब्रिज एनालिटिकाले तथ्यांक सुरक्षित नै राखेको थियो । त्यही चोरी गरिएको प्रयोगकर्ताहरुको तथ्यांकलाई

Subscribe to Aakar Post