Skip to main content

बेङ्लोरको एरोस्पेस संग्राहलय (HAL Aerospace Museum in Bangalore) [PHOTO]

करिव १ वर्ष पहिले, पहिलोपटक बेङ्लोर पुगिएको थियो, रेल चढेर । नेपाल देखि भारतको बेङ्लोर सम्मको अनुभवहरु यहाँ, यहाँ, यहाँ, यहाँ, यहाँयहाँ छन् । नेपाल देखि बेङ्लोरसम्म पुग्न रेलमा मात्रै पटना देखि बेङ्लोर सम्म लगातार ४८ घन्टाको यात्रा तय गरिएको थियो । पढ्न अल्छि नमान्ने, साथीहरुले मेरा यात्रा अनुभवहरु पढ्नसक्नुहुन्छ । बेङ्लोरमा रहँदा बस्दा, दाइहरु सँग केही ठाउँहरु पुगिएको थियो, आफूसँग भएको मोबाइलले केही फोटो पनि खिचिएको थियो तर ब्लगमा भने न बेङ्लोर बसाइको अनुभव लेखियो न कुनै फोटो नै राखियो ।

आज कम्प्युटरमा आफ्ना फोटो एल्बमहरु हेर्दै जाँदा बेङ्लोर बसाइको क्रममा खिचिएका केही फोटोहरु देखेँ । फेसबुकमा अपलोड गरौँ भने, अलि पुराना लाग्ने भए, अत: ब्लगमै केही फोटोहरु राख्नुपर्ला जस्तो लाग्यो । सायद, शनिवार वा आइतबारको दिन थियो । पानी पर्ला पर्ला झैँ हुँदै थियौँ, हामी ( म र लक्ष्मी दाइ), बेङलोरको एच ए एल रोडमा (HAL Road – Bangalore) रहेको संग्राहलयमा भारतमा निर्माण गरिएका, नयाँ तथा पुराना प्लेनहरु हेर्न गयौँ । एच ए एल (HAL) को अर्थ हुन्छ, हिन्दुस्तान एरोनटिक्स लिमिटेड (Hindustan Aeronautics Limited), यो कम्पनी भारतको वायुसेनाको मेरुदण्ड हो भन्दा फरक पर्दैन ।

एरोस्पेस संग्राहलयमा (HAL Aerospace Museum) भारतमा निर्माण गरिएका पुराना देखि नयाँ मोडल सम्ममा सैनिक विमानहरु राखिएका रहेछन् । हामीले साथमा क्यामरा नलगेको भएर, अर्को पटक जाँदा क्यामेरा लगेर फोटो खिच्ने योजना बनाइएकोथियो तर व्यस्त समयमा फेरि अर्को पटक संग्राहलय पुग्ने अवसर जुरेन । अर्को पटक फेरि संग्राहलय नछिरिकनै म नेपाल फर्किएँ तर यी फोटोहरु हेर्दा, केही हदसम्म बेङ्लोरका बसाइका दिनहरु फेरि ताजा भएर आउँछ । ती डिजाइनका नामहरु, मोडेलहरु याद नभएपनि संग्राहलयमा राखिएका केही विमानहरुको फोटो यहाँ राख्दैछु ।

हामीले संग्राहलयको टिकट काटेर भित्र छिर्यौँ, सायद भारु १० वा २५ तिरिएकोथियो, टिकटको लागि । संग्राहलय घुमिसक्दा, पानी पनि दर्केर परेकोथियो, अनि संग्राहलय भित्रै रहेको चिया पसलमा चिया खाएर घर फर्केका थियौँ । संग्राहलय घुमेपछि मान्न करै लाग्यो, भारतले ठूलो प्रगति गरेको रहेछ । संग्राहलयमा सैनिक विमान मात्र होइन, मिसाइल र रकेटहरु पनि राखिएको थियो । क्यामरा नै लगेर त्यसको फोटो खिच्ने लोभमा मोबाइलबाट फोटो भने खिचिएन । 

घर बाहिर होस् कि घर भित्र होस्, जता हेर्यो त्यता विमानहरु मात्र थिए । कुनै नयाँ मोडेलका थिए, कुनै पुराना मोडलका थिए । कुनै साना थिए, कुनै ठूला थिए, कुनै कुनै त उड्न ठिक्क परेका झैँ देखिन्थे । हरेक विमानको छेउमा, विमानको बारेमा जानकरी दिइएको थियो ।

HAL-Museum-Bangalore-Plane-1HAL-Museum-Bangalore-Plane-2HAL-Museum-Bangalore-Plane-3HAL-Museum-Bangalore-Plane-4HAL-Museum-Bangalore-Plane-5HAL-Museum-Bangalore-Plane-6


बेङ्लोर यात्राको यात्रा विवरण

पहिलो भाग : पहिलो पटक मातृभुमी छाड्दा… [भाग–१]
दोश्रो भाग : पहिलो पटक रक्सौलमा… [भाग-२]
तेस्रो भाग : रक्सौल टु पट्ना : नाइट बसमा सरर… [भाग-३]
चौथो भाग : पट्ना मै बित्यो दिन… [भाग-४]
पाँचौ भाग : अनि पट्नाबाट रेल चढियो… [भाग-५]
छैठौँ भाग : रेलमा ४८ घन्टा ! पटना देखि बेंगलोर सम्म ! भो-नकुरागरम !!! [भाग-६]

Comments

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match [LIVE]

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match खेल को पहिलो हाफसम्म जोर्डन ४ गोलले अगाडि छ ! जोर्डन ले ४ गोल हानेको छ भने, नेपाल ले कुनै पनि गोल फर्काउन सकेको छैन ! पहिलो हाल्फमा जोर्डनीहरुकै दवदवा रहेको थियो । First Half Nepal 0:4 Jordan Full Time Nepal 0:9 Jordan जोर्डन को रंगशालामा भएको खेलमा जोर्डनी टिम ९:० को विशाल अन्तर ले विजयी भएको छ ! नेपाली टिम, जोर्डनी टिम को अगाडि आज कमजोर सावित भयो, खेल अवधिभर नेपाली टिम जोर्डनी टिम को दवावमा रह्यो ! नेपालले छनौटको तेस्रो चरण प्रवेश गर्न बिहीबार दशरथ रंगशालामा अर्को एक खेल खेल्नेछ ! LIVE VIDEO WAS MOVED BY NOW Though LIVE video was moved, but we have small clip. Enjoy! Here's another Video:

प्रवृत्ति

विगत केही दिन यता, म भिन्नै महशुस गर्दैछु, निसास्सिएको जस्तो गुम्सिएको जस्तो । त्यो भन्दा बढि हिन भावना ले सताइरहेछ । म मष्तिष्क ले भन्दा मन ले सोच्ने भएको छु, अनि मन ले सोच्दा धेरै नै गल्तिहरु हुने रहेछन्, धेरै नै हिन भावनाहरु आउँदारहेछन् । मलाई आजकल यस्तो लाग्दैछ कि, म कुनै अनजान सभ्यताको एउटा भग्नावशेषमा बाँचेको बेमहत्व को सालिक हुँ, आकार रुपरहित शिलालेख हुँ, जसलाई कसैले पढ्न सक्दैन, बुझ्न सक्दैन, बुझेर पनि महत्व रहँदैन.... सायद म केही पनि होइन, केही होइन ! म के गरौँ, कसो गरौँ साह्रै अलमल र दुविधमा परेको छु । म धेरै रिसाउनथालेको छु, झ्वाट्ट रिस उठ्न थालेको छ अनि बुझ्दैछु हानी आफैँलाई नै भइरहेको छ । यहाँ कोही के भन्छन् कोही के, अनेक अर्थ छन् सबैका । मेरो कुरा सुन्नेहरु, सुनेर पनि बुझ्दैनन् या बुझ्नचाहँदैनन् । या म नै कुरा बुझाउन नसक्ने भएको हुँ कि जस्तो पनि लाग्छ । कुरा त हो पनि, अनि आफूले गरेका हरेक कुरा ठिक छ भन्ने ठान्छु , म अलि अल्प कुरा गर्छु, कुरा पुरा हुन पाउँदैन अनि त्यसैको धेरै अर्थ निकाल्छन्, मान्छेहरु । पुरै कुरा भन्न नसक्नु मा मेरो गल्ति हो या, आधि कुरा मात्र सुनेर अरु अ...

नागको चित्र बनाउने सजिलो तरिका [VIDEO]

आज नागपञ्चमी, नाग अकिंत चित्रहरु घरको ढोकामा गाइको गोबरले टाँसेर दुबो, फूल, अक्षता आदिले पूजा गर्ने गरिन्छ । यसरी ढोका या मूल खाबाेंमा टाँसिएको नागको चित्रले बर्षभरि रक्षा गर्ने जनविश्वास छ । हिजोआज बजारमा नागका थरिथरिका, रंगीविरङ्गी चित्रहरु पाइन्छन् तर यदि तपाईले नागको चित्र भेट्नुभएको छैन वा पाउनु भएको छैन भने पनि चिन्ता नलिनुस्, यो ब्लगमा नागको चित्र बनाउने सजिलो तरिकाबारे चर्चा गर्दैछु। नागको चित्र कसरी बनाउने? सादा कागजमा पहिले 'ब्र्याकेट' (    ) बनाउँदै जानुस् । पहिलो लहरमा एउटा, दोस्रोमा दुईवटा, तेस्रोमा ३ वटा, चौथोमा ४ वटा, त्यस्तै पाँचौमा ३ वटा, छैटौँमा २ वटा, र सातौँमा एउटा 'ब्र्याकेट' बनाउनुस् । त्यसपछि माथिल्लो र तल्लो लहरका ब्राकेटहरु आपसमा छड्के तरिकाले जोड्दै जानुस् । यति गरिसकेपछि, टाउको र पुच्छर बनाउनुस् । तपाईको नाग तयार हुन्छ, यसलाई अझ रंगरोगन गरेर, राम्रो बनाउन सक्नुहुन्छ । विस्तृत विवरणको लागि तलको यो भिडियो हेर्नुस् । नाग पञ्चमी के हो? कसरी मनाइन्छ? ( हाम्रो पात्रो बाट साभार) आज नाग पञ्चमी, अब बिस्तारै बर्षा ओरालो लाग्दैछ, चाडवाडहरुको मौ...

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

Subscribe to Aakar Post