Skip to main content

अनि पट्नाबाट रेल चढियो... [भाग-५]

आफ्नो ट्रेनको नाम थियो, दरभंगाबाट बेङ्लोर चल्ने ‘बाग्मती एक्सप्रेस’ ! ‘बाग्मती एक्सप्रेस’ हप्तामा एकपटक मात्र चल्ने रहेछ, बाँकी दिन पट्नाबाट ‘संघमित्र एक्सप्रेस’ चल्ने रहेछ । ‘स्लिपर क्लास’ मा जाने यात्रुहरु भएको ठाउँमा गएर बसेँ । त्यस प्रतिक्षालयमा बस्न नाम, ठेगाना, ट्रेन नम्बर सबै टिपाउनु पर्ने रहेछ, भित्रै बाथरुम पनि रहेछ ।

म सँगै एउटा केटा पनि थियो, उ पनि बारम्बार भित्तामा टाँगिएको मनिटरमा हेर्थ्यो । राती १२ बजेसम्म छुट्ने ट्रेनको नाम दिइसक्यो, आफ्नु ८:२० मा छुट्ने भनेको ट्रेन को कुनै अत्तोपत्तो छैन । सायद, उसको मुखबाट कुनै बेला ‘बाग्मती’ भन्ने शब्द सुनेको थिँए होला, धेरै बेर आफू चुपचाप एक्लै रहेको मैले उसलाई एक्कासी सोधेँ । “आपका भि बाग्मती एक्सप्रेस हे क्या” – मैले सोधेँ । “हाँ, बाग्मती एक्सप्रेस ही है” – उसले जवाफ दियो । उसलाई जवलपुर भन्ने ठाउँ जानुपर्ने रहेछ । पट्नाबाट उसको दिउँसोको ट्रेन रहेछ, तर १५ मिनेट ढिलो भएर ट्रेन छुट्यो भन्दै निन्याउरो अनुहार लाएर उ बसिरहेको थियो । गंगामाथि भएको पुलमा जाममा पर्दा, उसको ट्रेन छुटेको रहेछ । अनि उसले त्यो ट्रेनको टिकट ‘क्यान्सिल’ गरेर, अर्को ट्रेनको टिकटको लागि आवेदन दिएको रहेछ । त्यही भएर उसको टिकट ‘वेटिङ लिस्ट’ मा रहेछ, “बाग्मती एक्सप्रेस” को टिकट पाइन्छ भन्ने झिनो आशा लिएर उ बसेको थियो ।

कोठामा दर्जन भन्दा मान्छेहरु थिए, अनि एउटा मान्छेको घटिमा पनि दुइवटा ठूला ठूला सुटकेशहरु हुन्थे । उक्त केटा पनि ‘बाग्मती एक्सप्रेस’ मै जाने भएकोले, उ सँगै यस्तै, त्यस्तै गफ गर्दै बसियो । राम्री राम्री केटीहरु आउँदा, आँखा सन्काएर मलाई देखाउँथ्यो । मैले उसलाई टिकट कन्फर्म हो भनेर सोध्दा भने, अनुहार निन्याउरो बनाउँथ्यो, खै जान पाइएला जस्तो छैन भन्थ्यो । बेलुका ७ बज्दा सम्म पनि, ट्रेनको कुनै अत्तोपत्तो थिएन, विभिन्न ठाउँमा जाने ट्रेन ‘डिले’ भएको र ‘क्यान्सिल’ भएको कुरा, पट्ना स्टेशनले फुकेको फुकेकै थियो, अत: आफ्नो ट्रेन पनि त्यसै भयो कि जस्तो लाग्न थाल्यो । राती १ बजेसम्मको ट्रेन को ‘सेड्युल’ मोनिटरमा ‘डिस्प्ले’ गरिरहेको छ, तर आफू जाने ट्रेनको कुनै संकेत छैन ।

patna train station in the morning
दुविधा त तब भयो, जब संघमित्र नाम गरेको ट्रेन, हाम्रो ट्रेन छुट्ने समयमै पट्नाबाट छुट्यो । फेरि संघमित्र एक्सप्रेस, मंगलबारको दिन नछुट्ने कुरा थियो । मलाई लाग्यो, बाग्मती एक्सप्रेसको सट्टामा संघमित्र जाने भएछ । तर खै, कसैले केही भनेकै छैन, त्यस्तो त नहुनु पर्ने हो जस्तो लाग्यो । संघमित्र एक्सप्रेस नामक ट्रेन बेङ्लोरको लागि छुट्यो । मनमा दुविधा थियो, त्यही पनि बाग्मती एक्सप्रेस भन्या दरभंगाबाट आउने ट्रेन भनेर थाहा भएका कारण, बाटमा आउँदै होला भन्ने लाग्यो । मैले छेउकै होटलमा गएर खाना खाँए ।

हामी बसेको कोठा क्रमश खालि हुँदै थियो, सबैको ट्रेन आउँदै जाँदै थियो । त्यही अनुसार मान्छेहरु पनि क्रमश घट्दै थिए । अनि प्लेटफार्म मा चाँहि फेरि मानवसागर उर्लेको थियो । ट्रेनबाट झरेका यात्रुहरु, सबै भुइमा लम्पसार परिसकेका थिए । अघिसम्म म सँग बोलिरहेको र केही हदसम्म साथि बनिसकेको त्यो केटा पनि ट्रेन आएन भनेर सुतिसकेको थियो । बल्लबल्ल ट्रेन आउने समय मोनिटरमा देखियो तर त्यो पनि ३ पटक ‘डिले’ भयो । ८:२० मा भनेको ट्रेन बल्लतल्ल ११ बजेतिर, पट्ना आइपुग्न लाग्यो भनेर माइकिङ गर्यो । मन दंग र फुरुङ्ग भो । अब पुगिन्छ भन्ने भो, तर ८ वटा प्लेटफार्म मध्ये कुनमा जाने अझै माइकिङ भएको थिएन । ट्रेन आइपुग्नै लाग्दा, माइकिङ भयो ४ नम्बर प्लेटफार्म पर जाइए भनेर ।

१ नम्बर प्लेटफार्ममा भएको हामी, ४ नम्बरमा पुग्न २-३ मिनेट जति लाग्थ्यो, ओभरहेड ब्रिज चढेर जानुपर्थ्यो । मैले, त्यो मेरो साथिलाई ब्युँझाए, चलो ट्रेन आ’गया ! उ उठ्यो र मेरो पछि पछि लाग्यो । तर भिडमा म अगाडि भएँ, मलाई सकेसम्म चाँडो प्लेटफार्म नम्बर  ४ मा पुग्नुथियो । अनि त्यहाँ पनि आफ्नो ‘स्लिपर’ को ३ नम्बर डब्बा खोज्नु थियो । प्लेटफार्म नम्बर ४ मा पुगेको केही समयपछि ट्रेन आयो । आफ्नो डिब्बा, अगाडिबाट यस्तै ६-७ नम्बर मा रहेछ । ३ नम्बर डब्बा लेखेको देख्ने बित्तिकै त्यही डब्बाको पछि पछि दौडिँए, ट्रेन रोकियो ।

३ नम्बर डब्बा भित्र आफ्नो १७ नम्बर सिट खोज्दै अगाडिको ढोकाबाट छिरेँ । मैले पहिलोपटक ट्रेन छोएको थिँए । दिउँसो साथि बनाएको त्यो जवलपुर जाने साथि कता पुग्यो, थाहा भएन र मलाई वास्ता पनि भएन । मलाई बेङ्लोर पुग्नु थियो, मेरो ट्रेन आइसकेको थियो र म आफ्नो सिटमा बस्न जाँदै थिए । मेरो सिटमा एकजना बसिरहेको रै’छ । मैले यो मेरो सिट हो भनेँ । उसले भन्यो, ‘हामी अगाडिको स्टेशनमा झर्ने हो’ । मैले कन्फर्म गर्नलाई सोधेँ, अगाडि कै स्टेशनमा हो । उसले हो भन्यो । मैले सोचेँ, बसेर आएको मान्छेलाई के उठाउनु, आखिर मलाई पनि अहिले सुतिहाल्नुपर्ने थिएन । मैले भनेँ, ल ठिकै छ, बस्दा हुन्छ ।  आफ्नो झोलालाई आफूसँगै छेउमा राखेँ, झ्यालपट्टि ।

अर्को पट्टिको सिटमा एउटा अधवैँसे पुरुष सुतिरहेको रै’छ । अनि त्यो भन्दा पर्तिरको सिटमा एउटी महिला रै'छिन् । म आफ्नो सिटमा बसिसकेको थिँए । अरु ३ जना आइपुगे, सिट नम्बर १८,१९ र २० भएका । उनीहरुको २० नम्बरको सिटमा त्यो मान्छे सुतेको रै’छ । उनीहरुले ‘ये हमारा सिट है’ भने । उसले भन्यो, ‘मेरा सिट पिछे है’ उसले अर्को ‘सिट तिर देखाउँदै भन्यो, ‘ओ मेरी बिबी है, इसलिए मे यहाँ सोरहाहुँ’ । आप मेरे सिटमे जाइए’ । ३ जनाको समूहमा आएका उनीहरु के मान्थे । ‘हुँदैन हुँदैन’ भनेर उसलाई उठाए । ती ३ जना त आपसमा नेपालीमा गफ गरिरहेका थिए । उनीहरुले मलाई सोधे, ‘आपका  सिट कौन सा है”, मैले भनेँ ‘१७’ । त्यो अर्को मान्छेले मलाई ‘आप पिछे जाइए भन्यो’ ।

ती ३ जना नेपाली नै हुन् भन्ने कुरा मैले सुइँको पाइसकेको थिँए । अनि नेपाली साथी छोडेर म किन पछाडि सिटमा जान्थेँ र? अनि ती ३ जनाले पनि, म पनि नेपाली हो भन्ने थाहा पाउन भनेर, त्यो मान्छेलाई मैले नेपाली मै जवाफ दिए, “म पछाडी जान्न, यहिँ बस्छु” । फेरि भनेँ, ‘मे यहीँ पर रहुंगा’ । त्यो अघिको मान्छे उठ्यो, मेरो सिटमा बसेको मान्छे नि उठेर गयो । ती ३ जना मध्येको १ जनाले भन्नुभो, ‘ए लौ, भाइ पनि नेपाली नै पो परेछन्’ । कुरा बुझ्दा थाहा भयो, उनीहरु पनि बेङ्लोर नै जाँदै रहेछन् ।

सामान्य कुराकानी पछि, २ जना दाइहरुले दालमोठ निकालेर, ह्विस्कि निले । मैले दालमोठ मात्र खाँए । छोरालाई बेङलोरमा कलेजमा भर्ना गर्नको लागि उनीहरु बेङ्लोर जाँदै रहेछन् । ट्रेन अघि बढ्यो, म झ्यालबाट बाहिर हेर्दै ट्रेनको अनुभव बटुलिरहेको थिँए । ३ जना नेपाली साथीहरु सँगैको सिटमा भेटिएपछि र हाउभाउ र कुराकानीबाट उनीहरु नराम्रा मान्छे हैनन् भन्ने थाहा पाएपछि, बेङ्लोर पुगिने कुरामा ढुक्क भएँ । मलाई फेरि १ पटक घरमा, ट्रेन चढेँ, साथीहरु भेटेँ भनेर फोन गर्न मन लाग्यो । तर विडम्वना आफूसँग फोन थिएन । अघि दिउँसो बनाएको साथी पनि, मेरो सिट नम्बर खोज्दै खोज्दै बस्न पाइन्छ की भन्ने आशले आइपुगेछ ।

उसले भन्यो, ‘टिकट वेटिङ’ मै छ । अब ‘टिटि’लाई भनेर मिलाउनु पर्ला । उसलाई बस्ने इशारा गरेँ, उ पनि सिटमा बस्यो । अनि १९ नम्बर सिटमा डबल प्यासेन्जर परेछन् । ‘टिटी’ ले पैसो खाएर ‘वेटिङ’ मा भएकोलाई पनि टिकट दिएछ भनेर कुरा चल्यो । हामी ४ जनाले १७,१८,१९ र २० नम्बर को सिट नछोड्ने भयौँ, आत्मबल पनि बढेको थियो । केही छिनको भलाकुसारी पछि, अब सुत्नुपर्छ भन्ने कुराकानी भयो । तखता, तखता भएको सिटलाई झुन्ड्याइयो । अनि त्यही दिउँसो स्टेशनमा बनाइएको साथिले भन्यो, ‘आप भि सोजाइए’ । उसले फेरि सोध्यो, ‘आपके पास पेपर है’ । मैले झोलाको खल्तिमा घुसारेर राखेको, टाइम्स अफ इन्डिया दिएँ । उसले त्यो पत्रिका भुँइमा ओच्छ्याएर सुत्यो । एकछिन पछि ‘टिटि’ आएर टिकट ‘चेक’ गर्यो । ट्रेन कुदिरहेको थियो, सबैलाई गुडनाइट भनेर, १ बजे तिर सुतियो ।

क्रमश…

पहिलो भाग : पहिलो पटक मातृभुमी छाड्दा… [भाग–१]
दोश्रो भाग : पहिलो पटक रक्सौलमा… [भाग-२]
तेस्रो भाग : रक्सौल टु पट्ना : नाइट बसमा सरर… [भाग-३]
चौथो भाग : पट्ना मै बित्यो दिन… [भाग-४]
पाँचौ भाग : अनि पट्नाबाट रेल चढियो… [भाग-५]
छैठौँ भाग : रेलमा ४८ घन्टा ! पटना देखि बेंगलोर सम्म ! भो-नकुरागरम !!! [भाग-६]

Comments

  1. रमाइलो रहेछ यो पोस्ट पनि । तर जहाँ-जता गएपनि ठ्याक्कै कथामै जस्तो नेपाली दाजु-भाइ भेटिहालीने संयोग भने भाग्यले नै जुराएको होला । विदेशी भूमिमा पुगेपछि आफ्नो देशको मानिस र आफ्नो भाषा बोल्ने मानिस भेट्दा साँच्चै रमाइलो लाग्छ ।

    ReplyDelete
  2. राता मकै फर्केर नेपाल आइ सक्दा पनि यो भाग नसकिने भयो हैन त?

    ReplyDelete
  3. Dherai Dherai nai ramailo ani khusi lagyo timro posts haru and travelogue padera... all the best for the intern :) :) 

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match [LIVE]

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match खेल को पहिलो हाफसम्म जोर्डन ४ गोलले अगाडि छ ! जोर्डन ले ४ गोल हानेको छ भने, नेपाल ले कुनै पनि गोल फर्काउन सकेको छैन ! पहिलो हाल्फमा जोर्डनीहरुकै दवदवा रहेको थियो । First Half Nepal 0:4 Jordan Full Time Nepal 0:9 Jordan जोर्डन को रंगशालामा भएको खेलमा जोर्डनी टिम ९:० को विशाल अन्तर ले विजयी भएको छ ! नेपाली टिम, जोर्डनी टिम को अगाडि आज कमजोर सावित भयो, खेल अवधिभर नेपाली टिम जोर्डनी टिम को दवावमा रह्यो ! नेपालले छनौटको तेस्रो चरण प्रवेश गर्न बिहीबार दशरथ रंगशालामा अर्को एक खेल खेल्नेछ ! LIVE VIDEO WAS MOVED BY NOW Though LIVE video was moved, but we have small clip. Enjoy! Here's another Video:

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

मेरो चिनो जालीरुमाल, सेतीछेउ धुन्छे होली ...

मेरो आउने बाटो हेरी, चौतारीमा कुर्छे होली । मेरो चिनो जालीरुमाल, सेतीछेउ धुन्छे होली ।। आँखाभरि आसुँ लिई, वाटो छेक्न खोज्ने उनी । मेलापात आउँदाजाँदा, लुकिछिपि रुन्छे होली ।। चाँडै आउने वाचा गर, तिम्रो यादले मर्छु भन्थी । फर्की आउला कै'ले भनि, दिन मै'ना गुन्छे होली ।। एक्लो हुँदा कै'लेकाँहि, तस्विर हेरी रुन्छे होली । कै'ले टाँसी छातिभरि, कै'ले ओठ चुम्छे होली ।। -मुकुन्द "अनडेस्टिनी" बायोटेक, दोश्रो वर्ष काठमाडौँ विश्वविद्यालय ।

KU Holi 2066 [Pictures]

This year also, I’ve celebrated Holi (Fagu Purnima) at Kathmandu University, Dhulikhel Kavre. This is my 3rd Holi at KU. Holi is one of the most interesting event over here. We are preserving KU Holi Culture. HAPPY HOLI !!! We have enjoyed a lot today, hope you are also enjoying the festival of colour HOLI. Once Again Happy Holi To You All. Here,  I’m posting some pictures of KU Holi 2066. Enjoy Holi !!!      11th and 13th Photo: By Shakun

Subscribe to Aakar Post