विद्यार्थी जिवनमा 'परिक्षा' सँधैको हाँउगुजी हो । त्यो भन्दा नि ठूलो तनाव त प्रवेश परिक्षाले दिन्छ । एसएलसीबाट प्लसटु अनि प्लस'टु बाट ब्याच्लर'मा छलाङ हान्नुपर्ने बेला विद्यार्थी तनावमा देखिन्छन् । के पढ्ने, कति पढ्ने, कस्तो प्रश्न सोधिन्छन्, कताबाट सोधिन्छ, कसरी सोधिन्छ भनेर विद्यार्थीहरु (विशेषत आइटी/ईन्जिनियरिङ र मेडिकलका) तनावमा हुन्छन् । विद्यार्थीहरुले भोग्ने यस्तै समस्याहरुलाई सम्बोधन गर्न नेपाल सिएसआइटी एसोसियसन र अस्कल'का विद्यार्थीहरुले, बिएस्सी सिएसआइटी (BScCSIT) पढ्न तयारी गरिरहेका विद्यार्थीहरुलाई लक्षित गरेर, प्रवेश परिक्षा तयारीको लागि मोबाइल एप निर्माण गरेको छ । अब ब्याच्लरमा आइटी पढ्न जुर्मुराए'का विद्यार्थीहरुलाई सिएसआइटी इन्ट्रान्स एपले सहयोग गर्नेछ । सिएसआइटी इन्ट्रान्स एपमा प्रवेश परिक्षा'को मोडल प्रश्नपत्रहरु तथा अघिल्लो वर्षका प्रश्नपत्रहरु राखिएको छ, जहाँबाट विद्यार्थीहरुले सजिलै ती परिक्षाहरुमा नि:शुल्क भाग लिन पाउँछन् । प्रश्नहरुको जवाफ दिँदै जान सकिन्छ, जवाफ दिइसकेपछि, आउने स्कोरको आधारमा तत्काल आफ्नो जवाफ सही भयो कि भएन