Skip to main content

Posts

Showing posts with the label Satire - humor

ट्विटर र फेसबुकमा "यस्तो हुनुपर्छ..." भन्ने आशयका ट्विट र स्टाटसहरु देखिरहिएकोछ । यसप्रकारका कुराहरु कहाँबाट सुरु भयो भन्ने त थाहा छैन, तर फेसबुकमा मात्रै सिमित रहेको यी कुराहरु गत शुक्रबार देखि नेपाली ट्विटर जगतमा पनि आगो झैँ फैलिएकोछ । ट्विटरमा शुक्रबार देखि सुरु भएको यो कुरा आज सोमबारसम्म पनि जारीछ, यसबिचमा करिब २५ सय देखि ३ हजारसम्म यस सम्बन्धि ट्विट भएको अनुमान गरिएकोछ ।प्राय प्रयोगकर्ताहरुले खेल, राजनिती, पेशा, नेपाली समाज आदि विभिन्न विषयमा यसप्रकारका ट्विटहरु गरेकाछन् । ट्विटहरु रमाइला हुँदा हुँदै पनि, एउटै कुरा धेरै पटक दोहोरिएकोले अनि ट्विटर भरि यही सम्बन्धि ट्विटहरु मात्र देखिएकोले प्रयोगकर्ताहरु 'इरिटेटेड' पनि भएकाछन् । यति हुँदा हुँदै पनि केही रमाइला ट्विटहरु यहाँ ब्लगमा समेट्ने जमर्को गरेकोछु । [ View the story "... यस्तो हुनुपर्छ..." on Storify ]

बिहान सबेरै उठियो, नुवाइ धुवाइ गर्नुपर्यो भन्ने प्लान बनाएको थिँए, धाराबाट साह्रै मसिनो ‘तिरतिरे’ पानी आइरहेकोथ्यो । पानी प्राय सँधै त्यस्तै आइरहन्थ्यो, त्यो दिन चाँहि साह्रै झर्कैलाग्ने पानी आएको थियो । मोटर जोड्नुको विकल्प थिएन तर हाम्रो टोलमा धारामा मोटर कसैले पनि नजोड्ने सहमती गरिएकोथियो, तर पनि सबैजना मोटरनै जोड्थे त्यही कारण आफूले नि सहमती “बाल” हो, भनेर कोठा भित्रै मोटर राखेँ, अनि पाइप धारामा लगेर जोडेँ, यसो गरेपछि मोटरको आवाज बाहिर आएन । “नोभेम्बर रेन” को निहुँमा अघिल्लो दिन साँझ केही पेग “खुकुरी रम”, सुकुटिको साथमा रित्याइएकोथियो । सहरमा मापसेको बिगबिगीछ, राती त खानै नहुने । हामी पनि कहाँ कम थियौँ र पुलिस नबस्ने एउटा गोप्य बाटो फेलापारेका थियौँ । अलि झ्याप भा’को दिन त्यही गोप्य बाटो हुँदै हुँइकिन्थ्यौँ । त्यो साँझ पनि त्यही गोप्य बाटो रोजियो, कसैले रोकेन, चेक गरेन, बाइक हल्का अनकन्ट्रोल भएपनि हामी कन्ट्रोलमा छौँ जस्तो आफूलाई लागिरहेथ्यो । पुलिसलाई आजपनि छक्याउन सकेकोमा दंग थियौँ । साथिको जन्मदिनको लागि गिफ्ट लिनुपर्यो भन्ने सोच आयो । नजिकै गिफ्टस्टोर छ, पाँच मिनेटको दुरीमा

हामीलाई अहिलेसम्म सबैभन्दा बढि पिरोलेको कुरा भनेको 'बन्द' नै होला । बन्द, हडताल या भनौँ आन्दोलनको प्रकोप हामीले धेरै झेलेका छौँ । अब संविधान बन्छ है, बन्छ है भनेका बेला, धमिलो पानीमा माछा मार्ने धेरै निस्किए । कोही अखण्ड र कोही बिखण्डको माग लिएर सडकमा ओर्लिए । जातीयताको नाममा ओर्लनेहरुले त केही सिमित नेताहरुको निर्देशनमा कसैलाई बजाउन बाँकी राखेनन् बन्दको निहुँमा । बन्द हाम्रो दिर्घरोग त बनिसकेकै छ, तर अब यो कुरा अफलाइन र सडकमा मात्र सिमित छैन । हिजोआज त बन्दको कुरा गर्यो भने नि रमाइला नतिजाहरु देखिन्छन् गुगलमा । एक पार्टिका अध्यक्षलाई ई-वे मै बिक्री गर्न राखिएको सन्दर्भमका आज गर्न लागेको बन्दको कुरा अलि असरदार नहुनसक्छ । जब जब बन्दको हल्ला चल्न थाल्छ तब सबैलाई कौतुहलता जाग्न थाल्छ, आज बन्द हो वा होइन भनेर । साँच्चै भन्ने हो भने, फेसबुक र ट्विटरमा त उक्त बिहान आज बन्द हो कि हैन भन्दैमा बित्छ । यही कुरा गुगलमा खोजेर हेर्नु भा'को छ? यदि आज बन्द हो भन्ने खोजेर हेर्नुभयो भने तपाईलाई गुगलले थर्काउने छ । गुगलमा "आज नेपाल बन्द हो?" भनेर सर्च गर्नुभयो भने, उत्तर आउँछ

बर्खामास तामझामले खेत रोपियो छाँट देखेर छिमेकी छक्कै परे अब महिना दिन बाँकी छ बालि भित्र्याउन, सार्है पिर लागेको छ, कतै धानै नफल्ने पो हो कि भनेर !!   भर परेर जस्तालाइ नि खेताला पठाइयो गोड्न छोडेर मुलाहरु हिलो छेप्दैमा भुलेछन अहिले खेतैभरि जम्मै झार छपक्कै छ शंकै लागेको छ, कतै धानै नफल्ने पो हो कि भनेर !!   पल्लो गर्होमा लह लह बाला झुलेका छन् तल्लो गर्होमा झन् के भन्नु खै, उत्पातै छ मेरै गर्होमा भने पसाएको पनि छैन मन सार्है पोल्दै छ, कतै धानै नफल्ने पो हो कि भनेर !! त्यत्रो दुखले खेत फिर्ता पाइयो ऋण धन खर्चेर बालि लाइयो तर बुद्धि पुर्याउन सकिएन कि मल कुन्नि? एकदम डर लागेको छ, कतै धानै नफल्ने पो हो कि भनेर !! एकदम डर लागेको छ, संविधानै  नबन्ने पो हो कि भनेर !!   -By N®B   Image via Keck

बुज्यौ बुर्जुआ जनता हो, आज ता "अकबरेले" नि सलाम खायो, बाँचुन्जेल गाँजा खायो, चन्दन-खएर, गोलाई चपायो, अस्तिन क्या त, "बनबिरेले" गोली चलायो, "अकबरे"लाई ड्याङ्ग लायो, सोर्स-फोर्सले `सहिद` बनायो, हेर् त आज !! ये राता मकै!!  १२ तोपको गोली पायो, खादा, भत्ता, लाखौं कमायो !! थुक्क तेरो भाग्य नि के भनौ खोइ ? त्यो जाबो पनि सहिद? भो अब! ए बाबा!! थांगने हजुरबाको कोठे भित्तोमा, तेस्को आनुहर काठे फ्रेमको एक बित्तोमा, ट्वाल्ल-ट्वाल्लति गाँठे, अझै नि लाटीले कुन्नि के हेर्या जस्तो! जुम्सो, अझै कति रिसउठ्दो गरि झुण्ड्या छ भने, प्वाक्क मुखमा हानु जस्तो! उही इतिहास ढाँटने त हो, हाम्लाई थाहा छैन,  नत्र सहिद दिवसको दिन  'अकबरे' को बा' माघाँ गोरु नार्न जान्छु, भन्दै "बैद्य"को मा गफ हाल्न जान्छन् त ? वाहियातको सहिद, निल्नु न वोकेल्नु!! ए सुन् सुन्!! यसै भो तेस्सै भो, "सुन्तले" को परिवारले नि सार्है दुक्ख पायो, एस्लाई सहिद बनाउने परपंच तँ मिला, परेको म बेहोर्छू!! थोरै दि

हाम्रो देशमा सँधै को गाइजात्रा छ, गाइजात्रा मनाउन ‘गाइजात्रा’ कै दिन कुर्नु पर्ने स्थिती अब छैन । देशमा सबैभन्दा बढि गाईजात्रा राजनिती मा भइरहेको छ, भन्दा अत्युक्ति नहोला । अनि राजनिती मा भएको गाइजात्राले सबै क्षेत्रलाई तहसनहस गराएको छ । लोडसेडिङ हुनु, पत्रकार कुटिनु, सर्वसाधारण लुटिनु, धारामा पानी नआउनु, देशमा विना उपलब्धि ३-३ महिना मा प्रधानमन्त्री फेरिनु,  संविधान सभाको समयलाई तन्काएको तन्काएकै गर्नु, तलब र भत्ता ले नपुगेर सभासद ले पासपोर्ट बेच्नु, थरिथरिका समूहले दिनैपिच्छे थरिथरिका माग राखि बाटो, कलेज, बजार बन्द गरिरहनु, एउटा नेताले अर्को नेताको खुट्टा तानिरहनु, पार्टि फुटाइरहनु, नयाँ दल दर्ता गरिरहनु, नेटवर्क नलाग्नु आदि इत्यादी सबै गाइजात्राहरु ३ सय ६५ दिन नै देखिरहिएको छ । यो भन्दा बढि गाइजात्रा अरु के हुन्छ होला, कुनै पनि देशमा? महंगी बढिरहनु, पेट्रोल र डिजेल को अभाव खेपिरहनु, सोर्स र फोर्समा मात्र सबै चलिरहनु, नेता ले अपराधिक संगठनलाई संरक्षण दिइरहनु, देश को सिमाना मिचिरहनु, नेतागण देश विदेश डुलिरहनु, भ्रष्टचार र कालोबजारी फस्टाइरहनु, जनताले दुख पाइरहनु, हाम्रो नियती नै ब

तपाईहरु प्राय: सबैलाई थाहा नै होला, अहिले संसार भरि ‘एङ्ग्री बर्ड’ (Angry Birds) नामक ‘खेल’ ले तहल्का मच्चाइरहेको छ । डिसेम्बर २००९ मा आइफोन बाट प्रवेश गरेको यो खेल अहिले प्राय: सबै मोवाइल र ब्राउजर मा अनलाइन र अफलाइन दुवै खेल्न मिल्छ । खेल को नियम साधारण छ, खास मा यो खेल हामीले गुगेली खेले झैँ खेल्न सक्छौँ । आइफोन हुँदै यो खेल, एन्ड्रोइड, विन्डोज फोन र अन्य फोनमा आइसकेको छ । यति मात्र होइन, यो खेल क्रोम, फायरफक्स जस्ता ब्राउजरमा पनि आइसकेको छ । सन् २०१० मा सर्वाधिक सफल रहेको यस खेल, मोवाइल मा सबैभन्दा धेरै पटक डाउनलोड गरिएको खेल हो भने यस खेल नखेल्ने कमै मात्र व्यक्ति संसार मा होलान् । खेलको लोकप्रियता का कारण ‘एङ्ग्री बर्ड’ फेसबुक मा पनि आइसकेको छ । खेलमा गुलेली ताके झैँ, ताकेर चरा को ‘अण्डा’ चोरेर लाने हरिया रङ्गका ‘सुंगुर’हरुलाई ठहरै बनाउनु पर्ने हुन्छ । ‘रोभिओ मोवाइल’ (Rovio Mobile Ltd.) ले निर्माण गरेको यस खेलमा ‘लेभल’ नै पिच्छे फरक फरक शैलीमा ‘सुँगुर’हरु बसेका हुन्छन् । यो भन्दा अझ रमाइलो कुरा, ‘एङ्ग्री बर्ड’ को नेपाली भर्सन ‘क्रुद्ध चरा’ नेपाली ट्विटर प्रयोगकर्ताहरुका म

१) क्राइष्टलाई झैँ काँटी ठोकी, महान बनाइदिउँ झैँ लाग्ने ! हुसेनलाई झैँ पासो लगाई, अमर बनाइदिउँ झैँ लाग्ने ! यस्तै यस्तै महान आत्माहरुको, बास छ एउटा सभामा ! अश्लिलता नै लजाउने, रास छ एउटा सभामा । २) मर्नै नपरी यिनेर्लेनै, फुत्तै बैतर्नी तार्लान जस्ता । खेल्न मागे बालकहेर्ले, तारै ऐले झार्लान् जस्ता ! यस्तै यस्तै महान आत्माहरुको, बास छ एउटा सभामा ! अश्लिलता नै लजाउने, रास छ एउटा सभामा ।   ३) दक्षिण तिर बगाएर, उत्तर तिर खोजौँ लाग्ने ! दुई चार झापड पड्काएर, दुख्यो !!?? भनि सोधौँ लाग्ने ! यस्तै यस्तै महान आत्माहरुको, बास छ एउटा सभामा ! अश्लिलता नै लजाउने, रास छ एउटा सभामा ।   ४) मति भर्ने महात्मा भए, उनैको सामु थुपार्नु हुन्थ्यो ! कोपार्नु सम्म कोपार्नु हुन्थ्यो, अनि चिउँडै सम्म लोपार्नु हुन्थ्यो ! यस्तै यस्तै महान आत्माहरुको, बास छ एउटा सभामा ! अश्लिलता नै लजाउने, रास छ एउटा सभामा ।   ~ घिमिरे सुनिल Image: stanacosmin

आज फेरि आकाश बाट गडाङ गुडुङ को आवाज आइरहेको छ । काकाकुल को जिवन त पानी परेपनि रहिनै रहन्छ तर पनि पानी पर्ने छाँटकाँट देख्दा मात्रै पनि, मन फुरुङ्ग हुन्छ । पानी को न्यास्रो त्यति सारो लागेको पनि हैन । फागुन महिना नै भएपनि पानी पर्यो भने चिसो बढ्छ, मलाई त्यो चिसो पनि चाहिएको छैन । मलाई पानी मा रुझ्न मन छैन, रुघाखोकी ले सताइहाल्छ । कहिलेकाँही रुझिने भएपनि, झरी मा भिज्दैमा ‘रोमान्टिक फिल’ पनि हुँदैन । अरुबेला गडाङ गुडुङ गरेको सुन्दा नै सातो जाने मलाई  तर आज फेरि आकाशमा कालो बादल मडारिएको देख्दा, गडाङ गुडुङ को आवाज सुन्दा, डर लागेको छैन, मलाई त वेपत्तै खुशी लागेको छ । बादल गडाङ गुडुङ गर्न थालेपछि पानी पर्छ नै जस्तो लाग्छ तर पनि ‘भुक्ने कुकुर ले टोक्दैन’ भनिने हुँदा, बादल देख्दै मा र गडाङ गुडुङ सुन्दैमा पानी पर्छ भन्ने त हुँदैन । तर पनि पानी पर्ने कुरा ले रमाइलो लाग्छ, ‘मेन्टोस मोमेन्ट’ भएर दिमाग को बत्ति जले झैँ, केही कुरा झ्वाट्ट सम्झना मा आउँछ । अत: आज पनि कालो बादल देख्ने बित्तिकै  पानी परिदियोस भने झैँ लाग्दैछ । कलकारखाना का मजदुर ले हड्ताल गरेको खबर पनि सुनिएन, कुनै कारखाना बन्द गर

बोतल र बोटल मा फरक होला, अन्यथा बोतल भन्ने बित्तिकै सबैले, त्यही खोयाविर्के, तिनापाने लोकल या भनौँ बियर र भोड्का सम्झिँदैन थिए होला । बोतल र बोटल, एउटालाई नेपाली र अर्कोलाई अंग्रेजी भनेर मान्छेहरु भन्लान, उच्चारण को मात्र फरक हो भनेर ! तर मलाई त लाग्छ, यो उच्चारण को मात्र फरक हुँदै होइन ! बोत्तल भन्ने बित्तिकै, मान्छेहरु रक्सी नै सम्झिन्छन्, बोटल भन्दा, खै के सम्झिन्छन् थाहा छैन । हुन त  बोटल का पनि साइज अनुसार का नाम छन् ! कुनै पेट बोटल, कुनै जार, त कुनै मात्रै बोटल ! कुरै गर्ने हो भने, औषधीहरु पनि बोतल मै हुन्छन् ! हामीलाई अत्यावश्यक पानी पनि त बोतल मै हुन्छ ! तर त्यसलाई प्राय: ले बोटल नै भन्छन् ! अझ नेपाल मा कोकाकोला उत्पादन गर्ने कम्पनि को नाम नै ‘बोटलर्स नेपाल’ छ ! बोतल उही हो, तर नाम चाँहि फरक, एउटा बोत्तल अर्को बोटल !  आफूले “बोत्तल पुराण लेख्ने तयारी मा ! यसो आइडिया दिएर हेल्प गरौँ न हो” भनेर फेसबुक मा लेख्याँ थिँए, सबैले उही ट्वाँट,रक्सी, जाँड कै मतलब लाग्नेगरि कविता र कथा फुराए !  यो बोटल को बारेमा अर्को दिन कुरा गरौँला, आजलाई चाँहि बोत्तलदेव  को महिमा गाइएको ‘बोत्तल पुराण

देश ठप्प छ, माओवादी को कुबेला को आमहड्ताल को आन्दोलन बाट ! भन्नलाई त तेस्रो जनआन्दोलन भन्याछन्, नाम दिँदैमा आन्दोलन हुन्छ र ? यस्तै पारा ले हो भने त, बाचुँञ्जेल ३०-४० वटा आन्दोलन देखिन्छ होला ! नाम जनता को, काम चाँहि आफ्नो कुर्सी को लागि ! क्या गज्जप छ भने ! फेसबुक मा नि, खुब चल्या छ जुहारी आन्दोलन को ! स्टाटस मा आन्दोलन को बारेमा नलेख्ने नेपाली नै पो छैनन् है । एउटा गज्जप को स्टाटस नि भेट्या थिँए, यस्तो छ है: हामी हाम्रो माग पुरा नभए सम्म एही सडकमा बस्छौ, एही खान्छौ र एही सुत्छौ भन्दै माओवादी उपाध्यक्ष बाबुराम भट्ट्राई भाषण गर्दै थिए l भाषण पछि उनी प्राडो चडी होटेल रेडिसन पुगे, उतै लन्च गरे, र सुत्न आफ्नै निवास पुगे विचरा कार्यकर्ता चर्को घाममा सडकमै बसे, दाल मोठ चिउरा खाए,अनि सुत्न आकाश छत भएको घर तिर लागेl अझै कति सोझा र अबुझ छ्न नेपाली जनता !   लौ हेर त, काम्रेड ले  सारा नेपाली जनतालाई त झूक्याए, झुक्याए आफ्ना कार्यकर्तालाई नि झुक्याएछन् । ह्या, कति यही आन्दोलन को कुरा गर्नु ! ठिकै छ उसोभए ऐंसेलु को कुरा गरौँ है त ! बन्द ले गर्दा क्लास ठप्प, सारो अल्छि भइएको छ । बिहान ९ बजे

थाहा हुंदा हुंदै पनि मनले धिक्कार्दा धिक्कार्दै पनि मान्यतालाई फाल्नलाई नयां बिचार पाल्नलाई भ्यागुताहरु थुपारियो धार्नि पुर्याउनलाई ! मौसमलाई अनुकुल बनाई रछ्यान मा मुला सप्रेझैं सप्रेका पहेंला पहेँला काला काला झ्वाँक झ्वाँक भै कक्रेका भ्यागुताहरु थुपारियो धार्नि पुर्याउनलाई ! घांटीको गांड नै च्यात्तिनेगरि कराउन सक्ने अर्कोलाई लात्ताले बजारि नमज्जाले हराउन सक्ने मान्छेका खुट्टामा पिसाब फेर्दै मान्छेकै सामु दगुर्न सक्ने भ्यागुताहरु थुपारियो धार्नि पुर्याउनलाई ! सेतो कालो दुब्लो पातलो मोटो घाटो भाले पोथी दुलामा बस्ने काठमा बस्ने पानीमा बस्ने समान अनुपातमा भ्यागुताहरु थुपारियो धार्नि पुर्याउनलाई ! तै! पुगिहाल्छ कि भन्दै दुई सय पाँच को ठाउंमा छ सय एक नै ल्याईयो अनि थुपारियो प्रतिनिधि भ्यागुताहरु धार्नि पुर्याउनलाई !!!               - घिमिरे सुनिल

कति सजिलो छ है, भन्नलाई ‘जे’ गरे नि भइहाल्यो नि ! साँच्चि भनेको यो जे, भन्ने शब्द ले त संसार नै खाएको छ । हामी नेपाली को बानि न पर्यो, जुनसुकै कुरा पनि ‘जे’ मा लगेर जोडिदिन्छौँ । पढ्ने देखी लिएर पढाउने अनि जागिरे देखि बेरोजगार, बच्चा देखि वृद्ध सबै ‘जे’ मा कुरा टुङ्ग्याउन खप्पिस छन् । भन्नेहरु ले, तपाईलाई ‘जे’ पनि भन्दिन सक्छन् । सायद तपाई कन्फ्युज हुनुहुँदै होला, के ‘जे’ पिटि कुरा गरिरा’को भनेर ! तर म साँच्चै भन्दैछु, ‘जे’ को महिमा विशाल छ । तपाईहरु दुई जना भेट हुनभयो, अनि रेष्टुरेन्ट जानु भयो भने, कुरा सुरु हुन्छ । के खाने ? अर्को को जवाफ हुन्छ, ‘जे’ खाए पनि भइहाल्छ नि ! तब तपाई सोध्न थाल्नुहुन्छ, यो हो ? त्यो हो ? यो खाने, त्यो खाने ? अघि ‘जे’ खाए पनि हुन्छ भन्ने को चित्त बुझाउन तपाईलाई साह्रै गार्हो हुन्छ । उसले यो भनेर तोकेर भन्दैन्, तपाई हरेक चिज सोध्नुहुन्छ उ अझै दोहोर्‍याइ रहन्छ, ‘जे’ खाए नि भै’गयो नि ! रेष्टुरेन्ट मात्र हैन, तपाई घर मा नि त्यही त हुन्छ नि ! भन्नेबेला ‘जे’ खाए नि हुन्छ भन्ने, पछि चाँहि यस्तो र त्यस्तो किन नपका’को भन्ने त तपाई को पुरानै आदत हो नि ! साथिहर

प्याँप्याँ र ट्याँट्याँ को दोहोरी उस्तै छ भिड पनि फुटपाथ बाट हुँकिदैछन् बाइकवाला र स्कुटिवालीहरु सरकारी काम कहिले जाला घाम उफ झेल्न नसकिने काठमाडौँ को साला जाम !   रातो र हरियो बत्ति एकैचोटि पिलिक्क बाटो काट्ने को हुल निस्कन्छ फुत्त न जेब्रा क्रसिङ न ट्राफिक लाइट गाडि ले हरन लाउँछ झ्वाट्ट !   कोलाहाल धुवाँ र धुलो फोहोर थुारिएको साँघुरो बाटो उकुसमुकुस साह्रै सकस समय को सँधै सत्यानाश !   वाइकवाला र निजी कारलाई सँधै हतार गाडि बढेपनि बाटो नबढ्दा जाम झेल्न सँधै लाचार सरकारी काम कहिले जाला घाम उफ झेल्न नसकिने काठमाडौँ को साला जाम !   ( नोट: कथा लेख्ने प्रयास गर्दैथिँए, कविता जस्तो बन्दै गएछ तर यो कविता को व्याकरण मा मिल्यो कि मिलेन थाहा भएन । जे सुकै होस्, आफना मन मा उठेका भाव पोख्ने कोशिस गरेको छु है!)

बिहानी भाले को डांक संगै, सुतिरहेको राजधानी मा अव्यवस्थित कृयाकलाप को कुइरीमण्डल अराजकता फैल्याउंदै दिनचर्या सुरु हुनु कुनै नौलो कुरा होइन। त्यही पनि राजधानी मौन नै छ, किनकी उ निर्जिव छ। यथास्थानमा छ र यावत सल्बलाहट भोग्न बाध्य छ। रोड देखिन बोर्ड सम्म,जाली देखि घर को पाली सम्म, फटाहा देखिन चोटाह सम्म इत्यादी सम्पूर्ण को सर्म नमानी कर्म गर्न पाइने कर्मथलो भैदिएको छ राजधानी। विश्वमान चित्र को ०.०३ प्रतिशत क्षेत्रफल ओगटेको मुलुक को यस राजधानी कत्तिनै पो ठुलो होला भन्ने सामान्य ठोकुवा त जो कोहिले पनि लगाउनु कुनै ठुलो कुरा भएन यध्यपि यहाँ हुने अराजकता कसैको ज्ञान चछु सम्म नपुगेको पनि हुन सक्दछ। यदि पुग्थ्यो होला त समाधान पनि निक्लिने थियो होला। वर्तमानलाई हाँक्न नसेके पनि भविष्य छर्लङै दृष्‍टिगोचर गर्न सक्ने भविष्यवक्ता पनि नजन्मिएका होइनन् यस राजधानी मा। भविष्यलाई छर्लङै देखि नाम राख्न सिपालु महापण्डितहरु ले न्वारन गरिदिएका कतिपय संघ संस्थाहरु का नाम र काम आज पनि पूर्णिमा को जून झैँ छर्लङै पाउन सकिन्छ। वायुसेवा निगम, टेलिकम, आयलनिगम,वन विभाग इत्यादी इत्यादी, अरु पनि धेरै छन् त्यो पत्ता

Happy Holidays भनेर बिदा मागेरै हिँडिसकेको भएपनि फेरि आइपुगेँ,केहि गन्थन गर्नलाई ! काठमाडौँ, प्राय: सबैलाई सपना को सहर नै लाग्छ, हुन पनि काठमाडौँ त्यस्तै नै छ, नेपाल मा पाइने सबै सुविधाहरु काठमाडौँ मा उपलब्ध छ, अनि ७५ जिल्ला कै मान्छे को जमघट छ काठमाडौँ मा ! करिब १ महिना पछि हिजो,धुलिखेल बाट काठमाडौँ आएँ । भक्तपुर को सूर्यविनायक देखि धुलो खाइँदै आइयो कोटेश्वर सम्म । सडक विस्तार गर्ने काम जोडतोड कै साथ चलिरहेको छ। बाटोभरि धुलो उडेकोछ, अलि कस्तो कस्तो असजिलो महशुस हुन्छ । नयाँ वानेश्वर मा गाडि बाट झर्ने बित्तिकै, फोहोर को डंगुर ले स्वागत गरिरहेथ्यो । गाडि बाट झर्ने बित्तिकै नाक थुन्नुपर्‍यो । कैयौँ दिन देखि काठमाडौँ का सडकबाट फोहर उठ्न सकेको रहेनछ, सँधै को आन्दोलन, सबैको आन्दोलन सम्झेर पनि दिक्क लागेर आउँछ । फोहोर उठाउनेहरु को आन्दोलन, उता कुर्सी को लागि माओवादी को आन्दोलन, उता एक प्रदेश एक मधेस भन्ने को आन्दोलन, उता वाइसिएल ले पिटेको विरुद्ध मा आन्दोलन, उता अर्को को, त्यता अर्को को । काम चाँहि गर्नु छैन सँधै आन्दोलन ले मात्र देश उँभो लाग्ला त ? सायद हामी पनि भेडै हौँ, संघियता को न

केयु क्याफे मा भर्खर छिरेको मात्र थिँए ! फोन आयो, सरिश्मा को फोन रहेछ । उनी भन्दैथिइन्, भोलि एउटा कार्यक्रम छ आउनुहोला है, यो युवा अभियान हो । मैले सोधेँ कस्तो कार्यक्रम हो, उनले भनिन टायर जुलुस ! ओहो, टायर जुलुस पो, लौ ठिकै छ मौका मिले आफू पनि टायर गुडाउन आउने कुरामा सरिश्मालाई आश्वस्त बनाएँ । परिक्षा झन् झन् नजिकिँदैछ, लाइब्रेरी मा बस्दा बस्दा अल्छि लागेर चिया खाने बाहानामा केही सिँढि ओर्लदैँ केयु क्याफे मा छिरेको थिँए । लाइब्रेरी नि भन्नुमात्र हल्लै बढि हुन्छ, रवि ले भन्यो । मैले भने पढ्ने नै भए, रिफ्रेन्स सेक्सन भित्र जानुपर्छ, म त त्यहीँ छु । खुब पढ्नेभइस्, रवि ले जवाफ लाइहाल्यो । केयु क्याफे बाट पश्चिम तिर आँखा डुलाएँ, हाम्रो होस्टल प्रस्ट ले देखिन्छ, त्यसभन्दा पछाडि एसओएस भिलेज र आइटिपार्क पनि देखिन्छ तर त्यो पश्चिम पट्टि को डाँडो बाट घाम डुब्न लागेको भएर, छाँया परेको छ । ए ! लौ आज को दिन पनि बितेछ, साथिहरु भन्न थाले, खै पढेर खाइएला जस्तो छैन । अर्को ले थप्यो, उसोभए खाएरै पढौँन त, उसले दुई प्लेट मम अडर दिहाल्यो । सबै हाँस्न थाले, कत्ति न ठूलो काम गरिस् भनेर ! साँच्चै हामी कु

Happy New Year 2010. नयाँ वर्ष २०१० को हार्दिक मंगलमय शुभकामना ! यहाँहरु को हरेक पल सुखमय रहोस् । शब्द ले जे भन्न सक्दैन त्यो फोटो ले भन्छ रे ! एउटा फोटो ले हजारौँ शब्दहरु बोकेको हुन्छ रे ! अत: आज केही यताउता बाट ल्याइएका फोटोहरु यहाँ राख्दैछु, सन् २०१० को शुभकामना सहित । अब यहाँ राखेका फोटोहरु को अर्थ आफ्नै हिसाबले लगाउनुहोला है त ! ईकान्तिपुर वा अनलाइन खबर कुन चाँहि साइट ले हामीलाई उल्लु बनाउन खोजेका हुन्, छुट्याउनै गाह्रो पर्‍यो । एपी बाट दुइटै साइट  ले एउटै फोटो तानेछन्, अनि आफ्नै क्याप्सन ठोकिदिएछन्, त्यसैले भन्या होला, फोटो ले हजार कुराहरु भन्न सक्छ भनेर ! हा हा हा   यो फोटो देख्दा म नि खुब हाँस्या थिँए तर यो साँच्चिकै हो है  पर्सा तिर को ! उहिले नागरिक न्युज बाट तानेर राखेको थिँए । मैले यो फोटोलाई क्याप्सन दिएँ, सन् २००९ मा नेपाल मा प्रयोग गरिएको नयाँ प्रविधि ! हा हा हा ! (जे बुझ्नुस् )   यी दुइटा फोटा चाँहि हिजो ट्विटर बाट तानेको हुँ है ! युद्ध ले कति सम्म विनाश गर्दोरहेछ भन्ने कुरा माथि को फोटो ले भनिरहेको छ । के गर्ने, विकास र विनास सँगसँगै अघि बढिरहेकाछन् ।

We know, Facebook is a global social networking website that is operated and privately owned by Facebook, Inc. And yes, facebook is one of the biggest and popular networking site. Mark Zuckerberg founded Facebook with his college roommates and fellow computer science students Eduardo Saverin, Dustin Moskovitz and Chris Hughes while he was a student at Harvard University. Most of us use facebook most of the time. And seems that facebook is everything for us. We wake up with facebook saying good morning and we go to bed by saying good night in facebook. Ofcourse we are facebook addict. But are we aware of facebook manners because facebook really matters in our day to day life.These days we cannot imagine our life without facebook. So, it is necessary to learn facebook manners. I've found one interesting video about Facebook Manners called 'Facebook Manners: Responsible Relationships and You' in youtube . Though it is satirical but we should learn from this video. This v

I've been searching for some funny cartoons to refresh my mind. And of-course, I've found some in internet. So, I'm sharing some cartoons with you too. Matter is serious, but they makes us laugh.Hope you'll enjoy this cartoons.  'Okay your father managed to get a mouse. Now how do we use it?' Basically, a humorous or satirical drawing published in a newspaper or magazine is called cartoons. One Cartoon can say millions of word.In modern print media, a cartoon is a piece of art, usually humorous in intent. This usage dates from 1843 when Punch magazine applied the term to satirical drawings in its pages, particularly sketches by John Leech. The first of these parodied the preparatory cartoons for grand historical frescoes in the then-new Palace of Westminster. The original title for these drawings was Mr Punch's face is the letter Q and the new title "cartoon" was intended to be ironic, a reference to the self-aggrandising p