Skip to main content

क्रुद्ध चरा; Angry Birds को नेपाली भर्सन

तपाईहरु प्राय: सबैलाई थाहा नै होला, अहिले संसार भरि ‘एङ्ग्री बर्ड’ (Angry Birds) नामक ‘खेल’ ले तहल्का मच्चाइरहेको छ । डिसेम्बर २००९ मा आइफोन बाट प्रवेश गरेको यो खेल अहिले प्राय: सबै मोवाइल र ब्राउजर मा अनलाइन र अफलाइन दुवै खेल्न मिल्छ । खेल को नियम साधारण छ, खास मा यो खेल हामीले गुगेली खेले झैँ खेल्न सक्छौँ ।

angry birdsआइफोन हुँदै यो खेल, एन्ड्रोइड, विन्डोज फोन र अन्य फोनमा आइसकेको छ । यति मात्र होइन, यो खेल क्रोम, फायरफक्स जस्ता ब्राउजरमा पनि आइसकेको छ । सन् २०१० मा सर्वाधिक सफल रहेको यस खेल, मोवाइल मा सबैभन्दा धेरै पटक डाउनलोड गरिएको खेल हो भने यस खेल नखेल्ने कमै मात्र व्यक्ति संसार मा होलान् । खेलको लोकप्रियता का कारण ‘एङ्ग्री बर्ड’ फेसबुक मा पनि आइसकेको छ ।

खेलमा गुलेली ताके झैँ, ताकेर चरा को ‘अण्डा’ चोरेर लाने हरिया रङ्गका ‘सुंगुर’हरुलाई ठहरै बनाउनु पर्ने हुन्छ । ‘रोभिओ मोवाइल’ (Rovio Mobile Ltd.) ले निर्माण गरेको यस खेलमा ‘लेभल’ नै पिच्छे फरक फरक शैलीमा ‘सुँगुर’हरु बसेका हुन्छन् ।

यो भन्दा अझ रमाइलो कुरा, ‘एङ्ग्री बर्ड’ को नेपाली भर्सन ‘क्रुद्ध चरा’ नेपाली ट्विटर प्रयोगकर्ताहरुका माझ लोकप्रिय भइसकेको छ । :P ‘एङ्ग्री बर्ड’ मा चराका टाउकाहरुले ताकी ताकी ‘अण्डा’ चोरेर लाने, ‘हरिया सुँगुर’हरुलाई हानेर ठहरै पार्नुपर्थ्यो भने हाम्रो नेपाली भर्सन ‘क्रुद्ध चरा’ मा चाँहि जनतालाई ढाँटेर र छलेर, संविधान नबनाइ, सत्तामा मोज गरिरहेका, नेताहरुका खोपडि मा ताकी ताकी गुलेली खेल्न सकिन्छ । तपाईलाई आफ्ना नेताहरु देखि रिस उठेको छ भने, ‘क्रुद्ध चरा’ खेल्न सक्नुहुन्छ ।

मोबाइल मा होस् या फेसबुक या ब्राउजर मै किन नहोस् जब पनि तपाई ‘एङ्ग्री बर्ड’ खेल्नुहुन्छ भने, त्यसबेला ‘सुँगुर’ को ठाउँमा हाम्रा गन्नेमान्नेहरु रहेकाछन् भनेर कल्पना गर्नुस् । अनि गुलेली को ‘रबर’ तन्काएर जोड ले छोड्दिनोस्, ‘एङ्ग्री बर्ड’ का सुँगुरहरु ठाउँ को ठाउँ ठहरै हुनेछन् । तपाईले एकदिन मै क्रुद्ध चरा को धेरै ‘लेबल’ कटाउन सक्नुहुन्छ । खेल्ने हैन त, ‘क्रुद्ध चरा’?

Angry Birds in Nepali

प्रस्तुत लेख कोही कसैप्रति लक्षित छैन  ! यो लेख नितान्त ‘एङ्ग्री बर्ड’ खेलका बारेमा जानकारी दिन लेखिएको लेख हो । ‘एङ्ग्री बर्ड’ को नेपाली ‘भर्सन’, ‘क्रुद्ध चरा’ को लागि रोचनलाई हार्दिक धन्यवाद !

Angry Birds Nepali color

Comments

  1. टाइटल मात्रै पढ्दा झण्डै झुक्केको ! । साँच्चै कसैले पुरै गेम नेपालीकरण गरेछ कि भनेर :) । जे होस तस्बिर दामी रहेछ  । यो चित्र देखेपछि रिसोर्सेस ह्याक गरेर मात्रै बन्ने रहेछ भने आफैँ भएपनि मेहनत गरौँ जस्तो लाग्यो :) । यस्तै ग्राफिक्समा खेल्न पाए त मज्जा डबल हुन्थ्यो :)

    ReplyDelete
  2. if someone is in planning of making this version then just don't use bird nepali ko asakcham neta haru bich kina bichara nirdosh panchi haru lai muchnu....nepali citizen lai nai rakhe ramro hola inplace of bird
     

    ReplyDelete
  3. i must be the only one who has not played angry bird yet. aba khelnu parla :D

    ReplyDelete
  4. पहिले चरा लेखिहालियो, टाइटल मा पहिले नै मिलाउनु पर्ने रहेछ ! :)

    ReplyDelete
  5. खित खित खित खित :) ..indeed a good read..I had been waiting for this post..glad my creation served a purpose..thank you.

    ReplyDelete
  6. क्रुद्ध पक्षी

    ReplyDelete
  7. Wow.. will enjoy playing angry bird's nepali version :) :) 

    ReplyDelete
  8. I will kill 601 SAVASAD ;)) in angry birds hehehehe

    ReplyDelete
  9. Why not make a real game Aakar bro? Let's make real 'angry citizens' and publish it.

    ReplyDelete
  10. नेपालि भर्सन कहिले बाट आउछ ....... कस्ले बनाउदै छ .... भन्ने बारे जानकारि दिईएको भए अझ राम्रो हुने थीयो कि ??

    ReplyDelete
  11. लिङक पाउन सक्छौ नेपालि भर्सनको 

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ ?

फेसबुक आफैँमा व्यापक सञ्जाल । हामी फेसबुक विना त अधुरो नै हुन्छौँ जस्तो लाग्छ हिजोआज । तर यसो सोच्नुहोस् त हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ होला ? फेसबुक का सुरक्षा प्रमुख म्याक्स केली ले २६ अक्टोबर २००९ मा ब्लग मार्फत मृत्यु भएका व्यक्तिहरु को फेसबुक को प्रोफाइललाई सर्च को नतिजा मा नदेखाइने जनाएकाछन् । फेसबुक प्रयोगकर्ता को मृत्यु पछि, उक्त व्यक्ति को प्रोफाइललाई सिल गरिने अनि सर्च को नतिजामा नदेखाउने बताएकाछन् । तर मृत्यु भएको व्यक्ति प्रति सम्मान का शब्द लेख्न या आफ्नो श्रद्धा व्यक्त गर्न उक्त व्यक्ति को प्रोफाइल को वाल भने, आफ्ना आफन्त अनि साथिहरु को लागि सँधै खुल्ला राखिने जनाइएको छ । अक्टोबर २३ मा फेसबुक नयाँ डिजाइनमा आएपछि, फेसबुक ले यस्तो कुरा सार्वजनिक गरेको हो । फेसबुक प्रयोगकर्ताहरु ले फेसबुक को नयाँ ‘सजेसन’ र ‘रिकनेक्ट’ भन्ने सुविधा का कारण समस्या सिर्जना भएको बताउँदै, ब्लग र ट्विटर मा आफ्ना गुनासाहरु लेखेपछि फेसबुक ले, यो नयाँ निति अगाडि ल्याएको हो । फेसबुक ले मृत्यु भइसकेका व्यक्तिहरु को प्रोफाइल देखाउँदै साथि बनाउन ‘सजेसन’ दिन थालेपछि, समस्या सिर्जना भए

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही &q

SLC Result 2068/2069 Published

The Office of the Controller of Examinations, Sanothimi has published the results of the SLC examination for the academic year 2068, on Wednesday evening. Out of 528,257 examines, 47.16 percent students passed the SLC this year. According to OCE, 2,47,689 regular students passed the exam under the regular, whereas 82,283 students have passed under the exempted category. We've uploaded SLC Result 2068 in .pdf format. Please download the SLC Result 2068 from the links below. Check your SLC Result 2068 Online 1) Link1: SLC Result 2068 Regular .pdf      Link2:  SLC Result 2068 Regular .pdf      Link3: SLC Result 2068 Regular .pdf   (via chakab.com)   2)   Link1:   SLC Result 2068 Exempted .pdf      Link2:   SLC Result 2068 Exempted .pdf      Link3:   SLC Result 2068 Exempted .pdf   (via chakab.com) 3) Distinction : SLC Result 2068 .txt     First Div:  SLC Result 2068  .txt     Second Div:  SLC Result 2068  .txt     Third Div:  SLC Result 2068  .txt     Unde

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld

Subscribe to Aakar Post