तपाईहरु प्राय: सबैलाई थाहा नै होला, अहिले संसार भरि ‘एङ्ग्री बर्ड’ (Angry Birds) नामक ‘खेल’ ले तहल्का मच्चाइरहेको छ । डिसेम्बर २००९ मा आइफोन बाट प्रवेश गरेको यो खेल अहिले प्राय: सबै मोवाइल र ब्राउजर मा अनलाइन र अफलाइन दुवै खेल्न मिल्छ । खेल को नियम साधारण छ, खास मा यो खेल हामीले गुगेली खेले झैँ खेल्न सक्छौँ ।
आइफोन हुँदै यो खेल, एन्ड्रोइड, विन्डोज फोन र अन्य फोनमा आइसकेको छ । यति मात्र होइन, यो खेल क्रोम, फायरफक्स जस्ता ब्राउजरमा पनि आइसकेको छ । सन् २०१० मा सर्वाधिक सफल रहेको यस खेल, मोवाइल मा सबैभन्दा धेरै पटक डाउनलोड गरिएको खेल हो भने यस खेल नखेल्ने कमै मात्र व्यक्ति संसार मा होलान् । खेलको लोकप्रियता का कारण ‘एङ्ग्री बर्ड’ फेसबुक मा पनि आइसकेको छ ।
खेलमा गुलेली ताके झैँ, ताकेर चरा को ‘अण्डा’ चोरेर लाने हरिया रङ्गका ‘सुंगुर’हरुलाई ठहरै बनाउनु पर्ने हुन्छ । ‘रोभिओ मोवाइल’ (Rovio Mobile Ltd.) ले निर्माण गरेको यस खेलमा ‘लेभल’ नै पिच्छे फरक फरक शैलीमा ‘सुँगुर’हरु बसेका हुन्छन् ।
यो भन्दा अझ रमाइलो कुरा, ‘एङ्ग्री बर्ड’ को नेपाली भर्सन ‘क्रुद्ध चरा’ नेपाली ट्विटर प्रयोगकर्ताहरुका माझ लोकप्रिय भइसकेको छ । :P ‘एङ्ग्री बर्ड’ मा चराका टाउकाहरुले ताकी ताकी ‘अण्डा’ चोरेर लाने, ‘हरिया सुँगुर’हरुलाई हानेर ठहरै पार्नुपर्थ्यो भने हाम्रो नेपाली भर्सन ‘क्रुद्ध चरा’ मा चाँहि जनतालाई ढाँटेर र छलेर, संविधान नबनाइ, सत्तामा मोज गरिरहेका, नेताहरुका खोपडि मा ताकी ताकी गुलेली खेल्न सकिन्छ । तपाईलाई आफ्ना नेताहरु देखि रिस उठेको छ भने, ‘क्रुद्ध चरा’ खेल्न सक्नुहुन्छ ।
मोबाइल मा होस् या फेसबुक या ब्राउजर मै किन नहोस् जब पनि तपाई ‘एङ्ग्री बर्ड’ खेल्नुहुन्छ भने, त्यसबेला ‘सुँगुर’ को ठाउँमा हाम्रा गन्नेमान्नेहरु रहेकाछन् भनेर कल्पना गर्नुस् । अनि गुलेली को ‘रबर’ तन्काएर जोड ले छोड्दिनोस्, ‘एङ्ग्री बर्ड’ का सुँगुरहरु ठाउँ को ठाउँ ठहरै हुनेछन् । तपाईले एकदिन मै क्रुद्ध चरा को धेरै ‘लेबल’ कटाउन सक्नुहुन्छ । खेल्ने हैन त, ‘क्रुद्ध चरा’?
प्रस्तुत लेख कोही कसैप्रति लक्षित छैन ! यो लेख नितान्त ‘एङ्ग्री बर्ड’ खेलका बारेमा जानकारी दिन लेखिएको लेख हो । ‘एङ्ग्री बर्ड’ को नेपाली ‘भर्सन’, ‘क्रुद्ध चरा’ को लागि रोचनलाई हार्दिक धन्यवाद !