Skip to main content

क्रुद्ध चरा; Angry Birds को नेपाली भर्सन

तपाईहरु प्राय: सबैलाई थाहा नै होला, अहिले संसार भरि ‘एङ्ग्री बर्ड’ (Angry Birds) नामक ‘खेल’ ले तहल्का मच्चाइरहेको छ । डिसेम्बर २००९ मा आइफोन बाट प्रवेश गरेको यो खेल अहिले प्राय: सबै मोवाइल र ब्राउजर मा अनलाइन र अफलाइन दुवै खेल्न मिल्छ । खेल को नियम साधारण छ, खास मा यो खेल हामीले गुगेली खेले झैँ खेल्न सक्छौँ ।

angry birdsआइफोन हुँदै यो खेल, एन्ड्रोइड, विन्डोज फोन र अन्य फोनमा आइसकेको छ । यति मात्र होइन, यो खेल क्रोम, फायरफक्स जस्ता ब्राउजरमा पनि आइसकेको छ । सन् २०१० मा सर्वाधिक सफल रहेको यस खेल, मोवाइल मा सबैभन्दा धेरै पटक डाउनलोड गरिएको खेल हो भने यस खेल नखेल्ने कमै मात्र व्यक्ति संसार मा होलान् । खेलको लोकप्रियता का कारण ‘एङ्ग्री बर्ड’ फेसबुक मा पनि आइसकेको छ ।

खेलमा गुलेली ताके झैँ, ताकेर चरा को ‘अण्डा’ चोरेर लाने हरिया रङ्गका ‘सुंगुर’हरुलाई ठहरै बनाउनु पर्ने हुन्छ । ‘रोभिओ मोवाइल’ (Rovio Mobile Ltd.) ले निर्माण गरेको यस खेलमा ‘लेभल’ नै पिच्छे फरक फरक शैलीमा ‘सुँगुर’हरु बसेका हुन्छन् ।

यो भन्दा अझ रमाइलो कुरा, ‘एङ्ग्री बर्ड’ को नेपाली भर्सन ‘क्रुद्ध चरा’ नेपाली ट्विटर प्रयोगकर्ताहरुका माझ लोकप्रिय भइसकेको छ । :P ‘एङ्ग्री बर्ड’ मा चराका टाउकाहरुले ताकी ताकी ‘अण्डा’ चोरेर लाने, ‘हरिया सुँगुर’हरुलाई हानेर ठहरै पार्नुपर्थ्यो भने हाम्रो नेपाली भर्सन ‘क्रुद्ध चरा’ मा चाँहि जनतालाई ढाँटेर र छलेर, संविधान नबनाइ, सत्तामा मोज गरिरहेका, नेताहरुका खोपडि मा ताकी ताकी गुलेली खेल्न सकिन्छ । तपाईलाई आफ्ना नेताहरु देखि रिस उठेको छ भने, ‘क्रुद्ध चरा’ खेल्न सक्नुहुन्छ ।

मोबाइल मा होस् या फेसबुक या ब्राउजर मै किन नहोस् जब पनि तपाई ‘एङ्ग्री बर्ड’ खेल्नुहुन्छ भने, त्यसबेला ‘सुँगुर’ को ठाउँमा हाम्रा गन्नेमान्नेहरु रहेकाछन् भनेर कल्पना गर्नुस् । अनि गुलेली को ‘रबर’ तन्काएर जोड ले छोड्दिनोस्, ‘एङ्ग्री बर्ड’ का सुँगुरहरु ठाउँ को ठाउँ ठहरै हुनेछन् । तपाईले एकदिन मै क्रुद्ध चरा को धेरै ‘लेबल’ कटाउन सक्नुहुन्छ । खेल्ने हैन त, ‘क्रुद्ध चरा’?

Angry Birds in Nepali

प्रस्तुत लेख कोही कसैप्रति लक्षित छैन  ! यो लेख नितान्त ‘एङ्ग्री बर्ड’ खेलका बारेमा जानकारी दिन लेखिएको लेख हो । ‘एङ्ग्री बर्ड’ को नेपाली ‘भर्सन’, ‘क्रुद्ध चरा’ को लागि रोचनलाई हार्दिक धन्यवाद !

Angry Birds Nepali color

Comments

  1. टाइटल मात्रै पढ्दा झण्डै झुक्केको ! । साँच्चै कसैले पुरै गेम नेपालीकरण गरेछ कि भनेर :) । जे होस तस्बिर दामी रहेछ  । यो चित्र देखेपछि रिसोर्सेस ह्याक गरेर मात्रै बन्ने रहेछ भने आफैँ भएपनि मेहनत गरौँ जस्तो लाग्यो :) । यस्तै ग्राफिक्समा खेल्न पाए त मज्जा डबल हुन्थ्यो :)

    ReplyDelete
  2. if someone is in planning of making this version then just don't use bird nepali ko asakcham neta haru bich kina bichara nirdosh panchi haru lai muchnu....nepali citizen lai nai rakhe ramro hola inplace of bird
     

    ReplyDelete
  3. i must be the only one who has not played angry bird yet. aba khelnu parla :D

    ReplyDelete
  4. पहिले चरा लेखिहालियो, टाइटल मा पहिले नै मिलाउनु पर्ने रहेछ ! :)

    ReplyDelete
  5. खित खित खित खित :) ..indeed a good read..I had been waiting for this post..glad my creation served a purpose..thank you.

    ReplyDelete
  6. क्रुद्ध पक्षी

    ReplyDelete
  7. Wow.. will enjoy playing angry bird's nepali version :) :) 

    ReplyDelete
  8. I will kill 601 SAVASAD ;)) in angry birds hehehehe

    ReplyDelete
  9. Why not make a real game Aakar bro? Let's make real 'angry citizens' and publish it.

    ReplyDelete
  10. नेपालि भर्सन कहिले बाट आउछ ....... कस्ले बनाउदै छ .... भन्ने बारे जानकारि दिईएको भए अझ राम्रो हुने थीयो कि ??

    ReplyDelete
  11. लिङक पाउन सक्छौ नेपालि भर्सनको 

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

Radha : Shruti Sambeg [Review and Download]

Radha by Krishna Dharabasi is wonderful novel based on traditional era of Lord Krishna and Radha. The traditional plot of the story makes the readers/listeners feel that Dharabasi is narrating us the same old story of love of Radha and Krishna. However , the story based on the traditional plot it portrays the modern era in a dramatic way such that it speaks of so many hidden things that we will be amazed while ending it up. Radha and Krishna are the eternal lovers. Lord Krishna and Radha are together since childhood. But in teenage they are separated (as in the traditional story) and Lord Krishna has to go away leaving Vindraban for fulfilling the task for which he has taken birth.This brings tragedy to Radha and all the people in Vindraban. Radha waits for Krishna to arrive but he seldom does. She is stubborn to go meet Krishna. Later she sets out as a Yogini in a long voyage to search self, leaving her parents. She is accompanied by her friend Bisakha everywhere she went. Radha faces...

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld ...

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

Palpasa Cafe [Review]

अपडेट: प्रकाशक'को अाग्रहमा रेडियो वाचनबाट पल्पसा क्याफेको वाचन हटाइएको छ । हामी ले विगतका केही रेडियो वाचन का शृंखला मा नारायण वाग्ले को चर्चित उपन्यास "पल्पसा क्याफे" रेडियोकर्मी अच्युत घिमिरे को आवाजमा सुनाएका थियौँ । ८ अंकमा प्रशारण गरिएको पल्पसा क्याफे का लेखक सँग "पल्पसा क्याफे" को सेरोफेरो मा गरिएको कुराकानी राख्ने योजना हाम्रो थियो तर अन्तरवार्ता को रेकर्ड अहिले फेला पार्न नसकिएकोले प्रशारण गर्न असमर्थ भएका छौँ, पछि भेटिएको खण्डमा हामी अवश्य पनि राख्ने नै छौँ । हामीले भनिरहनुपर्दैन, पल्पसा क्याफे एक उत्कृष्ट उपन्यास हो जसलाई ऐतिहासिक दस्तावेज भन्दा पनि फरक नपर्ला । रेडियोवाचन को शृंखला मा यी सम्पुर्ण अंकहरु उपलब्ध गराइदिनुहुने अच्युत घिमिरेलाई धेरै धेरै धन्यवाद । पल्पसा क्याफे त सुनिसकियो, तर यहाँहरु ले पल्पसा क्याफेलाई कसरी मुल्यांङ्कन गर्नुभयो थाहा छैन । खैर कुरो जेसुकै होस्, आज यहाँ म केही साथिहरुको ब्लगमा प्रकाशित "पल्पसा क्याफे" बारे गरिएको टिप्पणीहरु सहित उपस्थित भएको छु । साथिहरुको ब्लगमा प्रकाशित भइसकेका कुराहरुलाई एकै ठाउँमा समेट्न...

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब...

Subscribe to Aakar Post