Skip to main content

आकार को संसार

बेलुकाको ४ बजिसक्यो । ढोकाबाहिर ४३३ लेखेको रुमभित्र प्रवेश गर्नासाथ आफ्नो झोला विस्तारामा फ्यात्त फालेपछि आकार छेउमै रहेको कम्युटरको सिपियु अन गर्छन् अनि लुगै नफुकाली विस्तारामा पल्टिन्छन् । छेउमा उसको रुमपार्टनर आफ्नै विस्तारामा सिरक ओडेर केही पढिरहेको छ । कोठाभित्र सियो खसेको पनि थाहा पाउने सन्नाटा छ । कोठा दुईभागमा बाडिएको छ, आकारको भाग देब्रे अनी उनको रुमपाटनरको दाहिने ।

किताबको र्याक विस्तारा छेउको भित्ताको माथिल्लो भागमा अड्डाइएको छ जसभित्र देशविदेशका साहित्यिक देखि लिएर स्नातक तहका शैक्षिक पाठ्यपुस्तकहरु खचाखछ छन् । विस्तारा अगाडीको हरियो टेबुलमा कालो रङ्गको सामसुङ कम्पनिको मोनिटर राखिएको छ जसका पछाडी सिपियु र स्पिकरका तारहरु लटपट्टिएका छन् । टेबुलमा सानो चाइनिज अलार्म घडी छ जसमा ५ बजेको अलार्म लगाइएको छ । नियालेर हेर्ने हो भने सेकेन्डको सुई चलेको पाइदैन । खानेपानीको लागी मोनिटर छेउमै राखिएको स्प्राइटको हरियो खाली बोत्तल छ ।

विद्यार्थी जीवन, त्यसमा पनि इन्जिनियरिङको जस्तो गार्हो विषय । विहान ९ बजेदेखि साँझ ४ बजेसम्म क्याम्पसको पट्यारलाग्दो लेक्चरले आकारको कान पाकिसकेको हुन्छ । कोठाभित्र आएपछि सियो खसेको थाहा पाउने शान्तिको रस राम्ररी आस्वादन गर्न नपाउँदै रुमपार्टनरको प्रश्नले आकार झस्किन्छ, “के भयो आकार, पढाईको प्रेसर लास्टै छ जस्तो छ नि?” । आँखा चिम्लेरै कतै हेर्दैनहेरी सुस्त स्वरमा आकारको बोली फुट्छ, “त्यस्तै हो यार” । अनी फेरी कोठामा साइलेन्स । आकारलाई गफ गर्ने समय छैन, खासमा मुडनै छैन । गर्नुपर्ने असाइनमेन्टहरुको डेडलाइन सकिन आटिसक्यो । एकहप्तादेखि डायरीमा रचिएका लेखहरु कम्प्युटरमा टाइप गर्न बाँकी नै छ ।

एकैछिनमा कम्प्युटर खुल्छ, डेस्कटपमा पारीजातको श्यामश्वेत तस्बिर, हेर्दै नेपाली सहित्यको प्रतिविम्व झल्किन्छ । त्यतिन्जेल आकार फ्रेस भएर कम्प्युटर आगाडी बसिसकेका हुन्छन् । हेड फोन लगाएपछि डेस्कटपमा रहेको मोजिल्लाको सटकटमा दुइपटक क्लिक गरेपछि ब्राउजरको ट्याब-बारमा आकार टाइप गर्छन्, ‘डब्लु डब्लु डब्लु डट आकार पोष्ट डट कम (www.aakarpost.com) अनी इन्टर बट्टनमाथी चोर औलाले ठ्याक्क ।

आकारको खास नाम अनील पि. घिमिरे हो, घर चाँहि धरहरा-७ सर्लाही । पाँच वर्ष अगाडि विज्ञान विषय लिएर प्लस टु पढ्ने उद्वेश्यका साथ काठमाण्डौ छिरेका आकार हाल धुलिखेलमा अवस्थित काठमाण्डौ विश्वविद्यालय मा पढ्दैछन् । विगतको दिन समझदै भन्छन्, “घर तिर प्लस टुको पढाई त हुन्थ्यो तर आफुलाई भने इन्जिनियरिङ पढ्ने इच्छा, साइन्स पढाउने क्याम्पस थिएन, अनि त काठमाडौँ नआएर उपाय नै भएन ” ।

सन २०११ सम्म केयुको छात्रवास नै आकारकोलागी घर सरह हुनेछ । कम्प्युटर इन्जिनियर संकायमा तेस्रो वर्षमा अध्यनरत आकार विश्वविद्यालयको सेन्ट्रल क्यापसमा पढ्ने १७०० विद्यार्थीमध्येका एक साधारण तर मिहेनेती र साहित्य प्रेमी युवा हुन् । विश्वविद्यालयमा सञ्चालनहुने इन्जिनियरिङ, मिडिया, बायोलोजी, चिकित्सा, गणित आदीका प्राय विद्यार्थीहरु सँग आकारको पिआर राम्रो छ ।

आकारपोष्टडटकम उनको वेबसाइट हो जसका भिजिटरहरु नेपालभित्र देखि देशबाहिर सम्म फेलिएका छन् जसमा धेरैजसो त उनका दौँतरीहरु नै हुनेगर्छन् । उनको ब्लगमा लेखिएका प्रायजसो लेखहरुमा कम्तिमा पनि ५ देखि १० वटा सम्म प्रतिकृयाहरु हुनेगर्छन् । समसमायिक विषयवस्तुका साथै विदेशका चौकन्न पार्ने कहानीहरुलाई नेपालीमा अनुवाद गरी ब्लगमा छापेर उनी आफ्ना पाठकहरुको मन जित्न सफल भएका छन् । थोरै भएपनि ब्लगीङबाट आम्दानी भइरहेकोमा सन्तुष्टी व्यक्त गर्दै भन्छन् , “२ वर्ष अघिदेखि सुरु गरेको ब्लगिङगले जेहोस् अहिले सम्म २०० डलर दिएको छ” । एकछिन पछि थाहा भयो, छेउको हरियो टेबुलमा भ्राइब्रेट गरिराखेको नोकिया मोबाइल सेट आकारले ब्लगिङकै कमाईबाट किनेका रहेछन् ।

तर आकार आफ्नो ब्लगिङ यात्राको उपलब्धी २०० डलरमै सिमित राख्दैनन् । साहित्यको विकास र समयको सदुपयोग गर्न अहम भुमिका खेल्ने ब्लगीङलाई आकार कहिल्यै नछाड्ने कुरामा विश्वस्त देखिन्छन् ।

केयूको क्यान्टिनमा साँझको खाना खाएर आकार छात्रवास लम्कदैँछन् । छात्रवास र क्यान्टिनको दुरी सय मिटर जति होला । हिड्दै गरेको बाटो वरिपरी चुरोटेहरु यत्रतत्र छरिएका छन् । अगाडीबाट आइरहेको धुवाँको मुस्लोलाई छक्याउँदै आकार सेफ साइड लिँदै छात्रवास प्रवेश गर्छन् । केयुको छात्रवास ४ तलेको भव्य भवन छ, कुल २३० विद्यार्थी बसोबास गर्छन् । आकारको कोठा सबैभन्दा माथिल्लो तलामा छ । पहिलो तल्लादेखि चौथो तल्ला सम्म पुग्दा बीचमा थुप्रै साथीहरुसँग हात मिलाउँछन् । कोठाभित्र छिर्दा फेसबुकमा कोही सुलोचना खतिवडा नाम गरेकी केटीले “हाई आकार’ भनेर च्याटको निमन्त्रणा दिएकी रहिछ । आकारलाई सोधेपछि मात्र थाहा भयो सुलोचना त उनको पाठकमध्ये की एक रहिछन् । भर्खरै पोष्ट गरेको ब्लगको प्रतिकृया दिन सुलोचना ले त्यसो गरेकी रहिछन् ।

मेसेन्जरमा आकारको स्टेटस ‘बिजी’ रहेको छ तर फेसबुकमा कमेन्ट हान्न व्यस्त देख्दा उनका साथीहरु अचम्म पर्छन् । ‘कहाँ सबैसँग कुरा गरेर साध्य हुन्छ? समय पनि त हुनुपर्यो्’, आकार जवाफ फर्काउँछन् कोही साथीलाई जस्टिफाइ गर्नुपर्योह भने । टेबुलमाथि राखेको उनको डायरी खुलै छ । समय समयमा टुलुटुलु हेर्दै उनी नेपाली युनिकोडमा टाइप गर्छन् । टाइपिङ सक्नासाथ ब्लगमा अपडेट गर्न हतार भएको उनको खुम्चिएको निदारबाट प्रष्ट हुन्छ । कति साथीहरु ढोका खोल्दै र बन्द गर्दै भित्र-बाहिर गरे, आकारलाई त्यसको मेसो छैन । ब्लग अपडेट गर्नासाथ आकारलाई ‘अपरेटिङ सिस्टम’ विषयको असाइनमेन्टमा डट्नु छ । पर्सिपल्ट त्यसको इन्टर्नल परीक्षा छ, परीक्षा सर्ने कुनै संकेत छैन ।

आकार जस्तै काठमाण्डौ विश्वविद्यालयमा पढ्ने प्रत्यक विद्यार्थीको कहानी उस्तै उस्तै छ । सेमेस्टेर सिस्टम भएकोले छ महिनाभित्र पुरै कोर्स सक्नुपर्ने, केयूको क्यालेन्डर अनुसार समयमै जाँच सञ्चालन गरी १० दिनभित्र रिजल्ट समेत निकाल्नुपर्ने भएकोले केयूले विद्यार्थीहरुलाई सेमेस्टर भरीनै असाइन्मेन्ट, आन्तरिक परिक्षा, प्रिजेन्टेसन, मौखिक परीक्षा इत्यादीमा व्यस्त पार्छ । पढाईलाई गम्भिरुपमा नलिँदा केयुमा विद्यार्थीहरु आउट हुनेगरेको घटना नौला हैन । आकारकै कति साथीहरु एक वर्ष लस्ट गरेर काठमाण्डौमा हल्लिरहेका छन् ।

वि स १९९१ मा स्थापित काठमाण्डौ विश्वविद्यालयले १८ वर्षको इतिहासमा शैक्षिक क्यालेण्डर नबिगारेको दाबी गर्नुहुन्छ उपकुलपति प्रा डा सुरेशराज शर्मा । यसको सबैभन्दा फाइदा आकार जस्ता विद्यार्थीहरुको नै हुन्छ । समयमै दिक्षित भएपछि मार्केटमा केयु ग्र्याजुएट वेरोजगार हुने कमै सुनिन्छ ।

अहिले मध्य रात हुन आटिसकेको छ । कम्युटरको मोनीटर अफ छ तर पृष्ठभुमीमा मोहम्मद रफी, किशोर कुमार, जगजित सिंह, लता मंगेशकर, महेन्द्र कपुर, गितादेवी आदिका सदाबाहार पुराना हिन्दी गितहरु सानो आवाजमा गुञ्जिरहेका छन् । छेउको टेबुलमा बसेर निद्रा र थकाई सँग लड्दै आकार ‘अपरेटिङ सिस्टम’को असाइन्मेन्ट सक्नै आटेका हुन्छन् तर त्यत्तिकैमा लोडसेडिङको समयले गर्दा सबै ठाँउमा बिजुली झप्प जान्छ, चारैतिर अन्धकार ।

- Written & Complied by Shekhar KC
   Media Studies, 3rd year KU

(He has written this post as a feature report for his project and assignment. I'm thankful to him. - Aakar)

Comments

  1. आकार र शेखर जी लाई रोचक पोस्ट को लागि धन्यवाद.. म जस्तो बुझक्की मान्छे ले यहाँ प्रस्तुत जीवनी बाट धेरै कुरा सिक्न सक्छ.. शेखर ब्रो हाम्रो बारेमा पनि लेख्नुपरो.. हाम्लाई पनि सेलेब्रिटी बनाउन परो.. साथीबाद मा मात्र लाग्नु भएन ;)

    अनी आकार ब्रो २०० दलर कमाइसकियो ? हाम्लाई पनि सिकाउन परो यार पैसो कमाउने काइदा..हावा गफ गरेरै जोवन बित्ने भो ;)

    ReplyDelete
  2. हा हा । म त HAWA को comment पढेर हाँसो थाम्नै सकिन । दैनिकि मीठो छ आकार । पढ्दा त म पो बरू निकम्मा रहेछु जस्तो लाग्यो । अनि पैसा कमाउने काईदा चाहिँ सिकाउनु पर्यो । १ सुको हात लागेको छैन हामीलाई त!!

    ReplyDelete
  3. मैले शेखर दाइको ब्लगमा केमेन्ट गरेको थिएँ यो टाँसो पढेर हिजो...रमाईलो साह्रै रमाईलो लागिर'छ यो पोष्ट पढेर..

    ReplyDelete
  4. शेखरबाबुको लेखनी र आकार बाबुको दैनिकी दुवै झकाँस ।कती नम्बर पाईयो यसको प्रश्न शेखरको लागी ?

    ReplyDelete
  5. Great Sansar!
    very interesting..

    ReplyDelete
  6. Absolutely rocking!
    Many many thanks for letting us know more about internals of Aakarji,
    Thanks

    ReplyDelete
  7. शेखरजीको यो पोष्टका कारण आकारजीक परिचय अझै खुलेको र वहाँलाई अझ नजिक बाट चिने जस्तो लाग्यो ( अफलाईन भेट नभए पनि :))


    शेखरजी र आकारजी दुबैको सफलताको कामना सहित !

    दिलीप आचार्य
    (आज बल्ल करिब ३ हप्तापछि मेरोबाट तपाईको ब्ल खुल्यो हो :)

    ReplyDelete
  8. Thank you all for your comments.
    And Dilip ji, Thanks for you info...

    ReplyDelete
  9. आकार जी को बारेमा थाहा पाउदा निक्कै खुसि लाग्यो | अनिल जी राम्रो गर्दै जानुस, जिन्दगि राम्रो संग बितोस, मेहनत र परिश्रमको फल मिठो हुन्छ | सफलता तपाइको साथमा रहोस |

    (शेखर केसी लाइ धेरै धेरै धन्यबाद आकारजी को बारेमा बतैदिनु भएकोमा )

    ReplyDelete
  10. आकार जी को बारेमा थाहा पाउदा निक्कै खुसि लाग्यो | अनिल जी राम्रो गर्दै जानुस, जिन्दगि राम्रो संग बितोस, मेहनत र परिश्रमको फल मिठो हुन्छ | सफलता तपाइको साथमा रहोस |

    (शेखर केसी लाइ धेरै धेरै धन्यबाद आकारजी को बारेमा बताइदिनु भएकोमा )

    ReplyDelete
  11. आकारजी र शेखरजीको पोस्ट निकै राम्रो लग्यो | आउदा दिनमा पनि यस्तै पोस्ट पढ्न पाइयोस भन्ने आशा राख्दछु |

    अरुण

    ReplyDelete
  12. यो पोष्टले आकार जीको दैनिक चर्या नै छर्लङग पारेजस्तो लाग्यो । निकै मेहनती हुनुहुँदो रहेछ आकार जी

    सफलताको शुभकामना छ ।

    ReplyDelete
  13. आकारजी र शेखरजीको पोस्ट निकै राम्रो लग्यो | आउदा दिनमा पनि यस्तै पोस्ट पढ्न पाइयोस भन्ने आशा राख्दछु |

    अरुण

    ReplyDelete
  14. यो पोष्टले आकार जीको दैनिक चर्या नै छर्लङग पारेजस्तो लाग्यो । निकै मेहनती हुनुहुँदो रहेछ आकार जी

    सफलताको शुभकामना छ ।

    ReplyDelete
  15. आकार जी को बारेमा थाहा पाउदा निक्कै खुसि लाग्यो | अनिल जी राम्रो गर्दै जानुस, जिन्दगि राम्रो संग बितोस, मेहनत र परिश्रमको फल मिठो हुन्छ | सफलता तपाइको साथमा रहोस |

    (शेखर केसी लाइ धेरै धेरै धन्यबाद आकारजी को बारेमा बताइदिनु भएकोमा )

    ReplyDelete
  16. आकार जी को बारेमा थाहा पाउदा निक्कै खुसि लाग्यो | अनिल जी राम्रो गर्दै जानुस, जिन्दगि राम्रो संग बितोस, मेहनत र परिश्रमको फल मिठो हुन्छ | सफलता तपाइको साथमा रहोस |

    (शेखर केसी लाइ धेरै धेरै धन्यबाद आकारजी को बारेमा बतैदिनु भएकोमा )

    ReplyDelete
  17. Great Sansar!
    very interesting..

    ReplyDelete

Post a Comment

Popular posts from this blog

माइक्रोसफ्ट पेन्ट बन्द हुने

सन् १९८५ मा माइक्रोसफ्ट विन्डोजको पहिलो भर्सनसँगै सार्वजनिक भएको माइक्रोसफ्ट पेन्ट (एमएस पेन्ट), विन्डोज १० को नयाँ अपडेटसँगै बन्द हुने भएकोछ । माइक्रोसफ्टका अनुसार अब सार्वजनिक हुने क्रम'मा रहेको विन्डोज १० को नयाँ अपडेटमा एमएस पेन्ट सफ्टवेयर समावेश गरिएकोछैन ।


विन्डोज कम्प्युटर चलाउने सबैको पहिलो "ग्राफिक इटिडिङ टुल" एमएस पेन्ट हो भन्दा फरक नपर्ला । कम्प्युटर चलाउन थालेदेखि वा भनौँ ब्लगका सुरुवातका दिनमा ब्लगमा प्रयोग गरिएका ग्राफिक्सहरु एमएस पेन्टकै सहारामा सम्पादन गर्ने गर्थेँ । सबैको पहिलो ग्राफिङ इटिडिङ टुल'लाई माइक्रोसफ्टले ३२ वर्षपछि बिदा दिँदैछ । एसएस पेन्ट सँगै आउटलुक एक्सप्रेस पनि विन्डोजबाट हट्ने भएको छ ।

यस अघि नै माइक्रोसफ्टले विन्डोज १० मा "पेन्ट थ्रीडी" सफ्टवेयर ल्याइसकेको छ, जसबाट थ्रिडी र टुडी ग्राफिक्स बनाउन सकिन्छ । तर पेन्ट थ्रीडी एमएस पेन्टकै विकल्प भने होइन ।
RIP MS Paint. RIP our childhoods pic.twitter.com/UpNYEDe4cA — Ramsha (@Economistaken) July 24, 2017
तस्विर: ट्विटर @Economistaken

यौन तथा प्रजनन स्वास्थ्यबारे जानकारी - मेरो लागि एपमा

यहाँ यौन तथा प्रजनन स्वास्थ्य सम्वन्धि कुरा गर्न सजिलो छैन । यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि पढाइ स्कुल देखि नै सुरु हुने भएपनि यसबारेमा खुला रुपमा छलफल नगरिने कारण, अधिकांश किशोर/किशोरीहरुको बुझाइ अपुरो र गलत हुने गरेकोछ । किशोर/किशोरीहरुको यही समस्यालाई ध्यानमा राखेर, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि जानकारी/परामर्श दिन आदिको लागि 'पब्लिक हेल्थ कन्सर्न ट्रस्ट नेपाल' (Public Health Concern Trust) ले "मेरो लागि" एप निर्माण गरेकोछ ।


मेरो लागि एपमा आफूलाई चिन्नुहोस्, सम्बन्धहरु, गर्भ निरोधक उपायहरु, एच आइ भी र अन्य यौन रोगहरु, हाजिर जवाफ, ठिक/बेठिक, कथाहरु, सहयोग केन्द्रहरु आदि विभिन्न खण्डहरु राखिएकोछ । यी खण्डहरुको भित्र गएर, यिनीहरुको बारेमा जानकारी लिन सकिन्छ । जस्तो कि, आफूलाई चिन्नुहोस् खण्डमा, सेक्स र लिङ्गको फरक देखि लिएर पुरुष, महिलाको प्रजनन अंग र यौनको बारेमा जानकारी गराइएको छ ।

किशोरावस्था भनेको के हो, पुरुष प्रजनन अङ्गहरु के के हुन्, पुरुष हर्मोनहरु के के हुन्, किशोरावस्थामा शरिरमा के कस्ता परिवर्तनहरु देखिन थाल्छन् भन्ने कुरा पुरुषको खण्डमा समावेश गरिए…

गुगल क्रोम ब्राउजरमा राख्नै पर्ने ५ वटा एक्सटेन्सन

स्ट्याटकाउन्टरका अनुसार विश्वमा ६२ प्रतिशत प्रयोगकर्ताहरु डेस्कटप कम्प्युटरमा गुगलको क्रोम ब्राउजर चलाउँछन् । २००८ मा सार्वजनिक भएको गुगल क्रोम अहिले नम्बर १ इन्टरनेट ब्राउजर बनेको छ । आजको यस ब्लगमा, यही गुगल क्रोम ब्राउजरमा राख्नै पर्ने ५ वटा अत्यन्तै उपयोगी एक्सटेन्सनहरुको चर्चा गर्दैछु ।

१. द ग्रेट सस्पेन्डर
हामी मध्ये धेरै इन्टरनेट प्रयोगकर्ताको, क्रोम ब्राउजरमा अनगिन्ती ट्याब खोल्ने बानी हुन्छ, कतिपय अवस्थामा पेजको शीर्षक त छोडौँ, फ्यावकन आइकन समेत प्रस्ट देखिन्न । कुनै बेला त हाम्रो ट्याबमा दर्जनौँ साइटहरु एक डेढ महिनासम्म पनि बसिरहन्छ, तर फेरि फर्केर त्यो ट्याब/साइट हेर्दैनौ। क्रोममा धेरै ट्याब खोल्दा, ट्याबले कम्प्युटरको धेरै प्रोसेसिङ पावर, मेमोरी आदि खाइदिन्छ । फलस्वरुप ब्राउजर ह्याङ्ग हुने, कम्प्युटर 'स्लो' हुने गर्छ ।


'द ग्रेट सस्पेन्डर' एक्सटेन्सन प्रयोग गरेर क्रोम ब्राउजर 'क्रयास' हुने, ह्याङ्ग हुने, कम्प्युटर स्लो हुने आदि समस्याबाट छुटकारा पाउन सकिन्छ । नामै काफी छ भने झैँ,  'द ग्रेट सस्पेन्डर' ले हामीले खोलेको तर प्रयोग नगरेका ट्याबहरु…

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free.
Install Nepali Unicode Romanized in Windows XP:
Install:
Run setup file;
Go to control Panel;
Open Language and Regional settings;
Open Regional Language Options;
Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages):
Click apply-it might ask for windows CD:
Insert CD or you can directly copy "i386" files too;
And install all: then you have done;
Click for details;
Then click add a tab;
A new popup will appear:
Select "Sanskrit" in the first box;
Select "Nepali unicode (romanized)" in second box;
Click "ok";
You have successfully installed it;
Press "alt+shif…

Aadha Baato (आधा बाटो) [Download] #Novel #Shrutisambeg

श्रुतिसंवेग मा हामी ले कृष्ण धरावासी को उपन्यास “आधा बाटो” को सम्पूर्ण डाउनलोड लिंक लिएर आएका छौ |आफ्ना जिवन भोगाइ का यथार्थलाई जोडेर तयार पारिएको उपन्यास ‘आधा बाटो’ कृष्ण धरावासी को आत्मकथा को रुपमा रहेको छ ।“राधा” जस्तो सफल उपन्यास लेखिसकेका धरावासी को यो पछिल्लो उपन्यास मा आफ्ना बाल्यकाल देखि हाल को अवस्था सम्म को कुराहरु समेटेर लेखिएको कारण उपन्यासलाई धरावासी ले ‘आधा बाटो’ भन्न रुचाएका छन् ।आफूले देखे सुनेको स्थान, नाम आदि का कारण यो उपन्यास पढ्ने तथा सुन्नेहरुलाई आफ्नै कथा जस्तो पनि लाग्न सक्छ ।उज्यालो ९० नेटवर्क को लागि निर्माण गरिएको कार्यक्रम श्रुति संवेग मा वाचन मा अच्युत घिमिरे हुनुहुन्छ भने प्रविधी मा दिनेश निरौला र शशिन्द्र गौतम रहनुभएको छ ।कार्यक्रम को अडियो श्रृंखला उज्यालो नाइन्टि नेटवर्क को कार्यक्रम श्रुतिसम्बेग बाट लिइएको हो ।Download : Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –1Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –2Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –3Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –4Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –5Krishna Dharabasi’s…

एक रातको कथा

भोलिपल्ट घर फर्कने रात थियो । सम्पूर्ण सामानहरु प्याक गरिसकेपनि केहि छुटेछकी भनि सोच्न बसेको थिएँ । कतैबाट तिरिरि बाँसुरीको धुन सुन्दा मनै आनन्दित भयो । "ए, निदाइस क्या हो ? फोन बजिरहेछ", रुममेटले चिच्यायो । कल रिसिभ गरेँ, निद्राकै झोकँमा, "हेलो, सुनन आज म नेपाल बाहिर जाँदैछु, यस अघि पनि कल गर्न पाइन । म विस्तारमा पछि कल गरौँला", एउटा हतारिएको खवर सुने । "ए ....., शुभयात्रा है", भने तर म अझै पनि निद्रामै थिए । वास्तवमा उनिलाई मैंले ठम्याउनै सकिन, सायद निद्रामा भएरै होला, न त नाम नै सोध्न भ्याँए आफ्ना सबै परिचित व्यक्तिहरुलाई याद गर्दा पनि त्यो आवाज ठम्याउन सकिन । अब मात्र मैले प्रतिक्षा गर्नुपर्नेछ, उनको दोस्रो कलको ।

अर्को विहानै आफ्नो वाटो लागिसकेको थिएँ । यात्राका दौरानमा मेरो मन सधैं मेरो जन्मथलो पुगिरहेको हुन्थ्यो । जुन माटोमा म जन्मे, जहाँ हुर्केँ, मेरो वात्सल्य , बालसखा सबै झल्झल्ती याद आउन थाले । मलाई घर छिटो पुग्नु छ, किनभने मेरो प्रतिक्षामा कसैले धेरै महिना विताएको छ । त्यही बेला मैले लेख्न थालेँ :
“मेरो आउने वाटो हेरी, चौतारीमा कुर्छे होली,
मेरो…