Skip to main content

आकार को संसार

बेलुकाको ४ बजिसक्यो । ढोकाबाहिर ४३३ लेखेको रुमभित्र प्रवेश गर्नासाथ आफ्नो झोला विस्तारामा फ्यात्त फालेपछि आकार छेउमै रहेको कम्युटरको सिपियु अन गर्छन् अनि लुगै नफुकाली विस्तारामा पल्टिन्छन् । छेउमा उसको रुमपार्टनर आफ्नै विस्तारामा सिरक ओडेर केही पढिरहेको छ । कोठाभित्र सियो खसेको पनि थाहा पाउने सन्नाटा छ । कोठा दुईभागमा बाडिएको छ, आकारको भाग देब्रे अनी उनको रुमपाटनरको दाहिने ।

किताबको र्याक विस्तारा छेउको भित्ताको माथिल्लो भागमा अड्डाइएको छ जसभित्र देशविदेशका साहित्यिक देखि लिएर स्नातक तहका शैक्षिक पाठ्यपुस्तकहरु खचाखछ छन् । विस्तारा अगाडीको हरियो टेबुलमा कालो रङ्गको सामसुङ कम्पनिको मोनिटर राखिएको छ जसका पछाडी सिपियु र स्पिकरका तारहरु लटपट्टिएका छन् । टेबुलमा सानो चाइनिज अलार्म घडी छ जसमा ५ बजेको अलार्म लगाइएको छ । नियालेर हेर्ने हो भने सेकेन्डको सुई चलेको पाइदैन । खानेपानीको लागी मोनिटर छेउमै राखिएको स्प्राइटको हरियो खाली बोत्तल छ ।

विद्यार्थी जीवन, त्यसमा पनि इन्जिनियरिङको जस्तो गार्हो विषय । विहान ९ बजेदेखि साँझ ४ बजेसम्म क्याम्पसको पट्यारलाग्दो लेक्चरले आकारको कान पाकिसकेको हुन्छ । कोठाभित्र आएपछि सियो खसेको थाहा पाउने शान्तिको रस राम्ररी आस्वादन गर्न नपाउँदै रुमपार्टनरको प्रश्नले आकार झस्किन्छ, “के भयो आकार, पढाईको प्रेसर लास्टै छ जस्तो छ नि?” । आँखा चिम्लेरै कतै हेर्दैनहेरी सुस्त स्वरमा आकारको बोली फुट्छ, “त्यस्तै हो यार” । अनी फेरी कोठामा साइलेन्स । आकारलाई गफ गर्ने समय छैन, खासमा मुडनै छैन । गर्नुपर्ने असाइनमेन्टहरुको डेडलाइन सकिन आटिसक्यो । एकहप्तादेखि डायरीमा रचिएका लेखहरु कम्प्युटरमा टाइप गर्न बाँकी नै छ ।

एकैछिनमा कम्प्युटर खुल्छ, डेस्कटपमा पारीजातको श्यामश्वेत तस्बिर, हेर्दै नेपाली सहित्यको प्रतिविम्व झल्किन्छ । त्यतिन्जेल आकार फ्रेस भएर कम्प्युटर आगाडी बसिसकेका हुन्छन् । हेड फोन लगाएपछि डेस्कटपमा रहेको मोजिल्लाको सटकटमा दुइपटक क्लिक गरेपछि ब्राउजरको ट्याब-बारमा आकार टाइप गर्छन्, ‘डब्लु डब्लु डब्लु डट आकार पोष्ट डट कम (www.aakarpost.com) अनी इन्टर बट्टनमाथी चोर औलाले ठ्याक्क ।

आकारको खास नाम अनील पि. घिमिरे हो, घर चाँहि धरहरा-७ सर्लाही । पाँच वर्ष अगाडि विज्ञान विषय लिएर प्लस टु पढ्ने उद्वेश्यका साथ काठमाण्डौ छिरेका आकार हाल धुलिखेलमा अवस्थित काठमाण्डौ विश्वविद्यालय मा पढ्दैछन् । विगतको दिन समझदै भन्छन्, “घर तिर प्लस टुको पढाई त हुन्थ्यो तर आफुलाई भने इन्जिनियरिङ पढ्ने इच्छा, साइन्स पढाउने क्याम्पस थिएन, अनि त काठमाडौँ नआएर उपाय नै भएन ” ।

सन २०११ सम्म केयुको छात्रवास नै आकारकोलागी घर सरह हुनेछ । कम्प्युटर इन्जिनियर संकायमा तेस्रो वर्षमा अध्यनरत आकार विश्वविद्यालयको सेन्ट्रल क्यापसमा पढ्ने १७०० विद्यार्थीमध्येका एक साधारण तर मिहेनेती र साहित्य प्रेमी युवा हुन् । विश्वविद्यालयमा सञ्चालनहुने इन्जिनियरिङ, मिडिया, बायोलोजी, चिकित्सा, गणित आदीका प्राय विद्यार्थीहरु सँग आकारको पिआर राम्रो छ ।

आकारपोष्टडटकम उनको वेबसाइट हो जसका भिजिटरहरु नेपालभित्र देखि देशबाहिर सम्म फेलिएका छन् जसमा धेरैजसो त उनका दौँतरीहरु नै हुनेगर्छन् । उनको ब्लगमा लेखिएका प्रायजसो लेखहरुमा कम्तिमा पनि ५ देखि १० वटा सम्म प्रतिकृयाहरु हुनेगर्छन् । समसमायिक विषयवस्तुका साथै विदेशका चौकन्न पार्ने कहानीहरुलाई नेपालीमा अनुवाद गरी ब्लगमा छापेर उनी आफ्ना पाठकहरुको मन जित्न सफल भएका छन् । थोरै भएपनि ब्लगीङबाट आम्दानी भइरहेकोमा सन्तुष्टी व्यक्त गर्दै भन्छन् , “२ वर्ष अघिदेखि सुरु गरेको ब्लगिङगले जेहोस् अहिले सम्म २०० डलर दिएको छ” । एकछिन पछि थाहा भयो, छेउको हरियो टेबुलमा भ्राइब्रेट गरिराखेको नोकिया मोबाइल सेट आकारले ब्लगिङकै कमाईबाट किनेका रहेछन् ।

तर आकार आफ्नो ब्लगिङ यात्राको उपलब्धी २०० डलरमै सिमित राख्दैनन् । साहित्यको विकास र समयको सदुपयोग गर्न अहम भुमिका खेल्ने ब्लगीङलाई आकार कहिल्यै नछाड्ने कुरामा विश्वस्त देखिन्छन् ।

केयूको क्यान्टिनमा साँझको खाना खाएर आकार छात्रवास लम्कदैँछन् । छात्रवास र क्यान्टिनको दुरी सय मिटर जति होला । हिड्दै गरेको बाटो वरिपरी चुरोटेहरु यत्रतत्र छरिएका छन् । अगाडीबाट आइरहेको धुवाँको मुस्लोलाई छक्याउँदै आकार सेफ साइड लिँदै छात्रवास प्रवेश गर्छन् । केयुको छात्रवास ४ तलेको भव्य भवन छ, कुल २३० विद्यार्थी बसोबास गर्छन् । आकारको कोठा सबैभन्दा माथिल्लो तलामा छ । पहिलो तल्लादेखि चौथो तल्ला सम्म पुग्दा बीचमा थुप्रै साथीहरुसँग हात मिलाउँछन् । कोठाभित्र छिर्दा फेसबुकमा कोही सुलोचना खतिवडा नाम गरेकी केटीले “हाई आकार’ भनेर च्याटको निमन्त्रणा दिएकी रहिछ । आकारलाई सोधेपछि मात्र थाहा भयो सुलोचना त उनको पाठकमध्ये की एक रहिछन् । भर्खरै पोष्ट गरेको ब्लगको प्रतिकृया दिन सुलोचना ले त्यसो गरेकी रहिछन् ।

मेसेन्जरमा आकारको स्टेटस ‘बिजी’ रहेको छ तर फेसबुकमा कमेन्ट हान्न व्यस्त देख्दा उनका साथीहरु अचम्म पर्छन् । ‘कहाँ सबैसँग कुरा गरेर साध्य हुन्छ? समय पनि त हुनुपर्यो्’, आकार जवाफ फर्काउँछन् कोही साथीलाई जस्टिफाइ गर्नुपर्योह भने । टेबुलमाथि राखेको उनको डायरी खुलै छ । समय समयमा टुलुटुलु हेर्दै उनी नेपाली युनिकोडमा टाइप गर्छन् । टाइपिङ सक्नासाथ ब्लगमा अपडेट गर्न हतार भएको उनको खुम्चिएको निदारबाट प्रष्ट हुन्छ । कति साथीहरु ढोका खोल्दै र बन्द गर्दै भित्र-बाहिर गरे, आकारलाई त्यसको मेसो छैन । ब्लग अपडेट गर्नासाथ आकारलाई ‘अपरेटिङ सिस्टम’ विषयको असाइनमेन्टमा डट्नु छ । पर्सिपल्ट त्यसको इन्टर्नल परीक्षा छ, परीक्षा सर्ने कुनै संकेत छैन ।

आकार जस्तै काठमाण्डौ विश्वविद्यालयमा पढ्ने प्रत्यक विद्यार्थीको कहानी उस्तै उस्तै छ । सेमेस्टेर सिस्टम भएकोले छ महिनाभित्र पुरै कोर्स सक्नुपर्ने, केयूको क्यालेन्डर अनुसार समयमै जाँच सञ्चालन गरी १० दिनभित्र रिजल्ट समेत निकाल्नुपर्ने भएकोले केयूले विद्यार्थीहरुलाई सेमेस्टर भरीनै असाइन्मेन्ट, आन्तरिक परिक्षा, प्रिजेन्टेसन, मौखिक परीक्षा इत्यादीमा व्यस्त पार्छ । पढाईलाई गम्भिरुपमा नलिँदा केयुमा विद्यार्थीहरु आउट हुनेगरेको घटना नौला हैन । आकारकै कति साथीहरु एक वर्ष लस्ट गरेर काठमाण्डौमा हल्लिरहेका छन् ।

वि स १९९१ मा स्थापित काठमाण्डौ विश्वविद्यालयले १८ वर्षको इतिहासमा शैक्षिक क्यालेण्डर नबिगारेको दाबी गर्नुहुन्छ उपकुलपति प्रा डा सुरेशराज शर्मा । यसको सबैभन्दा फाइदा आकार जस्ता विद्यार्थीहरुको नै हुन्छ । समयमै दिक्षित भएपछि मार्केटमा केयु ग्र्याजुएट वेरोजगार हुने कमै सुनिन्छ ।

अहिले मध्य रात हुन आटिसकेको छ । कम्युटरको मोनीटर अफ छ तर पृष्ठभुमीमा मोहम्मद रफी, किशोर कुमार, जगजित सिंह, लता मंगेशकर, महेन्द्र कपुर, गितादेवी आदिका सदाबाहार पुराना हिन्दी गितहरु सानो आवाजमा गुञ्जिरहेका छन् । छेउको टेबुलमा बसेर निद्रा र थकाई सँग लड्दै आकार ‘अपरेटिङ सिस्टम’को असाइन्मेन्ट सक्नै आटेका हुन्छन् तर त्यत्तिकैमा लोडसेडिङको समयले गर्दा सबै ठाँउमा बिजुली झप्प जान्छ, चारैतिर अन्धकार ।

- Written & Complied by Shekhar KC
   Media Studies, 3rd year KU

(He has written this post as a feature report for his project and assignment. I'm thankful to him. - Aakar)

Comments

  1. आकार र शेखर जी लाई रोचक पोस्ट को लागि धन्यवाद.. म जस्तो बुझक्की मान्छे ले यहाँ प्रस्तुत जीवनी बाट धेरै कुरा सिक्न सक्छ.. शेखर ब्रो हाम्रो बारेमा पनि लेख्नुपरो.. हाम्लाई पनि सेलेब्रिटी बनाउन परो.. साथीबाद मा मात्र लाग्नु भएन ;)

    अनी आकार ब्रो २०० दलर कमाइसकियो ? हाम्लाई पनि सिकाउन परो यार पैसो कमाउने काइदा..हावा गफ गरेरै जोवन बित्ने भो ;)

    ReplyDelete
  2. हा हा । म त HAWA को comment पढेर हाँसो थाम्नै सकिन । दैनिकि मीठो छ आकार । पढ्दा त म पो बरू निकम्मा रहेछु जस्तो लाग्यो । अनि पैसा कमाउने काईदा चाहिँ सिकाउनु पर्यो । १ सुको हात लागेको छैन हामीलाई त!!

    ReplyDelete
  3. मैले शेखर दाइको ब्लगमा केमेन्ट गरेको थिएँ यो टाँसो पढेर हिजो...रमाईलो साह्रै रमाईलो लागिर'छ यो पोष्ट पढेर..

    ReplyDelete
  4. शेखरबाबुको लेखनी र आकार बाबुको दैनिकी दुवै झकाँस ।कती नम्बर पाईयो यसको प्रश्न शेखरको लागी ?

    ReplyDelete
  5. Great Sansar!
    very interesting..

    ReplyDelete
  6. Absolutely rocking!
    Many many thanks for letting us know more about internals of Aakarji,
    Thanks

    ReplyDelete
  7. शेखरजीको यो पोष्टका कारण आकारजीक परिचय अझै खुलेको र वहाँलाई अझ नजिक बाट चिने जस्तो लाग्यो ( अफलाईन भेट नभए पनि :))


    शेखरजी र आकारजी दुबैको सफलताको कामना सहित !

    दिलीप आचार्य
    (आज बल्ल करिब ३ हप्तापछि मेरोबाट तपाईको ब्ल खुल्यो हो :)

    ReplyDelete
  8. Thank you all for your comments.
    And Dilip ji, Thanks for you info...

    ReplyDelete
  9. आकार जी को बारेमा थाहा पाउदा निक्कै खुसि लाग्यो | अनिल जी राम्रो गर्दै जानुस, जिन्दगि राम्रो संग बितोस, मेहनत र परिश्रमको फल मिठो हुन्छ | सफलता तपाइको साथमा रहोस |

    (शेखर केसी लाइ धेरै धेरै धन्यबाद आकारजी को बारेमा बतैदिनु भएकोमा )

    ReplyDelete
  10. आकार जी को बारेमा थाहा पाउदा निक्कै खुसि लाग्यो | अनिल जी राम्रो गर्दै जानुस, जिन्दगि राम्रो संग बितोस, मेहनत र परिश्रमको फल मिठो हुन्छ | सफलता तपाइको साथमा रहोस |

    (शेखर केसी लाइ धेरै धेरै धन्यबाद आकारजी को बारेमा बताइदिनु भएकोमा )

    ReplyDelete
  11. आकारजी र शेखरजीको पोस्ट निकै राम्रो लग्यो | आउदा दिनमा पनि यस्तै पोस्ट पढ्न पाइयोस भन्ने आशा राख्दछु |

    अरुण

    ReplyDelete
  12. यो पोष्टले आकार जीको दैनिक चर्या नै छर्लङग पारेजस्तो लाग्यो । निकै मेहनती हुनुहुँदो रहेछ आकार जी

    सफलताको शुभकामना छ ।

    ReplyDelete
  13. आकारजी र शेखरजीको पोस्ट निकै राम्रो लग्यो | आउदा दिनमा पनि यस्तै पोस्ट पढ्न पाइयोस भन्ने आशा राख्दछु |

    अरुण

    ReplyDelete
  14. यो पोष्टले आकार जीको दैनिक चर्या नै छर्लङग पारेजस्तो लाग्यो । निकै मेहनती हुनुहुँदो रहेछ आकार जी

    सफलताको शुभकामना छ ।

    ReplyDelete
  15. आकार जी को बारेमा थाहा पाउदा निक्कै खुसि लाग्यो | अनिल जी राम्रो गर्दै जानुस, जिन्दगि राम्रो संग बितोस, मेहनत र परिश्रमको फल मिठो हुन्छ | सफलता तपाइको साथमा रहोस |

    (शेखर केसी लाइ धेरै धेरै धन्यबाद आकारजी को बारेमा बताइदिनु भएकोमा )

    ReplyDelete
  16. आकार जी को बारेमा थाहा पाउदा निक्कै खुसि लाग्यो | अनिल जी राम्रो गर्दै जानुस, जिन्दगि राम्रो संग बितोस, मेहनत र परिश्रमको फल मिठो हुन्छ | सफलता तपाइको साथमा रहोस |

    (शेखर केसी लाइ धेरै धेरै धन्यबाद आकारजी को बारेमा बतैदिनु भएकोमा )

    ReplyDelete
  17. Great Sansar!
    very interesting..

    ReplyDelete

Post a Comment

Popular posts from this blog

म आउँदैछु प्रिय

"हातमा हात ओठमा ओठ म आउँदैछु प्रिय म आउँदैछु प्रिय !..." भन्ने पंक्ति सँगै भिडियो सुरु हुन्छ । राजन कठेत को निर्देशन मा बनेको भिडियो निकै मजाले सलल बगेको छ । भिडियो अन्तिम सम्म नहरेसम्म यो के को लागि र कुन विषयमा बनेको भिडियो हो भन्न मुस्किल नै पर्छ । एउटा सन्देशमुलक कुरा भिन्नै कन्सेप्ट मा बनेको भएर पनि भिडियो निकै राम्रो लाग्छ । काठमाडौँ विश्वविद्यालय मिडिया स्टडिज का साथिहरुले बनाएको छोटो र मिठो भिडियो आज यहाँ राख्दैछु । भिडियोमा अभिनय रहेको छ पर्वत थापा को भने, क्यामरा मा छिरिङ र कविता वाचन मा रतन रहेकाछन् । भिडियोको बारेमा: A very short, both romantic and funny video(1 min. 25 secs.), made by KU students (2009) with Parbat Thapa (Electrical Engineering 4th/last year) in the scene....Poem narration by Ratan Aanad Karna, background score by Diwas Manandhar and Parbat Thapa, editing by Shekhar KC and Rajan Kathet, camera by Prem Tshering Sherpa and, scene selection, photography direction, script, concept and direction by Rajan Kathet. It was a good homework before making th

यसपाली को गाईजात्रा

'सबको मालुम् है मै बिहारी नही फिर भि कोही हिन्दी बोल्न दबाब डाले तो मैं क्या करु ?' हवनकलीः तपाईंको मातृभाषा त मैथिली हैन र - फोरमानन्दः हो, लेकिन मातृभाषाभन्दा अहिले हाम्को पितृभाषा हि मन पड्ता है । हवनकलीः यो नेपाली वर्णमाला राम्रोसंग पढ्नुस् क्यारे । फोरमानन्दः हिन्दी भाषामें नेपाली वर्णमाला नही मिलता क्या ? क-कौन बनेगा, ख-खरबपती, ग- गोली मारो अ-अरुणाचल, आ-आदमी, इ-इन्तजार हवनकलीः उप-राष्ट्रखतीज्यू, सपथको बेला किन दौरा सुरुवाल नलगाएको ? फोरमानन्दः क्यौं हमको बहुत गर्मी होता है । दौरा सुरुवालमे भेन्टिलेसन नही होता है न । Damdev......Devi......Aakh bandh Karo Na...Banda aakh mey Itna achhi Lagti ho ki ..............Main sabda mey kaha nahi sakta. Damdev- dekho, Maine yog Sab ko Nisulka sikhata hu. Maile aap se kavi Paise Maga hey ? Bhakta-Nahi Swami..Paisa nahi, Rupaye Maga hai. Hai..Aapne Kaka Bikendra Yadav ko Luck Kiya jaye....Lekin Yeh Hamre Rule ke Khilaf hai. Hum Bikendra Yadav ko Luck kar Nahi sakte hai. Devi Aur Sajjano, Maii hun Manojtav

हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ ?

फेसबुक आफैँमा व्यापक सञ्जाल । हामी फेसबुक विना त अधुरो नै हुन्छौँ जस्तो लाग्छ हिजोआज । तर यसो सोच्नुहोस् त हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ होला ? फेसबुक का सुरक्षा प्रमुख म्याक्स केली ले २६ अक्टोबर २००९ मा ब्लग मार्फत मृत्यु भएका व्यक्तिहरु को फेसबुक को प्रोफाइललाई सर्च को नतिजा मा नदेखाइने जनाएकाछन् । फेसबुक प्रयोगकर्ता को मृत्यु पछि, उक्त व्यक्ति को प्रोफाइललाई सिल गरिने अनि सर्च को नतिजामा नदेखाउने बताएकाछन् । तर मृत्यु भएको व्यक्ति प्रति सम्मान का शब्द लेख्न या आफ्नो श्रद्धा व्यक्त गर्न उक्त व्यक्ति को प्रोफाइल को वाल भने, आफ्ना आफन्त अनि साथिहरु को लागि सँधै खुल्ला राखिने जनाइएको छ । अक्टोबर २३ मा फेसबुक नयाँ डिजाइनमा आएपछि, फेसबुक ले यस्तो कुरा सार्वजनिक गरेको हो । फेसबुक प्रयोगकर्ताहरु ले फेसबुक को नयाँ ‘सजेसन’ र ‘रिकनेक्ट’ भन्ने सुविधा का कारण समस्या सिर्जना भएको बताउँदै, ब्लग र ट्विटर मा आफ्ना गुनासाहरु लेखेपछि फेसबुक ले, यो नयाँ निति अगाडि ल्याएको हो । फेसबुक ले मृत्यु भइसकेका व्यक्तिहरु को प्रोफाइल देखाउँदै साथि बनाउन ‘सजेसन’ दिन थालेपछि, समस्या सिर्जना भए

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही &q

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld

Subscribe to Aakar Post