Skip to main content

आकार को संसार

बेलुकाको ४ बजिसक्यो । ढोकाबाहिर ४३३ लेखेको रुमभित्र प्रवेश गर्नासाथ आफ्नो झोला विस्तारामा फ्यात्त फालेपछि आकार छेउमै रहेको कम्युटरको सिपियु अन गर्छन् अनि लुगै नफुकाली विस्तारामा पल्टिन्छन् । छेउमा उसको रुमपार्टनर आफ्नै विस्तारामा सिरक ओडेर केही पढिरहेको छ । कोठाभित्र सियो खसेको पनि थाहा पाउने सन्नाटा छ । कोठा दुईभागमा बाडिएको छ, आकारको भाग देब्रे अनी उनको रुमपाटनरको दाहिने ।

किताबको र्याक विस्तारा छेउको भित्ताको माथिल्लो भागमा अड्डाइएको छ जसभित्र देशविदेशका साहित्यिक देखि लिएर स्नातक तहका शैक्षिक पाठ्यपुस्तकहरु खचाखछ छन् । विस्तारा अगाडीको हरियो टेबुलमा कालो रङ्गको सामसुङ कम्पनिको मोनिटर राखिएको छ जसका पछाडी सिपियु र स्पिकरका तारहरु लटपट्टिएका छन् । टेबुलमा सानो चाइनिज अलार्म घडी छ जसमा ५ बजेको अलार्म लगाइएको छ । नियालेर हेर्ने हो भने सेकेन्डको सुई चलेको पाइदैन । खानेपानीको लागी मोनिटर छेउमै राखिएको स्प्राइटको हरियो खाली बोत्तल छ ।

विद्यार्थी जीवन, त्यसमा पनि इन्जिनियरिङको जस्तो गार्हो विषय । विहान ९ बजेदेखि साँझ ४ बजेसम्म क्याम्पसको पट्यारलाग्दो लेक्चरले आकारको कान पाकिसकेको हुन्छ । कोठाभित्र आएपछि सियो खसेको थाहा पाउने शान्तिको रस राम्ररी आस्वादन गर्न नपाउँदै रुमपार्टनरको प्रश्नले आकार झस्किन्छ, “के भयो आकार, पढाईको प्रेसर लास्टै छ जस्तो छ नि?” । आँखा चिम्लेरै कतै हेर्दैनहेरी सुस्त स्वरमा आकारको बोली फुट्छ, “त्यस्तै हो यार” । अनी फेरी कोठामा साइलेन्स । आकारलाई गफ गर्ने समय छैन, खासमा मुडनै छैन । गर्नुपर्ने असाइनमेन्टहरुको डेडलाइन सकिन आटिसक्यो । एकहप्तादेखि डायरीमा रचिएका लेखहरु कम्प्युटरमा टाइप गर्न बाँकी नै छ ।

एकैछिनमा कम्प्युटर खुल्छ, डेस्कटपमा पारीजातको श्यामश्वेत तस्बिर, हेर्दै नेपाली सहित्यको प्रतिविम्व झल्किन्छ । त्यतिन्जेल आकार फ्रेस भएर कम्प्युटर आगाडी बसिसकेका हुन्छन् । हेड फोन लगाएपछि डेस्कटपमा रहेको मोजिल्लाको सटकटमा दुइपटक क्लिक गरेपछि ब्राउजरको ट्याब-बारमा आकार टाइप गर्छन्, ‘डब्लु डब्लु डब्लु डट आकार पोष्ट डट कम (www.aakarpost.com) अनी इन्टर बट्टनमाथी चोर औलाले ठ्याक्क ।

आकारको खास नाम अनील पि. घिमिरे हो, घर चाँहि धरहरा-७ सर्लाही । पाँच वर्ष अगाडि विज्ञान विषय लिएर प्लस टु पढ्ने उद्वेश्यका साथ काठमाण्डौ छिरेका आकार हाल धुलिखेलमा अवस्थित काठमाण्डौ विश्वविद्यालय मा पढ्दैछन् । विगतको दिन समझदै भन्छन्, “घर तिर प्लस टुको पढाई त हुन्थ्यो तर आफुलाई भने इन्जिनियरिङ पढ्ने इच्छा, साइन्स पढाउने क्याम्पस थिएन, अनि त काठमाडौँ नआएर उपाय नै भएन ” ।

सन २०११ सम्म केयुको छात्रवास नै आकारकोलागी घर सरह हुनेछ । कम्प्युटर इन्जिनियर संकायमा तेस्रो वर्षमा अध्यनरत आकार विश्वविद्यालयको सेन्ट्रल क्यापसमा पढ्ने १७०० विद्यार्थीमध्येका एक साधारण तर मिहेनेती र साहित्य प्रेमी युवा हुन् । विश्वविद्यालयमा सञ्चालनहुने इन्जिनियरिङ, मिडिया, बायोलोजी, चिकित्सा, गणित आदीका प्राय विद्यार्थीहरु सँग आकारको पिआर राम्रो छ ।

आकारपोष्टडटकम उनको वेबसाइट हो जसका भिजिटरहरु नेपालभित्र देखि देशबाहिर सम्म फेलिएका छन् जसमा धेरैजसो त उनका दौँतरीहरु नै हुनेगर्छन् । उनको ब्लगमा लेखिएका प्रायजसो लेखहरुमा कम्तिमा पनि ५ देखि १० वटा सम्म प्रतिकृयाहरु हुनेगर्छन् । समसमायिक विषयवस्तुका साथै विदेशका चौकन्न पार्ने कहानीहरुलाई नेपालीमा अनुवाद गरी ब्लगमा छापेर उनी आफ्ना पाठकहरुको मन जित्न सफल भएका छन् । थोरै भएपनि ब्लगीङबाट आम्दानी भइरहेकोमा सन्तुष्टी व्यक्त गर्दै भन्छन् , “२ वर्ष अघिदेखि सुरु गरेको ब्लगिङगले जेहोस् अहिले सम्म २०० डलर दिएको छ” । एकछिन पछि थाहा भयो, छेउको हरियो टेबुलमा भ्राइब्रेट गरिराखेको नोकिया मोबाइल सेट आकारले ब्लगिङकै कमाईबाट किनेका रहेछन् ।

तर आकार आफ्नो ब्लगिङ यात्राको उपलब्धी २०० डलरमै सिमित राख्दैनन् । साहित्यको विकास र समयको सदुपयोग गर्न अहम भुमिका खेल्ने ब्लगीङलाई आकार कहिल्यै नछाड्ने कुरामा विश्वस्त देखिन्छन् ।

केयूको क्यान्टिनमा साँझको खाना खाएर आकार छात्रवास लम्कदैँछन् । छात्रवास र क्यान्टिनको दुरी सय मिटर जति होला । हिड्दै गरेको बाटो वरिपरी चुरोटेहरु यत्रतत्र छरिएका छन् । अगाडीबाट आइरहेको धुवाँको मुस्लोलाई छक्याउँदै आकार सेफ साइड लिँदै छात्रवास प्रवेश गर्छन् । केयुको छात्रवास ४ तलेको भव्य भवन छ, कुल २३० विद्यार्थी बसोबास गर्छन् । आकारको कोठा सबैभन्दा माथिल्लो तलामा छ । पहिलो तल्लादेखि चौथो तल्ला सम्म पुग्दा बीचमा थुप्रै साथीहरुसँग हात मिलाउँछन् । कोठाभित्र छिर्दा फेसबुकमा कोही सुलोचना खतिवडा नाम गरेकी केटीले “हाई आकार’ भनेर च्याटको निमन्त्रणा दिएकी रहिछ । आकारलाई सोधेपछि मात्र थाहा भयो सुलोचना त उनको पाठकमध्ये की एक रहिछन् । भर्खरै पोष्ट गरेको ब्लगको प्रतिकृया दिन सुलोचना ले त्यसो गरेकी रहिछन् ।

मेसेन्जरमा आकारको स्टेटस ‘बिजी’ रहेको छ तर फेसबुकमा कमेन्ट हान्न व्यस्त देख्दा उनका साथीहरु अचम्म पर्छन् । ‘कहाँ सबैसँग कुरा गरेर साध्य हुन्छ? समय पनि त हुनुपर्यो्’, आकार जवाफ फर्काउँछन् कोही साथीलाई जस्टिफाइ गर्नुपर्योह भने । टेबुलमाथि राखेको उनको डायरी खुलै छ । समय समयमा टुलुटुलु हेर्दै उनी नेपाली युनिकोडमा टाइप गर्छन् । टाइपिङ सक्नासाथ ब्लगमा अपडेट गर्न हतार भएको उनको खुम्चिएको निदारबाट प्रष्ट हुन्छ । कति साथीहरु ढोका खोल्दै र बन्द गर्दै भित्र-बाहिर गरे, आकारलाई त्यसको मेसो छैन । ब्लग अपडेट गर्नासाथ आकारलाई ‘अपरेटिङ सिस्टम’ विषयको असाइनमेन्टमा डट्नु छ । पर्सिपल्ट त्यसको इन्टर्नल परीक्षा छ, परीक्षा सर्ने कुनै संकेत छैन ।

आकार जस्तै काठमाण्डौ विश्वविद्यालयमा पढ्ने प्रत्यक विद्यार्थीको कहानी उस्तै उस्तै छ । सेमेस्टेर सिस्टम भएकोले छ महिनाभित्र पुरै कोर्स सक्नुपर्ने, केयूको क्यालेन्डर अनुसार समयमै जाँच सञ्चालन गरी १० दिनभित्र रिजल्ट समेत निकाल्नुपर्ने भएकोले केयूले विद्यार्थीहरुलाई सेमेस्टर भरीनै असाइन्मेन्ट, आन्तरिक परिक्षा, प्रिजेन्टेसन, मौखिक परीक्षा इत्यादीमा व्यस्त पार्छ । पढाईलाई गम्भिरुपमा नलिँदा केयुमा विद्यार्थीहरु आउट हुनेगरेको घटना नौला हैन । आकारकै कति साथीहरु एक वर्ष लस्ट गरेर काठमाण्डौमा हल्लिरहेका छन् ।

वि स १९९१ मा स्थापित काठमाण्डौ विश्वविद्यालयले १८ वर्षको इतिहासमा शैक्षिक क्यालेण्डर नबिगारेको दाबी गर्नुहुन्छ उपकुलपति प्रा डा सुरेशराज शर्मा । यसको सबैभन्दा फाइदा आकार जस्ता विद्यार्थीहरुको नै हुन्छ । समयमै दिक्षित भएपछि मार्केटमा केयु ग्र्याजुएट वेरोजगार हुने कमै सुनिन्छ ।

अहिले मध्य रात हुन आटिसकेको छ । कम्युटरको मोनीटर अफ छ तर पृष्ठभुमीमा मोहम्मद रफी, किशोर कुमार, जगजित सिंह, लता मंगेशकर, महेन्द्र कपुर, गितादेवी आदिका सदाबाहार पुराना हिन्दी गितहरु सानो आवाजमा गुञ्जिरहेका छन् । छेउको टेबुलमा बसेर निद्रा र थकाई सँग लड्दै आकार ‘अपरेटिङ सिस्टम’को असाइन्मेन्ट सक्नै आटेका हुन्छन् तर त्यत्तिकैमा लोडसेडिङको समयले गर्दा सबै ठाँउमा बिजुली झप्प जान्छ, चारैतिर अन्धकार ।

- Written & Complied by Shekhar KC
   Media Studies, 3rd year KU

(He has written this post as a feature report for his project and assignment. I'm thankful to him. - Aakar)

Comments

  1. आकार र शेखर जी लाई रोचक पोस्ट को लागि धन्यवाद.. म जस्तो बुझक्की मान्छे ले यहाँ प्रस्तुत जीवनी बाट धेरै कुरा सिक्न सक्छ.. शेखर ब्रो हाम्रो बारेमा पनि लेख्नुपरो.. हाम्लाई पनि सेलेब्रिटी बनाउन परो.. साथीबाद मा मात्र लाग्नु भएन ;)

    अनी आकार ब्रो २०० दलर कमाइसकियो ? हाम्लाई पनि सिकाउन परो यार पैसो कमाउने काइदा..हावा गफ गरेरै जोवन बित्ने भो ;)

    ReplyDelete
  2. हा हा । म त HAWA को comment पढेर हाँसो थाम्नै सकिन । दैनिकि मीठो छ आकार । पढ्दा त म पो बरू निकम्मा रहेछु जस्तो लाग्यो । अनि पैसा कमाउने काईदा चाहिँ सिकाउनु पर्यो । १ सुको हात लागेको छैन हामीलाई त!!

    ReplyDelete
  3. मैले शेखर दाइको ब्लगमा केमेन्ट गरेको थिएँ यो टाँसो पढेर हिजो...रमाईलो साह्रै रमाईलो लागिर'छ यो पोष्ट पढेर..

    ReplyDelete
  4. शेखरबाबुको लेखनी र आकार बाबुको दैनिकी दुवै झकाँस ।कती नम्बर पाईयो यसको प्रश्न शेखरको लागी ?

    ReplyDelete
  5. Great Sansar!
    very interesting..

    ReplyDelete
  6. Absolutely rocking!
    Many many thanks for letting us know more about internals of Aakarji,
    Thanks

    ReplyDelete
  7. शेखरजीको यो पोष्टका कारण आकारजीक परिचय अझै खुलेको र वहाँलाई अझ नजिक बाट चिने जस्तो लाग्यो ( अफलाईन भेट नभए पनि :))


    शेखरजी र आकारजी दुबैको सफलताको कामना सहित !

    दिलीप आचार्य
    (आज बल्ल करिब ३ हप्तापछि मेरोबाट तपाईको ब्ल खुल्यो हो :)

    ReplyDelete
  8. Thank you all for your comments.
    And Dilip ji, Thanks for you info...

    ReplyDelete
  9. आकार जी को बारेमा थाहा पाउदा निक्कै खुसि लाग्यो | अनिल जी राम्रो गर्दै जानुस, जिन्दगि राम्रो संग बितोस, मेहनत र परिश्रमको फल मिठो हुन्छ | सफलता तपाइको साथमा रहोस |

    (शेखर केसी लाइ धेरै धेरै धन्यबाद आकारजी को बारेमा बतैदिनु भएकोमा )

    ReplyDelete
  10. आकार जी को बारेमा थाहा पाउदा निक्कै खुसि लाग्यो | अनिल जी राम्रो गर्दै जानुस, जिन्दगि राम्रो संग बितोस, मेहनत र परिश्रमको फल मिठो हुन्छ | सफलता तपाइको साथमा रहोस |

    (शेखर केसी लाइ धेरै धेरै धन्यबाद आकारजी को बारेमा बताइदिनु भएकोमा )

    ReplyDelete
  11. आकारजी र शेखरजीको पोस्ट निकै राम्रो लग्यो | आउदा दिनमा पनि यस्तै पोस्ट पढ्न पाइयोस भन्ने आशा राख्दछु |

    अरुण

    ReplyDelete
  12. यो पोष्टले आकार जीको दैनिक चर्या नै छर्लङग पारेजस्तो लाग्यो । निकै मेहनती हुनुहुँदो रहेछ आकार जी

    सफलताको शुभकामना छ ।

    ReplyDelete
  13. आकारजी र शेखरजीको पोस्ट निकै राम्रो लग्यो | आउदा दिनमा पनि यस्तै पोस्ट पढ्न पाइयोस भन्ने आशा राख्दछु |

    अरुण

    ReplyDelete
  14. यो पोष्टले आकार जीको दैनिक चर्या नै छर्लङग पारेजस्तो लाग्यो । निकै मेहनती हुनुहुँदो रहेछ आकार जी

    सफलताको शुभकामना छ ।

    ReplyDelete
  15. आकार जी को बारेमा थाहा पाउदा निक्कै खुसि लाग्यो | अनिल जी राम्रो गर्दै जानुस, जिन्दगि राम्रो संग बितोस, मेहनत र परिश्रमको फल मिठो हुन्छ | सफलता तपाइको साथमा रहोस |

    (शेखर केसी लाइ धेरै धेरै धन्यबाद आकारजी को बारेमा बताइदिनु भएकोमा )

    ReplyDelete
  16. आकार जी को बारेमा थाहा पाउदा निक्कै खुसि लाग्यो | अनिल जी राम्रो गर्दै जानुस, जिन्दगि राम्रो संग बितोस, मेहनत र परिश्रमको फल मिठो हुन्छ | सफलता तपाइको साथमा रहोस |

    (शेखर केसी लाइ धेरै धेरै धन्यबाद आकारजी को बारेमा बतैदिनु भएकोमा )

    ReplyDelete
  17. Great Sansar!
    very interesting..

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

भारतमा साइट ब्लक गरिँदा, नेपालमा पनि साइट ब्लक [File Sharing Sites Blocked in Nepal]

भारतको सर्वोच्च अदालतको आदेश अनुसार भारतका इन्टरनेट प्रदायक संस्थाहरु (ISP) ले फाइल सेयरिङ साइटहरु, टोरेन्ट, भिडियो साइटहरु तथा अन्य उपयोगी साइटहरुलाई ब्लक गरेकाछन् । आइसोहन्ट (Isohunt), पाइरेट वे (thepiratebay), किकएसटोरेन्ट (kickasstorrent) लगायतका टोरेन्ट साइटहरु तथा भिमियो (Vimeo) र डेलिमोसन (DailyMotion) जस्ता भिडियो सेयरिङ साइटका साथै पेस्टविन (Pastebin), एक्समार्क्स (Xmarks) जस्ता साइटहरुले 'पाइरेसी'लाई बढावा दिएको भन्दै उक्त साइटहरुलाई 'ब्लक' गर्न भारतको सर्वोच्च अदालतले 'आइएसपी'हरुलाई आदेश दिएको थियो । आदेश लगत्तै रिलायन्स, एयरटेल लगायत भारतिय इन्टरनेट प्रदायक संस्थाहरुले उक्त साइटहरु भारतमा ब्लक गरेकाछन्, तर त्यसैको असर स्वरुप नेपालका पनि केही आइएसपीहरुका प्रयोगकर्ताहरुले उक्त सेन्सरसिप सहन गर्नु परेको छ । भारतीय इन्टरनेट प्रदायक संस्थाहरुले साइट ब्लक गर्दा, नेपालमा पनि ती साइटहरु ब्लक हुन पुगेकाछन् । पेस्टविन, पाइरेट वे जस्ता साइटहरु नेपालका अधिकांश आइएसपीहरुबाट नखुल्ने भएकोछ, त्यसको सट्टा "अदालतको आदेश अनुसार साइट ब्लक गरिएकोछ" (Access t...

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld ...

मोबाइलोग्राफी Photo Story [Pictures]

ग्राहक को पर्खाइ मा हात को मुठी भित्र सल्किरहेको चुरोट छ, नेपाली ढाकाटोपी, अनि कोट र गोल्डस्टार जुत्ता मा सजिएका बुढा बा, पुरानो वसपार्क छेवैको, एक पर्खाल को आड मा ग्राहक को पर्खाइ मा छन् । काँटावाला, तराजु लिएर बसेका उनी, मान्छे को तौल जोख्छन्, तौल जोखि माग्नेहरुले पैसो तिरेर आफ्नो तौल जोख्छन् । यो फोटो लिएको समय नेपाली कांग्रेस को महाधिवेशन चल्दैथियो । बाटोभरि मान्छेहरु को भिड थियो, तर यस्तो लाग्दैथ्यो यी बुढा बा लाई केही वास्ता थिएन । उनी चुरोट तान्दै आफैँ मा हराइरहेका झैँ देखिन्थेँ । ढल्किँदो दिन त्रिपुरेश्वर मा अवस्थित मन्दिर को फोटो खिच्दा, पश्चिम मा सूर्य डुब्न लागिसकेको थियो । कोलाहाल को बिचमा उभिएको मन्दिर आफू मा चाँहि साह्रै शान्त छ । पुल्चोक मा आयोजित लोकस २०१० हेरेर फर्किँदै गर्दा, थकाइ मार्ने उद्देश्य ले यही मन्दिर मा एकछिन अडिएको थिँए । झोलुङ्गे पुल ललितपुर बालकुमारी मा, मनोहरा खोला माथि रहेको झोलुंङ्गे पुल ! यो फोटो खिच्दा, मौसम सफा थिएन, हल्का वर्षा भइरहेथ्यो । त्यसदिन केही साथिहरु को साथ मा, नयाँ वानेश्वर, शंखमुल हुँदै यो झोलुङ्गे पुल तरेर, बालकुमारी हु...

ट्विटरव्दारा प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न आग्रह [पडकास्ट 📻 ]

आकार पोष्ट रेडियोको पहिलो अंकमा स्वागत छ । आजको यो अंकमा ट्विटरले केही दिन पहिले पासवर्ड परिवर्तन गर्न जारी गरेको सूचनाको बारेमा कुरा गर्दैछु । के कति कारणले, ट्विटरले पासवर्ड परिवर्तन गर्न सूचना जारी गर्‍यो, तथा प्रयोगकर्ताले के कति कारणले पासवर्ड तुरुन्त परिवर्तन गर्नुपर्छ भन्ने विषयमा यो अंक केन्द्रित छ । पडकास्टको यो पहिलो अंक परिक्षणको रुपमा मोबाइलमा रेकर्ड गरेर तयार पारिएको हो । कति सकिन्छ थाहा छैन, तर यस पडकास्टलाई साप्ताहिक रुपमा सञ्चालन गर्ने मेरो योजना छ, जहाँ सूचना प्रविधिका विभिन्न पाटोहरुको बारेमा कुरा गर्नेछु । हाललाई यो पडकास्ट एन्कर एफएम तथा स्टिचर एप मार्फत सुन्न सकिन्छ । ट्विटरमा प्रयोग भएको पासवर्ड अन्य साइटहरुमा (जस्तो: फेसबुक, गुगल, दराज, सस्तोडिल, ड्रपबक्स आदि) पनि प्रयोग गरिएकोछ भने, ती साइटहरुमा पनि पासवर्ड तुरुन्त परिवर्तन गर्नुभइ, इन्टरनेटमा सुरक्षित रहनुहोला। प्रो टिप: साइटहरुमा कहिले पनि एउटै पासवर्ड प्रयोग नगर्नुहोला। pic.twitter.com/PjWwQWc7C4 — Aakar Anil (@aakarpost) May 4, 2018

कुन च्याट एप्स चलाउने?

फेसबुकको मेसेन्जरमा स्टोरीज आएपछि वाक्क, दिक्क नै भइयो । त्यसको विकल्प खोज्ने क्रममा पहिले त फेसबुक र मेसेन्जर एप दुवै मोबाइलबाट हटाएर ब्राउजरमा चलाउन थालेँ । त्यसको केही दिनपछि फेसबुक लाइट र मेसेन्जर लाइट चलाउन पुगेँ । फेसबुक लाइटको 'एप एक्सपिरियन्स' खासै गतिलो लागेन र फेरि केही हप्ता पछि फेसबुक एपमा सरेँ तर फेसबुक मेसेन्जर चाँहि मेसेन्जर लाइट नै मनपर्‍यो । गज्जब, च्याट गर्न मात्र मिल्ने । त्यसो त मोबाइलमा करिब आधा दर्जन च्याट एप्स छन्, सबै एप सँधै चलाइँदैन । अर्को कुरा, च्याटको लागि प्रयोग नगरिने एप्‌मा पनि च्याट गर्ने फिचर छ या भनौँ "प्राइभेट मेसेज" गर्ने सुबिधा छ । उदाहरणको लागि इन्स्टाग्राम फोटो सेयर गर्ने एप हो, तर यहाँ साथीहरुलाई सिधै मेसेज पनि गर्न मिल्छ, दोहोरो च्याट गर्न मिल्छ । हिजोआज म पनि प्राय: ट्विटरको 'डाइरेक्ट मेसेज' धेरै प्रयोग गरिरहेको हुन्छु, साथीहरुसँग कुरा गर्न । एक समय यस्तो थियो, म गुगल टक या भनौँ जिमेल च्याट मात्रै प्रयोग गर्थेँ । कसैले केही म्यासेज मलाई पठाउनु छ भने, कि त ईमेल गर्थे वा गुगल टकमा कुरा गर्थे, हैन भने फोन र एसएम...

Subscribe to Aakar Post