स्कुटर अनुभुति

स्कुटरको मिटर मा आज १७,००० किलोमिटर पुरा भएको छ । विगत ३ वर्षदेखि सार्वजनिक यातायात फाट्टफुट्ट २-४ पटक मात्र चढेकी छु । स्कुटर चढ्ने एउटा आदत भइसकेको छ, त्यसकारण कुनै बेला बस चढ्नुपर्‍यो या हिँड्नुपर्‍यो भने धेरै गाह्रो लाग्छ ।

मानिस materialistic कति हदसम्म हुन्छ भन्ने कुरा म आफैँबाट प्रष्ट हुन्छ । अमेरिका जान ठिक्क परेकी म I-20 नि आएको तर म यही स्कुटर कै लोभले अमेरिका गइन । म अझै अचम्म मा नै छु, बाबाले स्कुटर किनिदिन्छु भनेकोले मैले अमेरिका जाने विचार नै त्यागिदिँए । जब स्कुटर किनियो… म त एक किसिमले खुशीले पागल नै भएकी (आजकल त नर्मल नै लाग्छ)… साइकल चलाउन नआउने मलाई ‘स्कुटर’ त के आउँथ्यो, एक महिना जस्तो त हेरेर मात्र बिताँए… स्कुटर चलाउने कल्पना मा… आज ३ वर्ष पुरा भइसकेको छ, स्कुटर सँगको यात्रा… जब स्कुटर चलाउन नआएर घरमै थन्किएको हुन्थ्यो र म बस चढ्थेँ, तब म हरेक बस चढाईलाई अन्तिम मान्थेँ र मनमनै खुब खुशी हुन्थेँ… नभन्दै त्यस्तै भयो, बस मा यात्रा गर्न निकै कम हुँदै गयो !

स्कुटर अस्ति सर्भिसिङ को लागि दिएकी थिँए, त्यतिखेर मलाई बस चढ्नुपरेको थियो… धेरै समयपछि बस चढ्दा निकै रमाईलो लाग्यो । रत्नपार्क – किर्तिपुर चल्ने त्यो लामो घर जस्तो बस भित्र कति धेरै मान्छे, कति थरिका मान्छे ! धेरै व्यक्तित्वहरु, धेरै वर्ग, तह र तप्का का मान्छेहरु ! कति धेरै प्रकार का भेषभुषाहरु, अनि कति धेरै थरिका लवजहरु, बोलिचालिहरु… त्यतिखेर मलाई अनुभुति भयो, मैले धेरै चिज गुमाएकी रहेछु, विगत यो ३ वर्षमा… हो ती कुराहरु मेरो आँखाले, मगज ले प्रष्टसँग छुट्टयाइरहेको थियो ।

स्कुटरमा सँधै जसो एकल यात्रा हुन्छ, independent feel हुन्छ । Freedom Feel हुन्छ, न कसैसँग को सम्पर्क, न कसैसँग बोल्नुपर्ने न कसैलाई देख्नुपर्ने…एक्लोपन, रिक्तता को आभाष, सुन्यता… समाज को सम्पर्क बाट बाहिर… आफ्नो एक्लोपन – स्कुटर यात्रा र त्यो बस यात्रा निकै भिन्नै लागेको छ…हो, बस यात्रा जहाँ मैले यति धेरै सामाजिक यथार्थ देखेँ, त्यो मलाई निकै प्रिय लागेको छ… देखे त थाहा हुन्छ, सुने पो जानिन्छ । स्कुटरबाट कहाँ यस्तो देखिनु र जानिनु, बरु अलिकति ध्यान खल्बलियो भने, दुर्घटना मा परिएला भन्ने डर !

आफ्नो खुशि स्कुटर किन्दा को क्षण, आज म आफैँलाई व्यंङ्ग्य गर्दैछु । त्यतिखेर, म के कारण त्यस्तो खुशी भएँ, सायद स्कुटर को सपना देखेकि थिँए । सबैजना, श्वेताले स्कुटर चढेको भन्दा छक्क पर्थे, कारण मलाई थाहा छैन । आफैँ पनि ‘धाक’ लाउँथे, मेरो नि स्कुटर छ भनेर, मानौँ मैले संसार हाँक्ने शक्ति पाएकी छु, कुरा सम्झिदाँ आज आफैँलाई लाज लागेर आउँछ । Material प्रति को आकर्षण ले मैले कति कुराहरु गुमाएकी रहेछु । कति मानिस सँग को भेट, कति भोगाइ को अनुभव, togetherness को भावना…म आफूलाई समाज भन्दा अलि बाहिर पाइरहेकी छु, स्कुटर ले केही दुरी बढाइदिएको छ, केही क्षण सबैबाट अलग गराइदिएको छ ।

त्यसो त वसयात्रा पनि कठिन नै छ । विनाअर्थ कोचिनु, गर्मीमा त झन् ओहो, सिट नपाउनु… अनि अनावश्यक हेराइहरु, उफ कति भोगेको छु, नराम्रो दिनहरु वसमा तर स्कुटर मा पनि दुर्घटना त नपरेको होइन ! आफूले बुझे पनि, अनि यहाँ लेखे पनि, तर फेरी स्कुटर छाडेर बस चढ्ने हिम्मत म मा छैन, म प्रतिकार गर्न सक्दिन ! स्कुटर नै जिन्दावाद हेहेहे, तर कुनै दिन बस चढेँ भने लेखौँला है !

20 comments :

  1. हाहाहा, श्वेता !
    रमाइलो लाग्यो तर पनि स्कुटर को अनुभव एक किसिम को हुन्छ अनि बस को अनुभव अर्को किसिम को । दुईटैलाई दाँजेर हेर्न अलि नमिल्ला कि ? तर माथि जे लेख्या छ, लेख्न चाँहि ठिक नै लेख्या छ है !

    ReplyDelete
  2. WoW !!! Great People,Great Mind,Great Concept,Great Creation & Great Words.

    Kasto Raamro Laagyo,Kaash yesto kuraaharu mero pani dimaag maa shrijanaa vaye ta hunthyo ni..... :-0)

    ReplyDelete
  3. रमाईलो लाग्यो है तिम्रो यो लेख पढेर ! सार्वजनिक सवारि-साधनको आफ्नै महत्व छ नि, काठमाण्डैा को सांघुरा सडक अनि बाईक, कार को भिड एकातिर अनि अर्कितिर मान्छे हारु पनि एकल्कांटे हुदै गएका छन ।
    तिमिले घर जस्तै बस लेखेको रहेछ, याहां कोलकातामा एकथरि पुरानो बस चल्छ, पुरै काठले बनेको, साच्चै नै घरमै बसेको जस्तो लाग्ने, कुनै दिन Photo मा देखाऊंला है त ।
    ..:)

    ReplyDelete
  4. Getting into public transport is a way to be "Green".

    However, the importance of quick transportation by one's own ride is another fantasy.

    ReplyDelete
  5. हो नि ! नयाँ सामान किन्दा सुरु सुरुमा कस्तो कस्तो हुँदो रहेछ ...

    तर अचेलभरी काठमाडौँको बाटोमा १७००० किमी कुदाई सक्दा त पक्का नि कम्तिमा १००० घण्टा स्कुटरमा बसी सकियो होला ... त्यसैले यो आकर्षण भन्दा नि स्कुटरको मायाँ होला कि...

    अनि चौथो प्याराग्राफको रेस्पोन्समा एक कुरा थपी दिई हालौं है..स्वेता जी, स्कुटरमा एकल यात्रा गर्दा जति बढी Independent, Freedom feel हुन्छ नि मेरो अनुभबमा जोडी यात्रा गरे झन बढी Cared, Loved, Secured अनुभब हुन्छ ... जिस्काको होइन है फेरी..!

    ReplyDelete
  6. Great dad, must say
    All parents love their kids, some wants to send their kids abroad for good education thought the childrens do not want, and here is a nice example where a girl wants to go abroad but his dad... he just do not want to apart from her daughter and get her a scooty before she could learn to ride it.

    ReplyDelete
  7. केटाहरुले जथाभावी बाईक चढेकोले दिक्क लागेपनी अब तपाईं लाई मात्र स्कूटर नचदनुस् भन्न पनि गाह्रो.. एसो गरे कसो होला.. बुवा लाई एउटा एलेक्ट्रिक् स्कूटर किनिदिन भन्नुस् न.. तपाईं को स्वतन्त्रता पनि रहने बातावरन जोगाए जस्तो पनि हुने.. बुवाले अर्को किन्न नमाने फेरी अमेरिका गैदिन्छु भन्नुस् न

    ReplyDelete
  8. यो टाँसो त रमाईलो छँदैछ। यो संगै आएको दीपकजीको, ब्लग दुनियाँकै सबैभन्दा छोटो कमेण्ट अनी हावा ब्रोको कमेण्ट पनि रमाईलो लाग्यो है मलाई पनि ।

    ReplyDelete
  9. हाहा रमाईलो छ ।

    ReplyDelete
  10. लौ श्वेता जी र स्कुटरको कथा पढ्दा रमाइलो लाग्यो ।
    तर मेरो एउटा प्रश्न तपाइलाई-

    अहिले स्कुटर र अमेरिका रोजाउदा के रोज्नु हुन्थ्यो होला?

    ReplyDelete
  11. रमाइलो लेख :)

    मलाई मोटरसाइकल चढ्दा सबै भन्दा मन पर्ने कुर के थियो भने म आफ्नो रफ्तार आँफैं निर्धारण गर्न सक्थें । त्यसले मलाई एक किसिमको शक्ती र आत्मनिर्भरताको अनुभुती दिन्थ्यो । अझ मलाई गित गाइ-गाइ मोटरसाइकल हांक्न मन लाग्थ्यो, मेरो रफ्तार मेरो गितको रफ्तारले पनि निर्धारण गर्थ्यो :)

    ReplyDelete
  12. Thank you all for the comment...
    S@M Ji...Lekhna thale pachi lekhna saki halincha ni...ma pani nepali ma kaha lekhthiye ta...
    @ Kishor ....will love to see the pic..of ghra jasto bus...
    @ Dai...I agree wid u as well...;)
    @ Milan ji....jodi ko kura garya hoina ni hau maile...tyo ta kurai aarko tira modiyo ni ta.. kaso?
    @ Dipak Jadit ji..."Eh"...sarai nai maan paryo ho yo word....yesma kati meaning lukeko hola...
    @ Sangesh Ji...you are very true...Parents do so many things for us...but we ....
    @ Hawa Ji....Malai tyo electric ko scooter manai pardaina...tesaile feri America janchu bhannai pardaina...hehe..rojai ho aafno...aafno...Scooter ra America ali dhak lagayeko jasto bho...malai dukha lagyo tesari bujhnu bhayeko ma...yo kura prasanga sanga jodiyera lekheki hu...anyatha kripaya nabujhidinu hola...
    @ Roopess Ji...thnks
    @ Sikaru Ji...Well, ahile ni America jane bela chai bha chaina...tei ni sochai ma chai chu...aba ko pali chance America lai....hehe
    @ Prajwal ...thnks

    and more over thanks to Dear Aakar...for letting me post it here and making me one of the Authors of this blog...

    ............
    Sweta

    ReplyDelete
  13. very nice and interesting article...

    ReplyDelete
  14. lou lou, aa-aafno jivan ko sero-fero.... creative writing.... i remembered my father's words "Keen Insight"

    ReplyDelete
  15. स्वेता जी, तपाईको 'स्कुटर अनुभव' असाध्यै मन पर्‍यो । र, यो पनि थाहा पाइयो कि तपाईलाई बाबाले निकै माया गर्नु हुदो रै'छ । कतिपय अभिभावकहरु आफ्ना छोराछोरीका इच्छा, आकांक्षाहरुको बेवास्ता गर्छन् । उनिहरुको आ-आफ्नै बाध्यता पनि होला तर तपाईको यस लेखोट चाहिँ सार्‍है मनपर्‍यो है मलाई ।


    आफ्नो अनुभव हामीमाझ पोख्नुभएकोमा तपाईलाई धन्यवाद छ ।

    ReplyDelete
  16. रमाइलो लेख :)

    मलाई मोटरसाइकल चढ्दा सबै भन्दा मन पर्ने कुर के थियो भने म आफ्नो रफ्तार आँफैं निर्धारण गर्न सक्थें । त्यसले मलाई एक किसिमको शक्ती र आत्मनिर्भरताको अनुभुती दिन्थ्यो । अझ मलाई गित गाइ-गाइ मोटरसाइकल हांक्न मन लाग्थ्यो, मेरो रफ्तार मेरो गितको रफ्तारले पनि निर्धारण गर्थ्यो :)

    ReplyDelete
  17. यो टाँसो त रमाईलो छँदैछ। यो संगै आएको दीपकजीको, ब्लग दुनियाँकै सबैभन्दा छोटो कमेण्ट अनी हावा ब्रोको कमेण्ट पनि रमाईलो लाग्यो है मलाई पनि ।

    ReplyDelete
  18. हाहा रमाईलो छ ।

    ReplyDelete
  19. हाहाहा, श्वेता !
    रमाइलो लाग्यो तर पनि स्कुटर को अनुभव एक किसिम को हुन्छ अनि बस को अनुभव अर्को किसिम को । दुईटैलाई दाँजेर हेर्न अलि नमिल्ला कि ? तर माथि जे लेख्या छ, लेख्न चाँहि ठिक नै लेख्या छ है !

    ReplyDelete