Skip to main content

Posts

कसैले ट्विटरमा लाइक गर्दा के बुझ्ने? ट्विटमा आउने लाइकलाई कसरी लिने? कतिपय अवस्थामा ट्विटरमा ट्विट लेखिसक्न पाएको हुन्न, 'लाइक' आइसक्छ । यसलाई एक हिसाबले ट्विटरको राम्रो र अर्को हिसाबले कामै नलाग्ने 'फिचर' भनेर मान्न सकिन्छ । यसलाई यस अर्थमा काम नलाग्ने भन्दै छु कि, कतिपय प्रयोगकर्ताहरु जो कोहीको हरेक ट्विट लाइक गर्छन्, कहिलेकाँही त उनीहरुलाई म्युट गर्नुपर्ने बाध्यता नै हुन्छ, नचाहिँदो नोटिफिकेशनका कारण । ट्विटरमा लाइक किन गरिन्छ भनेर सबैका आ-आफ्नै बुझाइ होलान्, चलाउने आफ्नै तौर-तरिका होलान् । तर यत्ति चाँहि के प्रस्ट हुनुपर्छ भने ट्विटरमा वा फेसबुकमा आउने लाइकहरु अनलाइन भोटिङमा मात्र काम लाग्छन्, यी लाइकहरुले कसैको समर्थन वा विरोध भनेर जनाउँदैन । दुई वर्ष अघिसम्म या भनौँ २०१५ सम्म ट्विटरमा पानको पात थिएन, लाइक भन्ने फिचर थिएन । यसको सट्टा तारा थियो, त्यसलाई फेवरेट भनिन्थ्यो । सन् २००६ मा ट्विटर सुरु भएसँगै फेवरेटको सुरुवात भएको थियो, जसले २०१५ सम्म निरन्तरता पायो । ट्विटरका फिचरहरु मध्ये धेरैले राम्रोसँग प्रयोग गर्न नजानेको फिचर भनेर फेवरेटलाई लिने गरेको पाइन्छ ।

फेसबुकको मेसेन्जरमा स्टोरीज आएपछि वाक्क, दिक्क नै भइयो । त्यसको विकल्प खोज्ने क्रममा पहिले त फेसबुक र मेसेन्जर एप दुवै मोबाइलबाट हटाएर ब्राउजरमा चलाउन थालेँ । त्यसको केही दिनपछि फेसबुक लाइट र मेसेन्जर लाइट चलाउन पुगेँ । फेसबुक लाइटको 'एप एक्सपिरियन्स' खासै गतिलो लागेन र फेरि केही हप्ता पछि फेसबुक एपमा सरेँ तर फेसबुक मेसेन्जर चाँहि मेसेन्जर लाइट नै मनपर्‍यो । गज्जब, च्याट गर्न मात्र मिल्ने । त्यसो त मोबाइलमा करिब आधा दर्जन च्याट एप्स छन्, सबै एप सँधै चलाइँदैन । अर्को कुरा, च्याटको लागि प्रयोग नगरिने एप्‌मा पनि च्याट गर्ने फिचर छ या भनौँ "प्राइभेट मेसेज" गर्ने सुबिधा छ । उदाहरणको लागि इन्स्टाग्राम फोटो सेयर गर्ने एप हो, तर यहाँ साथीहरुलाई सिधै मेसेज पनि गर्न मिल्छ, दोहोरो च्याट गर्न मिल्छ । हिजोआज म पनि प्राय: ट्विटरको 'डाइरेक्ट मेसेज' धेरै प्रयोग गरिरहेको हुन्छु, साथीहरुसँग कुरा गर्न । एक समय यस्तो थियो, म गुगल टक या भनौँ जिमेल च्याट मात्रै प्रयोग गर्थेँ । कसैले केही म्यासेज मलाई पठाउनु छ भने, कि त ईमेल गर्थे वा गुगल टकमा कुरा गर्थे, हैन भने फोन र एसएम

बहुप्रतिक्षित हाम्रो नेपाली किबोर्ड अब आइफोन/आइप्याडमा उपलब्ध भएको छ । हाम्रो पात्रो तथा एन्ड्रोइडका लागि हाम्रो नेपाली किबोर्डको सफलता पछि, हाम्रो पात्रो टिमले आइफोनको लागि यो नयाँ किबोर्ड सार्वजनिक गरेको हो । एन्ड्रोइड नेपाली किबोर्ड मा झैँ यस किबोर्डमा पनि हामीले प्रयोग गर्दै आएको नेपाली रोमनाइज्ड किबोर्ड , नेपाली ट्रेडिसनल (बकमन) आदि लेआउटहरु समावेश गरिएकोछ । एपस्टोरबाट किबोर्ड डाउनलोड गरेर आइफोनको सेटिङमा यो नयाँ किबोर्ड 'एड' गरेपछि, जुनसुकै एपमा सरर नेपाली टाइप गर्न सकिन्छ । हाम्रो पात्रो किबोर्डमा नेपालीमा 'अटो सजेसन'हरु देखाउने हुँदा, टाइपिङ छिटो हुन्छ । ➤ आइफोन / आइप्याडको लागि हाम्रो किबोर्ड एप डाउनलोड गर्नुहोस्

अनि मैले पनि “हेए माईट” भन्न थालेँ। जिन्दगीको २३ बर्ष “नमस्कार”, “ओई”, “ओहो! के छ हालखबर”, “भाइ, सुन त”, “दाइ सुन्नुस् त” जस्ता सम्बोधनबाट वार्तालाप सुरु गरेर सकियो। त्यसपछि पलायन भईयो। त्यहाँ एक दशक बिताउँदा आफ्नै पारामा “हेलो” “हाई”, “एक्स क्युज मी”, “ए ! तपाई नेपाली हो” जस्ता सम्बोधनले वार्तालाप सुरु गरियो । अर्को अर्थमा भन्दा, यसैमा बानी परिसकेको थियो, त्यहाँ यही ढगंले बोलाउनु पर्छ भन्ने थिएन। मान्छेहरू सम्बोधन गरेकै आधारमा व्यवहार गर्दैनथे। आफुलाई जे ठिक लाग्छ त्यही अनुसार सम्बोधन गर्दा हुन्थ्यो। त्यसपछि जिन्दगीको नयाँ अध्याय सुरु गर्न गुँड सारेर बिल्कुलै नयाँ ठाउँमा लागियो। १४ घन्टाको फ्लाईटबाट निस्केर ईमिग्रेसनमा पुग्ने बित्तिकै एउटा पुलिस आएर “हेए माईट” भन्यो। यताकाले “माईट” भन्छन् भनेर त पहिलै यता आएका साथीहरूले च्याटमा “अ’राईट माईट” भनेको सुनेको थिएँ तर के, कति, कस्तो ठाउँमा, कति मात्रामा “माईट” प्रयोग गर्नु पर्ने हो भनेर चाँहि राम्रो संग बुझेको थिईन। ईमिग्रेसन सकेर बाहिर पुग्ने बित्तिकै एउटा साउथ एसियन उबर ड्राईभर “हेए माईट” भन्दै आयो र छुट्ने बेलामा “अ’राईट माईट” भन

घरमा धारा बिग्रियो? टिभी वा फ्रिज बिग्रियो? कसलाई सम्पर्क गर्ने? कता बनाउन जाने? कसरी लाने? यो मेरो मात्र होइन, हामी प्राय: सबैको समस्या हो । यही समस्याको समाधान घर-घरमै गएर गर्न सजिलो मर्मत सेवा आइपुगेको छ । काठमाडौँ, ललितपुर र भक्तपुर भित्र घर-घरमै पुगेर सेवा दिने लक्ष्य सहित स्थापना भएको सजिलो मर्मत सेवाले प्लम्बिङ, विद्युत, कम्प्युटर हार्डवेयर, नेटवर्किङ तथा अन्य घरायसी सामाग्रीहरुको जडान तथा मर्मत सेवा प्रदान गर्छ । सजिलो मर्मत सेवाका अनुसार, कम्पनीमा १ सय भन्दा धेरै अनुभवी प्लम्बर र इलेक्ट्रिसियनहरु उपलब्ध छन् । आफ्ना टेक्निसियनहरु काठमाडौँ उपत्यकामा विभिन्न स्थानमा छरिएर रहेका हुनाले सेवा छिटो र भरपर्दो हुने कम्पनीको दावी छ । "जहाँ समस्या, त्यहाँ सजिलो" मन्त्र सहित आएको कम्पनीले सेवाग्राहीका लागि वार्षिकरुपमा करार तथा आवश्यकता अनुसार 'अन कल' सुविधा दिने जनाएको छ । काठमाडौँ विश्वविद्यालयमा अध्ययनरत रहँदा, आफूले घरायसी मर्मत सेवा सम्बन्धि सुविधा पाउन अप्ठ्यारो रहेको तर अर्कोतिर टेक्नीसियनहरुले बजारमा चाहिएको मात्रामा ग्राहक र काम नपाएको महशुस गरेर सजिलो मर

अपडेट: माइक्रोसफ्टले एमएस पेन्ट विन्डोज स्टोरमा राख्ने भएकोछ । एमएस पेन्ट हटाइने खबर फैलिएपछि, माइक्रोसफ्टले एमएस पेन्ट विन्डोज अपरेटिङ सिस्टमबाट हटाइएपनि, विन्डोज स्टोरमा राखिने कुरा आफ्नो ब्लगमा उल्लेख गरेको हो । एमएस पेन्ट चलाउन चाहनेहरुले विन्डोज स्टोरबाट डाउनलोड गरेर  निशुल्क चलाउन सक्नेछन् । - - - सन् १९८५ मा माइक्रोसफ्ट विन्डोजको पहिलो भर्सनसँगै सार्वजनिक भएको माइक्रोसफ्ट पेन्ट (एमएस पेन्ट), विन्डोज १० को नयाँ अपडेटसँगै बन्द हुने भएकोछ । माइक्रोसफ्टका अनुसार अब सार्वजनिक हुने क्रम'मा रहेको विन्डोज १० को नयाँ अपडेटमा एमएस पेन्ट सफ्टवेयर समावेश गरिएकोछैन । विन्डोज कम्प्युटर चलाउने सबैको पहिलो "ग्राफिक इटिडिङ टुल" एमएस पेन्ट हो भन्दा फरक नपर्ला । कम्प्युटर चलाउन थालेदेखि  वा भनौँ ब्लगका सुरुवातका दिनमा ब्लगमा प्रयोग गरिएका ग्राफिक्सहरु एमएस पेन्टकै सहारामा सम्पादन गर्ने गर्थेँ । सबैको पहिलो ग्राफिङ इटिडिङ टुल'लाई माइक्रोसफ्टले ३२ वर्षपछि बिदा दिँदैछ । एसएस पेन्ट सँगै आउटलुक एक्सप्रेस पनि विन्डोजबाट हट्ने भएको छ । यस अघि नै माइक्रोसफ्टले विन्डोज १० मा

इन्टरनेट विनाको ईमेल ? 🤔 ५९ औँ प्रहरी सञ्चार दिवसको अवसरमा आइतबार नेपाल प्रहरीले इन्टरनेट बिनाको ईमेल प्रविधिको सुरुवात गरेकोछ । हाइ फ्रिक्वेन्सी रेडियो डाटा (H.F. Radio Data) को प्रयोग गरेर यस किसिमको प्रविधि सुरु गरेको नेपाल प्रहरीले आफ्नो फेसबुक पेजमा उल्लेख गरेको छ । यो मिलिट्री स्ट्यान्डर्डको प्रविधिलाई सफ्टवेयर डिफाइन्ड रेडियो ( Software-defined radio ) प्रविधि पनि भनिन्छ, जसबाट ईन्टरनेट बिना नै ईमेल पठाउन सकिन्छ । यो प्रविधिलाई ईन्टरनेट सर्भर सँग जडान गरिने हो भने, इन्टरनेट चलाउन सकिन्छ । त्यस्तै ईमेल सर्भर सँग जडान गरिने हो भने व्यक्तिगत ईमेल ठेगानामा, यो प्रविधिबाट ईमेल पठाउन सकिन्छ । ईन्टरनेट नपुगेको ठाउँबाट अब प्रहरीले यसै प्रविधि मार्फत ईमेल, फोटो पठाउन सक्नेछन् । यो सूचना चुहावट नहुने सुरक्षित प्रविधि भएकोले नेपाल प्रहरीका लागि यो प्रविधि उपयोगी हुने देखिन्छ । यसका साथै दैवी प्रकोप र अन्य विपत्तीहरुमा सूचना आदान प्रदान गर्न यो प्रविधि प्रयोग गरेको खण्डमा निकै लाभदायक हुने देखिन्छ । स्रोत: नेपाल प्रहरीको फेसबुक पेज

मलाई हिजोआज सबैभन्दा धेरै सोधिने प्रश्न भनेको, 'नेपालमा कति फेसबुक प्रयोगकर्ता छन्?' 'लगभग ८५ लाख' । फेसबुक प्रयोगकर्ताको सङ्ख्या हेर्दा गज्जब छ । सबैजना अनलाइन छन् । आफ्ना साथीभाइ, आफन्तसँग जोडिन फेसबुक सबैका लागि सजिलो भएकोछ । टेलिकमहरुले सुरु गरेका थ्रिजी सेवा, नेपाली भाषामा प्रयोग गर्न सकिने स्मार्टफोन, तथा नेपाली भाषामा चलाउन मिल्ने फेसबुक एपको विकास सँगै, फेसबुक धेरैको पहुँचमा पुगेकोछ । नेपाल दूरसञ्चार प्राधिकरणको रिपोर्ट अनुसार, करिब डेढ करोड अहिले इन्टरनेटको पहुँचमा छन्, जुन नेपालको कूल जनसङ्ख्याको ५८ प्रतिशत हो । यी तथ्यांकहरु जति गज्जब देखिन्छन् । त्यही अनुपातमा यसको प्रभाव भने देखिन्न । फेसबुक, ट्विटर, युट्युब आदि विभिन्न सोसल मिडिया साइटका प्रयोगकर्ताहरु, मेरा लाखौँ, फलोअर/लाइक/सव्सक्राइबर छन् भनेर गर्वसाथ भनिरहेका हुन्छन् । कतिपय ठाउँमा उनीहरु आफ्नो परिचय नै यति हजार/लाख फलोअर छन् भनेर गराउँछन् । सङ्ख्या सुन्दा, 'आहा' भन्ने किसिमको छ । फलानाको यति लाइक/फलोअर पुग्यो भनेर त समाचार/ब्लग नै बन्छन् । कतिपय प्रयोगकर्ताहरु, 'यति धेरै फलोअर भएको

यहाँ यौन तथा प्रजनन स्वास्थ्य सम्वन्धि कुरा गर्न सजिलो छैन । यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि पढाइ स्कुल देखि नै सुरु हुने भएपनि यसबारेमा खुला रुपमा छलफल नगरिने कारण, अधिकांश किशोर/किशोरीहरुको बुझाइ अपुरो र गलत हुने गरेकोछ । किशोर/किशोरीहरुको यही समस्यालाई ध्यानमा राखेर, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि जानकारी/परामर्श दिन आदिको लागि 'पब्लिक हेल्थ कन्सर्न ट्रस्ट नेपाल' (Public Health Concern Trust) ले "मेरो लागि" एप निर्माण गरेकोछ । मेरो लागि एपमा आफूलाई चिन्नुहोस्, सम्बन्धहरु, गर्भ निरोधक उपायहरु, एच आइ भी र अन्य यौन रोगहरु, हाजिर जवाफ, ठिक/बेठिक, कथाहरु, सहयोग केन्द्रहरु आदि विभिन्न खण्डहरु राखिएकोछ । यी खण्डहरुको भित्र गएर, यिनीहरुको बारेमा जानकारी लिन सकिन्छ । जस्तो कि, आफूलाई चिन्नुहोस् खण्डमा, सेक्स र लिङ्गको फरक देखि लिएर पुरुष, महिलाको प्रजनन अंग र यौनको बारेमा जानकारी गराइएको छ । किशोरावस्था भनेको के हो, पुरुष प्रजनन अङ्गहरु के के हुन्, पुरुष हर्मोनहरु के के हुन्, किशोरावस्थामा शरिरमा के कस्ता परिवर्तनहरु देखिन थाल्छन् भन्ने कुरा पुरुषको खण्डमा समावे

अघिल्लो हप्ता 'वान्नाक्राइ र्‍यान्समवेयर'ले १५० देशका २ लाख ३० हजार भन्दा धेरै कम्प्युटरमा एकैसाथ आक्रमण गरेर सन्सनी मच्चायो । वान्नाक्राइ र्‍यान्समवेयर एक किसिमको कम्प्युटर भाइरस हो, जसले तपाईको कम्प्युटरको डाटालाई नियन्त्रणमा लिन्छ (या भनौँ अपहरण गर्छ) र त्यसवापत फिरौती माग गर्छ । प्रयोगकर्ताले फिरौती रकम नतिरेसम्म, कम्प्युटरका डाटाहरु प्रयोग गर्नबाट रोक्छ । मेरो कम्प्युटर अरुको नियन्त्रणमा कसरी होला? मेरो आफ्नै कम्प्युटरमा रहेको डाटा प्रयोग गर्न नसक्ने पनि होला र? भनेर प्रयोगकर्तालाई जिज्ञासा लाग्नु सामान्य हो । वान्नाक्राइ र्‍यान्समवेयर, र यसले नेपालमा पारेको प्रभाव र जोगिने उपायहरुबारे रिगो टेक्नोलोजीले तयार गरेको सामाग्री आजको ब्लगमा साभार गरेका छौँ । रिगो टेक्नोलोजी 'आइटि सेक्युरिटी' कम्पनी हो, जसले व्यवसायहरुको लागि चाहिने सफ्टवेयर टेस्टिङ, सेक्युरिटि अडिट, आइटि अडिट, सेक्युरिटी तालिम आदि विभिन्न सेवा प्रदान गर्छ । वान्नाक्राइ र्‍यान्समवेयर हामी पहिले देखिनै फिरौती माग्ने ऱ्यान्समवेयर (Ransomware) (एक प्रकारको कम्प्युटर भाइरस) का बारेमा सुन्दै आएकाछौं। जस