युट्युबमा आजबाट नेपालमा ट्रेन्डिङ भइरहेका भिडियोहरु हेर्न सकिने भएकोछ । गुगल'ले नेपाललाई लक्षित गरेर युट्युब सञ्चालन सुरु गरे सँगै युट्युबमा यो सुविधा उपलब्ध भएको हो । गुगलको एसिया प्यासेफिक ब्लग का अनुसार नेपाल सहित पाकिस्तान र श्रीलंकामा पनि यसै प्रकारको सेवाको सुरुवात गरेको जनाएको छ । युट्युबको लोगोमा NP लेखेर, गुगल'ले, युट्युब नेपाल को जनाउ दिएको छ। युट्युबको नेपाल संस्करणले नेपाल र नेपालीलाई लक्षित गरेर भिडियो बनाउने युट्युबप्रयोगकर्ताहरुलाई, धेरै नेपाली प्रयोगकर्ताहरु सम्म पुग्न सहयोग गर्ने अपेक्षा गरिएको छ । त्यस्तै युट्युबमा भिडियो हेर्ने नेपाली प्रयोगकर्ताहरुले पनि नेपालमा रुचाइएका, धेरैले हेरेका, भिडियोहरु हेर्न पाउनेछन् । अब ट्रेन्डिङ भिडियो सेक्सनमा नेपालमा रुचाइएका, चलिरहेका भिडियोहरु देखिनेछ । तपाईले हेर्ने भिडियोहरु या भनौँ तपाईको भिडियो हेर्ने शैलीको अनुसन्धान गरेर, गुगल'ले तपाईलाई मनपर्न सक्ने भिडियोहरु देखाउँदै आएकोछ । अब यो लिस्टमा नेपालमा प्रचलनमा रहेका भिडियोहरु पनि थपिनेछन्। नेपाललाई लक्षित गरेर गतवर्ष नै युट्युबले नेपाली भाषामा उपलब्ध गराइसकेक...