Skip to main content

Posts

फोटो खिच्न महंगो क्यामेरा होइन, 'कन्सेप्ट'को जरुरी पर्छ । मोबाइल फोनबाटै खिचिएका फोटोहरु ले पनि बेला - बेलामा तहल्का मच्चाउने गरेकाछन् । आज यस ब्लगमा भने, मोबाइलबाट सम्भवत पहिलो नेपाली म्युजिक भिडियो खिचिएको चर्चा गरिँदैछ। २०१२ को सेप्टेम्बरमा ठूलो तामझामका साथ, नोकियाले "लुमिया ९२०" विन्डोज फोन सार्वजनिक गर्यो । नोकियाले लुमिया ९२० को ८ मेगापिक्सल क्यामेरालाई 'प्योर भ्यु'को विशेषण दिएर, आफ्नो क्यामेरा उत्कृष्ट भएको बताएको थियो। फोन सार्वजनिक गर्ने क्रममा, नोकिया लुमिया ९२० बाट खिचिएको भिडियो भन्दै केही भिडियोहरु पनि देखाइएको थियो, तर पछि थाहा भयो, ती भिडियोहरु मोबाइलबाट खिचिएका थिएनन् । नोकियाको कर्तुतको आलोचना हुनथालेपछि, नोकियाले आफ्नो ब्लग मार्फत माफी नै माग्नुपर्यो । माथि नोकियाको प्रसंगले थाहा हुन्छ, ३ वर्ष अघिसम्म मात्रै पनि व्यवसायिक भिडियो खिच्नका लागि मोबाइलहरु उपयुक्त थिएनन् । तर विगत ३ वर्षमा आइफोन, एन्ड्रोइड तथा विन्डोज फोनका सफ्टवेयर र हार्डवेयरमा ठूलै परिवर्तन भइसकेकोछ । अब स्मार्टफोनबाट भिडियो खिच्नु, बनाउनु ठूलो कुरो रहेन, दिनहुँ आन्दोलनक...

विगत १७ वर्षमा गुगलको लोगो धेरै पटक परिवर्तन भइसक्यो । महिना दिन पहिले एल्फाबेटको घोषणा पछि, गुगलको लोगो फेरि परिवर्तन भएकोछ । पहिलेको झैँ निलो, रातो, पहेँलो र हरियो गरि चार प्रकारको रङ्गहरु प्रयोग भएको लोगोको बनोटमा स्यान्स सेर्‌फ समूह अन्तर्गतको 'प्रडक्ट स्यान्स' फन्ट प्रयोग गरिएकोछ। गुगलका सबै प्रडक्टमा गुगलको नयाँ लोगो प्रयोग हुनेछ, सानो ठाउँ तथा फेभिकनको लागि 'जि' मात्रै लेखिएको लोगो प्रयोग हुनेछ भने, मोबाइलमा सर्च गर्नुपर्दा 'डटहरु'को एनिमेसन देखिनेछ । गुगलको नयाँ लोगोको डिजाइनबारे विस्तृत कुरा यहाँबाट पढ्न सकिन्छ । गुगलको होमपेजमा गुगल डुडलको रुपमा गुगलको नयाँ लोगो राखिएको छ। गुगलको नयाँ लोगोलाई अधिकांशले मन पराएकाछन् ।

नेपाल टेलिकमका प्रिपेड मोबाइल प्रयोगकर्तालाई खुशीको खबर छ, आज भाद्र १ गतेबाट नेपाल टेलिकमको जिएसएम प्रिपेड मोबाइल फोनमा पहिलो पटक डाटा प्याकेज मार्फत ईन्टरनेट उपलब्ध हुनेभएकोछ । नेपाल टेलिकमले प्रिपेड मोबाइलको लागि, २ सय एमबी देखि १० जिबी सम्मका, ६ प्रकारका डाटा प्याकेजहरु सार्वजनिक गरेकोछ । अब ईन्टरनेट चलाउन प्रिपेड मोबाइल प्रयोगकर्ताहरुले आफ्नो आवश्यकता अनुसारको डाटा प्याकेज किन्न सक्नेछन्। डाटा प्याकेजको फाइदा भनेको, अब ईन्टरनेट चलाउन पहिलेको भन्दा झनै सस्तो हुनेछ । #Nepal Telecom Introduces the most awaited Data Package for GSM Prepaid. Thanks NT. ;) pic.twitter.com/iz45E6nXY3 — Aakar Anil (@aakarpost) August 17, 2015 प्रिपेड डाटा प्याकेजको दर Plan Package Price (Rs.) Validity Bronze 200 MB 130 1 Month 500 MB 300 1 Month Silver 1 GB 500 1 Month 3 GB 1,290 2 Months Gold 5 GB 1,800 3 Months 10 GB 2,800 6 Months...

फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जालमा, च्याटमा डि: पी: सँगै हाहा, हेहे, लोल आदि लेख्ने बानी हामी सबैको छ । कसैलाई हाहा लेख्न मनपर्छ त कसैलाई हेहे, कोही भने ईमोजी नै प्रयोग गर्न रुचाउँछन् । कसैलाई भने 'लोल' को प्रयोग पटक्कै मन पर्दैन । स्माइली वा हाँसोको भाषा नराखी सोसल मिडिया मा पोष्ट गर्दा के नपुगेको के नपुगेको लाग्नु स्वभाविक भइसक्यो । यदी जोकमा, च्याटमा स्माईली राखिएको छैन भने, प्रतिक्रिया दिनु अघि सोच्नुपर्ने बेला भइसक्यो, यो जोक नै हो या सिरियस कुरो । यही हाम्रो विभिन्न थरिको हाँसो माथि फेसबुकले अनुसन्धान गरेको थियो, आज त्यही कुरा यहाँ लेख्दैछु । केही महिना अघि न्युयोर्करमा छापिएको एउटा लेखबाट प्रभावित भएर फेसबुक ले, प्रयोगकर्ताहरु फेसबुकमा कसरी हाँस्छन् भन्नेबारेमा अघिल्लो हप्ता रमाइलो तथ्य सार्वजनिक गरेकोछ । मे महिनाको पछिल्लो हप्तामा फेसबुकले, 'पोष्ट्' तथा प्रतिक्रियाहरुमा लेखिएका (हाँसो जनाउने शब्दहरु) 'हाहा' (haha), 'हेहे/हिही' (hehe), 'इमोजी' (emoji), 'लोल' (lol) आदि शब्दहरुको सुक्ष्म विश्लेषण गरेकोथियो । फेसबुकले अमेरिक...

ट्विटरको एउटा विशेषता, ट्विट तथा डिएम'मा १४० क्यारेक्टर मात्र लेख्न सकिनेथियो । तर आजबाट भने डिएम'मा १४० क्यारेक्टर भन्दा धेरै लेख्न सकिने भएको छ। सन् २००६ मा सुरु भएको ट्विटर , एसएमएस'को फर्म्याट पच्छ्याउँदै ट्विट र म्यासेजमा १४० क्यारेक्टरको लिमिट राखिएको थियो, सुरुका दिनमा ट्विटरलाई वेबएप् भन्दा पनि मोबाइल एसएमएस'को रुपमा बुझिएको थियो, भन्नको मतलब ट्विटहरु एसएमएसबाट अपडेट गर्नमिल्थ्यो (अहिले नि मिल्छ), र वेबमा चाँहि फलो गरेिएका सबै साथीका अपडेटहरु/ट्विटहरु एकै ठाउँमा पढ्न मिल्थ्यो । समयसँगै ट्विटर वेबएप्‌को रुपमा विस्तार भयो, तर १४० को क्यारेक्टर लिमिट भने यथावत नै राखियो । ( पढ्नुस् ट्विटरको ईतिहास - ह्याचिङ ट्विटर ) मेसेजिङ/च्याट एप्‌मा आएको बाढीसँगै, ट्विटरलाई नयाँ प्रयोगकर्ता ल्याउन र टिकाइराख्न ठूलो चुनौती थपिएकोछ । ट्विटरको १४० क्यारेक्टर लिमिट विशेषता भएपनि, डिएम'मा धेरै कुरा भन्न नपाउनु, दोहोरो सम्वाद/च्याट फररररर गर्न नपाउनु आदि समस्या रहेको थियो । म र साथीहरु ट्विटरमै छौँ भनेपनि केही लामो म्यासेज पठाउनुपर्यो वा च्याट गर्नुपर्यो भने, अरु एप् चलाउनुपर...

नेपालकै सबै भन्दा ठूलो मोबाईल एप् प्रतियोगिता, एनसेल एप् क्याम्प – फेरि आयोजना हुने भएको छ । एनसेलले मगंलवार देखि एनसेल एप् क्याम्प २०१५ को विधिवत सुरुवात गर्दै ईच्छुक सहभागीहरूका लागि आफ्ना आईडिया पेश गर्न आवेदन खुला गरेको हो। प्रतियोगिताको आधिकारिक वेबसाईट एनसेलएपक्याम्प डट कम , मा गएर ईच्छुक प्रतियोगिहरूले आफ्नो टिम र एप् आईडिया वेबसाईत मार्फत दर्ता गर्न सक्छन् । एनसेल एप् क्याम्प २०१५ मा खेल तथा मनोरञ्जन, स्वास्थ्य, पर्यटन, र उपयोगिता गरी चार वटा विभिन्न विधाहरू छुट्याइएको छ । सन् २०१४ मा जस्तै, एनसेल एप् क्याम्प २०१५ पनि चरणगत रूपमा सञ्चालन हुनेछ । पहिलो चरणमा, आवेदन परेका सम्पूर्ण प्रतियोगिहरू मध्ये उत्कृष्ट १५० वटा आईडियालाई क्षमता अभिवृद्धि तालिममा सहभागि गराईनेछ । दोस्रो चरणमा, हरेक विधाबाट ६ वटा उत्कृष्ट एप् - अर्थात् कुल २४ टिमलाई - अन्तिम चरणका लागि छनौट गरिनेछ । सोही उत्कृष्ट २४ बाट चार ‘विधा विजेता’ र एक ‘मुख्य विजेता’ को घोषणा गरिनेछ । हरेक विधाका विजेताले रु.२ लाख ५० हजारको नगद पुरस्कार जित्नेछन् भने मुख्य विजेताले थप रु. ५ लाख जित्नुको साथै विदेशमा हुने यस...

हिजोसम्म गुगल एउटा ठूलो टेक्नोलोजी कम्पनी थियो, तर आज गुगलभित्रैबाट गुगल भन्दा ठूलो अर्को कम्पनी 'एल्फाबेट'को निर्माण गरिएको घोषणा ल्यारी पेजले गरेकाछन्। एल्फाबेट कम्पनीको घोषणा सँगै, गुगल एल्फाबेटमा गाभिएको छ भने, गुगल'ले हेर्दै आएको एक्स ल्याब, स्वास्थ्य, रोबट आदि  लगायतका परियोजनाहरु एल्फाबेट अन्तर्गत रहनेछ । तर गुगल'ले हेर्दै आएका इन्टरनेट सम्बन्धी परियोजनाहरु भने, गुगल अन्तर्गत नै रहनेछ । नयाँ कम्पनी एल्फाबेट को घोषणा सँगै, गुगलका सम्पूर्ण सेयरहरु एल्फाबेटमा सरेको छ । एल्फाबेटको सिइओ ल्यारी पेज आफैँ रहेकाछन् । क्रोम, एन्ड्रोइड आदि हेर्दै आएका सुन्दर पिचाइ, गुगलको नयाँ सिइओ नियुक्त भएका छन् । एल्फाबेट अन्तर्गत गुगल लगायतका अन्य धेरै कम्पनीहरु हुनेछन् । ल्यारी पेजका अनुसार, ती सबै कम्पनीमा छुट्टाछुट्टै सिइओ हुनेछन्, सुपेरिवेक्षण तथा लगानी भने एल्फाबेटले गर्नेछ । अब गुगल होइन, एल्फाबेट कम्पनी भन्ने गरौँ। ➤ आकारपोष्ट एन्ड्रोइड एप् डाउनलोड गर्नुस् ।

खण्ड गर्न आन्दोलन ! अखण्ड राख्न आन्दोलन ! जाती, क्षेत्र, धर्म आदिका नाउँमा आन्दोलन ! संविधानमा सबैको माग समेट्न आन्दोलन, यसको नि पुरा हुनुपर्यो, उसको नि पुरा हुनुपर्यो ! सबैको समस्याको समाधान कसरी संविधानले दे'ला? अझ अर्को कुरा, यो नमिलेर र त्यो नमिलेर संविधान नबनेको भनिएको वर्षौँ भइसक्यो, अघिल्लो पटक'को संविधान सभा यही संघियताकै कुरो नमिलेर, खत्तम भयो । घोषणा गरिसकिएको प्रदेशहरुकै पनि भविष्यको योजना छैन, विकास निर्माण कसरी के गर्ने थाहा छैन, जनताको जिवनस्तर कसरी उकासिन्छ केही अनुसन्धान भएजस्तो लाग्दैन । संघियता भइसकेपछि सबै आफैँ ठिक हुन्छ भने जस्तो हिसाबले मात्र कुरा भइरहेकोछ। हालैका महिनाहरुमा आफू घरमा 'अनप्रडक्टिभ' भएको आभास भइरहेकोछ । कामहरु गर्छु भनेर थाती राखेको महिनौँ भइसक्यो । अफिसबाट घर फर्केपछि, घरमा बिताइने समयमा कसरी 'प्रडक्टिभ' बन्न सकिएला भनेर घोत्लिदाँ अनेक समस्याहरु देखिए, मलाई लाग्यो ती समस्याहरु समाधान भयो भने त म 'प्रडक्टिभ' भइहाल्छु । मैले धेरैपटक धेरैलाई भनेको पनि थिँए, घरमा आयो बत्ति हुन्न, बत्ति भएको बेला इन्टरनेट हुन्न, ...

आज नेपालमा गुरू पूर्णिमा मनाइँदैछ, यसै सन्दर्भमा गुगलले आफ्नो डुडल मार्फत गुरू पूर्णिमाको शुभकामना दिएको छ । विगत केही समय यता देखि, नेपालका चाडपर्व र महत्वपूर्ण दिनहरु गुगलको डुडल मा समेटिन थालेको छ । यसैको निरन्तरता स्वरुप, गुगलले आफ्नो गृहपृष्ठमा हामीलाई अन्धकारबाट उज्यालो तर्फ डोर्याउने, समस्त गुरुहरुको सम्मानमा सेतोपाटी सहितको गुगल डुडल राखेको छ। गुरु पूर्णिमाको डुडल, आज नेपालभर गुगलको गृहपृष्ठ मा हेर्न सकिन्छ । विकिपेडिया अनुसार , संस्कृत शव्द गुरुको शाब्दिक अर्थ गुको अर्थ अन्धकार र रु को अर्थ प्रकाश भन्ने हुन्छ । 'गिरति अज्ञानं इति गुरूः' अर्थात् अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्नेलाई गुरू भनिन्छ। यसप्रकार गुरू नै यथार्थ ब्रह्म हो। गुरूपूर्णिमा वेद व्यास जयन्तीको रूपमा पनि मनाइन्छ। वेद व्यासले वेद-वेदान्त, अठार पुराण, उपनिषद्हरू लेखी हिन्दू संस्कृतिलाई ठूलो गुन लगाएका हुन्। यी हिन्दू ग्रन्थ नै हाम्रा मार्गदर्शक हुन्। मेरा समस्त गुरूहरुमा, गुरू पुर्णिमाको शुभकामना। Download Aakar Post Android App

तपाई अब दोस्रो देखि चौधौँ शताब्दीमा प्रवेश गर्दैहुनुहुन्छ भन्ने आशय लेखिएको स्वागतव्दारबाट भित्र प्रवेश गरियो । दोस्रो देखि चौधौँ शताब्दी भन्ने बित्तिकै मन यसै रोमाञ्चित भइसकेको थियो । पहाडको फेदीमा रहेको बुजाङ पुरातात्विक संग्राहलयको हातामा पुग्दा, सोचेको भन्दा बेग्लै समय र परिवेशमा पुगियो । शान्त, हरियाली, शताब्दीऔँ लामो ईतिहास बोकेको संग्राहलय लगभग खाली थियो, मान्छेको भिडभाड थिएन । तर त्यहाँ देखिएका र भेटिएका पुरातात्विक वस्तुहरुले भने एउटा अनौठो किसिमको तरङ्ग छाडिरहेको थियो। मलेसियामा एक हप्ते लामो बसाइका क्रममा, जुनको अन्तिम साता बुजाङ भ्यालीमा रहेको पुरातात्विक संग्राहलय गइएको थियो । कम्बोडिया, थाइल्यान्ड लगायत देशमा पुराना हिन्दू मन्दिरहरु छन् भन्ने सुनेको थिँए, तर मलेसिया मुस्लिम देश भएका कारण मैले यस किसिमको संग्राहलयको आशा राखेको थिँइन । मैले हिन्दुहरुको बारेमा बखान गर्न खोजेको होइन, तर हिन्दु धर्मको प्रवाह धेरै पहिले देखि नै रहेको थाहा पाउँदा छक्क परियो, अनि छाती पनि ढक्क फूल्यो । दोस्रो शताब्दी देखि चौधौँ शताब्दीको बिचमा बनेका मन्दिरहरुका भग्नावशेष, त्यस समयमा प्रयोग ह...