सन् २०१० को विश्वकप फुटबल को ताका ट्विटरले सुरु गरेको ह्यासफ्ल्याग, हिजोबाट फेरि ट्विटरमा देखापरेकोछ ।यसका साथै, ट्विटरले विश्वकपको पलपलको जानकारी दिने #WorldCup2014 टाइमलाइन र म्याचटाइम लाइन ( #BRAvsCRO ) पनि सार्वजनिक गरेकोछ । ह्यासफ्ल्याग ट्विटरमा विश्वकप खेल्ने देशको सर्टफर्म (३ वटा अक्षर) मा ह्यासट्याग राखेपछि, ट्विटर वेब तथा मोबाइलमा उक्त देशको झन्डाको फोटो देखिन्छ, ट्विटर रंगीचंगी देखिन्छ । ह्यासट्याग राख्दा देशको झन्डा देखिनु नै ह्यासफ्ल्याग हो । जस्तो कि ब्राजिल समर्थकले #BRA लेख्नसक्छन्, ट्विटरले यस्तो देखाउँछ: BRA #BRA refers to Brazil. #ARG for Argentina. #ESP for Spain. #ENG for England. #GER for Germany. #FRA for France. #ITA for Italy. #WorldCup — Aakar (@aakarpost) June 10, 2014 वल्डकप टाइमलाइन तथा म्याच टाइमलाइन #WorldCup र #WorldCup2014 लाई वल्डकप टाइमलाइनको रुपमा ट्विटरले सार्वजनिक गरेकोछ । यी ह्यासट्यागहरु राखेर गरिएको ट्विटहरु उक्त पेजमा देखिनेछन्, जसबाट खेलको रियल टाइममा अपडेट पाउन सकिन्छ । म्याचटाइमलाइनमा भने, तत्काल भइरहेको खेलहरुबारे अ