Skip to main content

अमेरिकी छलाङ्ग

अघिल्लो वर्षको जनवरीमा लेखिएको "एउटा फेक ट्विटर एकाउन्टको नाममा" ब्लग वर्षैभरि अन्यन्तै चर्चित रह्यो । सायद यसैको प्रभाव हुनुपर्छ, अघिल्लो हप्ता ईमेलमा अमेरिकी बसाइ अनुभव संगालिएको बाबुरामजीको एउटा प्राइभेट 'अनलाइन जर्नल' (डायरी) आइपुग्यो। नियमित त हैन, तर कहिलेकाँही भने तिम्रो ब्लग हेर्छु भनेर लेखिएको थियो । त्यसै  'जर्नल'मा रहेको 'अमेरिकी छलाङ्ग'का केही सम्पादित अंशहरु तल प्रस्तुत गरेकोछु ।


१.
म यसै बसिरहेको हुन्छु, फोनमा खेलिरहेको हुन्छु, घरी ट्विटर घरी फेसबुक घरी के चलाई रहेकोहुन्छु। यसैमा भान्सामा काम गरिरहेकी मेरी प्राण प्यारीको नजर म माथि पर्छ। अनी उनी भन्छिन, "यसै फोन चलाएर बस्नु भन्दा त बरु ईन्टरनेट खोलेर मेरो फोन र ईन्सुरेन्सको अटो पे'मा राखिदिनु नि, महिनै पिच्छे सम्झिदाँको टेन्सन त हुन्न मलाई" ! म एकदम ज्ञानी पति बनेर ल्यापटप खोल्छु। पासवर्ड हालेर विण्डोज खोलि सकेको हुदैन, मेरी प्राण प्यारी भान्साबाट मर्जी हुन्छिन । "कहिले काँहि त बुढिलाई भान्सामा सहयोग गरे नि हुने नि, कहिले फोन त कहिले ल्यापटप"।

२.
एक जना सरकारी सुविधा लिने दाजु छन, तिनले स्वास्थ्य बिमा पनि सरकारकै सुविधाबाट लिएका छन, थोरै आम्दानी देखाएर रासन पानीको लागि मासिक केही रकम पनि सरकारी सुविधाबाट नै लिएका छन्। काम नगर्ने होईन गर्छन, पेट भर्न सक्ने नकमाउने पनि होईन कमाउँछन्, तर पनि अरुको लहलहैमा लागेर ईमान त्यागेर मागेर खान पल्केका छन। हो तिनको जिन्दगी हो तिनले आफ्नो हिसाबले जिउन पाउछन्, मैले तिनको जिन्दगीमा दख्खल अन्दाज गर्न खोजेको होईन तर म आफु कानुनको दायरामा बसेर आम्दानीको लगभग २५ देखी ३० प्रतिशत(ठ्याक्कै कति तिर्छु याद भएन) जति कर तिरेर बस्या मान्छेलाई तिनले मेरै अगाडी मैले तिरेको करबाट चोरी छली सुबिधा लिएको मन पर्दैन।

एक पटक ति दाजुले मेरो नेपालमा यत्रो घर छ तेरो के छ? मैले यस्तो गाडी चड्छु तैले जाबो ईकोनोमी गाडी चढ्छस भनेर सुनाए। त्यो बेला केहि भनिन, वा भनुम भन्नु उचित ठानिन। केहि समय पछि तिनै दाजुले ल बाबु बुहारीलाई लिएर यो आईतबार खाना खान आउ भनेर भन्दा भए, त्यो बेला मलाई अफिसको कामले नचाहिदो तनाव दि’राको थियो, तिनले रवाफिलो पाराले बोलाउदाँ मेरो दिमागको पारा थोरै माथी चढ्न गयो र मैले ति दाजुलाई नम्र भएर, हेर्नुस दाजु खान त आउन हुन्थ्यो, हजुर आफ्नै परिवार पाल्न नसकेर सरकारसँग माग्नु भएको छ, म आएर खाएर के सकिदिउ त नी, बरु भाउजुहरुलाई लिएर हजुर नै आम्नुस मेरोमा खान भनेर भन्दा भएँ । उनले मागेर खानु गल्ती थिएन, तर मैले हजुर मगन्ते हुनुहुन्छ भन्नु मेरो गल्ती थियो।

३.
काम गरेर खाने भए पछि काममा उतारचढाव भनेको हुने नै गर्छ। एउटा सफ्टवेयर ईन्स्टल गर्नु पर्ने थियो, हजुरहरुलाई लाग्ला जाबो सफ्टवयर ईन्स्टल गर्ने कुरालाई नि मुलाले ईस्यु बनाउन थाल्यो। अहिलेको नयाँ विण्डोज, मलाई लाग्छ भिस्टा पछि होला, माईक्रोसफ्टले युजर एकाउण्ट कन्ट्रोल भन्ने एउटा प्रोफाईलको कन्सेप्ट ल्याएको छ, त्यसले म जस्ता धेरैको धेरै समय बिना काममा नस्ट गरेको छ।

भयो के भन्नुहोला भने, मैले ईन्स्टल गर्न लागेको प्रोग्रामले रेजिस्ट्री ईडिट गर्ने रै’छ, अनि हाम्रो माईक्रोसफ्ट सोल्टीले जथाभावी रेजिस्ट्री ईडिट गर्न नदिने, एडमिन नै हुन पर्ने। धेरै प्रोग्रामहरु ईन्स्टल गर्दा यदी रेजिष्ट्री ईन्ट्रीसँग खेल्नु पर्ने हो भने शुरुमै रेजिष्ट्रीको चावी माग्ने गर्छन, तर यो मुलाले मैले ईन्स्टल गर्दा चावी मागेन, कारणले लेख्नेले चावी माग्ने कोड लेख्न बिर्स्यो, अब प्रयोगकर्ताको हिसाबले मैले ईन्स्टल गर्दा नै याज ए एडमिन गर्नु पर्ने रै’छ, बुद्धि पुगेन वैसे डबल क्लिक हानियो।

त्यसपछि मेरो हप्ता रेजिष्ट्री, युजर एकाउण्ट कन्ट्रोल, युजर राईट्स आदि हेर्दैमा, रेजिष्ट्रीका कि डिलिट र एड गर्दैमा बित्यो, अन्त्यमा एउटा नयाँ एडमिन युजर बनाएर त्यो प्रोग्राम चलाउने युजरको रुपमा टाँसेको बल्ल चल्यो।

हाकिमलाई काम देखाउनु पर्दा एउटा प्रोग्राम ईन्स्टल गर्न १ हप्ता लागेको जसरी देखाउनु पर्दा थोरै हिनताबोध भयो, अब त्यो बिचमा आफुले खाएका हण्डर र नयाँ केहि प्रयोग गर्नु पर्ने भए सुझाउन हाकिमलाई सोधिएकै थियो, मुलाले केहि दिन सक्नु भएन, लास्टाँ हिजो, याज एडमिनिस्ट्रेर ईन्स्टल गर्न १ हप्ता लगाईस भनेर भन्यो, मैले नि हजुरलाई नि बोलाएको थिए के रे ईन्स्टल गर्दिनुस भनेर, आधी दिन हजुरले नि खर्च गर्नु भएको हो, नसकेर जानु भयो अहिले यसो त नभनि भन्या भे हुने नि भन्दा सोल्टीले रातो मुख बनाईस्यो।

हाकिमसँग पङ्गा लिने पनि एउटा नराम्रो बानी हो मेरो, कुन दिन जागीरबाट हात धुनु पर्ने हुन सक्छ यो पाराले।

४.
अस्ती एउटासँग भेट भयो, अनि भेटमा अलि अलि कुरा भयो। केहि समय पछि मेरो अमेरिकाको बसाई कस्तो किसिमको हो, कागज छ कि छैन भन्ने सवाल म माथि गरियो। मैले भने म त कानुनी रुपमा नै बसेको छु, काम गर्ने भिसा छ, त्यसलाई कागज भन्ने कि नभन्ने? उनले पछि हरियो पत्ता छ कि छैन भनेर सोधे, मैले छैन भने। अनि लिने सोच्नु भएको छैन भनेर सोधे, मैले अहिले केहि निधो गरेको छैन, अझै ५ बर्ष काम गर्न पाउछु, जब त्यो सकिने बेला आउछ त्यो बेला सोचौला भनेँ।

अनि हजुरको के हो भनेर सोधे, तिनले आफुसँग हरियो पत्ता भएको बताए, अनि कुराहरु हुदै जादाँ त नेपालीले कागज बनाउन पाएका दु:ख सुन्नु पर्यो। नेपालमा सामुहिक बलत्कारको शिकार भएको कारणले नेपाल जाँदा हाम्रो समाजले नस्विकार्ने भनेर कथा कोरेर कागज बनाउने महिलाहरु हुन्छन् भनेर भने तिन्ले, अनि पुरुषहरु माओवादी पिडित।

उनको कुरा सुन्दा त नेपालमा प्रत्येक गाँउ र शहरमा बलत्कारीको झुण्ड रहेको छ भन्ने भान अमेरिकी अदालतलाई परिसकेको हुनु पर्छ झैँ लाग्यो मलाई। माओवादीले गर्दा देशमा जान नसक्ने कथा त सुनेको थिए तर तिनको कथा सुन्दा त कहाली नै लाग्यो, अनि सोचे हामी हरियो पत्ताको लागि कुन हदसम्म जाँदा रहेछौँ।

५.
एक पटक मलमा जाँदा एक जना महिला नेपालीमा बोलेको सुने। अनि एक्लै हिड्या भएर नमस्ते दिज्यु भनेर कुरा गर्न गए। म शनिवार मलमा घुमेको देखेर उहाँले आज काम छैन र? घुम्दै हुनुहुन्छ भनेर सोध्नु भयो। अनि मैले आज छैन भनेर भने। कता काम गर्नु हुन्छ भनेर सोधिन, मैले फलानो ठाँउमा काम गर्छु भनेर जवाफ दिए। अनि कुन ग्याँस स्टेसनमा काम गर्नु हुन्छ हप्ताको कति घण्टा गर्नु हुन्छ भनेर सोध्नु भयो, प्रश्नले एक छिन ट्वाँ बनायो, अनि भने हैन दिदी एउटा सफ्टवयर बनाउने कम्पनीमा काम गर्छु मैले त भने। ति दिज्युले गाह्रो नमान्नु है भाई के गर्ने बानी लागिसक्यो यस्तो सोध्ने भन्नु भयो, मैले केहि छैन दिज्यु हुन्छ यस्तो हुन्छ कहिलेकाँहि, बरु हजुर कुन पार्लरमा काम गर्नु हुन्छ भनेर सोधे, दिज्यू त प्रोफेसर हुनुदोँ रै’छ, त्यसपछि दुबै मज्जाले हास्यौ।

६.
एक पटक अमेरिकालाई कर्मथलो बनाएको घरमा रात्रिकालिन भोजको निम्ता आयो, यसो मिलाएर भन्नु पर्दा डिनर खानको लागि निमन्त्रणा आयो। अनि त्यो घरका सबैलाई थोर बुहत चिनेको भएकोले कुनै अप्ठ्यारो नमानी गईयो मेजमानी निभाउनको लागि। सबै कुरा सौहार्दपुर्ण वाताबरणमा चलिरहेको थियो। त्यसैमा घरपेटी आमाले कान्छी छोरीलाई, "छोरी तिमीले त्यो गरेको मलाई मन परेन" भनेर भन्नु भयो, छोरीको जवाफ सुनेर म चाँहि अवाक नै भए। यो मेरो ब्यक्तिगत जीवन हो, यस्मा हजुरलाई मन पर्नु पर्ने मन नपर्नु पर्ने मैले कुनै कारण देख्दिन भनेर जवाफ फर्काईन, त्यहि बेला नेपालाँ बुवाले मलाई पढ भन्दा पढे नि नपढेनी हजुरलाई के मतलब भनेर मुख लाउदा भेट्या गोर्खे लौरी सम्झे। छोरीको जवाफ घरपेटी बाले सुनेको नसुन्यै गरे, आमाले यस्लाई अमेरिका लागेको भनेर एक छिन कराईन अनि सकियो। पछि घरपेटी बुवाले बाहिर छोड्न आउदाँ, १८ बर्ष ननाघेकालाई गाली गर्दा तिनले पुलिस बोलाउने धम्की दिने गरेकोले चुपचाप हेर्नुको बिकल्प छैन भनेर बाध्यता सुनाए।

७.
हाम्री जहानका ठुला बुवालाई भेट्ने भनेर एक दिन आईतवार यसो ठुला बुवाको बसेको ठाम तिर लागियो। आफु त पहिलो पटक नाताले ससुरा पर्ने अनि नातैले ससुराली पर्ने ठाममा जान लागेको। ससुराली आउनै लाग्दा चट्ट हाम्री जहानले मुख खोलिबक्स्यो, ठुला बा ठुली आमाले देख्ने बित्तिकै नमस्कार गर्नु नि, ज्वाँई टोपलिएर गमक्क पर्ने होईन, भाउ खोज्ने होईन भनेर। हरे त्यती बुद्धी त मेरो पनि छ के रे नै झै लाग्यो। गईयो, गए देखि खाने कुरा ल्याउन थाल्नु भएको आफुले दुई दिन लगाएर खाने कुरा ५ घण्टाको अन्तराल अगाडी पर्यो, खान्न भन्यो भाउ खोज्यो भन्ने खाम आफ्नो पेटाँ ठाम छैन।

मेरी जहानको दाइको छोरी भर्खर ३ बर्षमा लाग्दै गरेकी, अहिले देखि लाज मान्ने खालकी रै’छिन, बिस्तारै झ्याम्मिएर बोल्न थालिन, हिड्ने बेला सम्म त यति झ्याम्मिईन कि, जान्छु भनेर पछि लागेर हैरान। सानु कारमा सिट छैन नत्र लान्थे नि भन्दा हजुर’आमाको सारीमा लुक्छु पुलिस देखे भनेर सम्म भनिन, म त नराम्रोसँग ट्वाँ परे, यति सानैमा यस्ती खुरापाती मेरी सानी नाताले साली भोली पर्सी झन के छोईसाध्य होलिन् र? भनेर।

८.
हुनेवाला बुढीसँग टिकाटाला गर्न जाँदै थिए, जहाज गिरानमा गए पछि था’ह भो, मुला मलाई त वेटिङ्ग लिस्टाँ हाल्देको रै’छ, आफ्नो फेरी अर्को जहाज गिरानाँ कनेक्टिङ्ग फ्लाईट थियो। आफुलाई त्यसै पिर परि सक्या थ्यो, साला बल्ल बल्ल छुट्टि मिलाएर, जान लाग्या, त्यो नि वेटिङ्ग लिस्टा पर्यो, अर्को पिलेन छुट्यो भने त नगए नि हुने भयो भनेर दिक्दारीमा बसी रा’को थिँए। त्यहि बेला मेरी अहिलेकी जहानले फुन अरिन, अनि मैले वेटिङ्ग लिस्टा भएको जहाज चढ्न पाम्ने नपाम्ने पक्का नभएको तर पिर नगर्नु भोली बिहानसम्म जसै आईपुग्छु भनेर भन्दा भए। एक छिन पछि काउण्टराँ गएर आफ्नो कनेक्टिङ्ग फ्लाईट भएको र यो पिलेनाँ जान नपाए फ्लाईट छुट्ने, अनि आफ्नो मग्नी गर्न नपाम्ने कुरा काउण्टराँ बसेकी कण्डक्टरलाई भने, अनि उस्ले नेक्स्ट एभाईलेभल सिट विल बि योर्स भनेर लिस्टा अगाडी सार्दी मलाई, अनि एक छिनाँ पिलेनाँ चढ्न पाए।


पिलेनाँ चढे पछि, अहिलेकी जहानलाई फुन अरेर आफुले जहाज चढ्न पाएको सुनाए, उता’ट कसरी मिल्यो, वेटिङ्गा राखेको होईन भनेर ४ ५ वटा प्रश्न एकैसाथ गर्दा भईन, अनि मेरो खुरापाती दिमाग जहानको लागि दोस्रो पटक चल्यो। (पहिलो पटक त कोक वाला घटना थियो)। अनि मैले रोई कराई गरेको अनि मुढामा बसेर जान्छु भनेर भनेको अनि मुढामा बस्न दिएको भनेर भने। अनि पिलेनाँ नि कतै मुढा हुन्छ र भनेर सोधिन, अनि मैले ट्वाईलेट नजिकैको खाली ठाममा मुढा राखेर त्यसैमा बसेर आम्दै छु भनेर भन्या, हजुरलाई साह्रै दुःख भयो है भनेर भन्छिन। एक छिन हाँसो लाग्यो अनि, ‘लाटी सिट पाएर चढ्या, कहाँ पिलेनाँ नि मुढा हुन्छ त’ भनेर भनेको, यस्तो बेला नि हजुरलाई मजाक गर्नु पर्छ है, कस्तो मान्छे हजुर भनेर ठुस्कीईन, भोलि पल्ट टिकाटालो गरुन्जेलसम्म नि फकाउदाँको सास्ती आफुलाई !!

९.
यसो सरको घर तिर गईएको थियो, अनि घुम्ने ठाँउहरु खोज्दै जाँदा एउटा जङ्गल सफारी, जङ्गली जनावर भनेर प्रचार गरेको ठाँउ भेटियो। जाँउ न त घुम्न भनेर घुम्न जाँदा, एउटा ठुलो तलाउ रै’छ, त्यहाँ अलि अलि जलचर रै’छन, बाघ र सिँहलाई खोरमा राखिएको रहेछ, अनि घरेलु जनावर भनेर बाख्रा कुखुरा पनि देखाउन राखिएको रहेछ। अनि जङ्गल सफारी हेर्ने भनेर टिकेस काटेर बस चढियो। जे होस अरु त सबै ठिकै हो, तर जुन आशा लिएर गईएको थियो त्यो पुरा भएन, नयाँ नयाँ कुरा चाँहि था’ह हुन गयो। निल गाई देखि लिएर चौरि गाईसम्म त्यहाँ थिए, चार पाँच थरी हरिण मृग के के थिए, समग्रमा ठिकै रह्यो यात्रा।

१०.
एक समय सिकागो बसिन्थ्यो, त्यहाँ हुदाँ गाडी थिएन त्यसैले सार्वजनिक यातायात नै एक मात्र बिकल्प थियो। म एक जना मधेशी साथिसँग बस्थे अनि मैले नै उस्लाई सार्वजनिक यातायात चढ्दा हिन्दिमा कुरा गरम भन्थे, कारण नेपाली भेटिए भने हजार थरी प्रश्नका सय थरी जवाफ दिनु पर्थ्यो। एक पटक बसमा घर जाँदै थियौ, हामी सदा झै हिन्दिमा नै कुरा गरिरहेका थियौँ, त्यहि बेला दुई जना नेपाली जस्ता देखिने युवती बसमा चढे, अनि हाम्रो अगाडीको सिटमा आएर बसे। हामी अलि अलि हिन्दिमा कुरा गर्ने अनि तिनिहरुको कुरा सुन्ने गर्न थाल्यौ, त्यसैमा एउटा केटीले अर्को केटीसँग त्यहाँ नभएकी अर्कीको कुरा गर्न थाले, त्यो सुन्दा त्यहाँ नहुने केटी नसुतेको तिनीहरु पढ्ने कलेजमा कोहि छैन भन्ने किसिमले कुरा गरे। अनि एक छिन पछि उनिहरु नै सुतेका केटाहरुको कुरा गर्न थाले, को कति समय टिक्यो, कस्को ठुलो भन्दै कुरा गर्न थाले।

केहि समयमा हाम्रो झर्ने ठाम आयो, झर्यौ, अनि राम राम भन्दै आफ्नो बाटो लागेम। या’त ति अपवाद हुन सक्छन, या’त ति अधिकाँश नेपाली बिधार्थीका प्रतिबिम्ब हुन सक्छन, कसैको चरित्र हत्या गर्नु मेरो उद्धेश्य होईन, र तिनले गरेका क्रियाकलाप हाम्रो समाजलाई अपाच्य होला, कसैलाई जज गर्नु मेरो मनसाय होईन।

११.
एक पटक एक जना दाइ भाउजुकोमा खाना खानको लागि गईयो। अनि त्यहाँ पुगेपछि भाउजुले आफ्नो कम्युटरमा भाईरस लागेको, पेजहरु खोल्दा दशथरी कुरा खुल्न थालेको लगायतका समस्या तेसार्नु भयो। अनि मैले सोझो तरिकाले सोधे, के चलाउनु हुन्छ र कम्युटरमा भनेर सोधे। के चलाउछन र कम्युटरमा, त्यहि फेसबुक, युट्युव त हो नी, अरु के चलाईन्छ र भनेर बम्किन थाल्नु भयो। हैन साधारण सबालमा किन बम्किनु भयो भनेर सोध्दा उल्टो हाम्ले त्यस्तो चाहिने नचाहिने केहि चलाम्दैनम भनेर झन झन चर्को स्वर गर्नु भयो। अनि भाउजु बम्केको रमाईलो लागेकोले अझै दिक्क बनाम्न त भाउजुलाई भनेर, चाहिने नचाहिने केहि चलाम्दैनम भनेर के भन्न खोज्नु भएको हो भाउजु भनेर सोधे, भाउजुको पारो त १०० नाघि सक्या रै’छ, सफ्टवयर ईन्जिनियर हुनुन्छ भनेर बनाईदिनुस भन्या हो, नानाँभाँति सोध्नुहोला भनेर भनेको होईन भनेर भन्नु भयो।

अनि मैले सबैभन्दा पहिला के के ईन्स्टल गर्या रै’छ भनेर हेर्न थाले, घरी घरी त त्यो कम्युटरमा ईन्स्टल नभएको के छ होला जस्तो पनि लागी सक्या थ्यो। त्यो हेर्दै गर्दा, "ह्या भाउजु नानाँभाती सोध्या होईन, बनाउनु अघी केले गर्दा बिग्र्या हो था’ह भए सजिलो हुन्छ भनेर सोध्या हो" भन्दा भए। भाउजु किचनमा भुन्भुनाउदै हुनुन्थ्यो, अनि यसो ब्राउजर हिस्ट्री तिर आँखा लगाएको, पुरै निलो पृष्ठभुमी f लेखेका पेजहरु मात्र रै’छ हेर्नु भएको रै’छ, कता कुती डिसीनेपाल अनि त्यस्को अगाडी, डिसीनेपाल क्लिकिदाँ निस्कने बिज्ञापनका पेजहरु देखिए। नचाहिने जस्ता प्रोग्राम निकालेर फाल्दिए, ब्राउजरमा बिज्ञापन रोधक उपकरण जडान गरिदिए, अनि क्लिक गर, ईन्स्टल गर भन्यो भन्दैमा ईन्स्टल, क्लिक नगर्नुस है भनि कम्युटर फिर्ता दिदाँ भए। म अझै पनि बुझ्न सक्या छैन, के चलाउनु हुन्छ भन्दा भाउजु किन त्यसरी बिच्कनु भयो?

१२.
म पढ्न आएको युनिभर्सिटीमा नेपाली धेरै नै थिए, अनि दशैको बेला कार्यक्रम गर्ने निधो गरे। अब यसो नाँचगान गर्नु पर्यो भनेर नाच्ने मान्छे खोज्दा भेटिएन, अनि जो होगा देखा जाएगा भनेर म नै नाच्न तम्सिए। दुईटा गि’ता नाच्नु पर्ने भयो। एउटामा त केटा केटाहरु नाच्ने बोका जसरी उफ्रे नि हुने अर्कोमा केटीसँग जोडि मिलाएर नाच्नु पर्ने। मेरो भागमा परेकी नतर्की अली खाईलाग्दी थिईन। नाच सिकाम्ने एकजना बहिनी थिईन्, अनि तिनले भने अनुसार जसो तसो नाच्दै थिए। नाचको एक ठाममा नतर्कीको कम्मर समाउनु पर्ने थियो। मैले त कम्मरमा हात लग्यो कि बुरुक्कै उफ्रिने ति नतर्की अनि मैले यसो कम्मर नजिक हात लगेर कम्मर समाए जसो गरि जिउ हल्लाउथे।

एकपटक ति नाच सिकाउने बहिनीले त्यहि स्टेप तिनीसँग गर्न भनिन, आफु त कम्मर नसमाउने नजिकै लाने बानी परेको, बहिनिले प्वाक्कै मुख फोरेर भनि हालिन कम्मर समाउन कि के लजाको भनेर। अब मेरो पार्टनर कम्मर छुने बित्तिकै उफ्रिन्छन भनेर त के भन्नु भनि, त्यसो हैन के बहिनी, मेरो पार्टनर र तिम्रो कम्मरको नाप हेर त, अनि त्यत्रो कम्मर समाको हात त्यसैमा बानी परेको हो, लजाको होईन भनि भन्या मुर्छा परेर हासीन। पछि ति बहिनी अलि नजिक भईन, धेरै कुरा गर्न थालियो, अनि बेला बेला त्यहि कुरा झिक्थिन जिस्काउनु पर्दा, अनि मैले एक पटक भन्दे, तिनको उफ्राईले गर्दा हो भनेर। बल्ल बल्ल नाच्न तयार भएकीलाई अरु दवाब दिदा नाच्ने मान्छे नपाईएला भनेर हो बहिनी समाउन लजाउने मान्छे होईन तिम्रो दाइ भने। त्यो पनि भनि पासो भयो साह्रै चोके रै’छिन् भनेसी दाइ समाउदै हिड्ने मान्छे हो भनेर अझै पनि जिस्काउँछिन, त्यसको जवाफ जति फुरे पनि दिन उचित नठानेर दे’को छैन।

१३.
गाँजा नेपालमा हुदाँ पिईएको हो। आईएस्सी पढ्दा सँगतले भनौ या आफ्नो खुसीले भनौ गाँजा पिईन्थ्यो, तर पछि त्यसरी पिईएको थिएन। अम्रिकामा आए पछि एक पटक एउटा पाकिस्तानीले गाँजा पिउने अफर गर्यो, लौ त कस्तो हुदोँ रहेछ भनेर हुन्छ पनि भनियो। अनि म सँगै बस्ने तिन जना नेपाली र एउटा पाकिस्तानी भएर एउटा शुक्रवारलाई गाँजा शुक्रवार बनाउने भईयो, गाँजा मेक गरिरहदाँ हाम्रो कुईरे घरपेटि पनि आएर ज्वाईन गर्यो।

नेपालमा फिल्टर चुरोटमा सुर्ति मिसाएर तानिएको थियो, यहाँ सोल्टिले गाँजा बाहेक केहि नराखी एउटा एउटा हनी सिगार पाईन्छ, त्यसैबाट सिगारको सुर्ति फालेर गाँजा मात्रै राखेर बेर्यो। दुईटा बनाएको थियो, आफुले त कति तानियो था’ह भएन तर २ ३ सर्को ताने पछि भुनुनुनुनुनुनुनुनुनुनुनननन्नन् घुमाउन थाल्या थ्यो। अनि अर्को कुरा याद भएको भनेको सुत्ने बेला पुरै रोलरकोष्टर राईडको अनुभव गरायो, साला त्यहि बेला झुक्किएर कल्पनामा युद्ध मैदानमा पुगिएछ, अनि त के चाहियो गोलि त कति छलाईयो छलाईयो सम्झिदा पनि हाँसो लागेर आउछ। पछि फेरि गाँजा खाए पछि त बमिट हुन्छ रे भनेको सुनियो, अनि त बमिट नगरी सुखै पाईएन :)) जे होस नेपालमा खान नजानेर हो या के हो, तर यो अमेरिकी अनुभवले गाँजा कहिल्यै नछुने गरि कसम दिलायो।

- उहाँलाई ट्विटरमा यहाँबाट फलो गर्न सकिन्छ । 'अमेरिकी छलाङ्ग' को  सम्पादन नगरिएको अंश यहाँ छ

 (पहिलो तस्विर: surajshakya.com बाट साभार)

Comments

Popular posts from this blog

म आउँदैछु प्रिय

"हातमा हात ओठमा ओठ म आउँदैछु प्रिय म आउँदैछु प्रिय !..." भन्ने पंक्ति सँगै भिडियो सुरु हुन्छ । राजन कठेत को निर्देशन मा बनेको भिडियो निकै मजाले सलल बगेको छ । भिडियो अन्तिम सम्म नहरेसम्म यो के को लागि र कुन विषयमा बनेको भिडियो हो भन्न मुस्किल नै पर्छ । एउटा सन्देशमुलक कुरा भिन्नै कन्सेप्ट मा बनेको भएर पनि भिडियो निकै राम्रो लाग्छ । काठमाडौँ विश्वविद्यालय मिडिया स्टडिज का साथिहरुले बनाएको छोटो र मिठो भिडियो आज यहाँ राख्दैछु । भिडियोमा अभिनय रहेको छ पर्वत थापा को भने, क्यामरा मा छिरिङ र कविता वाचन मा रतन रहेकाछन् । भिडियोको बारेमा: A very short, both romantic and funny video(1 min. 25 secs.), made by KU students (2009) with Parbat Thapa (Electrical Engineering 4th/last year) in the scene....Poem narration by Ratan Aanad Karna, background score by Diwas Manandhar and Parbat Thapa, editing by Shekhar KC and Rajan Kathet, camera by Prem Tshering Sherpa and, scene selection, photography direction, script, concept and direction by Rajan Kathet. It was a good homework before making th

यसपाली को गाईजात्रा

'सबको मालुम् है मै बिहारी नही फिर भि कोही हिन्दी बोल्न दबाब डाले तो मैं क्या करु ?' हवनकलीः तपाईंको मातृभाषा त मैथिली हैन र - फोरमानन्दः हो, लेकिन मातृभाषाभन्दा अहिले हाम्को पितृभाषा हि मन पड्ता है । हवनकलीः यो नेपाली वर्णमाला राम्रोसंग पढ्नुस् क्यारे । फोरमानन्दः हिन्दी भाषामें नेपाली वर्णमाला नही मिलता क्या ? क-कौन बनेगा, ख-खरबपती, ग- गोली मारो अ-अरुणाचल, आ-आदमी, इ-इन्तजार हवनकलीः उप-राष्ट्रखतीज्यू, सपथको बेला किन दौरा सुरुवाल नलगाएको ? फोरमानन्दः क्यौं हमको बहुत गर्मी होता है । दौरा सुरुवालमे भेन्टिलेसन नही होता है न । Damdev......Devi......Aakh bandh Karo Na...Banda aakh mey Itna achhi Lagti ho ki ..............Main sabda mey kaha nahi sakta. Damdev- dekho, Maine yog Sab ko Nisulka sikhata hu. Maile aap se kavi Paise Maga hey ? Bhakta-Nahi Swami..Paisa nahi, Rupaye Maga hai. Hai..Aapne Kaka Bikendra Yadav ko Luck Kiya jaye....Lekin Yeh Hamre Rule ke Khilaf hai. Hum Bikendra Yadav ko Luck kar Nahi sakte hai. Devi Aur Sajjano, Maii hun Manojtav

हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ ?

फेसबुक आफैँमा व्यापक सञ्जाल । हामी फेसबुक विना त अधुरो नै हुन्छौँ जस्तो लाग्छ हिजोआज । तर यसो सोच्नुहोस् त हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ होला ? फेसबुक का सुरक्षा प्रमुख म्याक्स केली ले २६ अक्टोबर २००९ मा ब्लग मार्फत मृत्यु भएका व्यक्तिहरु को फेसबुक को प्रोफाइललाई सर्च को नतिजा मा नदेखाइने जनाएकाछन् । फेसबुक प्रयोगकर्ता को मृत्यु पछि, उक्त व्यक्ति को प्रोफाइललाई सिल गरिने अनि सर्च को नतिजामा नदेखाउने बताएकाछन् । तर मृत्यु भएको व्यक्ति प्रति सम्मान का शब्द लेख्न या आफ्नो श्रद्धा व्यक्त गर्न उक्त व्यक्ति को प्रोफाइल को वाल भने, आफ्ना आफन्त अनि साथिहरु को लागि सँधै खुल्ला राखिने जनाइएको छ । अक्टोबर २३ मा फेसबुक नयाँ डिजाइनमा आएपछि, फेसबुक ले यस्तो कुरा सार्वजनिक गरेको हो । फेसबुक प्रयोगकर्ताहरु ले फेसबुक को नयाँ ‘सजेसन’ र ‘रिकनेक्ट’ भन्ने सुविधा का कारण समस्या सिर्जना भएको बताउँदै, ब्लग र ट्विटर मा आफ्ना गुनासाहरु लेखेपछि फेसबुक ले, यो नयाँ निति अगाडि ल्याएको हो । फेसबुक ले मृत्यु भइसकेका व्यक्तिहरु को प्रोफाइल देखाउँदै साथि बनाउन ‘सजेसन’ दिन थालेपछि, समस्या सिर्जना भए

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही &q

नियात्रा : घान्द्रुक को घुमाइ -१

शैक्षिक अध्ययन/ भ्रमण जान नपाएको धुनमा हामी एकपटक विद्यार्थीहरुकै पहलमा चिसापानी पुगिसकेका छौं। सुन्दरीजलबाट एकदिनको पदयात्रामा चिसापानी पुग्न सकिन्छ। सन् २००९ अक्टोबरको महिना। जहिले पनि शैक्षिक अध्ययन/ भ्रमणमा नलगिएको वा घुम्न नपाएको पिडाले मन भरिरहने हामी विद्यार्थीहरुलाई फेरी एकपटक घुम्नजान मन लाग्न थाल्यो। घुम्न मन लाग्यो भनौं कि पढ्न मन लागेन भनौं?... जे बुझेपनि हुन्छ। जता गएपनि सत्य तपाईंकै बटोमा हिँडेको हुनेछ। घुम्न त जाने, तर कहाँ? प्रेम छिरिङग् शेर्पाको दिमाग यहाँनेर हामी सबैको भन्दा छिटो चल्छ, जहिलेपनि। फेरी अच्चमको कुरा के भने नि- नेपालमा अधिकांश ‘घुम्ने’ ठाउँ कि त प्रेम छिरिङग् पुगिसकेको छ कि त उसका साथीहरु। निकै नै रसिक छन् हाम्रा साथी प्रेम छिरिङग् शेर्पा। हामी अधिकांश छात्रहरुलाई भक्तपुरको छ्याङग्शाला, काठमाडौंको टुकुचे भान्छा घर आदी देखाउने श्रेय यीनैलाई जान्छ। यो श्रेय कम्तिमापनि म, उसलाई कृतज्ञताका साथ दिन चाहान्छु। अघिल्लो पल्ट गएको चिसापानि पदयात्रा पनि प्रेम छिरिङग् कै सक्रियतामा संम्भव भएको थियो। त्यसैले यसपटकको यात्राको निणर्य गर्ने जिम्मा पनि प्रेम र गौरबलाई

Subscribe to Aakar Post