Skip to main content

Posts

फेसबुक ’को ‘प्राइभेट’ म्यासेज फेसबुक टाइमलाइनमा ‘वाल पोष्ट’ को रुपमा देखिएको कुरा करिब हप्ता दिन देखि इन्टरनेटमा चर्चाको विषय बन्दै गएकोछ । दर्जनौँ ब्लग  र टेक्नोलोजी साइटहरुले ‘फेसबुक’ को प्राइभेट म्यासेज वालमा देखिएको कुरा उठाइरहँदा, फेसबुकले भने “वाल पोष्ट”मा प्राइभेट म्यासेज पोष्ट नगरिएको दावी गरेकोछ । फेसबुकले त्यस प्रकारको दावी गरिरहँदा पनि फेसबुक प्रयोगकर्ताहरुले भने ‘वाल’मा पुराना आफ्ना ‘प्राइभेट’ म्यासेजहरु देखिरहेका छन् । सन् २००७ देखि सन् २००९ सम्मका प्राइभेट म्यासेजहरु फेसबुकवालमा देखिएको हो । पक्कै पनि “प्राइभेट म्यासेज” प्राइभेट नै रहनुपर्छ तर तपाई हामीले थाहा नै नपाइ हाम्रा ‘गोप्य’ भनिएका संवादहरु “फेसबुक वालमा” छरपस्ट भइरहेकाछन् । यसकारण तपाई यसबारेमा सजग रहनु जरुरी छ । अहिलेको फेसबुक च्याट पहिलेको फेसबुक म्यासेज भन्दा फरक हो, पहिले च्याट ‘सेभ’ भएर म्यासेजमा बस्दैनथियो । त्यसबेला च्याट र फेसबुक म्यासेज फरक थियो, सायद यसैकारण पनि त्यसबेलाका फेसबुक म्यासेज वालमा अहिले देखिएकाहुन् भन्ने अनुमान गरिएकोछ । मेरो टाइमलाइनमा साथिहरुबाट पोष्ट गरिएका कुराहरु मैले मात्र देख्न स

Listen to Bulbul Episode-161 शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।" Download Bulbul : Episode-161

जो ट्विटरमा भिजिसक्नुभएकोछ वा भनौँ आफ्नो दैनिक जिवनमा ३-४ जना भेट हुने बित्तिकै ट्विटरको कुरा गर्न थाल्नुभएको छ भने, ट्विटर यस्तो हो, उस्तो हो भनेर खासै भनिरहनु नपर्ला । अनि जो ट्विटरमा भर्खर छिर्नुभएको छ अनि ट्विटर बुझ्न सक्नुभएको छैन भने, तपाईलाई ‘ट्विटर’ सबैभन्दा झुर किसिमको सोसल नेटवर्किङ साइट लाग्ने कुरामा दुईमत नहोला ।  ट्विटर सँगका आफ्ना अनुभवहरु र यसले पुर्याएको फाइदा – वेफाइदाबारे पहिले पनि यहाँ र यहाँ लेखिसकेकोछु । कोही नयाँ साथिलाई ट्विटर चलाउ, यो रमाइलो र अन्य भन्दा भिन्न छ भन्ने कुरा बुझाएर ट्विटरमा टिकाइराख्न साह्रै गाह्रो छ । अरुलाई मात्र होइन, आफूले ट्विटरमा पाइला चाल्दा पनि यो अनुभव गरिएको हो, सुरुमा ट्विटर छिर्नै गाह्रो, छिरिसकेपछि पनि बुझ्नै गाह्रो, सायद सबैको अनुभव एकै किसिमको रहेकोछ । तर ट्विटरमा भिजिसकेपछि भने, उठ्दा, बस्दा, सुत्दा पनि एकपटक ‘ट्विटर’ नहेरी चित्त नबुझ्ने हुन्छ । संसारभरि नै ट्विटरलाई यसरी नै बुझिएको छ, अनि सबै प्रयोगकर्ताहरुले एकै किसिमबाट ट्विटरमा आफ्नो उपस्थिति देखाइरहेकाछन् । डिजिटल मार्केटिङ एक्सपर्ट रोहित भार्गव ले करिब ४ वर्ष पहिले ट्व

कलेज, विश्वविद्यालय तथा सरकारी साइटहरुमा आफ्ना संस्था आदिका बारेमा जानकारीहरु राखिएको हुन्छ तर इन्टरनेट मार्केटर रोशन जोशी ले गुगलमा चल्ने क्रममा नेपालका कलेज, विश्वविद्यालय तथा सरकारी साइटहरु को बारेमा अनौठो तथ्य बाहिर ल्याउनुभएकोछ । सर्च गर्ने क्रममा नेपालका कलेज, विश्वविद्यालय तथा सरकारी साइटहरुबाट भायग्रा लगायत अन्य यौन शक्तिवर्धक औषधीहरु बेचिरहिएको देखियो । तर सर्चमा देखिएजस्तै र ती संस्थाका साइटमा भएजस्तै ती संस्थाहरुले भायग्रा लगायत अन्य यौन शक्तिवर्धक औषधीहरु बेच्दैनन् बरु ती साइटहरुलाई ह्याकरहरुले आफ्ना नियन्त्रणमा लिएर आफ्नो अनुकुल प्रयोग गरिरहेकाछन् । गुगलमा शैक्षिक संस्थासँग सम्बन्धित नेपाली डोमेनहरुमा (.edu.np) "भायग्रा" सर्च गर्दा पत्याउनै नसक्ने गरि करिब १७ सयवटा 'भायग्रा' सम्बन्धित शैक्षिक संस्थाहरुको पेज सर्च पेजमा देखियो । कुनैपनि शब्द कुनैपनि डोमेन वा साइट विशेषमा खोज्नको लागि, शब्द र साइट/डोमेन एकैपटक राखेर सर्च गरिन्छ ([search term] + the ‘site:’ operator + the URL or domain) । जस्तो कि, 'भायग्रा' शैक्षिक संस्थाको साइटमा छ कि छैन भनेर

Listen to Bulbul Episode-160 शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।" Download Bulbul : Episode-160

विश्व मानचित्रमा नेपाल अत्याधिक भ्रष्टचार हुने मुलुकहरु को सुचीमा पर्दछ । भ्रष्टचारको यो काहालीलाग्दो सुचाङ्‍कलार्इ घटाउने सबैभन्दा सक्रिय भूमिका न्यायधीस एवं प्रहरी प्रशासनले खेल्नुपर्नेहुन्छ । जानकारहरुका अनुसार नेपालमा यिनै न्यायधीस र प्रहरी बढि भ्रष्ट छन् । यहि कारण भ्रष्टचारसम्बन्धी जतिसुकै कडा कानुन ल्याए पनि भ्रष्टचार कम हुन सकेको छैन । यद्यपि यहि भ्रष्टहरुका बीचमा केहि यस्ता न्यायधीस एवं प्रहरी अधिकृतहरु छन्‍, जसले विधिको शासन चलाउने प्रयास गरिरहेका छन् । यहाँ नेपाल प्रहरीका सबैभन्दा चर्चित प्रहरी अधिककृत एसएसपी रमेश खरेलको भित्री पाटो खोलिँदैछ, जसले १५ वर्षको कार्यकालमा कहिलै कुनै शक्तिको सामुन्ने झुकेनन्‍, न आफैँ कुनै गलत क्रियाकलापमा संलग्न भए । एसएसपी खरेलकी जीवनसाथी रञ्जु खरेल यसको साक्षी छिन्। श्रीमती रञ्जुले अश्विनी कोर्इरालासंग आफ्‍ना श्रीमान्‍ रमेश खरेलको भित्री पाटो खोलेकी छिन् । आफूलार्इ रमेश खरेलको श्रीमतीका रुपमा मुल्यांकन गर्दा कस्तो महसुस हुन्छ ? एउटा लक्ष्मण रेखा कोरिन्छ । म यस्तो व्यक्तिको श्रीमती हुँ, जसले कहिलै गल्ति गर्दैन भन्ने जनमानसमा छाप परेको छ । यस

पचासको दशकमा बालखकालाँ पोखरा तिरका स्कुल स्कुल खुबै डुलियो। एउटा बर्ष यो स्कुल, अर्को बर्ष त्यो स्कुल, जाँ गएनी चिनेकै सर भेटिने, अनि साथी त कति हुन कति। त्यतिबेला फेसबुक भएको भए फ्रेन्ड लिस्ट भरिसक्थ्यो होला, नअटेर कल्लाई ‘डिलिट’ गर्ने कल्लाई राख्ने, दोधारमा भईंदो हो। तर प्रसंग स्कुलको होइन, स्कुल कम्पाउण्ड बाहिरको हो। हाम्रो स्कुल अगाडी नाङले ब्यापारीहरु पसल थापेर बस्थे, नाङलामा ‘आइटम आइटम’का मिठाइराख्थे, अनि पाउरोटीका ढ्वांग, कटन क्यान्डी वाला, चना चट्पटे, बेलाउती र सुन्तलाका डोके ब्यापारीहरु लाइन लागेर पसल थापेर बसेका हुन्थे। हाम्लाईजस्तै तिनलाई पनि कति खेर हाल्फ छुट्टीको घण्टी बज्ला भनेर ‘एक्साइटमेन्ट’ हुँदो हो। त्यसै त हामी कहलिएको गरिब देशका भुक्का विद्यार्थी, स्कुल’एज’मा त झन् सुक्को पैसा हूँदैनथ्यो, खाजा खान अड्कलेर दिएको पैसा बाहेक फाल्तु खर्च गर्ने पैसा हूँदैनथ्यो। स्कुल जाँदा आऊँदा एक दिन मिठाइ राखेको नाङलामा एउटा चारपाटे आकारको प्लास्टिकमा बेरिएको चीजमा आँखा पर्यो। सेतो रंगको, प्लास्टिकले बेरिएको दामी खालको थियो, मलाइ बर्फी जस्तोलाग्यो। जहिले त्यो देख्ने बित्तिकै मुख र

हामी सबै स्वतन्त्र छौँ, आफ्ना विचार अभिव्यक्त गर्न र हामी आफूलाई विभिन्न माध्यमबाट अभिव्यक्त गर्न सक्छौँ । म आफूलाई अभिव्यक्त गर्न स्वतन्त्र छु, मनलागेको काम गर्न स्वतन्त्र छु, अनि जान चाहेको ठाउँमा जान स्वतन्त्र छु । म आफूलाई जुनसुकै माध्यमबाट अभिव्यक्त गर्न सक्छु, चाहे लेखाइबाट होस्, चाहे गित संगितबाट होस्, वा कलाका माध्यमबाटै किन नहोस्, एक नागरिक’को हैसियतले यी कुराहरु मैले नेपालमा गर्न पाउँछु । अहिले एउटा कलाकारले बनाएको ‘पेन्टिङ’ अनि त्यसको प्रतिकारमा ‘हिन्दु संगठन’ ले कलाकारलाई दिएको धम्की, अनि कलाकारले बनाएको ‘पेन्टिङ’ को पक्ष अनि विपक्षमा बहस भइरहेकोछ । ती बहसहरु हेर्दा मलाई लाग्यो, हामी सबैजना आफ्नो अनुकुल हुने ‘स्वतन्त्रता’को वकालत गरिरहेकाछौँ । यही ब्लगमा पनि मैले ‘आफू अनुकुल स्वतन्त्रताको वकालत’ गरेको तपाईहरुलाई लाग्न सक्छ । हामीहरु आफूलाई अभिव्यक्त गर्न स्वतन्त्र भएका कारण कलाकारले आफ्नो स्वतन्त्रताको उपभोग गर्दै, आफूलाई उक्त चित्रहरु मार्फत व्यक्त गरे, आफ्ना बुझाइ चित्रमार्फत देखाउने कोशिस गरे । यो उनको स्वतन्त्रता थियो । चित्रहरुको प्रदर्शनी पछि रुष्ट बनेको एउटा समूहमा

Listen to Bulbul Episode-159 शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।" Download Bulbul : Episode-159

एक समय थियो, ट्विटरमा आफूले चिनेजानेको मान्छे भेट्नै गाह्रो । भेटिएर फलो गरिहालिए पनि आफ्ना चिनेजानेका साथिको ट्विट हेर्न हप्ता वा महिनौँ सम्म कुर्नुपर्थ्यो । सायद त्यसकारण पनि ट्विटर चलाउन मनलाग्दैन थियो । फेसबुकको भुक्तभोगी मलाई, ट्विटर साह्रै अप्ठ्यारो लाग्थ्यो, एक समय सबैले फेसबुकमा सोध्ने गर्थे, ‘तिमी कतिबेला चाँहि फेसबुकमा अफलाइन हुन्छौ?’ । न फेसबुकको जस्तो कमेन्ट गर्न मिल्छ न त अरु केही गर्न नै मिल्छ, “काला अक्षर भैँस बराबर” भने झैँ थियो ट्विटर आफ्ना’लागि । जम्मा १४० क्यारेक्टरमा लेखिएका केही कुराहरु टाइमलाइनमा देखिन्छन्, चिन्नु न जान्नु वा भनौँ आफूलाई कामै नलाग्ने ट्विट गर्नेलाई पनि फलो गरिएकोछ । सिधा रुपमा भन्दा ट्विटर बुझ्न साह्रै गाह्रो परेको थियो । तर चलाउँदै जाँदा, ट्विटरका आधारभुत सिध्दान्तहरु बुझिँदै गइयो, “लाइक माइन्डेड”हरुको नेटवर्क हो रहेछ, आफ्नो रुचि अनुसार फलो गर्नुपर्ने रहेछ, कुराकानी गर्दै जाँदा आफ्नो सर्कल बन्दै जाँदोरहेछ भन्ने थाहा भयो । म ट्विटर खासै चलाउँदैन थिए, यतिसम्म कि आफ्नो ब्लगपोस्ट पनि ट्विटरमा ट्विट गरिँदैन थियो । यसैबिच एउटा सोसल मिडिया तथा टेक्