Skip to main content

मैले बुझेको अभिव्यक्ति स्वतन्त्रता

हामी सबै स्वतन्त्र छौँ, आफ्ना विचार अभिव्यक्त गर्न र हामी आफूलाई विभिन्न माध्यमबाट अभिव्यक्त गर्न सक्छौँ । म आफूलाई अभिव्यक्त गर्न स्वतन्त्र छु, मनलागेको काम गर्न स्वतन्त्र छु, अनि जान चाहेको ठाउँमा जान स्वतन्त्र छु । म आफूलाई जुनसुकै माध्यमबाट अभिव्यक्त गर्न सक्छु, चाहे लेखाइबाट होस्, चाहे गित संगितबाट होस्, वा कलाका माध्यमबाटै किन नहोस्, एक नागरिक’को हैसियतले यी कुराहरु मैले नेपालमा गर्न पाउँछु ।

अहिले एउटा कलाकारले बनाएको ‘पेन्टिङ’ अनि त्यसको प्रतिकारमा ‘हिन्दु संगठन’ ले कलाकारलाई दिएको धम्की, अनि कलाकारले बनाएको ‘पेन्टिङ’ को पक्ष अनि विपक्षमा बहस भइरहेकोछ । ती बहसहरु हेर्दा मलाई लाग्यो, हामी सबैजना आफ्नो अनुकुल हुने ‘स्वतन्त्रता’को वकालत गरिरहेकाछौँ । यही ब्लगमा पनि मैले ‘आफू अनुकुल स्वतन्त्रताको वकालत’ गरेको तपाईहरुलाई लाग्न सक्छ ।aakar-anil-at-sunkoshi-riverहामीहरु आफूलाई अभिव्यक्त गर्न स्वतन्त्र भएका कारण कलाकारले आफ्नो स्वतन्त्रताको उपभोग गर्दै, आफूलाई उक्त चित्रहरु मार्फत व्यक्त गरे, आफ्ना बुझाइ चित्रमार्फत देखाउने कोशिस गरे । यो उनको स्वतन्त्रता थियो । चित्रहरुको प्रदर्शनी पछि रुष्ट बनेको एउटा समूहमा ‘स्वतन्त्रता’ जुर्मुरायो, उनीहरुले पनि आफ्नो स्वतन्त्रता प्रयोग गरेर, कलाकारलाई ज्यान मार्ने धम्कि दिए । एकछिन है, उक्त ‘हिन्दु संगठन’ले “ज्यान मार्ने” कुरा गर्यो, अत: उनीहरुको कुरालाई हामी त्यो संगठनले स्वतन्त्रता उपभोग गर्यो भन्न सक्दैनौँ । कसैलाई ज्यान मार्ने धम्कि दिनु, स्वतन्त्रता होइन, अपराध हो ।

स्वतन्त्रता हो भन्दैमा आफूलाई मनलागेको सबै कुरा गर्न पाइँदैन, मनलागेको सबै ठाउँमा जान पाइँदैन, यो नै यथार्थ हो । यसको सिधा अर्थ भनेको, स्वतन्त्रता सँगै हाम्रा अधिकार र कर्तव्यका कुराहरु पनि जोडिएर आउँछन् । मैले कुनै काम गर्छु भने, उक्त कुराले कुनै धर्म सम्प्रदाय, समूह, जाती, भाषालाई हानी नगरेसम्म, उक्त कुरालाई मैले आफ्नो स्वतन्त्रताको दायरा मान्न सक्छु । भन्ने गरिन्छ, “जहाँबाट मेरो नाक सुरु हुन्छ, त्यहाँबाट तपाईको स्वतन्त्रता सकिन्छ” । जस्तो कि, म मेरो हात तन्काउन स्वतन्त्र छु, तर हात तन्काउने निहुँमा कसैको नाकमा हिर्काउनु, त्यो मेरो स्वतन्त्रता होइन!

यहाँ ‘हिन्दु संगठन’को कुरालाई मैले समर्थन गरेको होइन, किनकी कसैलाई ‘ज्यान मार्ने धम्कि’ दिनु भनेको सरासर अपराध नै हो । र चित्रको विषयलाई लिएर कलाकारलाई धम्की दिनु आपत्तिजनक छ । तर यसो भन्दैमा कलाकारले ठिक गरे भन्ने पक्षमा पनि म छैन । आफूलाई अभिव्यक्त गर्ने विविध तरिकाहरु छन्, तर कुनै पनि धर्म,जाति,समुदाय विशेषको आस्थामा ठेस लगाउने अधिकार कसैलाई छैन । संसारमा धर्म र जातका कारण नै ठूला युद्दहरु भएको देखिरहेका छौँ, अहिले पनि ‘मोहम्मद’ को विषयमा बनाइएको ‘तल्लोस्तर’को चलचित्रको कारण केही देशहरुमा विरोध प्रदर्शन भइरहेकाछन् केहीले ज्यान पनि गुमाइसके ।

कलाकारले आफ्नो कलालाई ‘फ्युजन’ भनेर परिभाषित गरेकाछन्, उनले जसरी परिभाषित गरे पनि, अनि जुन नियतले बनाइएको भएपनि, उनको कलाले एउटा धर्ममा आस्था राख्नेहरुको उपहास गरेकोछ भन्दा फरक पर्दैन । हामीले बारम्बार सँधै भनिरहेका हुन्छौँ, आफ्नो स्वतन्त्रताको प्रयोग गर्दा, अरुलाई हानी हुने काम गर्नु हुँदैन तर यहाँ कलाकारले आफ्नो कला देखाए भन्दैमा, उनको कलालाई “अभिव्यक्ति स्वतन्त्रता”को खोल ओढाएर, यो चित्र बनाउनु सही छ भन्न सक्दिन ।

कुनैपनि समूहको आस्थामा आफ्नो विश्वास अडेको हुन्छ । तपाई धर्म मान्नुहुन्न वा भनौँ तपाई नास्तिक हुनुहुन्छ भन्दैमा अरुको आस्थालाई ठेस पुर्याउने कार्य गर्नु तपाईको स्वतन्त्रता भित्र पर्दैन। तपाई आफूलाई धर्म मान्ने/नमान्ने अधिकार छ तर अरुमाथि तपाईले यी कुराहरु थोपर्न पाउनुहुन्न । “धर्म अफिम हो” भनेर त्यसै भनिएको होइन । हाम्रो संस्कार, हाम्रो धर्मसंस्कृतिसँग जोडिएकोछ, हाम्रो जिवन तिनै आस्थाहरु सँग जोडिएकोछ । भन्ने नै हो भने, न कसैले भगवान देखेको छ, न केही प्रमाण नै छन् । हाम्रा लागि कुनै ढुंगा पुजे देउता हो, नपुजे केही होइन ।

गाइजात्राको निहुँमा एक नायिकको बारेमा एउटा दैनिक पत्रिकाले छापेको ‘कुराहरु’ बारे निकै चर्काचर्की कुरा भए । त्यसलाई पत्रकारको ‘अभिव्यक्ति स्वतन्त्रता’ भनेर मान्न नि सकिन्थ्यो होला, गाइजात्राको दिन त्यसमाथि पनि जोक थियो । तर हामीले नै ती कुराहरुलाई ‘अभिव्यक्ति स्वतन्त्रता’ भनेर मान्न तयार भएनौँ र अभिव्यक्ती स्वतन्त्रता भनेर मान्न पनि सकिँदैन । उक्त सामाग्रीको बारेमा धेरै दिन सम्म बहस चलिरह्यो, नायिकाले थप्पड नै हिर्काएको सम्म खबर आयो ।

यहाँ पनि त्यही कुरा नै दोहोरिएको छ भन्दा फरक पर्दैन । जस्तो कि, हिन्दु धर्ममा काली भनेर मान्ने गरेको देवीलाई “सुपर काली” भन्दै “माझि औँलो” देखाएको फोटो बनाइएकोछ । हुन त, न कालीलाई कसैले देखेको छ, न कालीले केही गर्न नै सक्छिन् । कालीको फोटो जस्तो बनाएपनि भयो, सायद पहिले देखि नै कालीको फोटो “सुपरकाली” को शैलीमा बनाइएको भए हामीलाई सही नै लाग्थ्यो, किनकी यो एउटा चलन/संस्कार मात्र हो । यहाँ कालीप्रति आस्था राख्नेहरुका लागि “सुपर काली” सह्य नहुने  कुरा भयो ! अत: एउटा समुदायको आस्थामा चोट पुर्याउनुलाई आफ्नो “अभिव्यक्ति स्वतन्त्रता”को उपभोग गरेको भनेर मान्न सकिँदैन ।

म मन्दिर जान्छु, रितिरिवाज पनि मान्छु तर पनि आफूलाई म ‘त्यती धेरै’ धार्मिक छु जस्तो लाग्दैन । मलाई व्यक्तिगत रुपमा सोध्ने हो भने, उक्त चित्रले मलाई कुनै असर गरेको छैन, तर पनि कता कता त्यस्तो चाँहि नबनाएको भए हुने भन्या जस्तो लाग्छ । धर्म, जात आदि कुराहरु संवेदनशिल कुराहरु हुन् भन्ने कुरामा कसैको दुईमत नहोला । अनि यी कुराहरु संवदेशनशिल छन् भनेर जान्दा जान्दै, त्यही कुरामाथि आक्रमण गरिनु पक्कै पनि राम्रो होइन ।

स्वतन्त्रताको उपभोग त गरौँ तर स्वतन्त्रताको पनि सिमा हुन्छ भन्ने कुरा नबिर्सौँ । यति कुरा मनन गर्नैपर्छ कि, स्वतन्त्रतासँगै दायित्व पनि जोडिएर आउँछ । आशा गरौँ, कलाकारलाई ज्यान मार्ने धम्की दिनेले कानुन अनुसार सजाय पाउनेछन् अनि कलाकारले पनि आफ्नो ‘स्वतन्त्रता’को दायरा बुझेर अघि बढ्नेछन् ।

Comments

  1. I agreed...... Everyone should use his/her freedom without hurting other's sentiment.

    ReplyDelete
  2. I fully agree with you, because the artist should not have drawn those kinds of photos which may insult and humiliate the feelings of Hindus and those people threatening to kill the artist also shouldn't have threatened like that way. Instead they should have gone through a campain.

    ReplyDelete

Post a Comment

Popular posts from this blog

मुगु अनुभव - यात्रा

...सुर्खेतमा (हुन त नेपालगन्जबाट पनि सिधा हवाइ सम्पर्क छ, मुगुमा) टिकट पाउने लम्बेतान संघर्ष(?) पछी मुगूको लागि उडान निश्चित हुन्छ । कपडा र आवश्यक केही सरसामानहरुको गह्रुङ्गो झोला सहितको काउन्टर चेक इन पछी डिपार्चर रुम मा छिर्न पाउनु खुबै आनन्द लाग्दो हुन्छ किनकी अब टिकटको लागि हिजो जस्तो संघर्ष गर्नुपर्ने छैन । डिपार्चर रुम को बातावरण पनि रोचक छ । बिमान कम्पनिहरुले दिने १५ किलो को तौल सिमिततालाई छल्न कैयनले अनेकौँ पत्र कपडा लगाएका हुन्छन र कोहिले मुगुमा पाइन्न भनेर लहलहाउँदा रायोका साग र कतिले ब्रोइलर कुखुराका मासु कोसेलिका रुपमा बोकेका हुन्छन । ...एउटी जरखरिएकी एअरहोस्टेस औपचारिक स्वागत गर्छे र सबैलाई सिटबेल्ट बाँध्न निर्देश गर्छे अनी नजानेका यात्रुलाई हप्काइको भाषामा बाँध्न पनि सिकाउँछे । म भने सिटको अघिल्तिर राखिएको आपतकालिन सुरक्षा निर्देशिकाको सानो पन्ना पल्टाउँदै एअरहोस्टेसको ब्यबसायिकताको बारेमा सोच्न लाग्छु । एअरहोस्टेस 'यती एअरलाइन्स' लेखिएको खोलले बेरिएको चकलेट र कपासका टुक्राहरु किस्तिमा बोकेर आउँछे । धन्यवाद सहित म एउटा चकलेट र दुई टुक्रा कपास निकालेर कानमा राख्छ

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

चित्र बनाउने सजिलो तरिका

चित्र बनाउन भनेपछि, सबैलाई गाह्रो लाग्छ । हुन पनि हो, चित्र कोर्नलाई गाह्रो नै छ, सबैले गर्न सक्दैनन् । म केही पहिलेसम्म स्केच कोर्थेँ, तर अहिले तिनै स्केच कोर्न पनि म नसक्ने भएको छु, अत: चित्र कोर्न निरन्तर अभ्यास जरुरी छ भन्ने लाग्छ । आज यहाँ यस्तो 'टेक्निक' को चर्चा गरिएको 'टेड' भिडियो राख्दैछु, यो भिडियो हेरिसकेपछि जस्तोसुकै व्यक्तिले पनि चित्र कोर्न सक्नेछन् । चित्र कोर्ने भन्ने बित्तिकै, एकदम 'पर्फेक्ट', जेसुकै, जुनसुकै कुराको पनि चित्र बनाउन सकिन्छ भनेको चाँहि होइन, त्यसको लागि त निरन्तर अभ्यास नै आवश्यक पर्छ । तर यति चैँ भन्न सकिन्छ कि, यो भिडियो हेरिसकेपछि तपाईले 'अल्बर्ट आइन्सटाइन'को स्केच चैँ सजिलै बनाउन सक्नुहुन्छ । वाँयाबाट दाँया क्रमैसँग । कागज र कलम तयारी अवस्थामा राखेर, चित्र बनाउन सिकाउने तलको टेड टकको भिडियो हेरौँ । टेड टक'को यो भिडियोमा ग्राम स्‌ ले भनेजस्तै सजिलै चित्र कोर्न सकिन्छ । एकपटक अवश्य बनाउनुहोस् ।

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही &q

Story: बितेका कुरा

Listen to story 'Biteka Kura'. आज हामी बिशेष प्रस्तुती लिएर आएका छौ । कथाकार रुपनारायण सिहको कथा 'बितेका कुरा'लाई लिएका छौँ । नेपाली गद्य साहित्यमा यो एउटा चर्चित कथा हो । यो कथा नेपाली साहित्यको पाठ्यक्रममा समेत राखिएको कथा हो । कथा कस्तो लाग्यो, यसबारेमा तपाईँ आफैँ विश्लेषण गर्नुहोस् । बितेका कुरा कुनै राम्रा हुन्छन त कुनै नराम्रा, कुरा जस्तो सुकै होस् बितेका नराम्रा कुराहरु बिर्सिनु नै राम्रो हुन्छ रे । अन्यथा आगामी पलहरु अमिलो बन्छन रे । अत: पुराना बितेका नराम्रा कुराहरु, बिर्सिदिनुस् भन्ने बिशेष आग्रह का साथ आज मेरो रेडियो डटकमबाट रुपेश श्रेष्ठ को आवाजमा आज को कथा 'बितेका कुरा' राख्दैछु । आगामी हप्ता देखी पारीजात को उपन्यास 'शिरिस को फूल' लिएर उपस्थित हुनेछौ । (साभार: मेरो रेडियो )

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब

Subscribe to Aakar Post