कलेज, विश्वविद्यालय तथा सरकारी साइटहरुमा आफ्ना संस्था आदिका बारेमा जानकारीहरु राखिएको हुन्छ तर इन्टरनेट मार्केटर रोशन जोशीले गुगलमा चल्ने क्रममा नेपालका कलेज, विश्वविद्यालय तथा सरकारी साइटहरु को बारेमा अनौठो तथ्य बाहिर ल्याउनुभएकोछ । सर्च गर्ने क्रममा नेपालका कलेज, विश्वविद्यालय तथा सरकारी साइटहरुबाट भायग्रा लगायत अन्य यौन शक्तिवर्धक औषधीहरु बेचिरहिएको देखियो । तर सर्चमा देखिएजस्तै र ती संस्थाका साइटमा भएजस्तै ती संस्थाहरुले भायग्रा लगायत अन्य यौन शक्तिवर्धक औषधीहरु बेच्दैनन् बरु ती साइटहरुलाई ह्याकरहरुले आफ्ना नियन्त्रणमा लिएर आफ्नो अनुकुल प्रयोग गरिरहेकाछन् ।
गुगलमा शैक्षिक संस्थासँग सम्बन्धित नेपाली डोमेनहरुमा (.edu.np) "भायग्रा" सर्च गर्दा पत्याउनै नसक्ने गरि करिब १७ सयवटा 'भायग्रा' सम्बन्धित शैक्षिक संस्थाहरुको पेज सर्च पेजमा देखियो । कुनैपनि शब्द कुनैपनि डोमेन वा साइट विशेषमा खोज्नको लागि, शब्द र साइट/डोमेन एकैपटक राखेर सर्च गरिन्छ ([search term] + the ‘site:’ operator + the URL or domain) । जस्तो कि, 'भायग्रा' शैक्षिक संस्थाको साइटमा छ कि छैन भनेर यसरी सर्च गर्न सकिन्छ: https://www.google.com/search?&q=भायग्रा+site%3A.edu.np (भायग्राको ठाउँमा अंग्रेजीमा 'भायग्रा' लेख्नुहोला) सर्च गरेर हेर्नुस्, नतिजा तपाई आफैँले देख्नुहुनेछ ।
सर्च नतिजामा काठमाडौँ विश्वविद्यालय लगायत अन्य शैक्षिक संस्थाहरुको साइटमा "भायग्रा"सम्बन्धि पेज होस्ट गरेको देखियो । यसको सिधा अर्थ हुन्छ, ती साइटहरु ह्याकरहरुको पहुँच छ, जसका कारण ती साइटहरु असुरक्षित छन् । अनि यसले यो पनि देखाउँछ कि, हाम्रा शैक्षिक संस्थाहरुलाई आफ्नो साइटमा के 'होस्ट' भइरहेको'छ भन्ने कुरा पनि थाहा छैन ।
कुरा शैक्षिक संस्थानहरुका साइटमा मात्र सिमित छैनन् । सरकारी साइटहरु तथा अन्य नेपाली साइटहरुमा पनि यस किसिमका 'पेज'हरु देखियो ।
यस कुराले के देखाउँछ भने, हामी साइट त बनाउछौँ तर हामीले हाम्रा साइटहरु सुरक्षित बनाउन सकेका छैनौँ । सुरक्षात्मक रुपमा कमजोर भएका कारण नेपाली साइटहरु बारम्बार 'ह्याक' भइरहेका हुन्छन् । यी लिंकहरु पच्छ्याउँदा कुनै यिनै साइटहरुमा खुल्नसक्छ भने, केही साइटहरुलाई 'रिडाइरेक्ट' गरेर अन्य पेजमा पुर्याउन सक्छ । यसबाहेक 'सर्च इन्जिन अप्टिमाइजेसन' (लिंक बिल्डिङ इत्यादि) को निहुँमा पनि यस किसिमका घटनाहरु घटिरहेका होलान् भन्ने तर्क इन्टरनेट मार्केटर रोशन जोशीको छ ।
साइट सतप्रतिशत नै सुरक्षित नहुन सक्छन् तर कुनै पनि व्यक्ति/संस्थाले आफ्नो साइटहरुलाई सुरक्षित गर्ने तर्फ भने आफ्नो कदम चाल्न जरुरी छ । साथै, आफ्ना साइटहरुमा के-के होष्ट भइरहेको छ भन्ने कुरा पनि थाहा पाउन जरुरी छ । साइटहरु ह्याक हुन नदिनको लागि 'लेटेस्ट सफ्टवेयरहरु'को प्रयोग गर्नु जरुरी छ । यसका अलावा साइटको पासवर्ड पनि बलियो राख्न जरुरी छ । अन्य जानकारीको लागि रोशन जोशीको ब्लग हेर्नुहोला ।
सन्दर्भ सामाग्री तथा फोटो: रोशन जोशीको ब्लगबाट साभार पहिलो फोटो 123rf.com बाट साभार

Comments
Post a Comment