Skip to main content

Posts

जब उनी प्रधानमन्त्री भए, अधिकांश नेपालीले धेरै राम्रा कुराहरुको अपेक्षा उनीबाट गरे । आफूले नि खुबै वकालत गरियो, भ्याएजति ठाउँमा । मुस्ताङ गाडि चढ्ने देखि, ‘इकोनोमि क्लास’को हवाइ टिकटले उनको कद बढाउन मद्दत गर्यो । उनको सुरुवाती भनाइहरु, गरिएका भाषणहरु सुन्दा हेर्दा, उनलाई अविश्वास गर्ने ठाउँ कहिँ थिएन । अन्य राजनितिक दलहरुलाई पहिले देखि नै उनका कुरा नपचेको हुनसक्छ तर जनताको हिसाबले, हामीले हाम्रो ठाउँबाट हेर्दा बाराभले भनेका र गरेका हरेक कुराहरुलाई सकरात्मक अर्थमा हेरियो । हामी यो कारण पनि खुशी थियौँ कि, कम्तिमा यी प्रधानमन्त्री पहिलेका अरुजस्ता छैनन् । कोइराला, नेपाल, खनाल, दाहाल, आदि देखिसकेका हामीले भट्टराईबाट केही पृथक र केही राम्रा कामहरुको अपेक्षा राख्यौँ । तर आज सरकारको नेतृत्व गरेको करिब १ वर्ष हुँदै जाँदा उनी सबैतिर उनका अलोकप्रिय निर्णय र मिचाहा स्वभावका कारण आलोचित बन्दै गइरहेकाछन् । सत्तामा आफूलाई जोगाइराख्न, ईतिहासकै ठूलो मन्त्रीमण्डल बनाउने देखि लिएर संविधान भंग गर्ने सम्मका काम गरेबाट उनी आलोचित त भइरहेकाछन् नै, त्यसबाहेक अन्य विभिन्न दर्जनौँ निर्णयबाट पनि आफ्नो साख गुम

Listen to Bulbul Episode-152 शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री  गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ ।  बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।" Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion,

हिजोआज सबैभन्दा सजिलो काम भनेको ‘बन्द’ गर्ने काम हो । बन्द गर्ने त सडकमा उर्लिहाल्छन्, अनि उनीहरुलाई सुरक्षा दिन र बन्द सफल बनाउन स्थानिय प्रशासन पनि लागिपर्छन् । जुनसुकै बाहनामा गर्न सकिने, प्रहरी प्रशासनले पनि सहयोग गर्ने, अनि निरिह जनतामाथि रवाफ देखाउन पाइने, सबैभन्दा सजिलो काम भनको “बन्द” हो । ईकान्तिपुरमा प्रकाशित सन्जोग मानन्धरको फोटो, फेसबुकका भित्ताहरुमा निरन्तर ‘सेयर’ भइरहेकाछन् । मैले के भन्नु, फोटो आफैँ बोलिरहेछ । एकजना मोटरसाइकल चालक केही नगर्नुस् भनेर ‘हात’ जोडिरहेकाछन्, बन्दकर्ताहरु ती मोटरसाइकल चालक माथि जाइ लाग्दैछन् । यो माथि’को फोटो सुन्दरीघाटमा सुकुम्वासीलाई बसाउने सरकार’को निर्णयको विरोधमा गरिएको बन्द’को हो । यस्ता ज्यादतिका दृश्यहरु आन्दोलनका नाम’मा गरिने बन्दमा सामान्य भइसकेकाछन्, भन्दा पनि परक नपर्ला । जनताको लागि भन्दै जनतालाई नै दुख दिने, जनता कै सम्पत्ति’को विनाश गर्ने यो कुन किसिमको आन्दोलन हो? बन्दकर्ताहरु त जनतालाई दु:ख दिने भइहाले, हिजोआज सुरक्षाकर्मीहरु पनि बन्दमा जनतालाई नै सास्ति दिन्छन् । बन्दकर्ताहरुलाई कारवाही गर्नुपर्ने बेलामा बन्दको दिन हिँड्न

हाइवे इलामबाट सुरु हुन्छ र काठमाडौँमा गएर सकिन्छ, यही बिचमा कथाका हरेक पात्रलाई ‘स्थापित’ गरिन्छ, अनि ‘हाइवे’मा ती पात्रहरुको जिवन कसरी जोडिएकोछ भनेर दर्शकले थाहा पाउँदा नपाउँदै चलचित्र सकिन्छ । चलचित्र सकिएपछि यसले दर्शकलाई ‘हाइवे’का विभिन्न आरोह अवरोहका बारेमा सोच्न बाध्य बनाउँछ । ईलामबाट काठमाडौँको लागि गुडेको बस राजन खतिवडाले चलाएकाछन्! बस यात्रीका रुपमा दयाहाङ राई, सृष्टि घिमिरे, ईलम दिक्षित लगायतछन्, उनीहरुको सबैको जिवन काठमाडौँसँग जोडिएकोछ, अर्को अर्थमा भन्दा ‘हाइवे’मा जोडिएकोछ । भारतिय लाहुरे दयालाई ३६ घन्टा भित्र घर पुग्नुपर्नेछ, ईलमलाई अनलाइनबाट बनाएको आफ्नो ‘गे’ साथिलाई भेट्नुछ, सृष्टिको बिहे अमेरिकाबाट फर्केको बच्चाबेलाको साथि कर्मासँग हुँदैछ, अर्की एकजना आफ्नो छोरीज्वाईको बिग्रेको सम्बन्ध सुधार गराउने धुनमा काठमाडौँ जाँदैछिन, ड्राइभरलाई पनि आफ्नी प्रेमिका ‘डान्सबार’ डान्सर रिचालाई भेट्नुछ । तर उनीहरुको बस बन्दको मारमा पर्छ । सबैलाई काठमाडौँ पुग्ने हतार भएको हुँदा दयाले बिहेको नाटक गरौँ भन्दै सृष्टि र इलमको बिहे गराएर, बन्दबाट आफ्नो गाडि फुत्काउँछन् । कहिले फ्ल्यासब्य

Listen to Bulbul Episode-151 शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री  गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।" Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments &a

ट्विटर प्रयोगकर्ताहरु सबैको आ-आफ्नै रुची हुन्छ, अनि त्यही रुची अनुसार ट्विटर चलाउँछन् । मलाई विशेषत प्रविधिमा रुची छ । #SocialMedia #SEO, #Technology, #Apps र #Nepal को बारेमा ट्विट गर्छु र प्राय: यही विषयका ट्विटहरु पच्छ्याउँछु । यसै विषयमा अन्तरक्रिया गर्ने र ट्विट गर्नेहरुलाई प्राय: पच्छ्याइरहेकोहुन्छु । हिजोआज ट्विटरमा धेरै सुनिने गुनासो भनेको, फलानाले फलोब्याक गरेन, फलानोले फलोब्याक गरेन अनफलो गर्छु, फलानाले भाउ खोज्यो त्यसलाई ब्लक हान्छु ! गुनासो सबैको आ-आफ्नै ठाउँमा छ, तर पनि बुझ्नुपर्ने कुरा के हो भने, ट्विटर चलाउनु भनेको फलो गर्नेलाई फलोब्याक गर्नैपर्छ भन्ने होइन । ट्विटर चलाउनेहरु आ-आफ्नै रुची अनुसार ट्विटर चलाउने हुँदा, रुचीका विषयमा ट्विट गर्नेहरुलाई प्राय: ले फलो गर्छन् । चिनेका साथीभाइ वा कुनै महत्वपुर्ण ब्रान्ड र व्यक्ति भएका हिसाबमा पनि फलो गर्लान् तर पनि प्राय: ले रुचिकै आधारमा फलो गर्छन् । फलो गर्ने, कहिले केही कुरा नगर्नेहरुलाई फलो गरेकै आधारमा निकै थोरैले मात्र फलोब्याक गर्छन् । तर हामी जानेर पनि नजानेर पनि ट्विटरमा पनि फलाना र चिलाना भन्दै बस्छौँ, आफ्नो बारेमा

जब पनि कसैले ‘सोसल मिडिया’ को प्रयोग कसरी भइरहेको सोध्दा, मलाई सँधै गुगलका अभिनाष कौशिकको ट्विट याद आउँछ । अभिनाषले ‘सोसल मिडियालाई किशोरावस्थाको सेक्ससँग लगेर जोडेकाछन्’ । उनको भनाइले मलाई सँधै झक्झक्याइरहन्छ, उनले भनेकाछन्, “Social media is like teen sex. Everyone wants to do it. No one actually knows how. When finally done, there is surprise its not better.” अत: सोसल मिडियाको अभ्यास गर्दै जाँदा यस्तै लाग्छ ! अनि विभिन्न तरिकाले सोसल मिडियाको अभ्यास गर्ने गरिएकोछ । ब्लग पनि सोसल मिडिया नै हो । तर आज यही ब्लगलाई नै अरु सोसल मिडिया टुलहरु प्रयोग गरेर कसरी ब्लगरले फाइदा लिन सक्छन् भन्ने कुरा गर्दैछु । ‘सोसल मिडिया’ भनेको अनलाइन ‘टुल’ हो, जसको प्रयोगबाट हामी सजिलोसँग अनलाइनमा आफ्ना भनाइहरु सेयर गर्न सक्छौँ, एकअर्का सँग अन्तरक्रिया गर्न सक्छौँ । ब्लग, फेसबुक , ट्विटर , युट्युब, स्लाइडसेयर, गुगलप्लस आदि सबै सोसल मिडिया हुन् । साँच्चै भन्ने हो भने, वेव २.० टेक्नोलोजी भएका सबै साइटहरु नै सोसल मिडिया हुन् । सोसल मिडिया भनेको एउटा अनलाइन ‘माध्यम’ हो । पासवर्ड प्रोटेक्ट नभएका वा भनौँ प्राइभ

Listen to Bulbul Episode-150 शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री  गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।" Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal

झट्ट सुन्दा पत्याउन गाह्रो पर्ने कुरा, र खासै चर्चा, परिचर्चा गरेको पनि सुनिँदैन । तर नेपाल पनि कम्प्युटर प्रविधि विषयमा धेरै पहिले देखि काम हुँदै आएको रहेछ । अमेरिकामा एप्पल, आइबिएम, माइक्रोसफ्ट आदि कम्पनीहरु आफ्नो पहिलो माइक्रो कम्प्युटर बनाउने प्रयास गरिरहँदा, नेपालमा पनि यस्तै प्रयास भइरहेको थियो । परिणामस्वरुप आइबिएम भन्दा २-३ वर्ष पहिले नै, नेपालमै माइक्रोचिप्स प्रयोग गरेर माइक्रो कम्प्युटर निर्माण भएको थियो । हिजो लोकस २०१२ मा नेपालमा पहिलो कम्प्युटर बनाउने व्यक्ति भनेर परिचित ईन्जिनियर मुनिबहादुर शाक्यको कुरा सुनिरहँदा, एकमनले रमाइलो र अर्को मनले नरमाइलो लाग्यो । आइबिएम, एप्पल, माइक्रोसफ्ट लगायतका कम्पनीहरुकै हाराहारीमा तत्कालिन समयमा ईन्जिनयर मुनिबहादुर शाक्यले नेपालमै कम्प्युटर बनाउनु भएको थियो । रमाइलो र गौरव यसअर्थमा लाग्छ कि, त्यो समय देखि नै नेपालमा पनि कम्प्युटरको विकास भएको रहेछ, जुन समयमा भारतमा यही किसिमको काम भएको थिएन । तर नरमाइलो यस अर्थमा लाग्यो कि, आइबिएम, एप्पल जस्ता कम्पनीहरु कहाँ पुगे, तर हामी जहिँको तहिँ । हामी सँधै बुद्ध र सगरमाथा भन्दै नाक फुलाएर बसेका छौँ

प्रत्येक वर्ष पुल्चोक क्याम्पसमा आयोजना हुने लोकसको नबौँ संस्करण “लोकस २०१२” आजबाट सुरु हुँदैछ । “ब्रिजिङ द डिजिटल डिभाइड” (Bridging the Digital Divide) थिम सहित आयोजना भएको कार्यक्रम ३ दिनसम्म चल्नेछ । कार्यक्रममा विभिन्न कलेज तथा विश्वविद्यालयका विद्यार्थीहरुको सहभागिता रहेनछ । कार्यक्रममा सफ्टेवयर कम्पिटिसन, हार्डवेयर कम्पिटिसन, सेमिनार, भिडियो कम्पिटिसन, पेपर प्रिजेन्टेसन लगायत विविध कार्यक्रम आयोजना गरिने, लोकसको वेवसाइटमा उल्लेखछ । यसभन्दा अघि भएका लोकस २००९ तथा लोकस २०१० यहाँ हेर्न सकिन्छ । लोकस २०१२ बारे, लोकसको फेसबुक पेजमा लेखिएकोछ: LOCUS 2012 is organizing the “9th National Technological Festival” with aim of providing a platform to showcase innovative ideas and creativity in the field of technology. Keeping up with the current scenario of Nepal , where there is a large disparity in the access to and the use of technology, our theme “Bridging the Digital Divide” aims to encourage clever ideas and designs which will help in taking technology from selected institutes