Skip to main content

बाराभलाई अझै काम गर्न देउ ! [PM Dr. Baburam Bhattarai in Tough Talk: VIDEO]

जब उनी प्रधानमन्त्री भए, अधिकांश नेपालीले धेरै राम्रा कुराहरुको अपेक्षा उनीबाट गरे । आफूले नि खुबै वकालत गरियो, भ्याएजति ठाउँमा । मुस्ताङ गाडि चढ्ने देखि, ‘इकोनोमि क्लास’को हवाइ टिकटले उनको कद बढाउन मद्दत गर्यो । उनको सुरुवाती भनाइहरु, गरिएका भाषणहरु सुन्दा हेर्दा, उनलाई अविश्वास गर्ने ठाउँ कहिँ थिएन । अन्य राजनितिक दलहरुलाई पहिले देखि नै उनका कुरा नपचेको हुनसक्छ तर जनताको हिसाबले, हामीले हाम्रो ठाउँबाट हेर्दा बाराभले भनेका र गरेका हरेक कुराहरुलाई सकरात्मक अर्थमा हेरियो । हामी यो कारण पनि खुशी थियौँ कि, कम्तिमा यी प्रधानमन्त्री पहिलेका अरुजस्ता छैनन् । कोइराला, नेपाल, खनाल, दाहाल, आदि देखिसकेका हामीले भट्टराईबाट केही पृथक र केही राम्रा कामहरुको अपेक्षा राख्यौँ । तर आज सरकारको नेतृत्व गरेको करिब १ वर्ष हुँदै जाँदा उनी सबैतिर उनका अलोकप्रिय निर्णय र मिचाहा स्वभावका कारण आलोचित बन्दै गइरहेकाछन् ।

सत्तामा आफूलाई जोगाइराख्न, ईतिहासकै ठूलो मन्त्रीमण्डल बनाउने देखि लिएर संविधान भंग गर्ने सम्मका काम गरेबाट उनी आलोचित त भइरहेकाछन् नै, त्यसबाहेक अन्य विभिन्न दर्जनौँ निर्णयबाट पनि आफ्नो साख गुमाइरहेकाछन् । राजनितिक दलहरुले उनको कदमको आलोचना गर्नु पार्टिका स्वार्थ र अन्य राजनितिक कारण जोडिएका होलान् । जस्तो कि, भट्टराईको सरकारले गरेको हरेक निर्णयको आलोचना अन्य पार्टिहरुले गर्दै आएकाछन् तर भूतपूर्वलाई दिने सेवा सुविधा सम्बन्धि कुरामा अन्य दलका नेताहरुले चुँ सम्म गरेनन् । सबैकुरामा नाक’निक गर्दै आएका राष्ट्रपति रामवरण यादवले पनि भूतपूर्वलाई दिने सेवा सुविधा सदर गरे । तर जनताको नजरबाट हेर्दा भूपूलाई दिने सेवा सुविधा पनि भट्टराईको अलोकप्रिय निर्णय हो। केलाउँदै जाने हो भने, उनको हरेक निर्णयमा खोट लगाउने ठाउँ भेटिन्छ । PM-Baburam-Bhattarai-Interview-with-DilBhusan-Pathak-in-Tough-Talk-News24-TVहिजो एक टेलिभिजनका लागि दिइएको अन्तरवार्ताको चर्चा अहिले भइरहेकोछ । दिलभुषण पाठकले ‘टफ टक’का लागि लिएको अन्तरवार्तामा प्रधानमन्त्री भट्टराईको असफलता प्रस्टै झल्किएकोछ । आफूले जनयुद्द सुरु गर्दा देउवा सरकार समक्ष तेर्स्याइएको ४० बुँदे मागलाई नै दिलभुषण पाठकले प्रधानमन्त्री भट्टराईलाई तेर्स्याएका थिए । सिस्टमलाई दोष दिँदै, अरुले काम गर्न दिएनन् भन्दै  भट्टराईले उसबेला उठाएका ४० बुँदे मागका अधिकांश माग “प्रचार” को लागि मात्र थियो सम्म पनि भन्न भ्याए । आफ्नो असफलता ढाकछोप गर्दै, कुर्सीमै बसेर अघि बढ्ने मनस्थिति देखाएबाट उनलाई समर्थन गर्ने हामीहरु पनि मर्माहत भएका छौँ । सिस्टम’ले ठाउँमा पुगेपछि भन्या अनुसार काम गर्न पाइँदैन, कुरा सोह्रै आना सत्य हो । तर यति हुँदा हुँदै पनि सहमति र आपसी समझदारीमा अघि बढ्नुपर्ने बेलामा भट्टराई मेरो गोरुको बाह्रै टक्का भनिरहेकाछन् ।

बाँकी कुरा यो तलको भिडियो अन्तरवार्तामा हेर्नुहोस् !

PM Dr. Baburam Bhattarai in Tough Talk with Dil Bhusan Pathak:

 

२४ घन्टा भित्र सत्ताइस हजार भन्दा बढिपटक यो अन्तरवार्ता युट्युबमा हेरिसकिएकोछ । भट्टराईको अन्तरवार्ता लिने पत्रकार पाठकको फेसबुक वाल, बधाइ सन्देश’ले भरिएकोछ । दिलभुषण पाठकले आफ्नो फेसबुकमा लेखेकाथिए:

उनलाई मेरा प्रश्नहरु मन परेनन् । शायद ती अति खरा थिए...पुरा गर्न नसकेका आफैले बांडेका आश्वासनहरु सम्बन्धी नमिठा प्रश्नहरु । उसबेला तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आफैले बुझाएका ४० बुंदे माग आफै प्रधानमन्त्री भएपछि के भए भन्दा त उनलाई झनै रिस उठ्यो । ११ महिना अघि प्रधानमन्त्रीको उम्मेद्वार बन्दा दिएको राहतको आश्वासन त पुरा गर्न संभव नै छैन रे यो कार्यकालमा । त्यसका लागि फेरी प्रधानमन्त्री बनाउनुपर्छ रे बाबुराम भट्टराईलाई । त्यसै भने प्रधानमन्त्री बाबुराम भट्टराईले मलाई आजको टफ टकमा । झुठ बोल्नु उनीहरुको समस्या होइन, उनीहरुको झुठ संधै स्विकार्नु हाम्रो रोग हो ।

बाँकी कुरा आफैँ भिडियो हेरेर बुझ्नुहोला । ४५ मिनेट लामो अन्तरवार्ताका क्रममा भट्टराईको असफलता र असहजता प्रस्ट देखिन्छ । तर पनि भन्न छोडेकाछैनन् बाराभलाई काम गर्न देउ !

Comments

  1. यिनी नराम्रो संग फसे,
    कम्निस्ट हरुले कुनै जवाफ दिन सकेनन भने एउटा जवाफ दिन्छन "यो कुरा को मुल्यांकन इतिहास ले गर्ने छ, जनता ले सबै बुजेका छन्"

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

SLC RESULT 2068/2069 (2011-2012) To publish Today

The result of the School Leaving Certificate (SLC) 2068/2069 examinations held earlier this year is going to published today (by Wednesday evening). The Office of the Controller of Examinations, Sanothimi is going through final preparations to flash SLC examination result within this evening. Altogether 528,257 examines had appeared for the exam. SLC Results 2068 will be available online as soon as the Controller of Examinations published the results.You can check SLC Results via SMS Service after Examination Controller’s Office published the results. यस वर्षको एसएलसी परीक्षा 'रिजल्ट' आज सार्वजनिक हुने करिब करिब निश्चत भएको छ। नतिजा निस्कने बित्तिकै अनलाइनमा रिजल्ट राखिनेछ । विभिन्न अनलाइन साइटहरुको साथै, एसएमएसको माध्यमबाट पनि आफ्नो रिजल्ट हेर्न सकिन्छ । एसएमएस मार्फत रिजल्ट हेर्न SLC <space> <your symbol no.> टाइप गरि 5001 मा पठाउन सकिनेछ । SLC Result 2068 Published

SLC Result 2068/2069 Published

The Office of the Controller of Examinations, Sanothimi has published the results of the SLC examination for the academic year 2068, on Wednesday evening. Out of 528,257 examines, 47.16 percent students passed the SLC this year. According to OCE, 2,47,689 regular students passed the exam under the regular, whereas 82,283 students have passed under the exempted category. We've uploaded SLC Result 2068 in .pdf format. Please download the SLC Result 2068 from the links below. Check your SLC Result 2068 Online 1) Link1: SLC Result 2068 Regular .pdf      Link2:  SLC Result 2068 Regular .pdf      Link3: SLC Result 2068 Regular .pdf   (via chakab.com)   2)   Link1:   SLC Result 2068 Exempted .pdf      Link2:   SLC Result 2068 Exempted .pdf      Link3:   SLC Result 2068 Exempted .pdf   (via chakab.com) 3) Distinction : SLC Result 2068 .txt     First Div:  SLC Result 2068  .txt     Second Div:  SLC Result 2068  .txt     Third Div:  SLC Result 2068  .txt     Unde

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब

सामाजिक सञ्जालमा सुरक्षित रहने तरिका

सामाजिक सञ्जाल चलाउने पनि आफ्नै तौरतरिका छन्, जसलाई नजरअन्दाज गरिँदा सामाजिक सञ्जालले समस्या सिर्जना गरिरहेका पनि छन् । सामाजिक सञ्जालका प्रयोगकर्ता एक करोडभन्दा धेरै रहेको देशमा छिटपुट घटनालाई लिएर पूरै सामाजिक सञ्जाल नै असामाजिक छ भन्न मिल्दैन । मूलधारका मिडिया रेडियो, पत्रिका, टेलिभिजनजस्तो सामाजिक सञ्जाल एकोहोरो छैन । सामाजिक सञ्जालको बनोट नै फरक छ, यो दोहोरो हुन्छ । दोहोरो हुनेबित्तिकै उठान गरिएका विषयमा केही घर्षण हुनु, वादविवाद हुनु, तर्कवितर्क हुनु, केही तलमाथिका कुरा हुनु एकदम सामान्य हो । प्रयोगकर्ताले सामाजिक सञ्जालको बनोट बुझ्ने वा यस्ता प्लेटफर्मका फिचरको सदुपयोग गर्ने हो भने यी कुरा अत्यन्तै सामान्य लाग्छन् । सबै कुरा प्रविधिले समाधान गर्न सम्भव छैन, तर सामाजिक सञ्जालमा देखिने, भोगिने प्रायः कुरा भने प्रविधिबाटै समाधान गर्न सक्ने अवस्था छ । सामाजिक सञ्जाल तथा इन्टरनेट प्रयोगकर्ताले अरूलाई दोष लगाउनुपहिले आफ्नो थैलो बलियोसँग कसौँ भन्ने कुरा मनन गर्न जरुरी छ । मोबाइलमा मात्रै इन्टरनेट चलाउने अधिकांश प्रयोगकर्ताका लागि अहिले फेसबुक र भाइबर भनेकै इन्टरनेट हो भन्ने भ्रम छ 

Shirish Ko Phool : Review & Download

One of the finest book ever written in Nepali literature....Shirish Ko Phool and one of my personal favorite. I have read this novel over four times or say five times..and each time I finish the novel I feel pang and it hangs on my head for so many days. Why guilt is so painful that made such a strong woman called Sakambari to suicide..or die…?? The novel has a wonderful language..the simplest of all. When I had read it for the first time..to tell the truth that I hadn’t really understood the novel, I felt the love story in it and I could not understand the passion in the novel.. But this day I may say I am able to figure out the passion and the feelings of the author.. I really appreciate the wonderful story, the plot the real setting, the real characters…and the situation of the novel till it ends. The pain of running away from the feelings and passion. When the Suyogbir says.."Ma glass ma bhagchu” ( I forgot the line exactly…). The feeling is that we run away from pai

Subscribe to Aakar Post