थाहा छ मानुषी ! आज मलाई तिम्रो धेरै याद आयो । आज दिउँसो ‘टपरेबाहुन’ ले टुविटर मा ‘म तिम्रो सहर छोडि टाढा, टाढा जाँदैछु’ भनेर टुविट गरेका थिए । अनि मलाई पनि यही गित सुन्ने हुटहुटी चल्यो, अनि अनायासै तिम्रो धेरै याद आयो मानुषी ! टुविट भन्दा तिमी छक्क पर्यौ होला है, म हिजो आज टुविटर धेरै चलाउँछु नि, फेसबुक ले दिक्कै लाइसक्यो । थाहा छ, आज मैले दिउँसो देखि अहिले सम्म पनि प्रदिपराज पाण्डे कै आवाज सुनिरा’को छु । “म तिम्रो सहर छोडि टाढा, टाढा जाँदैछु… …यो सहर तिमीलाई दाइजो छोडेर जाँदैछु” थाहा छैन मानुषी, यो गित गितकार ले के हिसाब ले लेखेका थिए, संगितकार ले के सोचेर संगित भरेका थिए अनि गायक ले कुन भाव मा गाएका थिए । गित ले त भन्छु, “म तिम्रो सहर छोडि टाढा, टाढा जाँदैछु, तिमी सँग नभेट्ने कसम खाँदैछु…” तर मलाई यही गित ले गर्दा नै तिमीलाई कहिले भेटौँ कहिले भटौँ जस्तो भएको छ । सायद, दशैँ को बेला घर जानु पर्ने भएकोले, मलाई यो गित मेरै लागि बनेको हो कि जस्तो लागेको छ मानुषी । तर जेहोस् मानुषी, ‘म केही दिन को लागि तिम्रो सहर छोडि टाढा, टाढा जाँदैछु…’ मृगस्थली को वन एक्लै चहार्दा त कति रमाइलो