Skip to main content

Posts

Listen to Bulbul Episode-11 [November 15,2009]. You are listening to 11th episode of Bulbul [Nepali Gajal Special]. 'उनले जस्तै तिम्ले माया लुकाउने त हौली, पुरानो त्यो घाउ दुखाउने त हौली...' चितवनका सुमन घिमिरे को गजल वाचन सँगै आज को बुलबुल सुरु हुन्छ । सदा झैँ बुलबुल को साथ मा अच्युत घिमिरे र दिनेश निरौला हुनहुन्छ । आज को नेपाली गजल विशेष बुलबुल मा शिव परियार, अन्जु पन्त लगायत का नेपाली गायक गायिका को आवाज मा नेपाली सुमधुर गजलहरु लिएर आएका छौँ । नेपाली मा गजल नै छैन भनेर गुनासो गर्नेहरुको लागि आज को बुलबुल विशेष हुनेछ, कारण आज को बुलबुलमा सबै नेपाली गजलहरु मात्र बजाइएकोछ । Bulbul is a Radio Program (a gajal program). Bulbul is presented by Achyut Ghimire and broadcasted via Ujyalo 90 Network . Dinesh Niraula is technically assisting this program. Thanks to BULBUL Team for bringing such a wonderful program. You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com बुलबुल एउटा इरानी चरा हो

One of the finest book ever written in Nepali literature....Shirish Ko Phool and one of my personal favorite. I have read this novel over four times or say five times..and each time I finish the novel I feel pang and it hangs on my head for so many days. Why guilt is so painful that made such a strong woman called Sakambari to suicide..or die…?? The novel has a wonderful language..the simplest of all. When I had read it for the first time..to tell the truth that I hadn’t really understood the novel, I felt the love story in it and I could not understand the passion in the novel.. But this day I may say I am able to figure out the passion and the feelings of the author.. I really appreciate the wonderful story, the plot the real setting, the real characters…and the situation of the novel till it ends. The pain of running away from the feelings and passion. When the Suyogbir says.."Ma glass ma bhagchu” ( I forgot the line exactly…). The feeling is that we run away from pai

आज तिनै बाटोहरु हिँड्दैछु, जुन बाटो विगत मा पनि धेरै पटक हिँडिएको थियो तर पनि आज को हिँडाइ बेग्लै लाग्यो, खै किन किन आज यही बाटो को बारेमा पनि धेरै सोच्न मन लाग्यो । हुन त यो बाटो सँग मेरो के नै सम्बन्ध छ र, तर पनि आज मलाई केही छुटेको जस्तो, केही बिराए जस्तो, खै कस्तो कस्तो लागिरहेछ । त्यही बाटो को छेउछाउ, वरिपरि हेर्दै हिँड्दा लाग्यो, काठमाडौँ विरानो भइसकेछ । केही महिना या भनौँ हप्ता अघि सम्म देखिएका घरहरु थिएनन्, त्यस ठाउँ मा ठूला ठूला घरहरु बन्दै रहेछन् । केही हप्ता अघि सम्म फुलेका त्रिचन्द्र छेउ का शिरिष का फूलहरु फुलेका थिएनन् । हुन त यो प्राकृतिक कुरा भयो, तर पनि मलाई काठमाडौँ विरानो लाग्यो । साँझ पर्न अझै केही घन्टा बाँकि छ अनि मेरो आँखा घरिघरि मोबाइल मा पुगिरहन्छ । मैले ट्विटर मा लेखेँ, ‘एट काठमाडौँ’ । बागबजार माथि को पुल, धेरै नै व्यस्त छ, अनि पुलमुनि त्यत्तिकै भिडभाड छ । ट्राफिक घोडा मा चढेर जाम खुलाउने प्रयास गर्दैछन् । म नियाल्दै छु, त्यो सडक, त्यो घन्टाघर, रानीपोखरी अनि शिरिष का फूल का बोटहरु । थाहा छैन, के सोच्दैछु तर पनि मेरो मन मा आशा को सञ्चार भइरहेको छ । बाटो हिँ

Listen to above Podcast - Fall of the Berlin wall. ब्रिटेन बाट प्रकाशित हुने साप्ताहिक नेपाली पत्रिका एभरेष्ट टाइम्स का सम्पादक शशी पौडेल को आवाज मा २० वर्ष अगाडि बर्लिन को पर्खाल ढलेको विवरण सुन्नुहोस् । शशी पौडेल यो पोडकास्ट मा आफूले देखेको कुराहरु वर्णन गर्दैछन् । हुन त यो पोष्ट नोभेम्बर ९ कै दिन पोष्ट गर्नु पर्ने थियो होला तर पनि आज पोष्ट गर्दैछु । जर्मनी अनि त्यसमाथि बर्लिन को पर्खाल भनेर धेरै नै सुनिएको भएपनि म चाँहि प्राय: बर्लिन को पर्खाल ढालिएको प्रंसग सँग चाँहि अलि बेखबर नै रहेछु । साँच्चै यो बर्लिन को पर्खाल ढालिएको घटना त एउटा ऐतिहासिक घटना रहेछ । जर्मनी भन्नासाथ मलाई त हिटलर को मात्र याद आउँथ्यो तर त्यसबाहेक यो बर्लिन को पर्खाल पनि ऐतिहासिक रहेछ । यो बर्लिन को पर्खाल ले सहरलाई मात्र नभइ, जर्मनीलाई नै पूर्वि र पश्चिम जर्मनी मा विभाजन गरेको थियो । सन् १९६१ को अगस्ट १३ देखि पूर्वी बर्लिनलाई घेरेर पर्खाल बनाउन थालियो । त्यो १३ फिट अग्लो १ सय ७ किलोमिटर लामो कंकि्रटको पर्खालको नजिक पुग्नेलाई देख्ने बित्तिकै गोली ठोकिन्थ्यो । भत्कने बेलासम्ममा पश्चिमतिर भाग्न खोज्ने

Listen to Latest episode of BULBUL (November-8). Bulbul is a radio Program (gajal program). Bulbul is presented by Achyut Ghimire and broadcasted via Ujyalo 90 Network . Dinesh Niraula is technically assisting this program. Thanks to BULBUL Team for bringing such a wonderful program. About Bulbul: बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ ।  यही कारण हो, हामीले पनि गजलको यो कार्यक्रम नामकरण गरेका छौं - बुलबुल भनेर । शुरुमा यो शब्द सुन्नेलाई अनौठो लाग्न सक्छ तर क्रमिक रुपमा यसको अर्थ खुल्दै जानेछ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग य

कर्णाली अञ्चल अझ मुगु जिल्ला । नेपालको ७५ औं जिल्ला । शिक्षा, स्वास्थ्य, सुबिधा र अन्य मानव विकास सुचकांकहरुले हेर्दा । हुन त हेर्ने आँखा फरक फरक हुन सक्छ तर सम्भावनाका किरण भन्दा पनि निराशा का बादलहरु बाक्लो भएको यो ठाउँको जनजिविका का केही झलकहरु यि तस्विरहरुमा देखिन सक्छन । परम्परागत पहिरन र श्रृङ्गारमा मुगाली युवतीहरु । यो पहिरन स्थानिय क्षेत्रमा नै उत्पादन हुने कपासलाई कातेर तयार गरिन्छ । एकपटक स्तम्भकार सि. के. लाल ले मुगूमा युवतीहरु (?) नभेटेको गुनासो गरेका थिए । औसत आयु निकै कम (४० को हाराहारिमा ) बाँच्ने मुगूका युवतीहरु को मुस्कान अर्को खड्किने कुरा हो मुगूमा । कर्णालीको किताप: परिक्षा सकिएपछी र च्यातचुत भएर आइपुगेका पुस्तकहरु खोला किनारमा जलाउनको लागि लगाइएको थुप्रो । समयमा र कामलाग्ने हालतमा नपुग्दा पुस्तकको महत्व पोको पार्न मात्र हुने गरेको छ । मुगुको अझ भनौ देशकै गौरव रारा ताल: अन्तरराष्ट्रिय महत्वका सिम्सारहरु मध्य एक यसमा पाइने एक प्रकारको हिमाली माछा विश्वमा अन्त कतै पनि पाइन्न । यसमा त विश्वकै सबैभन्दा उचाइमा पाइने भैंसी पनि आहाल खेल्छ । उभिन खोज्ने कलीला

Listen to Shirish Ko Phool ko Bhumika & Story Maile Najanmayeko Chhoro. उज्यालो ९० नेटवर्क बाट प्रसारण हुने कार्यक्रम श्रुतीसम्बेग विगत केही हप्ता देखि ब्लग बाट पनि बज्दै आएको छ । हामी ले श्रुतीसम्वेग विगत का ४ श्रृंखला मा पारिजात को बहुचर्चित उपन्यास 'शिरिष को फूल' वाचन गर्‍यौँ । आज को वाचन मा भनेपहिलो खण्डमा 'शिरिष को फूल' को भुमिका अनि दोस्रो खण्डमा पारिजात कै बहुचर्चित कथा 'मैले नजन्माएको छोरो' लिएर उपस्थित भएका छौँ । सदा झैँ वाचन मा अच्युत घिमिरे तथा प्रविधि मा दिनेश निरौला र सचिन्द्र गौतम हुनुहुन्छ । स्मरणिय रहोस्, श्रुतीसम्बेग उज्यालो ९० नेटवर्क बाट हरेक मंगलबार र शुक्रबार राती ९:१५ बजे प्रसारण हुँदै आएको छ । हुन त 'शिरिष को फूल' को बुझाइ सबैको आ-आफ्नै होला, कोही के भन्छन् त कोही के भन्छन् । कोही त भन्छन् शंकर लामिछाने को भूमिका ले नै 'शिरिष को फूल' यति धेरै चर्चित भएको हो । तर जसले जे भनुन्, 'शिरिष को फूल' आफैँ मा उत्कृष्ट छ । विष्णु कुमारी वाइवा अर्थात पारिजात को उपन्यास 'शिरिष को फूल' को वाचन यहाँहरुलाई

‘ क ठै ! अब ता मेरा दिन गै’गए ’ जगदीश दाइको यो मार्मिक विस्फोटनलाई मैले “ईमोस्नल ब्ल्याकमेल”को नाउँ दिएको छु । लेख्दा पनि आफू कति भावविह्वल हुनुहुन्थ्यो होला, मेरो मन त पतिङ्गर बनाएर उडाइदिनुभयो । २-३ सय पेजको उहाँको जीवनोपन्यास ‘अन्तर्मनको यात्रा’ पढ्दा मेरो मन सुरुको दुई-तीन पेजमै मैनबत्तीझैँ पग्लेको थियो । खुब रोएँ । तर आँसु एकथोपा पनि झारिन । सोचेँ, मृत्यूको घन्टी बजेको थाँहा पाउँदा त जगदीश दाइ सन्तोषका साथ बाँच्न प्रयत्नरत हुनुहुन्छ भने म त स्वस्थ छु, हट्टा-कट्टा छु, किन आँसु झार्ने ? यी आँसु म जगदीश दाइकै लागि बचाएर राख्ने छु । हरेक दिनलाई, हरेक छिनलाई जीवनको अन्तिम दिन र छिन मानेर बाँच्न सक्नु नै बुद्धिमानी हो । ‘मल्टिपल माइलोमा’ क्यान्सरको घातक रुप, विना पूर्व सूचना मृत्युको आवाज दिने ज्यान घातक रोग रे । हे भगवान ! माइलोमा तिमी नै लैजाउ, हामीलाई चाहिँदैन । त्यसले फेरी अर्को जगदीश दाइलाई सिकार नबनाओस् र फेरी अर्को प्रतिभाको विछोड नेपाली पाठकहरु सहन नसक्लान् । सङ्कुचित नेपाली विचारधारा र खोक्रो नेपाली जीवन शैलीप्रति व्यङ्ग्यवाण प्रहार गर्दै दाइ लेख्नुहुन्छ, “यहाँ (नेपालमा) जस्त

भो लिपल्ट घर फर्कने रात थियो । सम्पूर्ण सामानहरु प्याक गरिसकेपनि केहि छुटेछकी भनि सोच्न बसेको थिएँ । कतैबाट तिरिरि बाँसुरीको धुन सुन्दा मनै आनन्दित भयो । "ए, निदाइस क्या हो ? फोन बजिरहेछ", रुममेटले चिच्यायो । कल रिसिभ गरेँ, निद्राकै झोकँमा, "हेलो, सुनन आज म नेपाल बाहिर जाँदैछु, यस अघि पनि कल गर्न पाइन । म विस्तारमा पछि कल गरौँला", एउटा हतारिएको खवर सुने । "ए ....., शुभयात्रा है", भने तर म अझै पनि निद्रामै थिए । वास्तवमा उनिलाई मैंले ठम्याउनै सकिन, सायद निद्रामा भएरै होला, न त नाम नै सोध्न भ्याँए आफ्ना सबै परिचित व्यक्तिहरुलाई याद गर्दा पनि त्यो आवाज ठम्याउन सकिन । अब मात्र मैले प्रतिक्षा गर्नुपर्नेछ, उनको दोस्रो कलको । अर्को विहानै आफ्नो वाटो लागिसकेको थिएँ । यात्राका दौरानमा मेरो मन सधैं मेरो जन्मथलो पुगिरहेको हुन्थ्यो । जुन माटोमा म जन्मे, जहाँ हुर्केँ, मेरो वात्सल्य , बालसखा सबै झल्झल्ती याद आउन थाले । मलाई घर छिटो पुग्नु छ, किनभने मेरो प्रतिक्षामा कसैले धेरै महिना विताएको छ । त्यही बेला मैले लेख्न थालेँ : “मेरो आउने वाटो हेरी, चौतारीमा कुर्छे होली,

Kathmandu University Computer Club (KUCC) को १२ औँ साधारण सभा तथा पहिलो वर्ष का विद्यार्थीहरुको स्वागत कार्यक्रम आज नोभेम्बर १ तारिख का दिन काठमाडौँ युनिभर्सिटि को सिभि रमन अडिटोरियम मा सम्पन्न भएको छ । कार्यक्रम मा KUCC को वार्षिक काम को समिक्षा गरिएको थियो भने, आगामी वर्ष का KUCC का योजनाहरु पनि प्रस्तुत गरिएको थियो । काठमाडौँ विश्वविद्यालय का रजिस्ट्रार, प्रोफेसर डक्टर भद्रमान तुलाधर को प्रमुख आतिथ्य मा सम्पन्न कार्यक्रम मा स्कुल अफ इन्जिनियरिङ का डिन, प्रोफेसर डक्टर भोला थापा को पनि उपस्थिति थियो । कार्यक्रम को सुरुवात मा KUCC का निवर्तमान Vice President आकाश दिप शाक्य तथा क्लब का General Secretary अभिषेक सिंह ले २००८-०९ मा क्लब ले गरेका गतिविधिहरु को बारेमा जानकारी दिनुभएको थियो भने Treasurer आशरा श्रेष्ठ ले क्लब को आर्थिक विवरण पेश गर्नु भएको थियो । कार्यक्रम मा काठमाडौँ विश्वविद्यालय का रजिस्ट्रार, प्रोफेसर डक्टर भद्रमान तुलाधर ले कम्प्युटर डिपार्टमेन्ट तथा शिक्षक विद्यार्थी को हित का लागि विश्वविद्यालय ले आवश्यक पुर्वाधारहरु मा विशेष जोड दिने उल्लेख गर्दै, विश्वविद्यालय सद