Skip to main content

विरानो काठमाडौँ

आज तिनै बाटोहरु हिँड्दैछु, जुन बाटो विगत मा पनि धेरै पटक हिँडिएको थियो तर पनि आज को हिँडाइ बेग्लै लाग्यो, खै किन किन आज यही बाटो को बारेमा पनि धेरै सोच्न मन लाग्यो । हुन त यो बाटो सँग मेरो के नै सम्बन्ध छ र, तर पनि आज मलाई केही छुटेको जस्तो, केही बिराए जस्तो, खै कस्तो कस्तो लागिरहेछ । त्यही बाटो को छेउछाउ, वरिपरि हेर्दै हिँड्दा लाग्यो, काठमाडौँ विरानो भइसकेछ ।

केही महिना या भनौँ हप्ता अघि सम्म देखिएका घरहरु थिएनन्, त्यस ठाउँ मा ठूला ठूला घरहरु बन्दै रहेछन् । केही हप्ता अघि सम्म फुलेका त्रिचन्द्र छेउ का शिरिष का फूलहरु फुलेका थिएनन् । हुन त यो प्राकृतिक कुरा भयो, तर पनि मलाई काठमाडौँ विरानो लाग्यो । साँझ पर्न अझै केही घन्टा बाँकि छ अनि मेरो आँखा घरिघरि मोबाइल मा पुगिरहन्छ । मैले ट्विटर मा लेखेँ, ‘एट काठमाडौँ’ ।

बागबजार माथि को पुल, धेरै नै व्यस्त छ, अनि पुलमुनि त्यत्तिकै भिडभाड छ । ट्राफिक घोडा मा चढेर जाम खुलाउने प्रयास गर्दैछन् । म नियाल्दै छु, त्यो सडक, त्यो घन्टाघर, रानीपोखरी अनि शिरिष का फूल का बोटहरु । थाहा छैन, के सोच्दैछु तर पनि मेरो मन मा आशा को सञ्चार भइरहेको छ । बाटो हिँड्नेहरु हिँडिरहेछन्, वास्ता कस्ले पो कस्को गर्छ र ? संसार स्वार्थी छ अनि यसै मा म छु, तिमी छौ, उनीहरु छन्, तपाइहरु हुनुहुन्छ, हामी सबै छौँ, मात्र सबै का बाहाना फरक छन्, सोचाइ फरक छन् ।

एकसमय थियो, म काठमाडौँ को गल्ली गल्ली एक्लै हिँड्ने गर्थेँ, त्यसमध्ये पनि सबैभन्दा बढि पुतलिसडक, बागबजार ओहोर दोहोर गरेको छु । तर आज तिनै बाटोहरु हिँड्न मलाई दिक्क लागिरहेको छ, थाहा छैन किन यस्तो लागेको हो तर विनाकाम, विनाअर्थ को घुमाइ भएर यस्तो लागेको होला । तर साँच्चि यति नरमाइलो, अनि यति दिक्दार लागेको थिएन ।

यस्तो समय नि थियो, जब काठमाडौँ जाने भने पछि, म भन्दा पहिले मन उडेर पुग्थ्यो, धेरै योजनाहरु बुन्थ्यो, साँच्चै एउटा रमाइलो बाहाना हुन्थ्यो काठमाडौँ जान को लागि । तर अफसोच अब म सँग कुनै बाहानाहरु छैनन्, कुनै काम छैन, कसैलाई भेट्नु छैन र पो म निरुद्देश्य हानिन्छु काठमाडौँ २८ किलो बाट बस चढेर । एकसमय म रहर ले बाहान बनाइ बनाइ काठमाडौँ हानिन्थे तर अहिले कर र बाध्यता ले मन नलागि नलागि काठमाडौँ हानिनुपर्छ । एक पटक २-३ महिना मा काठमाडौँ जाने म, हप्ता को २ पटक पनि धेरै पटक काठमाडौँ पुगेँ तर अहिले फेरी यो मान्छेहरु को भिड देखेर, त्यो धुवाँ, धुलो देखेर, मान्छे का व्यवहार देखेर काठामाडौँ जान मन लाग्दैन । मेरो लागि काठमाडौँ विरानो हुँदैछ ।
म बिस्तारै सिक्दै छु, कसले कसरी प्रयोग गर्छ, कसरी बिर्सिन्छ, अनि कसले कति महत्व दिन्छ, यो काठमाडौँ मा ।
यो स्वार्थीहरु को भिड मा मैले निस्वार्थीहरु खोज्नु मेरो मुर्खता मात्रै हो, किनकी म पनि स्वार्थीहरु भित्रै पर्छु तर त्यति फरक हुन्छ, कुन कुरा को लागि स्वार्थी बनिएको छ । हो म स्वार्थी छु, किनकी म एकैछिन हाँस्न चाहन्छु, अरु को साहारा लिएर तर हिजो आज एउटा प्रख्यात भनाइ मेरो दिमाग मा बारम्बार ठोकिन्छ, ‘To be happy we must not be too concerned with others.’ अर्थात आफू खुशी हुन को लागि अरु को धेरै वास्ता गर्नुहुँदैन रे । म बिस्तारै सिक्दै छु, कसले कसरी प्रयोग गर्छ, कसरी बिर्सिन्छ, अनि कसले कति महत्व दिन्छ, यो काठमाडौँ मा । सबै का आ-आफ्नै समस्या हुन्छन् अनि सबैका लागि आफ्ना कुरा विकराल हुन्छन् तर पनि कहिलेकाँहि हाँस्न मन लाग्छ मन खोलेर उनीहरुलाई देखेर ।

यस्तै यस्तै सोच्दै पुरानो बसपार्क मा ओर्लिँए । काम केही थिएन, कुनै मिसन थिएन अत: म सँग त्यो बागबजार हुँदै पुतलीसडक पुग्नु बाहेक केही विकल्प थिएन । तर बागबजार पुगेपछि मलाई धुलिखेल नै फर्कन मन लाग्यो, कारण यो भिड मा मेरो तिल जति पनि महत्व छैन भन्ने मैले बुझ्दैथिएँ । अनि फेरी गाडि चढेँ धुलिखेल नै फर्कन को लागि तर पनि फेरी ओर्लिएँ वानेश्वर मा, वानेश्वर को भिड छिचोल्न मन लाग्यो ।



‘हरे कृष्ण, हरे राम’ भन्दै ३-४ जना सेता कपडा अनि चन्दनधारीहरु भजन गाउँदै थिए, धार्मिक किताबहरु बेच्ने जुक्ति लाउँदैथिए फुटपाथ मा मान्छेहरु को भिड बटुलेर । म पनि त्यही भिड मा मिसिएँ एकछिन । घडि हेरेँ ५ बज्दैछ, खै कता कता मनमा नजानिँदो आशा को सञ्चार हुँदैछ, तर मैले बिर्सेछु, काठमाडौँ अर्कै भइसकेको छ, विरानो भइसकेको छ । हो नि अन्तराष्ट्रिय सम्मेलन केन्द्र संविधान सभा भवन भइसकेको छ अनि निर्वाचन आयोग उपराष्ट्रपति को कार्यकक्ष बनिसकेको छ । अत: यसरी नै अर्थ लगाउँदै जाँदा थाहा पाएँ, काठमाडौँ विरानो भइसकेछ । एउटा को रिस अर्को माथि पोख्ने थलो भएको छ । उदाहरण आफ्नै अगाडि छ नि, एउटा ले बिगो गर्छ, सारा जनता ले टायर को धुँवा झेल्नुपर्छ ।
बितेका पुरानाकुराहरु बिर्सेर अगाडि बढ्नुपर्छ रे, नराम्रा कुराहरु सम्झने मेरो बानी नभएपनि ती रमाइला अनि राम्रा कुराहरु मैले बिर्सन सकेको छैन, काठमाडौँ को ।
बितेका पुरानाकुराहरु बिर्सेर अगाडि बढ्नुपर्छ रे, नराम्रा कुराहरु सम्झने मेरो बानी नभएपनि ती रमाइला अनि राम्रा कुराहरु मैले बिर्सन सकेको छैन, काठमाडौँ को । हुन त केही महिना नै भइसक्यो काठमाडौँ विरानो भएको, यो काठमाडौँ यस्तो सहर रहेछ जहाँ संवेदना प्राय: सुन्य नै हुँदोरहेछ । हो काठमाडौँ संवेदनाहिन भएको छ, अस्ति कै दिन पनि चाबेल मा स्वयम्भु यातायात ले ३ जना ठहरै पार्‍यो ।

भक्तपुर देखि तिनकुने सम्म को धुलो खाँदै, काठमाडौँ को दर्शन गर्ने रहर ले मात्रै पनि म काठमाडौँ आउँथे, याद ताजा गर्न को लागि तर अब आउने छैन, बाध्यता नपरि । मन मा कुनै आश राख्ने छैन, किनकी काठमाडौँ ले मेरो आशलाई सँधै निराश बनाउँछ । साँच्चै, विरानो भयो काठमाडौँ मेरा लागि ।

शुक्रबार, कात्तिक २०, २०६६
काठमाडौँ ।

Comments

  1. बितेका पुरानाकुराहरु बिर्सेर अगाडि बढ्नुपर्छ रे,

    nice sayin aakar G

    ReplyDelete
  2. रत्नपार्क, वानेश्वर, पुतलीसडक अनि अरू बिभिन्न ठाउँहरूको भीडभाँडले म पनि निसास्सिने गर्छु । साँच्चै आकारजी,यो मान्छेको कोलाहाल अनि भीडमा कसलाई कसको पो मतलब हुन्छ होला र है ? बिरक्त लाग्छ मलाई पनि । तर तपाईँलेनै भनेजस्तो, पुरानो कुरा विर्सेरै अघि बढ्दा जितिने रहेछ । समय सधैँ कहाँ एकनासको भइरहदोँ रहेछ र!!

    ReplyDelete
  3. आकार जी, बाँच्न नसकिने भयो अब नेपालमा । कसैलाई कसैको चिन्ता छैन् । अर्कालाई पछारेर, लडाएर र हराएर खान पल्केकाहरुलाई के वास्ता यस्तो कुराहरुको । जनताहरुले निरन्तर दुःख पाइरहेका छन् ।

    काठमाण्डौंको भिडभाड, अस्तव्यस्ताको नजिकबाट मूल्याकंन गर्न पाएको छुइन । एक त विद्यार्थी जीवन, कहिल्यै छुट्टी नमिल्ने पेशाले गर्दा म त कुजिँएको एकैठाउँमा । पत्याउनु हुन्न होला अहिलेसम्म म काठमाण्डौं गाकै छैन् । यहाँको पढाई सकेर काठमाण्डौंतिरै बसाई सरौं भन्ने ठानेको थिए । आशै मारो यो तपाईको पोष्टले ।

    तपाईका आत्मालोचना हामीमाझ बाँड्नुभएकोमा धन्यावाद दिन चाहन्छु है ।

    ReplyDelete
  4. साच्चै आकारजी ले भन्नु भए जस्तै काठमाडौँ बिरानो भै सकेको छ | यहाँ कसैले कसैको वास्ता गर्दैनन | कसरि कमाउने भन्ने मात्र सोच छ सबैको | मोज मस्तीको बाटोहरु टन्न छन् यहाँ तर कमाइको बाटोहरु कम छन् , प्राय सबै मान्छेमा एक किसिमको बितृष्णा छ | निसास्सिएका छन् सबै यो काठमाडौँको भिड भाडमा,कोहि शान्त छैन, सबै असान्त, कहिले कहिँ त लाग्छ मलाई यो काठमाडौँ छाडेर अन्त टाढै जाउ, कसैले नदेख्ने ठाउमा जाउ, अनि त्यहि बसु, तर बाध्यता, सबै सोचेको जस्तै कहाँ हुन्छ र | मलाई पनि बिरक्त लाग्छ यो परिबर्तित काठमाडौँ देखेर |

    ReplyDelete
  5. म बिस्तारै सिक्दै छु, कसले कसरी प्रयोग गर्छ, कसरी बिर्सिन्छ, अनि कसले कति महत्व दिन्छ, यो काठमाडौँ मा ।
    आकार जी तपाईंले यहाँ काठमाडौँ को प्रसँग उठाउनुभयो तर यो वास्तवमै सवै तिर लागु हुन्छ जस्तो लाग्छ जुन मेरो अनुभबले बताइरहेछ.. सुन्दर लेखको लागि धन्यवाद तपाईंलाई !

    ReplyDelete
  6. साच्चै आकारजी ले भन्नु भए जस्तै काठमाडौँ बिरानो भै सकेको छ | यहाँ कसैले कसैको वास्ता गर्दैनन | कसरि कमाउने भन्ने मात्र सोच छ सबैको | मोज मस्तीको बाटोहरु टन्न छन् यहाँ तर कमाइको बाटोहरु कम छन् , प्राय सबै मान्छेमा एक किसिमको बितृष्णा छ | निसास्सिएका छन् सबै यो काठमाडौँको भिड भाडमा,कोहि शान्त छैन, सबै असान्त, कहिले कहिँ त लाग्छ मलाई यो काठमाडौँ छाडेर अन्त टाढै जाउ, कसैले नदेख्ने ठाउमा जाउ, अनि त्यहि बसु, तर बाध्यता, सबै सोचेको जस्तै कहाँ हुन्छ र | मलाई पनि बिरक्त लाग्छ यो परिबर्तित काठमाडौँ देखेर |

    ReplyDelete
  7. आकार जी, बाँच्न नसकिने भयो अब नेपालमा । कसैलाई कसैको चिन्ता छैन् । अर्कालाई पछारेर, लडाएर र हराएर खान पल्केकाहरुलाई के वास्ता यस्तो कुराहरुको । जनताहरुले निरन्तर दुःख पाइरहेका छन् ।

    काठमाण्डौंको भिडभाड, अस्तव्यस्ताको नजिकबाट मूल्याकंन गर्न पाएको छुइन । एक त विद्यार्थी जीवन, कहिल्यै छुट्टी नमिल्ने पेशाले गर्दा म त कुजिँएको एकैठाउँमा । पत्याउनु हुन्न होला अहिलेसम्म म काठमाण्डौं गाकै छैन् । यहाँको पढाई सकेर काठमाण्डौंतिरै बसाई सरौं भन्ने ठानेको थिए । आशै मारो यो तपाईको पोष्टले ।

    तपाईका आत्मालोचना हामीमाझ बाँड्नुभएकोमा धन्यावाद दिन चाहन्छु है ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free.

Install Nepali Unicode Romanized in Windows XP:
Install:
Run setup file;
Go to control Panel;
Open Language and Regional settings;
Open Regional Language Options;
Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages):
Click apply-it might ask for windows CD:
Insert CD or you can directly copy "i386" files too;
And install all: then you have done;
Click for details;
Then click add a tab;
A new popup will appear:
Select "Sanskrit" in the first box;
Select "Nepali unicode (romanized)" in second box;
Click "ok";
You have successfully installed it;
Press "alt+shif…

हाम्रो नेपाली किबोर्ड अब आइफोनमा

बहुप्रतिक्षित हाम्रो नेपाली किबोर्ड अब आइफोन/आइप्याडमा उपलब्ध भएको छ । हाम्रो पात्रो तथा एन्ड्रोइडका लागि हाम्रो नेपाली किबोर्डको सफलता पछि, हाम्रो पात्रो टिमले आइफोनको लागि यो नयाँ किबोर्ड सार्वजनिक गरेको हो ।


एन्ड्रोइड नेपाली किबोर्डमा झैँ यस किबोर्डमा पनि हामीले प्रयोग गर्दै आएको नेपाली रोमनाइज्ड किबोर्ड, नेपाली ट्रेडिसनल (बकमन) आदि लेआउटहरु समावेश गरिएकोछ । एपस्टोरबाट किबोर्ड डाउनलोड गरेर आइफोनको सेटिङमा यो नयाँ किबोर्ड 'एड' गरेपछि, जुनसुकै एपमा सरर नेपाली टाइप गर्न सकिन्छ । हाम्रो पात्रो किबोर्डमा नेपालीमा 'अटो सजेसन'हरु देखाउने हुँदा, टाइपिङ छिटो हुन्छ ।


आइफोन / आइप्याडको लागि हाम्रो किबोर्ड एप डाउनलोड गर्नुहोस्

एन्ड्रोइडका लागि हाम्रो नेपाली किबोर्डको नयाँ भर्सन उपलब्ध

ट्विटरमा हाम्रो किबोर्डको नयाँ भर्सन आयो भन्ने ट्विट देखेपछि, प्लेस्टोरबाट अपडेट गरेर यो ब्लग हाम्रो किबोर्डको परिक्षण गर्न सिधै ट्याबलेटबाट लेख्दैछु।

हाम्रो किबोर्ड प्रयोग गरेर छिटोछिटो लेख्ने कसरत गर्दैछु। हेरौँ कत्तिको छिटो लेखिन्छ कत्तिको गल्ति हुन्छ। पहिले मोबाइल/ट्याबलेटमा यो किबोर्ड प्रयोग गरेर लामा लामा लेख लेख्न झन्झटिलो थियो तर माथिका यी ३ लाइन लेख्दा कहिँकुनै ठाउँमा गल्ति भएन, ल्याग भएन। भनेको कुरा मज्जाले लेख्न सकियो। पहिलेको भन्दा छिटो टाइप पनि गर्न सकेँ।
२-३ महिना पहिले मैले ट्याबलेटबाटै ब्लग लेख्ने विचार गरेको थिँए। लेखेँ पनि तर दुई प्याराग्राफ टाइप गर्न पनि लगभग १ घन्टा जति लागेको थियो। तर यो  नयाँ अपडेटेड किबोर्ड प्रयोग गरिरहँदा अचम्ममा परेकोछु। "कि" एकपटक थिचिसकेपछि फेरि दोहोर्याएर हेर्नू नपर्ने भएको छ।
मदनपुरस्कार पुस्तकालयले बनाएको रोमनाइज्ड युनिकोड मैले २००७ देखि नै प्रयोग गर्न थालेको हुँ, त्यसबेला रोमनाइज्ड किबोर्डबारे ब्लग लेख्दा एमपिपिको साइटबाट करिब २०० पटक उक्त किबोर्ड डाउनलोड भएकोथियो, अहिले पनि आकारपोष्ट्मा त्यही किबोर्ड बारेको ब्लग सबैभन्दा धेर…

Download FIFA World Cup 2010 Theme Song

Wavin' Flag by K'naan is a FIFA World Cup 2010 theme song. “Wavin’ Flag” is the third official single (eighth overall) by Somali-Canadian musician K’naan from his album Troubadour. The song was once performed acoustically live on Q TV by K’naan and his band to give viewers a preview of Troubadour before it was released. FIFA Word Cup 2010 is going to start from11 June in South Africa.Download FIFA World Cup 2010 Official Theme Song Wavin' Flag by K'naan.Lyrics of FIFA World Cup 2010 Official Theme Song:Song Title: Wavin Flag
By K'Naan y David BisbalOooooo Woooooo...Oooooo Woooooo...Give me freedom, give me fire
Give me reason, take me higher
See the champions take the field now
You define us make us feel proudIn the streets are, as a lifting
As we lose our inhibition
Celebration is surround us
Every nation all around usSinging forever young
Singing songs underneath the sun
Let's rejoice in the beautiful game
And together at the end of the dayW…

Aadha Baato (आधा बाटो) [Download] #Novel #Shrutisambeg

श्रुतिसंवेग मा हामी ले कृष्ण धरावासी को उपन्यास “आधा बाटो” को सम्पूर्ण डाउनलोड लिंक लिएर आएका छौ |आफ्ना जिवन भोगाइ का यथार्थलाई जोडेर तयार पारिएको उपन्यास ‘आधा बाटो’ कृष्ण धरावासी को आत्मकथा को रुपमा रहेको छ ।“राधा” जस्तो सफल उपन्यास लेखिसकेका धरावासी को यो पछिल्लो उपन्यास मा आफ्ना बाल्यकाल देखि हाल को अवस्था सम्म को कुराहरु समेटेर लेखिएको कारण उपन्यासलाई धरावासी ले ‘आधा बाटो’ भन्न रुचाएका छन् ।आफूले देखे सुनेको स्थान, नाम आदि का कारण यो उपन्यास पढ्ने तथा सुन्नेहरुलाई आफ्नै कथा जस्तो पनि लाग्न सक्छ ।उज्यालो ९० नेटवर्क को लागि निर्माण गरिएको कार्यक्रम श्रुति संवेग मा वाचन मा अच्युत घिमिरे हुनुहुन्छ भने प्रविधी मा दिनेश निरौला र शशिन्द्र गौतम रहनुभएको छ ।कार्यक्रम को अडियो श्रृंखला उज्यालो नाइन्टि नेटवर्क को कार्यक्रम श्रुतिसम्बेग बाट लिइएको हो ।Download : Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –1Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –2Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –3Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –4Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –5Krishna Dharabasi’s…

एक रातको कथा

भोलिपल्ट घर फर्कने रात थियो । सम्पूर्ण सामानहरु प्याक गरिसकेपनि केहि छुटेछकी भनि सोच्न बसेको थिएँ । कतैबाट तिरिरि बाँसुरीको धुन सुन्दा मनै आनन्दित भयो । "ए, निदाइस क्या हो ? फोन बजिरहेछ", रुममेटले चिच्यायो । कल रिसिभ गरेँ, निद्राकै झोकँमा, "हेलो, सुनन आज म नेपाल बाहिर जाँदैछु, यस अघि पनि कल गर्न पाइन । म विस्तारमा पछि कल गरौँला", एउटा हतारिएको खवर सुने । "ए ....., शुभयात्रा है", भने तर म अझै पनि निद्रामै थिए । वास्तवमा उनिलाई मैंले ठम्याउनै सकिन, सायद निद्रामा भएरै होला, न त नाम नै सोध्न भ्याँए आफ्ना सबै परिचित व्यक्तिहरुलाई याद गर्दा पनि त्यो आवाज ठम्याउन सकिन । अब मात्र मैले प्रतिक्षा गर्नुपर्नेछ, उनको दोस्रो कलको ।

अर्को विहानै आफ्नो वाटो लागिसकेको थिएँ । यात्राका दौरानमा मेरो मन सधैं मेरो जन्मथलो पुगिरहेको हुन्थ्यो । जुन माटोमा म जन्मे, जहाँ हुर्केँ, मेरो वात्सल्य , बालसखा सबै झल्झल्ती याद आउन थाले । मलाई घर छिटो पुग्नु छ, किनभने मेरो प्रतिक्षामा कसैले धेरै महिना विताएको छ । त्यही बेला मैले लेख्न थालेँ :
“मेरो आउने वाटो हेरी, चौतारीमा कुर्छे होली,
मेरो…

Subscribe to Aakar Post