Skip to main content

Posts

तपाई के सोच्दैहुनुहुन्छ ? कुन पुराना कुराहरु सोच्दैहुनहुन्छ ? कुन पल को स्मरण गर्दै हुनहुन्छ ? तपाई त्यो कुरा को मात्र जवाफ दिनसक्नुहुन्छ, जुन कुरा तपाई को दिमाग मा आइरहेको छ, सोचिरहनु भएको छ तर अब यस्तो प्रविधि आइसकेको छ, तपाईले सोचिरहेका कुराहरु pattern-detection software को माध्यमबाट अरुहरु ले पनि थाहा पाउन सक्छन् । केही हिन्दि अनि अंग्रेजी मुभिहरुमा यस्ता कुराहरु देख्दा, वाहियात लाग्ने गर्थ्यो, अझ भनौँ न, नचाहिने कुरा देखाउँछ भने जस्तो लाग्थ्यो । तर अब वास्तविकता मै कसले के सोचिरहेको छ, कुन पल को कल्पना गरिरहेको छ, आदिजस्ता कुराहरु थाहा पाइने भएको छ । हुन त केही वर्ष पहिले नै, फोटोहरुको भिडमा तपाई कुन फोटो हेर्दैहुनुहुन्छ भन्ने कुरा पत्ता लगाउन वैज्ञानिकहरु सफल भइसकेकाछन् । तर अहिले त झन्, सोचेको कुरा नै पत्ता लगाउने प्रविधि विकास भइसकेको छ । भर्खरै का पछिल्ला अनुसन्धान अनुसार, अनुसन्धानकर्ताहरुले कुन व्यक्ति ले के सोचिरहेको छ भन्ने कुरा चित्र का माध्यमबाटै देखाउन सक्ने भएकाछन् । गतहप्‍ता Chicago मा भएको Society for Neuroscience को मिटिङ मा University of California का "n

Listen to Shirish Ko Phool Episode: 4. उज्यालो ९० नेटवर्क बाट प्रसारण हुने कार्यक्रम श्रुतीसम्बेग विगत केही हप्ता देखि ब्लग बाट पनि बज्दै आएको छ । श्रुतीसम्बेग को यो अंकमा पारिजात को बहुचर्चित उपन्यास 'शिरिष को फूल' को चौथो तथा अन्तिम अंक लिएर उपस्थित भएका छौँ । आज को वाचन सँगै, 'शिरिष को फूल' को वाचन सकिन्छ । सदा झैँ, श्रुतिसम्बेग को वाचन अच्युत घिमिरे ले गर्दै हुनुहुन्छ । मन्टेश्वरी राजभण्डारी ले सुत्रधार गर्नुभएको कार्यक्रमलाई प्रविधि मा दिनेश निरौला र सचिन्द्र गौतम ले साथ दिइरहनुभएको छ । अडियो उपलब्ध गराउने श्रुति सम्बेग समूहलाई हार्दिक धन्यवाद ! विष्णु कुमारी वाइवा अर्थात पारिजात को उपन्यास 'शिरिष को फूल' को वाचन यहाँहरुलाई कस्तो लाग्यो, प्रतिक्रिया को आशा मा रहेका छौँ । आगामी हप्ता हामी श्रुती सम्बेग मा 'शंकर लामिछाने' ले 'शिरिष को फूल' को लागि लेख्नुभएको भुमिका तथा पारिजात कै अर्को कथा 'मैले नजन्माएको छोरो' लिएर उपस्थित हुनेछौँ ।

फेसबुक आफैँमा व्यापक सञ्जाल । हामी फेसबुक विना त अधुरो नै हुन्छौँ जस्तो लाग्छ हिजोआज । तर यसो सोच्नुहोस् त हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ होला ? फेसबुक का सुरक्षा प्रमुख म्याक्स केली ले २६ अक्टोबर २००९ मा ब्लग मार्फत मृत्यु भएका व्यक्तिहरु को फेसबुक को प्रोफाइललाई सर्च को नतिजा मा नदेखाइने जनाएकाछन् । फेसबुक प्रयोगकर्ता को मृत्यु पछि, उक्त व्यक्ति को प्रोफाइललाई सिल गरिने अनि सर्च को नतिजामा नदेखाउने बताएकाछन् । तर मृत्यु भएको व्यक्ति प्रति सम्मान का शब्द लेख्न या आफ्नो श्रद्धा व्यक्त गर्न उक्त व्यक्ति को प्रोफाइल को वाल भने, आफ्ना आफन्त अनि साथिहरु को लागि सँधै खुल्ला राखिने जनाइएको छ । अक्टोबर २३ मा फेसबुक नयाँ डिजाइनमा आएपछि, फेसबुक ले यस्तो कुरा सार्वजनिक गरेको हो । फेसबुक प्रयोगकर्ताहरु ले फेसबुक को नयाँ ‘सजेसन’ र ‘रिकनेक्ट’ भन्ने सुविधा का कारण समस्या सिर्जना भएको बताउँदै, ब्लग र ट्विटर मा आफ्ना गुनासाहरु लेखेपछि फेसबुक ले, यो नयाँ निति अगाडि ल्याएको हो । फेसबुक ले मृत्यु भइसकेका व्यक्तिहरु को प्रोफाइल देखाउँदै साथि बनाउन ‘सजेसन’ दिन थालेपछि, समस्या सिर्जना भए

Sundial Clock या भनौँ सौर्य घडि लाई विश्व को सबैभन्दा पुरानो घडि प्रविधि मानिन्छ । नेपाल मा पनि, काठमाडौँ घन्टाघर सँगै, छेउ मा सौर्य घडि रहेको छ । सौर्य घडि भएर पनि, अहिले कुनै उपयोग मा भने आएको छैन । एउटा भुलेको इतिहास झैँ भएर, त्रिचन्द्र कलेज को छेउ मा झोक्राएर बसिराको भान पर्छ । झार र घाँसहरु ले छोपिएको, अनि भएको घडि को पनि संरक्षण नगरिएको देख्दा दिक्क लागेर आउँछ । 'अजबगजब ब्लग' का नविन सर ले मैले घन्टाघर को फोटोहरु राखेको बेला भन्नु भएको थियो, त्याँ Sundial Clock छ । अनि म दोहोरिएर गएको थिँए खोज्न, Sundial Clock लाई । तर यस्को अवस्था देख्दा चाँहि विरक्त नै लाग्यो । लाग्यो, हामी केही कुरा पनि जोगाएर राख्न सक्दैनौँ । Sundial Clock को अवस्था मैले भन्नु भन्दा पनि, तल को फोटो मा हेरेर बुझ्नु होला है । खासमा, Sundial Clock मा समय कसरी हेरिन्छ भनेर कौतुहलता होला, तल को फोटोलाई नियालेर हेर्नुस् त्यहाँ विभिन्न कोणहरु मा धर्काहरु बनाइएका छन्, रोमन मा १ देखि १२ लेखिएका छन् । अनि समय हेर्नलाई चाँहि सूर्यलाई आधार बनाइन्छ । सूर्य जता छ, त्यस्कै आधारमा घडि हेर्दै यति बज्यो भनेर भन्न

Listen to Shirish Ko Phool Episode: 3. उज्यालो ९० नेटवर्क बाट प्रसारण हुने कार्यक्रम श्रुतीसम्बेग विगत केही हप्ता देखि ब्लग बाट पनि बज्दै आएको छ । श्रुतीसम्बेग को यो अंकमा पारिजात को बहुचर्चित उपन्यास 'शिरिष को फूल' को तेस्रो अंक लिएर उपस्थित भएका छौँ । सकम्बरी सँग को एकतर्फी प्रेमले भित्र भित्रै खोक्रो भएको सुयोगविर ले के गर्लान् त ? आज को शिरिष को फूल को अंक यही कुरा को वर्णन सँगै अघि बढ्दै गएको छ । अत: सुन्नुहोस्, श्रुती सम्बेग को यो अंकमा पारिजात को शिरिष को फूल । सदा झैँ, श्रुतिसम्बेग को वाचन अच्युत घिमिरे ले गर्दै हुनुहुन्छ, भने प्रविधि मा दिनेश निरौला र सचिन्द्र गौतम हुनुहुन्छ । मन्टेश्वरी राजभण्डारी ले सुत्रधार को काम गर्नुभएको छ । अडियो उपलब्ध गराउने श्रुति सम्बेग समूहलाई हार्दिक धन्यवाद ! विष्णु कुमारी वाइवा अर्थात पारिजात को उपन्यास 'शिरिष को फूल' को वाचन यहाँहरुलाई कस्तो लाग्यो, प्रतिक्रिया को आशा मा रहेका छौँ ।

सायद तपाईहरु मोनालिसा को मुस्कान देखेर छक्क पर्नुभएको होला । अहिले सम्म कै अद्वितिय मानिएको मोनालिसा को फोटो नदेख्ने सायद कमै होलान् । सायद तपाईहरुले नियालेर हेर्नुभएको याद गर्नु भएको होला, एकैछिन हाँसिरहेको लाग्ने मोनालिसा अर्को पटक सिरियस भएको देख्नुहुनेछ । एउटै फोटो हेर्दा पनि हामी किन यतिसारो झुक्कीरहेका छौँ । कहिले मोनालिसा हाँसेको भान पर्छ भने, कहिले गम्भिर भएको भान हामीलाई पर्छ । यस्तो किन लागेको होला त ? भै’गो धेरै नसोच्नुहोस्, मोनालिसा को तस्विर को रहस्य खुलिसकेको छ । हाम्रो आँखाहरु ले मष्तिष्कलाई पठाउने मिश्रित संकेत का कारण हामीलाई मोनालिसा कहिले हाँसेको त कहिले गम्भिर लागेको भ्रम पर्छ । हाम्रो आँखा को रेटिनामा हुने विभिन्न कोषहरुव्दारा भिन्न भिन्न समूहका सुचना ‘च्यानल’ को रुपमा मष्तिष्क मा एकैसाथ प्रवाह गर्नेगर्दछ । ती च्यानलहरु ले object's size, clarity, brightness and location in the visual field बारे का सुचनाहरु एकैसाथ प्रवाह गर्छ । Diego Alonso Pablos सँग मिलेर यसकुरा को अध्ययन गरिरहेका Institute of Neuroscience in Alicante, Spain का न्युरोविशेषज्ञ Luis Martinez

बन्द छ हृदय शिथिल छ शरीर श्वास फेरिदिने कोशिश नगर संसार भुलिदिएछु तिमीलाई चाहन खोज्दा आफूलाई बिर्सिदिएछु तिमीलाई खोज्न चाहदा सपना मै छ संसार अन्धकार मै छ तिम्रो अस्तित्व ब्युँझाईदिने कोशिश नगर यसमा दोष तिम्रो हैन मेरो नै छ अञ्जान समबेगलाई परिभाषा दिने जुन प्रयास मैले गरें बान्छना त कुन हृदयमा पलाउदैन होला तिम्रो अस्तित्वलाई अँगाल्ने जुन भुल मैले गरें लज्जित छ अभिलाषा दोषी छ हृदय माफि दिने कोशिश नगर लाग्थ्यो आँखाको अभिन्न अंश हो तिम्रो स्वरूप तिम्रो सुन्दरताको ओजस्बिले बन्थें म कुरुप रसाईसकेछन नयन बगिसकेछ त्यो आकृति आँखा खोलिदिने कोशिश नगर चिसो आगो र निराश आशा छ मनमा भाग्यलाई दोषी देख्ने सामर्थ्य छैन दु:खी राख्ने चोट र अनन्त तिमी बोकी बाँचिराख्ने जीवन देख्ने ईक्षा छैन पार्थिब छ शरीर आगो छ तिम्रा चाहनाको समबेदना दिने कोशिश नगर । -अनिल शिवाकोटी कुपन्डोल ।

Listen to Shirish Ko Phool Episode: 2. उज्यालो ९० नेटवर्क बाट प्रसारण हुने कार्यक्रम श्रुतीसम्बेग आज देखि ब्लग बाट पनि बजाउँदै छौँ । श्रुतीसम्बेग को पहिलो अंकमा पारिजात को बहुचर्चित उपन्यास 'शिरिष को फूल' लिएर उपस्थित भएका छौँ । आज को अंकमा पारिजात को उपन्यास शिरिष को फूल को दोश्रो अंक लिएर उपस्थित भएका छौँ । शिरिष को फूल को कथानक मैले भन्दा सुन्नलाई खल्लो लाग्ला । अत: सुन्नुहोस्, श्रुती सम्बेग को पहिलो अंकमा पारिजात को शिरिष को फूल । सदा झैँ, श्रुतिसम्बेग को वाचन अच्युत घिमिरे ले गर्दै हुनुहुन्छ, भने प्रविधि मा दिनेश निरौला र सचिन्द्र गौतम हुनुहुन्छ । मन्टेश्वरी राजभण्डारी ले सुत्रधार को काम गर्नुभएको छ । अडियो उपलब्ध गराउने श्रुति सम्बेग समूहलाई हार्दिक धन्यवाद ! विष्णु कुमारी वाइवा अर्थात पारिजात को उपन्यास 'शिरिष को फूल' को वाचन यहाँहरुलाई कस्तो लाग्यो, प्रतिक्रिया को आशा मा रहेका छौँ ।

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

हाम्रो एउटा सपना छ, शान्त सडक, मुख्य सडकका दुइतिर फराकिला साइकलमार्ग अनि सिमित सवारीसाधन मात्र । काठमाडौंको स्वच्छ वातावरणमा साइकल यात्रीहरु आ-आफ्ना गन्तव्यतफ गुडिरहेका छन् । स्कूलतर्फ होस या कार्यालयतर्फ, विहान बेलुका, अनि पर्यटक हुन वा यात्रु निर्धक्कसाथ साइकल सयर गर्दै । जलवायु परिवर्तनको प्रसग संगै जोडिन आउछँ पृथ्वीको तापमान वृद्धि, हरितगृह प्रभाव अनि ओजनतहको विनाश । १९९७ को क्योटो प्रोटोकल (Kyoto Protocal) ले वातावरणलाइ प्रत्यक्ष असर पार्ने ग्रिन हाउस ग्यास (Green House Gases) GHG को मात्रालाइ सुन्तुलन राख्न मपदण्ड वनाइसकेको छ । प्रमुखत : GHG विकास निर्माणका कार्यहरु तथा यातायातका साधनवाट निस्कने गर्दछ । नेपालजस्तो देशमा विकास निर्माणका कार्यहरुले प्राथमिकता पाउनुपर्ने अवस्थामा तपाइ हामीमा एउटा जिम्मेवारी आउँछ कार्बन फुट प्रिन्ट (Carbon Foot Print) को न्यूनिकरण । अहिले Carbon Foot Print को न्यूनिकरण अन्तराष्टिय बहस वनेको अवस्थामा, नेपालमा पनि थुपै गोष्ठी, सम्मेलन भइरहेका छन् , तर ति कती सफल भए भन्ने कुरा विश्लेषण गर्नु आवश्यक छ । यही समस्याको समाधानको बाटो खोज्दा एउटा प्रसंग उठ्यो