
Listen to Shirish Ko Phool ko Bhumika & Story Maile Najanmayeko Chhoro.
उज्यालो ९० नेटवर्क बाट प्रसारण हुने कार्यक्रम श्रुतीसम्बेग विगत केही हप्ता देखि ब्लग बाट पनि बज्दै आएको छ ।
हामी ले श्रुतीसम्वेग विगत का ४ श्रृंखला मा पारिजात को बहुचर्चित उपन्यास 'शिरिष को फूल' वाचन गर्यौँ । आज को वाचन मा भनेपहिलो खण्डमा 'शिरिष को फूल' को भुमिका अनि दोस्रो खण्डमा पारिजात कै बहुचर्चित कथा 'मैले नजन्माएको छोरो' लिएर उपस्थित भएका छौँ ।
सदा झैँ वाचन मा अच्युत घिमिरे तथा प्रविधि मा दिनेश निरौला र सचिन्द्र गौतम हुनुहुन्छ । स्मरणिय रहोस्, श्रुतीसम्बेग उज्यालो ९० नेटवर्क बाट हरेक मंगलबार र शुक्रबार राती ९:१५ बजे प्रसारण हुँदै आएको छ ।
हुन त 'शिरिष को फूल' को बुझाइ सबैको आ-आफ्नै होला, कोही के भन्छन् त कोही के भन्छन् । कोही त भन्छन् शंकर लामिछाने को भूमिका ले नै 'शिरिष को फूल' यति धेरै चर्चित भएको हो । तर जसले जे भनुन्, 'शिरिष को फूल' आफैँ मा उत्कृष्ट छ ।
विष्णु कुमारी वाइवा अर्थात पारिजात को उपन्यास 'शिरिष को फूल' को वाचन यहाँहरुलाई कस्तो लाग्यो, प्रतिक्रिया को आशा मा रहेका छौँ । आगामी हप्ता 'शिरिष को फूल' को रिभ्यु सहित सम्पूर्ण डाउनलोड लिंक लिएर उपस्थित हुनेछौँ ।