Skip to main content

Posts

के तपाईहरुलाई थाहा छ, एनटिसि, स्पाइस र युटिएल का रिचार्ज कार्डहरुका कारण ठूलो संङ्ख्यामा उपभोक्ता ठगिएकाछन् भने व्यापारीहरु यसैबाट लाखौँ कुम्ल्याउँदै छन् । खासमा याद नगरिने तर प्राय: सँधै खड्किने कुरा हो, ब्यालेन्स ट्रान्सफर या नयाँ रिचार्ज कार्ड किन्दा त्यससँगै व्यापारीलाई दिनुपर्ने चार्ज । चाहे तपाई, १०, २०, ५० या १०० वा २०० कै रिचार्ज किन नगर्नुहोस्, व्यापारीहरु ले हामी बाट ५ रुपैँया बढि लिन्छन् । १० को रिचार्ज गर्नुपरे, १५ रुपैँया, अनि १०० को रिचार्ज गर्नु परेपनि १०५ रुपैँया । विचार गरौँ त, व्यापारीहरुले १०० रुपैँया कै कार्डबाट अधिकतम ५० रुपैँया सम्म कमाउन सक्ने रहेछन्, यदि त्यसबाट १० जनाले १०-१० रुपैँया को रिचार्ज गरेमा ! नेपाल टेलिकम ले ५० र १०० रुपैयाँ को रिचार्ज कार्डहरु भर्खरै निकालेको छ । अनि ती कार्डहरुमा अधिकतम खुद्रा मुल्य भनेर क्रमश ५१ रुपैँया र १०२ रुपैँया राखिएको छ, भ्याट सहित । तर ती कार्डहरु आम उपभोक्ता ले किन्दा भने क्रमश ५५ रुपैयाँ र १०५ रुपैँया पर्ने गरेको छ, अझ उस्तै ठाऊँमा परे १०० रुपैँया को कार्डलाई ११० रुपैँया नै लिनेगरिएको छ । के व्यापारीहरुले, साइबर क्याफे, प

स्कुटरको मिटर मा आज १७,००० किलोमिटर पुरा भएको छ । विगत ३ वर्षदेखि सार्वजनिक यातायात फाट्टफुट्ट २-४ पटक मात्र चढेकी छु । स्कुटर चढ्ने एउटा आदत भइसकेको छ, त्यसकारण कुनै बेला बस चढ्नुपर्‍यो या हिँड्नुपर्‍यो भने धेरै गाह्रो लाग्छ । मानिस materialistic कति हदसम्म हुन्छ भन्ने कुरा म आफैँबाट प्रष्ट हुन्छ । अमेरिका जान ठिक्क परेकी म I-20 नि आएको तर म यही स्कुटर कै लोभले अमेरिका गइन । म अझै अचम्म मा नै छु, बाबाले स्कुटर किनिदिन्छु भनेकोले मैले अमेरिका जाने विचार नै त्यागिदिँए । जब स्कुटर किनियो… म त एक किसिमले खुशीले पागल नै भएकी (आजकल त नर्मल नै लाग्छ)… साइकल चलाउन नआउने मलाई ‘स्कुटर’ त के आउँथ्यो, एक महिना जस्तो त हेरेर मात्र बिताँए… स्कुटर चलाउने कल्पना मा… आज ३ वर्ष पुरा भइसकेको छ, स्कुटर सँगको यात्रा… जब स्कुटर चलाउन नआएर घरमै थन्किएको हुन्थ्यो र म बस चढ्थेँ, तब म हरेक बस चढाईलाई अन्तिम मान्थेँ र मनमनै खुब खुशी हुन्थेँ… नभन्दै त्यस्तै भयो, बस मा यात्रा गर्न निकै कम हुँदै गयो ! स्कुटर अस्ति सर्भिसिङ को लागि दिएकी थिँए, त्यतिखेर मलाई बस चढ्नुपरेको थियो… धेरै समयपछि बस चढ्दा निकै रमाईलो लाग्य

Listen to Krishna Dharabasi's Story Jhola in RadioBachan. आज को रेडियोवाचन मा लिएर आएका छौँ, कृष्ण धारावासी को झोला कथासंग्रह बाट ‘झोला’ शिर्षक को कथा । वाचन गर्दैहुनुहुन्छ अच्युत घिमिरे भने प्रविधिमा राम श्रेष्ठ हुनुहुन्छ । २०६० मा प्रकाशित झोला कथा संग्रह मा रहेको कथा ‘झोला’ वाचन गरिँदैछ । कथा मा, कथाकार धारावासी आफैँ उपस्थित भएकाछन् । घरमा झुण्ड्याइराखेको झोला मा कुनै अपरिचित ले ल्याइएको पत्र रहेछ, लेखक त्यही पत्र पढेर यहाँ सुनाउँदैछन् । कथामा कथाकार ले आफ्नो घरको परिवेश को पनि वर्णन गर्दैछन्, श्रीमती, आमा, छोरा सबैछन् कथा मा । त्यो अपरिचितको पत्र लेखक हामीलाई सुनाउँदैछन् । त्यो पत्र मा लेखिएको छ । मेरी आमा को सानैमा बिहे भयो, मेरो बुबा सँग । बुबाको यो दोश्रो बिहे थियो, आफूभन्दा ४० वर्ष कम उमेर की केटी सँग मेरो बुबाको बिहे भएको थियो । म ११ वर्ष को थिँए । एकदिन, बुबा को मृत्यु भयो, मेरी आमा सती जानुपर्ने भयो । म उहाँ सती होइन भन्छु, बुबाले सती नजानु भनेको कुरा सबैलाई सुनाउँछु तर मेरो कुरा कसैले सुन्न चाहेनन् । सबै भन्छन्, अब यिनी सती भइसकिन् । आमा ए

सगरमाथा को उचाइ भन्ने बित्तिकै हामी भन्छौँ, ८,८४८ मिटर । बच्चै देखि कण्ठ भएकोले फरर बोलिरहेका हुन्छौँ, विश्वको सर्वोच्च शिखर सगरमाथा (Mount Everest) को उचाइ ८,८४८ मिटर । तर तपाईहरुलाई थाहा छ कि छैन, धेरैपटक हाम्रो सगरमाथा को उचाइलाई लिएर यहाँ विवाद सिर्जना भइसकेको छ । अस्ति केही दिन अघि को अन्नपूर्ण पोष्ट ले सगरमाथा को उचाइलाई लिएर ‘नेपाली र चिनियाँ अधिकारीहरु विच’ विवाद भनेर समाचार छापेको थियो । खास मा सगरमाथा को उचाइ कति हो, अहिलेसम्म पनि त्यो अन्यौल नै रहेको कुरा बताउनुहुन्छ, वरिष्ठ सिमाविद बुद्धिनारायण श्रेष्ठ । सबैले आ-आफ्नो हिसाब ले सगरमाथा को उचाइ नाप्ने गरेकाछन्, त्यही भएर पनि सगरमाथा को उचाइ कहिले बढ्ने गरेको छ त कहिले उचाइ घट्ने गरेको छ । वैज्ञानिक तवर ले वास्तविक उचाइ अहिलेसम्म पत्ता लागेको छैन भन्दा, आश्चार्य लाग्न सक्छ तर पनि सरकार ले ८,८४८ मिटर लाई नै आधिकारिकता दिएको छ अनि सारा संसार ले पनि यसैलाई वास्तविक उचाइ मान्दैआएको छ । दक्षिण तिर भारत ले सिमा मिचिरहेपनि, उत्तर तर्फ खासै केही भएको छैन भनेर मख्ख परिरहेकाछौँ, तर उत्तरतिर पनि सगरमाथा कस्को हो, भनेर पहिले धेरै विवाद भए

Listen To Full Episode of Lolita. Lolita, one of the most controversial novel written by Vladimir Nabokov explores the human feelings and emotions amid age, sex and of course relationships. A girl's development of sexuality and a man's rise and fall in love and sex is shown so much easily and nicely. Lolita was written at the time of the steady development of sexual life in European / English society. The sophisticated lives of European people in the century have been highly criticized for the sexual life, extra martial affairs, adultery, and cuckoldry. Lolita is the beau of the European society. During the 18th and 19th century man was supposed to be god's creation. It was the biblical view. At the end of the 19th century there came philosophers' like Marx, Freud and Darwin. These three philosophers changed the bourgeois view through their theories. Sigmund Freud's theory is highly controversial. Freud considered man as a sexual being. Man's activities a

The Third Generation नाम ले नै भन्छ, तेस्रो पुस्ता ! खुल्दुली सायद जाग्दै होला के हो, तेस्रो पुस्ता भनेर । धेरै सोचिरहनु पर्दैन म नै भनिदिन्छु The Third Generation एउटा डकुमेन्ट्रि मुभि हो । अनि यसलाई हेलसिन्कि, फिनल्याण्ड मा रहेका केही नेपाली युवाहरु ले बनाएका हुन् । डकुमेन्ट्रि एउटा १९ बर्षिय नेपाली युवा को वरिपरि घुमेको छ, जो पढ्न को लागि पश्चिमी देश हानिएको छ । अनि डकुमेन्ट्रिमा त्यसपछि उसको जिवन को दिनचर्यालाई समेट्न खोजिएको छ । उसको सुख, दुख, भोगाइलाई The Third Generation मार्फत देखाउन खोजिएको छ । हामीसँग को कुराकानी मा चलचित्र का निर्देशक मनोज भुषाल ले, आफूहरु सामाजिक चलचित्र निर्माण गर्ने युवाहरु को समूह भएको र यो आफूहरुको पहिलो प्रयास भएको, जानकारी गराउनुभएको छ । यो डकुमेन्ट्री हेर्न उत्सुक हुनुहुन्छ होला, तर तपाई ले केही समय कुर्नुपर्ने कुरा हामीलाई चलचित्र निर्माण पक्ष ले जानकारी गराएकोछ । तर यसो भन्दैमा निराश नहुनुहोस्, हामीले आज The Third Generation डकुमेन्ट्रि को प्रोमो लिएर आएका छौँ । अहिलेलाई चाँहि २:०० मिनेट को प्रोमो नै हेर्नुहोस् । From the Makers: The Third Genera

विगत केही दिन यता, म भिन्नै महशुस गर्दैछु, निसास्सिएको जस्तो गुम्सिएको जस्तो । त्यो भन्दा बढि हिन भावना ले सताइरहेछ । म मष्तिष्क ले भन्दा मन ले सोच्ने भएको छु, अनि मन ले सोच्दा धेरै नै गल्तिहरु हुने रहेछन्, धेरै नै हिन भावनाहरु आउँदारहेछन् । मलाई आजकल यस्तो लाग्दैछ कि, म कुनै अनजान सभ्यताको एउटा भग्नावशेषमा बाँचेको बेमहत्व को सालिक हुँ, आकार रुपरहित शिलालेख हुँ, जसलाई कसैले पढ्न सक्दैन, बुझ्न सक्दैन, बुझेर पनि महत्व रहँदैन.... सायद म केही पनि होइन, केही होइन ! म के गरौँ, कसो गरौँ साह्रै अलमल र दुविधमा परेको छु । म धेरै रिसाउनथालेको छु, झ्वाट्ट रिस उठ्न थालेको छ अनि बुझ्दैछु हानी आफैँलाई नै भइरहेको छ । यहाँ कोही के भन्छन् कोही के, अनेक अर्थ छन् सबैका । मेरो कुरा सुन्नेहरु, सुनेर पनि बुझ्दैनन् या बुझ्नचाहँदैनन् । या म नै कुरा बुझाउन नसक्ने भएको हुँ कि जस्तो पनि लाग्छ । कुरा त हो पनि, अनि आफूले गरेका हरेक कुरा ठिक छ भन्ने ठान्छु , म अलि अल्प कुरा गर्छु, कुरा पुरा हुन पाउँदैन अनि त्यसैको धेरै अर्थ निकाल्छन्, मान्छेहरु । पुरै कुरा भन्न नसक्नु मा मेरो गल्ति हो या, आधि कुरा मात्र सुनेर अरु अ

म छोरी, म आइमाई जात, म नारी । आज म तृप्ती अनुभव गरिरहेको छु । मलाई लाग्छ आज मेरो जित भएको छ, आज म आनन्दले भरिपुर्ण छु । उ हेर, मेरी आमा चिच्याई चिच्याई रोइरहेकी छिन्, उता बुवा पनि त्यस्तै । साना साना भाइबहिनी चाँहि बुझ्दैनन्, यस्तो ठूलो कुरा । सायद तपाई को अनुमान मिल्न सक्छ… हो म अब यस संसार मा छैन, म मरिसेकेकी छु, हो म मरिसकेकी छु । हो, मैले आफूले आफैँलाई मृत्यु दिएकी छु र म यो गर्व को साथ बताउँदैछु । हो, मैले आत्महत्या गरेँ । अनि यही आत्महत्या को विषयमा धेरै प्रश्न उठिरहेकाछन्, मान्छेहरु कानेखुशी गर्दैछन् । त्यो छिमेकी आइमाई, उ हेर्नुस् खासखुस गर्दैछिन् । मेरो चरित्र मा दाग लगाउँदैछन्, म मा नभएको खोट र दाग पनि देखाउन खोज्दैछन् उनीहरु । समाजमा केटा ले आत्महत्या गर्‍यो भने, “टेन्सन” ले, या अरु कुनै वाहाना… अनि किशोरी केटी ले आत्महत्या गरी भने, ‘गर्भवति भएको’, कि ‘प्रेम मा धोका पाएको’ वा सिधै ‘चरित्रहिन’ भएको आरोप । मलाई पनि यस्तो लान्छना लाग्नु स्वभाविक हो । तर भित्री कुरा त कसलाई थाहा हुन्छ हैन र ? के हामी अरु को मन पढ्न सक्छौँ र ? धेरै के भन्नु तर मैले आफूलाई चाँहि मृत्यु दिँए ।

त्यसै त्यसै ताजुब लाग्छ, सोच्दा झनै अजिव लाग्छ । नेतागण का अर्धबुद्धि, केही मात्र जिवित लाग्छ ।। गर्छन् सँधै नारावाजी, राती पनि घाम लाग्छ । हाम्लाई देओ तिम्रा ‘नारा’, जोत्‍नै मात्र काम लाग्छ ।। झिक्छन् अरे बिजुली नि, दिउँसै अब बत्ति बल्छ । भाँड मा गए तिम्रा बत्ति, हाम्रै टुकी काम लाग्छ ।।

Listen to 6th episode of Lolita. लोलिता सँगको बसाइमा आज छैठौँ अंक लिएर हामी उपस्थित भएका छौँ । रेडियोवाचनमा “लोलिता”को अन्तिम अंक वाचन गर्दैछन्, अच्युत घिमिरे र प्रविधी मा साथ दिइरहेकाछन् अनिल मन्डर । भ्लादिमिर नावोकोभ को विश्वविख्यात उपन्यास लोलिता को छैठौँ अंक आज सुनाउँदै छौँ ,आज को रेडियोवाचनमा । केशरी अमगाईव्दारा नेपाली मा अनुवादित उपन्यास “लोलिता”, प्रोफेसर “हम्बर्ट र लोलिता” बिच को यौनसम्बन्धमा आधारित उपन्यास हो । आगामी हप्ता लोलिता को सम्पुर्ण लाउनलोड लिंक सहित उपस्थित हुनेछौँ ।