समस्याग्रस्त देश, समस्याग्रस्त परिवेश अनि तनावग्रस्त जनता, अनि अभाव र महंगी ले पिडित आमउपभोक्ता । हाम्रो पहिचान यस्तै छ, अनि हामी यस्तै छौँ । सदासर्वदा हिंसा हत्या को राजनिति, अभाव र महंगी को जिवन, बितेकै छ, चलेकै छ र सदासर्वदा चल्दै जानेछ । यो साश्वत सत्य हो भनेर मान्नु परेको छ, अनि जनता तर्साउनेलाई, तपाई हजुर भन्नु परेको छ । अभाव र महंगीमा पनि खिस्स दाँत देखाएर हाँस्नुपरेको छ । न हामीसँग केही शक्ति छ, न हामीबाट केही हुने छाँट छ । हिजो पनि तराईतिर पड्काइयो रे, अस्ति ट्याक्सी ड्राइभरलाई खुस्काईयो रे ! आज यातायात व्यबसायीको हड्ताल छ रे, अनि समस्याको तत्काल निकास निकाल्न, भोली बिहानै एघार बजे वार्तामा बस्दैछन् रे ! देशमा परिवर्तन भयो रे, गणतन्त्र नै आइसक्यो रे, माथि कुर्सीमै झगडा अल्झेको छ रे तर उता ज्ञानेन्द्र भने नागार्जुन गै’सके रे ! सर्कार भनेको सर्र-कारमा चढेर हुँइकिने हो रे अनि पेट्रोल चाँही जनता ले भर्दिनुपर्ने रे, जनताले पानी-पानी भनि कराए भनेर असार-साउन मा बाढि नै ल्याइदिन्छन् रे ! जनतालाई चढ्न नि हुन्छ रे, जनतालाई जोत्न नि हुन्छ रे, अनि भाषणमा नेताले जनताको नै दुहाइ दिन्छन् रे