अनुत्तरित प्रश्न उसलाई अपहरण गरिएको धेरैदिन पछि उ मारियो भन्ने खबर आयो । घर परिवारलाई पत्याउन गाह्रो परेपनि आखिर उ मरिसकेकै थियो या भनौँ मारिइसकेको थियो । उ मारिएको र लाश सम्म पनि नपाएको विरोध मा चक्काजाम, बन्द, हड्ताल सबै गरियो । केहिदिन पछि हत्यारा का नाइकेले घटनाको सम्बन्धमा माफी माग्दै, परिवारलाई राहत दिने बताए । उता बाबुको हत्याले मर्माहत भएको १२ वर्षे छोरोले एउटा ठूलो मास अगाडि सम्बोधन गर्दै भन्यो- “जसले मेरो बाबु को हत्या गरेर राहत दिन्छु भनेको छ, म पनि त्यसै गर्न चाहन्छु, त्यसलाई मारेर म पनि राहत दिन्छु त्यसको परिवारलाई, के त्यो मर्न तयार छ ? के मैले त्यसको हत्या गर्न पाउँछु ?” उपस्थित दर्शकदिर्घाबाट ताली बज्यो । तर उसको प्रश्न भने अनुत्तरित नै रह्यो । ------------------------------------------------------------------------ वन्यजन्तु संरक्षणविद एक विदेशी नागरिक नेपाल आएका थिए, केही वर्ष पहिले । उनी वन्यजन्तुमा चाख राख्दारहेछन् साथै वन्यजन्तु संरक्षण सम्बन्धि लेखहरु लेख्दारहेछन्, विभिन्न पत्रपत्रिकाहरुमा । नयाँ-नयाँ जीवजन्तुबारे लेख लेख्न उनी नेपाल का वनजंगल चहारीरहन्थे । अस्ति