दृश्य – १ काठमाडौँ जानुपर्ने थियो, अफिस ले एकचोटि आउनुपर्यो भनेर खबर गरेको थियो । अत: कलेजमा एउटा म्याथ क्लास लिएर अफिस जाने विचार गरेँ । तर साथी ले भन्यो, अफिस बाट फोन आ’कोथ्यो म्याम को, अफिस जुन २-३ तारीख तिर गए हुन्छ रे ! मैले भैहाल्यो त्यतिनैखेर जाउँला नि त भने । तर काठमाडौँ जान खुट्टो उचालीसकिएको भएर, अफिस नगएपनि काठमाडौँ भने जाने भएँ । दृश्य – २ बाटोभरी लाम लागेका गाडिले डिजेल,पेट्रोल को अभाव र’छ भन्ने जानकारी दिए । हाम्रो गाडिमा पनि डिजेल कम र’छ, तर म अचम्म मा परेँ, किनकि हाम्रो गाडिले त सजिलै डिजेल पायो । थाहा पाएँ, पेट्रोल पम्पले आफ्ना गाडिलाई मात्र तेल दिएको र’छ । पेट्रोल पम्प मा डिजेल छैन भनेर बोर्ड झुन्ड्याइएको थियो, भने पम्पलाई पनि सटर लाएर राखिएको थियो । बाहिर बाट हेर्दा पम्प बन्द देखिन्थ्यो तर भित्र पट्टिको पम्प को सटर भने आधा खोलिएको थियो । भन्न को मतलब पम्प (मेसिन) लाई फलामे सटर भित्र राखिएकोथियो, जुन सडक बाट हेर्दा बन्द देखिन्थ्यो,सटर लगाएकोले तर अर्को साइड भने खुल्लै थियो । (सायद स्पष्ट पार्न सकिन होला ?) दृश्य - ३ काठमाडौँमा सडक विस्तार गर्न बिजुलीका पोलहरु उखेलिएको...