खै, के हो त्यतिसारो चाँहि बुझिएन तर पनि ठूलै अनुष्ठान भैरहेको थियो त्यस मन्दिरमा ! सायद कुनै सम्प्रदाय को मन्दिर थियो, सायद कृष्ण प्रणामी, वैष्णब या अन्य यस्तै कुनै सम्प्रदायको कार्यक्रम त्यस मन्दिरमा थियो । कार्यक्रम या अर्थात पुराण या अन्य यस्तै केही धार्मिक कार्यक्रम थियो, जहाँ ठूला – ठूला पण्डितजीहरु प्रवचन दिनेगर्थे । दिनहुँ भक्तजनहरु आउँथे, गुरुहरुका प्रवचन सुन्थे, फर्कन्थे । प्रवचन को बिच-बिचमा भजनहरु हुन्थ्यो, भजनमा ती बुढाबुढीहरु पनि उठेर नाच्ने गर्थे, निकै रमाइलो हुने गर्थ्यो, त्यो प्रवचन को कार्यक्रम । मुख्य रुपमा प्रवचनमा पण्डितहरुले सबै का ईश्वर एकै हुन् भनेका भएपनि, आफ्नै सम्प्रदायलाई माथि देखाउँथे, अरु का दाजोँमा । आफ्नो सम्प्रदाय ठूलो र विशाल छ भन्थे । तर यसो भन्दैमा त्यहाँ, हिन्दु, मुस्लिम, ईशाइ धर्मआदिलाई होच्याउने काम भने भएको थिएन । मात्र यही सनातन हिन्दु धर्म का हामी एक सम्प्रदाय हौँ भन्थे, तर आफूलाई जस्तोसुकै तर्क दिएर भएपनि माथि पार्थे । उदाहरणका लागि, प्रणामी को कार्यक्रम मा, उनीहरु गोलोक र राजी बाहेक केही भन्दैनथे, उनै परमात्मा हुन भन्थे । अनि वैष्णव ले परमात्म