Skip to main content

मन्त्रि पनि ब्लग गर्छन्

हामीलाई सुन्दा अचम्म लाग्न सक्छ कि, नेपाल का मन्त्रिहरु पनि कम्प्युटर अनि इन्टरनेट को प्रयोग गर्छन्, अझ ब्लग पनि गर्छन् भन्दा त साह्रो अचम्म लाग्न सक्छ ।

तर अब चाँहि अचम्म मान्नुपर्ने भएन कारण अहिलेका हाम्रा केही मन्त्रिहरु इन्टरनेट राम्रैसँग चलाउँदारहेछन् । अनि ब्लगिङ पनि गर्दा रहेछन् । हुनत हाम्रा प्रधानमन्त्रि पुष्पकमल दाहाल “प्रचण्ड” ले पनि यो कुरा प्रमाणित गरिसकेकै छन् । उनले आफ्ना छोरा प्रकाशलाई अमेरिका भ्रमणमा सँगै लिएर गएका थिए, कम्प्युटर प्राविधिक भन्दै । खैर, त्यसको अर्को पाटो मा नजाउँ, छोरालाई सँगै लिएर गएको भनेर केही हल्लाखल्ला मच्चिएकै थियो यहाँ का पत्रपत्रिका मा ।





यहाँ आज म विज्ञान मन्त्रि गणेश साह को कुरा गर्दैछु । हो उनि ब्लग गर्छन् वर्डप्रेस मा । यसभन्दा अघि पनि चर्चा चलेको थियो ब्लगर मन्त्रि राजेन्द्र महतो भन्दै, तर त्यसमा मेरो खासै रुचि छैन, कारण त्यहाँ आफ्नो पार्टि सद्भावना बाहेक केही कुरा गरिएको छैन । अनि त्यो ब्लग रेगुलर पनि छैन, अर्कैले अपडेट गरेजस्तो । आज, विज्ञान मन्त्रि गणेश साह को ब्लग हेर्दा लाग्यो, साँच्चै उनी ब्लग पनि गर्दारहेछन् । उनी रेगुलर छन्, अनि विभिन्न विधामा पोष्टहरु राखिएको पनि छ ।

फोटोहरु तथा आफूले उपस्थिति कार्यक्रमहरुका बारेमा सम्पूर्ण जानकारीहरु ऊनले आफ्नो ब्लग मा राखेकाछन् । लाग्यो, मन्त्रिहरुले यसै गर्ने हो भने, पब्लिक आवाज सिधै सुन्न पाउँथे, अनि त्यही अनुसार काम गर्थे कि ? यो त मन्त्रिहरु जनताकै बिचमा रहने, अनि जनताको आवाज माथि पुर्याउने गतिलो सिँढि हो । मुरीमुरी बधाई अनि धन्यवाद हाम्रा मन्त्रिज्युलाई ।

हाम्रा अर्थमन्त्रि डा. बाबुराम भट्टराई पनि फेसबुक चलाउँछन् । जहाँ उनले आफ्ना गतिबिधिहरु अपडेट गरिरहेकाहुन्छन्, पब्लिक को आवाज सुनिरहेका हुन्छन् । यसैगरि सबै मन्त्रिहरुले सुचना प्रविधिको उपयोग गरेर अघि बढ्ने हो भने, सुचना-प्रविधि, कम्प्युटर प्रविधि को क्षेत्रमा मन्त्रिहरुले चासो दिए भने, हामीले नेपाल मा नै केही गर्न सक्ने थियौँ कि ? हाम्रा जनशक्तिहरु विदेशिन बाट रोकिने थिए कि ? हामीले सुचना प्रविधि, कम्प्युटर प्रविधिमा अझै धेरै काम गर्न बाँकि छ ।

विज्ञान मन्त्रि गणेश साह को ब्लग: यहाँ छ

Comments

  1. नेपाली मन्त्रीले पनि यसरी सिधै आम जनतासंग प्रतक्ष सम्पर्क हुने गरी ब्लग चलाएको जानकारी पाउदा रमाईलो लाग्यो ।

    प्रविधिले उपलब्ध गराईदिएको यो सुबिधा राम्ररी उपयोग गर्न सके राम्रै हुन्छ ।

    ReplyDelete
  2. It's really good to know that Mr. minister is up-to-date with the posts at his blog. At least he can keep track of what's happening around & of course, use this e-medium to communicate with people directly.

    ReplyDelete
  3. Good to know About Blogger Mantri.
    tar blog URL chahi kun paryo ?
    Sanbai mantri harule yesari nai Blog haru chalaune ho bhane sanchai nai jantako aawaz sidhai uniharu samma pugthyo.

    ReplyDelete
  4. bharat ji, there's a link... plz read carefully..
    thanks !

    ReplyDelete
  5. tapaile nepali mantriko blog ko jankari dier dherai ramro garnu bhaeko 6 ...ra kuraharu pani ramrai garnu bhaeko rah6

    ra kura ma kura gardaa tapaaile hamra pardhan mantri ko pani kura garnu bhaeko rahe6 u hako pani blog link dinu bhaeko bhae ramro hunthiyo ki? jehos ramro information ko laagi ..saadhuwad.

    ReplyDelete
  6. good information .....

    ReplyDelete
  7. बल्ल अलि गज्जबका विज्ञानमन्त्री परेछन् है !!!!

    ReplyDelete
  8. राम्रो काम गरेछन् मन्त्रीजीले! यिनले भने नियमित लेख्नेछन् कि! अर्का मन्त्री राजेन्द्र महतोको ब्लग जहिले पनि रित्तै हुन्छ।

    बाबुरामको फेसबुक प्रोफाइल बाबुराम आफैं नभएर कुनै brain-washed माओवादीले चलाएजस्तो लाग्छ मलाई त।

    ReplyDelete
  9. Its really shocking to hear that our ministers also blog. I am really seeing brighter future of tech on Nepal.

    I think its time for Nepal to move to E-Governance.

    ReplyDelete
  10. Oh ! I had visited his blog yesterday...and its really nice that MInister is blogging...

    ReplyDelete

Post a Comment

Popular posts from this blog

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld ...

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

Radha : Shruti Sambeg [Review and Download]

Radha by Krishna Dharabasi is wonderful novel based on traditional era of Lord Krishna and Radha. The traditional plot of the story makes the readers/listeners feel that Dharabasi is narrating us the same old story of love of Radha and Krishna. However , the story based on the traditional plot it portrays the modern era in a dramatic way such that it speaks of so many hidden things that we will be amazed while ending it up. Radha and Krishna are the eternal lovers. Lord Krishna and Radha are together since childhood. But in teenage they are separated (as in the traditional story) and Lord Krishna has to go away leaving Vindraban for fulfilling the task for which he has taken birth.This brings tragedy to Radha and all the people in Vindraban. Radha waits for Krishna to arrive but he seldom does. She is stubborn to go meet Krishna. Later she sets out as a Yogini in a long voyage to search self, leaving her parents. She is accompanied by her friend Bisakha everywhere she went. Radha faces...

मोबाइलोग्राफी Photo Story [Pictures]

ग्राहक को पर्खाइ मा हात को मुठी भित्र सल्किरहेको चुरोट छ, नेपाली ढाकाटोपी, अनि कोट र गोल्डस्टार जुत्ता मा सजिएका बुढा बा, पुरानो वसपार्क छेवैको, एक पर्खाल को आड मा ग्राहक को पर्खाइ मा छन् । काँटावाला, तराजु लिएर बसेका उनी, मान्छे को तौल जोख्छन्, तौल जोखि माग्नेहरुले पैसो तिरेर आफ्नो तौल जोख्छन् । यो फोटो लिएको समय नेपाली कांग्रेस को महाधिवेशन चल्दैथियो । बाटोभरि मान्छेहरु को भिड थियो, तर यस्तो लाग्दैथ्यो यी बुढा बा लाई केही वास्ता थिएन । उनी चुरोट तान्दै आफैँ मा हराइरहेका झैँ देखिन्थेँ । ढल्किँदो दिन त्रिपुरेश्वर मा अवस्थित मन्दिर को फोटो खिच्दा, पश्चिम मा सूर्य डुब्न लागिसकेको थियो । कोलाहाल को बिचमा उभिएको मन्दिर आफू मा चाँहि साह्रै शान्त छ । पुल्चोक मा आयोजित लोकस २०१० हेरेर फर्किँदै गर्दा, थकाइ मार्ने उद्देश्य ले यही मन्दिर मा एकछिन अडिएको थिँए । झोलुङ्गे पुल ललितपुर बालकुमारी मा, मनोहरा खोला माथि रहेको झोलुंङ्गे पुल ! यो फोटो खिच्दा, मौसम सफा थिएन, हल्का वर्षा भइरहेथ्यो । त्यसदिन केही साथिहरु को साथ मा, नयाँ वानेश्वर, शंखमुल हुँदै यो झोलुङ्गे पुल तरेर, बालकुमारी हु...

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

Palpasa Cafe [Review]

अपडेट: प्रकाशक'को अाग्रहमा रेडियो वाचनबाट पल्पसा क्याफेको वाचन हटाइएको छ । हामी ले विगतका केही रेडियो वाचन का शृंखला मा नारायण वाग्ले को चर्चित उपन्यास "पल्पसा क्याफे" रेडियोकर्मी अच्युत घिमिरे को आवाजमा सुनाएका थियौँ । ८ अंकमा प्रशारण गरिएको पल्पसा क्याफे का लेखक सँग "पल्पसा क्याफे" को सेरोफेरो मा गरिएको कुराकानी राख्ने योजना हाम्रो थियो तर अन्तरवार्ता को रेकर्ड अहिले फेला पार्न नसकिएकोले प्रशारण गर्न असमर्थ भएका छौँ, पछि भेटिएको खण्डमा हामी अवश्य पनि राख्ने नै छौँ । हामीले भनिरहनुपर्दैन, पल्पसा क्याफे एक उत्कृष्ट उपन्यास हो जसलाई ऐतिहासिक दस्तावेज भन्दा पनि फरक नपर्ला । रेडियोवाचन को शृंखला मा यी सम्पुर्ण अंकहरु उपलब्ध गराइदिनुहुने अच्युत घिमिरेलाई धेरै धेरै धन्यवाद । पल्पसा क्याफे त सुनिसकियो, तर यहाँहरु ले पल्पसा क्याफेलाई कसरी मुल्यांङ्कन गर्नुभयो थाहा छैन । खैर कुरो जेसुकै होस्, आज यहाँ म केही साथिहरुको ब्लगमा प्रकाशित "पल्पसा क्याफे" बारे गरिएको टिप्पणीहरु सहित उपस्थित भएको छु । साथिहरुको ब्लगमा प्रकाशित भइसकेका कुराहरुलाई एकै ठाउँमा समेट्न...

Subscribe to Aakar Post