Skip to main content

मन्त्रि पनि ब्लग गर्छन्

हामीलाई सुन्दा अचम्म लाग्न सक्छ कि, नेपाल का मन्त्रिहरु पनि कम्प्युटर अनि इन्टरनेट को प्रयोग गर्छन्, अझ ब्लग पनि गर्छन् भन्दा त साह्रो अचम्म लाग्न सक्छ ।

तर अब चाँहि अचम्म मान्नुपर्ने भएन कारण अहिलेका हाम्रा केही मन्त्रिहरु इन्टरनेट राम्रैसँग चलाउँदारहेछन् । अनि ब्लगिङ पनि गर्दा रहेछन् । हुनत हाम्रा प्रधानमन्त्रि पुष्पकमल दाहाल “प्रचण्ड” ले पनि यो कुरा प्रमाणित गरिसकेकै छन् । उनले आफ्ना छोरा प्रकाशलाई अमेरिका भ्रमणमा सँगै लिएर गएका थिए, कम्प्युटर प्राविधिक भन्दै । खैर, त्यसको अर्को पाटो मा नजाउँ, छोरालाई सँगै लिएर गएको भनेर केही हल्लाखल्ला मच्चिएकै थियो यहाँ का पत्रपत्रिका मा ।





यहाँ आज म विज्ञान मन्त्रि गणेश साह को कुरा गर्दैछु । हो उनि ब्लग गर्छन् वर्डप्रेस मा । यसभन्दा अघि पनि चर्चा चलेको थियो ब्लगर मन्त्रि राजेन्द्र महतो भन्दै, तर त्यसमा मेरो खासै रुचि छैन, कारण त्यहाँ आफ्नो पार्टि सद्भावना बाहेक केही कुरा गरिएको छैन । अनि त्यो ब्लग रेगुलर पनि छैन, अर्कैले अपडेट गरेजस्तो । आज, विज्ञान मन्त्रि गणेश साह को ब्लग हेर्दा लाग्यो, साँच्चै उनी ब्लग पनि गर्दारहेछन् । उनी रेगुलर छन्, अनि विभिन्न विधामा पोष्टहरु राखिएको पनि छ ।

फोटोहरु तथा आफूले उपस्थिति कार्यक्रमहरुका बारेमा सम्पूर्ण जानकारीहरु ऊनले आफ्नो ब्लग मा राखेकाछन् । लाग्यो, मन्त्रिहरुले यसै गर्ने हो भने, पब्लिक आवाज सिधै सुन्न पाउँथे, अनि त्यही अनुसार काम गर्थे कि ? यो त मन्त्रिहरु जनताकै बिचमा रहने, अनि जनताको आवाज माथि पुर्याउने गतिलो सिँढि हो । मुरीमुरी बधाई अनि धन्यवाद हाम्रा मन्त्रिज्युलाई ।

हाम्रा अर्थमन्त्रि डा. बाबुराम भट्टराई पनि फेसबुक चलाउँछन् । जहाँ उनले आफ्ना गतिबिधिहरु अपडेट गरिरहेकाहुन्छन्, पब्लिक को आवाज सुनिरहेका हुन्छन् । यसैगरि सबै मन्त्रिहरुले सुचना प्रविधिको उपयोग गरेर अघि बढ्ने हो भने, सुचना-प्रविधि, कम्प्युटर प्रविधि को क्षेत्रमा मन्त्रिहरुले चासो दिए भने, हामीले नेपाल मा नै केही गर्न सक्ने थियौँ कि ? हाम्रा जनशक्तिहरु विदेशिन बाट रोकिने थिए कि ? हामीले सुचना प्रविधि, कम्प्युटर प्रविधिमा अझै धेरै काम गर्न बाँकि छ ।

विज्ञान मन्त्रि गणेश साह को ब्लग: यहाँ छ

Comments

  1. नेपाली मन्त्रीले पनि यसरी सिधै आम जनतासंग प्रतक्ष सम्पर्क हुने गरी ब्लग चलाएको जानकारी पाउदा रमाईलो लाग्यो ।

    प्रविधिले उपलब्ध गराईदिएको यो सुबिधा राम्ररी उपयोग गर्न सके राम्रै हुन्छ ।

    ReplyDelete
  2. It's really good to know that Mr. minister is up-to-date with the posts at his blog. At least he can keep track of what's happening around & of course, use this e-medium to communicate with people directly.

    ReplyDelete
  3. Good to know About Blogger Mantri.
    tar blog URL chahi kun paryo ?
    Sanbai mantri harule yesari nai Blog haru chalaune ho bhane sanchai nai jantako aawaz sidhai uniharu samma pugthyo.

    ReplyDelete
  4. bharat ji, there's a link... plz read carefully..
    thanks !

    ReplyDelete
  5. tapaile nepali mantriko blog ko jankari dier dherai ramro garnu bhaeko 6 ...ra kuraharu pani ramrai garnu bhaeko rah6

    ra kura ma kura gardaa tapaaile hamra pardhan mantri ko pani kura garnu bhaeko rahe6 u hako pani blog link dinu bhaeko bhae ramro hunthiyo ki? jehos ramro information ko laagi ..saadhuwad.

    ReplyDelete
  6. good information .....

    ReplyDelete
  7. बल्ल अलि गज्जबका विज्ञानमन्त्री परेछन् है !!!!

    ReplyDelete
  8. राम्रो काम गरेछन् मन्त्रीजीले! यिनले भने नियमित लेख्नेछन् कि! अर्का मन्त्री राजेन्द्र महतोको ब्लग जहिले पनि रित्तै हुन्छ।

    बाबुरामको फेसबुक प्रोफाइल बाबुराम आफैं नभएर कुनै brain-washed माओवादीले चलाएजस्तो लाग्छ मलाई त।

    ReplyDelete
  9. Its really shocking to hear that our ministers also blog. I am really seeing brighter future of tech on Nepal.

    I think its time for Nepal to move to E-Governance.

    ReplyDelete
  10. Oh ! I had visited his blog yesterday...and its really nice that MInister is blogging...

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब

पाँच करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक दुरुपयोग

५ करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक चोरी भएको खबर केही दिन पहिले गार्डियन तथा न्युयोर्क टाइम्स ले प्रकाशित गरेको थियो । प्रयोगकर्ताको जानकारी विना फेसबुकबाट लिइएको उक्त तथ्यांकलाई क्याम्ब्रिज एनालिटिका भन्ने कम्पनीले अनधिकृत रुपमा प्रयोग गरेको दावी गर्दै, क्याम्ब्रिज एनालिटिका’का भूतपूर्व इन्जिनियर क्रिस्टोफर वाइलीले गार्डियनलाई अन्तरवार्ता दिएर यी कुराहरु मिडियामा सार्वजनिक गरेका थिए । क्रिस्टोफरका अनुसार क्याम्ब्रिज एनालिटिकाले २०१४ मा एउटा एप मार्फत करिब ५ करोड फेसबुक प्रयोगकर्ताहरुको तथ्यांक चोरी गरेको थियो । क्याम्ब्रिज एनालिटिका र फेसबुककै विषयमा गार्डियनले पहिले नै २०१५ मा समाचार प्रकाशित गरेको थियो । उक्त समाचार पछि फेसबुकले क्याम्ब्रिज एनालिटिकालाई तथ्यांक मेटाउन भनेको र एनालिटिकाले तथ्यांक मेटाएको जानकारी फेसबुकलाई गराएको थियो । तर दुबै कम्पनीले यो कुरालाई गुपचुप राखेका थिए, अझ उल्टै फेसबुकले जथाभावी समाचार लेखेको भन्दै गार्डियनलाई मुद्दा हाल्ने धम्कि दिएको थियो भने क्याम्ब्रिज एनालिटिकाले तथ्यांक सुरक्षित नै राखेको थियो । त्यही चोरी गरिएको प्रयोगकर्ताहरुको तथ्यांकलाई

सामाजिक सञ्जालको राग

सामाजिक सञ्जालमा हिजोआज के कस्ता कुरा भइरहेकाछन्? हामीले सामाजिक सञ्जालको उपयोग वा दुरुपयोग, के गरिरहेका छौँ? सामाजिक सञ्जालमा 'असामाजिक' पो भइएको छ कि? पढ्नुहोस् गुन्जन खनालको विचार । गुन्जन, जर्मनीमा उच्च शिक्षा लिंदैछन्, उनलाई ट्विटरमा @Gckhanal  फलो गर्न सकिन्छ।​ इन्टरनेटमा नग्न तस्विरहरू हुन्छन् भनेर सन् २००० मा सुनेको थिएँ, बस् त्यही उत्सुकता थियो। नारायणगढमा पनि इन्टरनेट क्याफे सुरु भए। महँगो, साँघुरो - सबै तिरबाट बारेको "देसी बाबा डट कम" (पोर्न साइट) को लागि पर्फेक्ट ! तर मैले २००४ पछि बल्ल अलि अलि इन्टरनेट चलाउन थालेँ, इमेल गर्न थाले। तर इन्टरनेटको खास उपयोगिता २००७ मा विश्वविद्यालय खोज्न थाले पछि मात्र बुझेको हो। त्यसपछि इन्टरनेट यौन, व्यंग्य, ज्ञान, धर्म, नक्सा, इतिहास, विज्ञान आदि नसिकेका वा अनुत्तरित प्रश्नहरूको उत्तर भएर आयो। इन्टरनेटले मेरो ज्ञानको दायरा फराकिलो बनायो, मलाई नयाँ मान्छे बनायो। संगै सुरु भयो फेसबुक र ट्विटर लगायतका अनेक सामाजिक सञ्जाल । इन्टरनेटको एउटा व्यस्त थलो तर धेरैको लागि सम्पूर्ण इन्टरनेट! अन्ना हजारेको आन्दोलन, विवेकशिल पार्

सामाजिक सञ्जालमा सुरक्षित रहने तरिका

सामाजिक सञ्जाल चलाउने पनि आफ्नै तौरतरिका छन्, जसलाई नजरअन्दाज गरिँदा सामाजिक सञ्जालले समस्या सिर्जना गरिरहेका पनि छन् । सामाजिक सञ्जालका प्रयोगकर्ता एक करोडभन्दा धेरै रहेको देशमा छिटपुट घटनालाई लिएर पूरै सामाजिक सञ्जाल नै असामाजिक छ भन्न मिल्दैन । मूलधारका मिडिया रेडियो, पत्रिका, टेलिभिजनजस्तो सामाजिक सञ्जाल एकोहोरो छैन । सामाजिक सञ्जालको बनोट नै फरक छ, यो दोहोरो हुन्छ । दोहोरो हुनेबित्तिकै उठान गरिएका विषयमा केही घर्षण हुनु, वादविवाद हुनु, तर्कवितर्क हुनु, केही तलमाथिका कुरा हुनु एकदम सामान्य हो । प्रयोगकर्ताले सामाजिक सञ्जालको बनोट बुझ्ने वा यस्ता प्लेटफर्मका फिचरको सदुपयोग गर्ने हो भने यी कुरा अत्यन्तै सामान्य लाग्छन् । सबै कुरा प्रविधिले समाधान गर्न सम्भव छैन, तर सामाजिक सञ्जालमा देखिने, भोगिने प्रायः कुरा भने प्रविधिबाटै समाधान गर्न सक्ने अवस्था छ । सामाजिक सञ्जाल तथा इन्टरनेट प्रयोगकर्ताले अरूलाई दोष लगाउनुपहिले आफ्नो थैलो बलियोसँग कसौँ भन्ने कुरा मनन गर्न जरुरी छ । मोबाइलमा मात्रै इन्टरनेट चलाउने अधिकांश प्रयोगकर्ताका लागि अहिले फेसबुक र भाइबर भनेकै इन्टरनेट हो भन्ने भ्रम छ 

फेसबुक न्युजफिड अपडेट - पेजलाई झनै गाह्रो

अमेरिकामा भएको पछिल्लो राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भएसँगै फेसबुक लगायत विभिन्न सोसल मिडिया साइटहरुको उपयोगिताबारे व्यापक बहस सुरु भएको थियो । "फेक न्युज"को बिगबिगीले गर्दा फेसबुक, एकहिसाबमा फेकबुकमा परिणत भयो । प्राय: फेक न्युजहरु नै धेरै सेयर हुने र भाइरल हुन थाले । धेरै सेयर हुँदा, स्वाभावत: "फेक न्युज" पनि साँच्चै हो भन्न थालियो । कहिँकति अनुसन्धान छैन, फलानोले एकथरि पेजबाट समाचार सेयर गर्छ, अर्कोले सेयर गर्छ, अर्कोले गर्छ, असत्य तथा काल्पनिक समाचारहरु कै बोलबाला देखियो । नेपालमा भएको पछिल्लो निर्वाचनमा पनि प्रचारवाजी शैलीका मनगढन्ते तथा काल्पनिक समाचारहरु भाइरल भए । फलाना र चिलाना पार्टि, मान्छे पिच्छेका अनलाइन समाचार पोर्टल, फेसबुकको न्युजफिड हेर्न नै दिक्क लाग्ने किसिमको थियो । सबैभन्दा अनौठो लाग्ने चाँहि, मान्छेहरु फेसबुकमा फलाना समाचार पोर्टलले लेखेको भन्दै सेयर गरिरहेका भेटिन्थे । अझ के भने, नेपालका ठूला प्रकाशनहरु सँग ठ्याक्कै मिल्ने नामहरु राखेर काल्पनिक समाचारको व्यापार गर्ने समूहहरु नै छन् । उदाहरणको लागि, कान्तिपुरले यस्तो उस्तो लेख्यो

Subscribe to Aakar Post