Skip to main content

Posts

Showing posts with the label Opinion

By Shekhar KC, Nowadays, here at Kathmandu University (KU), Dhulikhel, silence has taken precedence over peace. The grumbles and frustrations among the majority of students is about to burst like Tsunami that recently hit Japan. Two weeks has passed since KU has been padlocked by few politically motivated students (which can be counted in fingers) and triggered by "non-visionary and short sighted" officials of KU Election Committee, the possibility of re-opening KU is becoming hazier and hazier. More than 1700 Students pursuing their career in intermediate to Post-graduated level, especially of that final semester, are worried as the level of surety of their timely graduation is about to collapse sooner or later. KU has always been boasting of its excellent academic records, being politically free university as one of its key USP (Unique Selling Point). Hardly one will find any students who didn't admit in KU despite getting their name published after attending en

३-४ वर्ष अघिसम्म सिमित व्यक्ति का हातमा हुने मोवाइल फोन, अहिले प्राय: सबै नेपाली को पहुँच मा पुगिसकेको छ । ईमेल हेर्न र च्याट गर्न साइवर धाउने जमातहरु अहिले आफ्नै मोबाइल बाट संसार नियालीरहेकाछन् । नयाँ कम्पनीहरु को आगमन सँगै कम्पनीहरु विच बढ्दो प्रतिस्पर्धाका कारण, नेपालीहरुले सस्तो मा इन्टरनेट सेवा उपभोग गर्न पाएका छन् । ती अधिकांश मोबाइल प्रयोगकर्ताहरु फेसबुक मा रमाइरहेका भेटिन्छन् । आफ्ना हरेक गतिविधिहरु अपडेट गरिरहेका हुन्छन् । हालै को तथ्यांक अनुसार नेपाल मा सबैभन्दा धेरै “ फेसबुक ” साइट हेरिन्छ भने दोस्रो मा “ गुगल ” । विश्वभरी नै चर्चा मा रहेको फेसबुक को नेपाल मा पनि चर्चा हुनु र प्रयोग हुनु कुनै नौलो कुरा त होइन । हामीले हल्काफुल्का रुपमा लिइरहेको फेसबुक विश्वप्यापी भइसकेको छ । अब फेसबुक र ट्विटर जस्ता साइटहरु ‘हाइ’ र ‘हेल्लो’ भन्ने अनि फोटो र भिडियो हेर्ने साइटहरु मात्र रहेनन् । फेसबुक र ट्विटर त आमनागरिक को जिवनशैली बनिसकेको छ । फेसबुक र ट्विटर जस्ता सामाजिक सञ्जाल का साइटबाट नै ट्युनिसिया, इजिप्ट लगायत देशमा आन्दोलन सुरु भएको थियो । पहिले नोकिया को ‘ब्ल्याक एन्ड व्हाइ

आज आठौँ दिन पनि केयु बन्द गत साता सम्पन्न विद्यार्थी कल्याणकारिणी परिषद को निर्वाचन पछि काठमाडौँ विश्वविद्यालय मा गरिएको तालावन्दी १ साता बितिसक्दा पनि खुल्न सकेको छैन । माओवादी समर्थित विद्यार्थी संगठन अखिल क्रान्तिकारी ले निर्वाचन खारेजी सहित विभिन्न माग राखी गत बुधबार देखि केयु मा अनिश्चितकालिन तालाबन्दी गरेको थियो । अनि बन्द खुलाउन, माथिल्लो तह मा केयु ले वार्ता गरेको गाँइगुँइ हल्ला चलेको थियो । बन्द खुलाउने प्रयास स्वरुप, केयु ले हिजो २४ गते एक सूचना जारी गर्दै निर्वाचन स्थगन को घोषणा गरेसँगै क्रान्तिकारी ले आज बाट बन्द फिर्ता लिने जनाएको छ । तर केयु ले निर्वाचन स्थगन को घोषणा गरेसँगै, विद्यार्थी कल्याणकारिणी परिषद का निर्वाचित पदाधिकारीहरुले, निर्वाचन स्थगन को घोषणा केयु ले तत्काल फिर्ता नलिए, आन्दोलन मा उत्रने चेतावनी दिँदै, हिजै देखि केयु मा थप ताला लगाइदिएका छन् । केयु अब पढ्ने हैन,  पार्टि राजनिति गरेर आफ्नो स्वार्थ पुरा गर्ने स्थान को रुप मा विकसित हुँदैछ । फागुन २४ गते रजिष्ट्रार प्रा. डा. भद्रमान तुलाधर व्दारा जारी सूचनामा, “१७ गते सम्पन्न भएको निर्वाचन प्रकृया तत्

काठमाडौं विश्वविद्यालयमा बिगत केहि दिनदेखि पठनपाठन ठप्प छ। विश्वविद्यालयको धुलिखेल, काभ्रेस्थित केन्द्रिय हाता लगायत पनौती, काभ्रेमा अवस्थित स्कूल अफ मेडिकल साइन्स तथा ग्वार्को, काठमाडौंमा अवस्थित स्कूल अफ आर्टस्, एजुकेसन र म्यानेजमेन्टमा माओवादी निकट अखिल (क्रान्तिकारी) समर्थित केही विद्यार्थीहरुले तालाबन्दी गरी विश्वविद्यालयको दैनिक क्रियाकलाप तथा पठनपाठन पूर्णरुपमा ठप्प पारेका छन्। अखिल (क्रान्तिकारी) काठमाडौं विश्वविद्यालय समितिका अध्यक्षद्वारा जारी विज्ञप्तिमा विश्वविद्यालय प्रशासनले एकलौटी र मनोमानी रुपमा अखिल (क्रान्तिकारी)लाई परास्त पार्न खोजिएको उल्लेख छ। अखिल (क्रान्तिकारी)को यस विज्ञप्तिले निर्वाचनको सैद्धान्तिक प्रद्दतिलाई नै उपहास गरेको छ, साथै विद्यार्थीहरुको बहुमतको पनि अवहेलना भएको महसुस गरिएको छ। आफ्नो हारलाई सहज रुपमा स्वीकार्न नसक्नु माओवादीको पहिचान बनेको अवस्था छ। धम्की र जबरजस्तीको राजनीतिमा बढी बिश्वास राख्ने माओवादी पार्टी र उसका निकट भातृ-संगठनहरु जस्तै यहाँ पनि अखिल (क्रान्तिकारी) समर्थित प्यानलले पराजय भोगेपछि सबैले जे अनुमान गरेका थिए, आखिर भयो पनि त्यही

निर्वाचन पछि जे होला भन्ने डर थियो, आखिर त्यही नै भयो ! नजाँनिदो रुप मा काठमाडौँ विश्वविद्यालय (केयु) मा पार्टिगत राजनिती ले जरा गाडिसकेको छ र यो झांगिने क्रम बढ्दो छ । वर्ष मा १ एक पटक केयु मा राजनितिक दल समर्थित विद्यार्थी संगठनहरुले आन्दोलन गर्ने, क्याम्पस बन्द गर्ने कुरा अब कुनै नौलो घटना रहेन । एउटा समूह ले जित्ता अर्को ले आन्दोलन गर्ने नराम्रो परिपाटि त काठमाडौँ विश्वविद्यालय मा बसि नै सकेको छ । विश्वविद्यालयलाई राजनिति मुक्त गराउनु पर्ने बेला मा, विश्वविद्यालय मा राजनितिक चलखेल बढ्दा, बन्द र आन्दोलन जस्ता घटना सामान्य बनिसकेका छन् । काठमाडौँ विश्वविद्यालय ले केयु मा राजनिति गर्न कुनै पनि राजनितिक विद्यार्थी संगठन स्विकार गरेको छैन । तर बाहिर बाहिर जति, विद्यार्थी को चुनाव भनिन्छ, त्यति नै भित्री रुप मा पार्टिहरु को चलखेल बढ्ने गरेको छ । यहाँ को चुनाव पनि ‘टियु’ मा हुने विद्यार्थी चुनाव जस्तै बनिसकेको छ, फरक यत्ति हो ‘टियु’ मा झन्डै बोकेर निर्वाचन मा ओर्लन्छन् भने, ‘केयु’ मा झन्डा लुकाएर निर्वाचन मा ओर्लन्छन् तर त्यही लुकाइएको झन्डा नै ओढेर यहाँ राजनितिक गतिविधि हुने गरेको छ ।

JPR Events र ODC Network को आयोजना मा धेरै हल्लाखल्ला र दुविधहरु का विच ब्रायन एडम्स को कन्सर्ट काठमाडौँ मा आज हुँदैछ । "Summer of 69," "Cuts Like a Knife" and "(Everything I Do) I Do It for You" जस्ता चर्चित गित का गायक तथा विश्वले चिनेका क्यानेडेली रकस्टार नेपाल आउनु कुरा पक्कै पनि गौरव कै कुरा हो । तर एडम्स आउने कुरालाई सकरात्मक भन्दा नकरात्मक किसिम ले हेरेको जस्तो आभास लागिरहेकोछ । अनि भन्नेहरुले चाहिने भन्दा बढि हल्लाखल्ला गरे, पर्यटन वर्ष २०११ लाई नै प्रमोट गर्न आ’को जस्तो गरेर प्रचार गरे भन्नेहरु पनि छन् । कोही एडम्स को क्रेज अहिले नभएको र, उनको नेपाल कन्सर्ट ले नेपाललाई केही फाइदा नपुग्ने बताउँछन् । पर्यटन वर्ष मा उठ्ने जति सबै रुपैँया एडम्स ले नै लैजान्छ भन्नेहरु पनि छन् अनि ब्रायन सँगै गित गाउने नेपाली व्याण्डहरुले ‘फ्रि’ मा गित गाउँदैछन् भन्ने गाँइगुँइ हल्ला पनि चलेको छ । यदि यस्तो हो भने, नेपाली व्याण्डहरुले आफ्नो खुट्टा माथि आफैँले बन्चरो हान्दैछन् भन्दा पनि हुन्छ । एडम्स को कन्सर्ट भनेर शहर का चोकचोक मा ठूला ठूला होर्डिङ बोर्डहरु टाँगिएका छ

देशमा गणतन्त्र आयो भन्दै, देशकै प्रतिनिधित्व गर्ने झण्डा पनि फेर्न उनीहरु पछि परेनन् । झण्डा जसरी व्याख्या गरे पनि मिल्ने रहेछ । झण्डा फेर्नुपर्छ भन्नेहरु ले पनि, झण्डा को विपक्ष मा निकै खोट देखाए । उनीहरुले झण्डा को आकार देखि रुप र रङ्ग अनि झण्डा मा भएका चिन्हहरु मा समेत खोट पाए । झण्डा मा रातो, सेतो र निलो रङ्ग को व्याख्या आफ्नो अनुकल गरिदिए अनि झण्डा मा भएका चिन्हहरु सूर्य र चन्द्र मा को सम्बन्धमा पहिले रहेको व्याख्यालाई पनि अतिरञ्जित बनाएर, झण्डा प्रति वितृष्णा फैलाउने व्याख्या गरिदिए । महिनौ को झगडा र अडान अनि बार्गेनिङ हुँदै मुलत काम्रेडहरु राष्ट्रिय झण्डालाई यथावत नै राखिने सहमति मा पुगे । राष्ट्रिय झण्डा यथावत हुने भएपनि, झण्डामा प्रयुक्त भएका र, रुप र चिन्ह को नयाँ व्याख्या गरिने भएको छ । नयाँ व्याख्या त गरिने भएको छ तर कसको व्याख्या मान्ने मा भने अझै झगडा होला भन्ने अनुमान छ । अब काम्रेडहरु भन्लान हाम्रो व्याख्या मान्नुपर्छ, उता कांग्रेसीहरु हाम्रो व्याख्या मान्नुपर्छ भन्लान, कमल थापाहरु पनि व्याख्या मा आफ्नो हिसाब खोज्न आउलान् । ‘काम कुरो एकातिर, कुम्लो बोकी ठिमी तिर’ भन

If you want to understand today, you have to search yesterday.  ~ Pearl Buck पर्ल बक ले भनेझैँ, आजलाई बुझ्न इतिहास खोज्नु पर्ने हुन्छ ! तर हामी यस्तो कालखण्ड मा आइपुगेका छौँ कि जहाँ हामी इतिहासलाई लत्याउँदैछौँ । हामी इतिहास का विर विरंगनाहरु ले बगाएको रगत र पसिना को अवमुल्यन गर्दैछौँ । तत्कालिन समय मा सही ठहरिएका र ठहराइएका कदमहरुलाई हामी अहिले ईतिहास को कालो धब्बा भनेर, हाम्रा पुर्खाहरुलाई तथानाम गाली गरिरहेका छौँ । उनीहरु को योगदान को कदर हामीले खै, गरेको ? आज पुष २७ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस  तर हामी आज आएर उनै राष्ट्रनिर्मातालाई दोषी ठहर्याइरहेका छौँ । अनि यो ‘एकता’ भन्ने शब्दै मात्र पनि हामीलाई कुन चरा को नाम हो भन्ने भइसक्यो ! राजतन्त्र फ्याँकेर मुलुक लोकतन्त्र हुँदै गणतन्त्र मा प्रवेश गर्यो । अघिल्लो वर्ष सम्म ‘एकता दिवस’, ‘पृथ्वी जयन्ती’ मनाइरहेकालाई, पछिल्लो वर्ष देखि पृथ्वी जयन्ती मनाउनु भनेको, महापाप हो भन्ने झैँ लाग्यो । पृथ्वी जयन्ती कै दिन एकता दिवस मनाइएको पनि, उनीहरुलाई चित्त बुझेन, कारण पृथ्वीनारायण शाह शाहवंशिय राजा थिए, अनि अहिले देशमा गणतन्त्र आएर रा

विगत केही महिना देखि, हाम्रो देशमा प्रधानमन्त्री छान्ने नाटक भइरहेको छ । अब त्यो नाटक पनि नौटंकी भइसक्यो, अनि नौटंकी पनि धेरै नै भयो । ‘गर्नेलाई भन्दा देख्नेलाई लाज’ भन्याजस्तो, तिनीहरु का नौटंकी ले आजित भइसकियो, दिक्क भइसकियो । प्रधानमन्त्री का एक्ला उम्मेदवार ले १२ पटक सम्म निर्वाचन मा भाग लिएको सम्म थाहा छ तर हिजो गाइँगुँइ सुनेको, अब १७ औँ पटक को निर्वाचन पो हुँदै छ रे ! ठूला दल भनाउँदाहरुलाई मादल झैँ बजाए ठिक हुन्थे कि ? न हात्तिवन ले केही लछारपाटो लायो, न गोकर्ण ले नै केही लछारपाटो लायो ! अब मन नै नमिलेपछि, गोप्य वार्ता भन्दै मा सबै कुरा मिल्ने हैन क्यारे ! हैन, किन हामीलाई गोप्य वार्ता को निहुँ गरेर, उल्लु बनाइरहेकाछन्, यी पाजीहरुले । कति न, देश को अवस्था प्रति चिन्तित भए जस्तो नि देखाउँछन्, अनि सहमति त हरदम भन्छन् । हिजो पनि गोकर्ण मा सहमति गर्नु चाँहि पर्छ, तर कसरी गर्ने भन्ने कुरा चाँडै टुंगो लगाइनेछ भन्ने सहमति भो रे ! हुन त लाज पचेपछि, शरम नलागेपछि, जे भने नि भो, जे गरे नि भो । जनताप्रति र देशप्रति उत्तरदायी भएको भए न सोच्थे, देशको हित मा ! अब कहाँ उनीहरु को नजर प्रधानमन

गत बिहिबार नेपाली प्राइभेट टेलिकम कम्पनी ‘एनसेल’ ले सगरमाथा मा थ्रिजी सेवा सुरु गर्यो । अब पर्वतारोहीहरु ले सगरमाथा वेसक्याम्प तथा सगरमाथा को सर्वोच्च चुचुरोबाट नै, टेलिफोन गर्न मात्र होइन, भिडियो कल तथा  हाइस्पिड इन्टरनेट पनि चलाउन सक्नेछन् । Ncell ले सगरमाथा मा थ्रिजी सेवा सुरु गर्यो भन्ने बित्तिकै सारा संसार को ध्यान सगरमाथामा खिचिएको थियो । सोसल मिडिया तथा टेक्नोलोजीका टप साइटहरु मासावेल, इएनग्याजेट, गिजमोडो आदि साइटहरुले ब्रेकिङ न्युज नै दिएका थिए । त्यसबाहेक, बिबिसी टेक, गार्जियन लगायत लगभग सम्पुर्ण मिडियाहरु ले प्रमुखताका साथ समाचार प्रकाशन प्रशारण गरेका थिए । उनीहरुका लागि, यो अचम्मित तुल्याउने किसिम को समाचार थियो तर हामी नेपाली र हाम्रो नेपाल मा भने, यी कुरा ले खासै प्रभाव पारेको देखिएन । सगरमाथा मा थ्रिजी सेवाले यति धेरै चर्चा पायो कि, माइक्रोब्लगिङ साइट टुविटर मा ‘Trending Topic’ नै Mount Everest बनेको थियो । टुविटर मा विश्वभरि का मान्छेहरु अचम्मित र रोमाञ्चित हुँदै आफ्ना कुरा टुविटर मार्फत विश्वलाई सुनाइरहेका थिए । यो खबर ले उनीहरु निकै उत्साहित बनेका थिए, मलाई लाग्छ

नेपाली ब्लगरहरु को दौँतरीमा भएको अन्तिम छलफल मा आफूलाई उत्कृष्ट लागेको १० वटा ब्लगपोस्ट बारे सबैले लेख्ने भनिएको थियो ! केही साथीहरुले लेख्नु भयो पनि, तर आफ्नो व्यस्तता को कारण, आफूले भने अहिले सम्म नलेख्दा, अलि खल्लो महशुस भयो । अत: आज को यो पोष्ट मा, आफूले पढ्नेगरेका ब्लगहरु मध्येबाट आफूलाई उत्कृष्ट लागेको १३ ब्लगपोष्टहरु यहाँ राख्दैछु । पश्चिम तिर शुभ नमानिने अंक १३ नै लिएर मैले ब्लग लेखेँ है आज ! कसैलाई यहाँ आफ्नो ब्लगपोष्ट नराखिदिएको भए हुन्थ्यो, या कसैलाई आफ्नो ब्लगपोष्ट पनि भनिदिएको भए हुन्थ्यो झैँ लाग्न सक्छ, तर पनि आफूलाई साँच्चै प्रभाव परेको, घत परेको, समग्रमा भन्दा मन परेको ब्लगपोष्टहरु राख्दा यहाँहरु लाई अप्ठेरो पर्छ भने पहिले नै यहाँहरु सँग क्षमा माग्न चाहन्छु ! १३ उत्कृष्ट ब्लग भनिएपनि, यो ब्लगपोष्ट  १३ नम्बर र यो १ ब्लगपोष्ट  नम्बर भनेर चाँहि छुट्याइएको छैन है ! ***************************************************** केही रमाइला संस्मरणहरु ! - दिलीप आचार्य   दिलीप दाइ का सबै ब्लग पोष्टहरु निकै उपयोगी अनि रमाइला लाग्छन् । टेक्निकल कुराहरु पनि प्रस्ट बुझ्ने गरि ले