Skip to main content

Posts

Showing posts with the label Notebook

खबर हिजो सोमबार कै रहेछ, तर ट्विटर को ट्विटलाई पच्छ्याउँदै जाँदा, आज मंगलबार को दिन खबर थाहा भयो । खबर दुबै दुर्घटना का थिए अनि दुवै    अप्रिय   थिए । एउटा बसले बालिकालाई ठक्कर दिँदा, बालिका को मृत्यु भएछ, त्यही घटना को बहाना मा, बस का चालकलाई अराजकहरु को भिड ले कुटपिट गरेर, नदीमा बगाइदिएछन् ( बसले बालिका किचेपछि ड्राइभर भेरीमा बगाइए – नागरिक ) । ३ वर्षे बालिका को बस को ठक्कर बाट मृत्यु हुनु अत्यन्त दुखद घटना हो । दूर्घटना भन्ने कुरा जहाँकहिँ पनि हुनसक्छ, कहिँ गाडि चालक को लापरवाही देखिन्छ त कहिँ अरुहरु को, तर दोष सँधै ठूलो गाडिलाई मात्र जान्छ, यदि बस र बाइक, ठक्कर खाए थोरै ले मात्र बाइक को लापरवाही देख्छन् ! हिजो को दूर्घटना मा पनि सायद, बस चालक कै लापरवाही थियो, किनकी सानी ३ वर्षिय बालिका को बस को ठक्कर बाट मृत्यु भएको थियो । दूर्घटना बाजा बजाएर आउँदैन, त्यसलाई हामीले आकस्मिक दुर्घटना मान्नै पर्छ । तर त्यसपछि त्यहाँ का अराजक भिडहरु ले जे गरे, त्यो अति नै खेदपुर्ण र दानविय छ । नागरिक का अनुसार,  “बसले किचेर बालिकाको मृत्यु भएपछि सुर्खेत राकमका बासिन्दाले बस चालकलाई कुटपिट गरी

Society of Electrical and Electronic Engineering (SEEE) Annual Day and Farewell Program was observed in CV Raman Auditorium Kathmandu University, Dhulikhel Kavre on June 15, 2010. Farewell was given to the seniors (last years) who are going to graduate this year from Electrical and Electronic Engineering Department. In an occasion various songs and dances were performed by students of Electrical and Engineering Department, KU.  Prize were also distributed to the winners of Quiz, Volleyball, Basketball, circuit competition etc, which were organized by SEEE last year. Also, various title like Mr. Personality, Mr. All Rounder, Mr. Quite, Ms. Gorgeous etc were given to the seniors by SEEE. Aastha Bhattarai of Electrical and Electronic Engineering first year sung the first opening song in the program. Meanwhile, Aastha Shiwakoti & Lal Bhadur Budha of Electrical and Electronic Engineering  third year performed a wonderful dance. Likewise, Milan Koirala, Utsav Lamichhane, Prabesh Dh

“आकार पोष्ट” को लागि नयाँ मोबाइल भर्सन बनाइएको छ । mofuse को सहायता मा आकारपोष्ट को मोबाइल भर्सन बनाइएको हो । अब मोबाइल मा पनि सजिलैसँग आकारपोष्ट पढ्न सकिने भएको छ । मुख्य ब्लग मोबाइल मा हेर्न गाह्रो हुने तथा लोड हुन पनि धेरै समय लागेको कुरालाई मध्यनजर राख्दै, हाम्रो ध्यान मोबाइल भर्सन ब्लग तिर तानिएको हो । अब आकारपोष्ट का ब्लग शीर्षकहरु मोबाइल मा देखिनेछन् । जसलाई, क्लिक गरेपछि पुरै पोष्ट सकिने छ । मोबाइल मा सबैकुरा पढ्न सकिने भएपनि, कमेन्ट गर्न भने सकिँदैन । हुन त गुगल ले पनि, मोबाइल को लागि ब्लग फर्म्याट गरिदिने गरेको छ , तर गुगल भन्दा mofuse को सर्भिस केही हदसम्म राम्रो पाइयो । “आकारपोष्ट” मोबाइल भर्सन http://m.aakarpost.com मा हेर्न सकिने छ । मोबाइल भर्सन को निर्माण कार्य अझै जारी रहेकोले, हाललाई यो लिंक रिडाइरेक्ट गरिएको छ । साथै, “आकार टेक्नोलोजी ब्लग” को मोबाइल भर्सन पनि निर्माण गरिएको छ । आकार टेक्नोलोजी ब्लग http://mtech.aakarpost.com मा हेर्न सकिनेछ । हामीलाई आशा छ, मोबाइल भर्सन यहाँहरु ले मन पराउनुहुनेछ । मोबाइल भर्सन को लागि अझै केही काम बाँकि नै छ, यहाँहरु को सहय

खोर्सानी का बिज जस्तै भनौँ या खोर्सानी जस्तै पिरो पिरो कुरा ले ‘बिजौला’ उपन्यास भरिएको छ । उपन्यास को नाम आफैँ मा पृथक छ अनि लेखक निर्मल थापा ले ट्याग भिराइ दिएकाछन् ‘श्रंखलाहीन उपन्यास’ तर उपन्यास पढ्दा यस्तो लाग्यो कि, यो एउटा उपन्यास नभइ गाली गलौज र नकरात्मक कुराहरुले भरिएको एउटा मध्यमस्तर को कृति हो । कृति मा ‘युवक’ नाम को पात्र छ ! अनि उपन्यास त्यही युवक को जिवन भोगाइ वरिपरि अघि बढेको छ । कृतिमा डायरी मा लेखिने लवज प्रयोग भएको छ भन्दा पनि फरक पर्दैन, किनकी यो उपन्यास लेखक को डायरी लेखन कै उपज हो । समग्रमा भन्दा यो हाम्रै वरिपरि को  कथा बोकेको कृति हो, तर यसमा कुनै कथा भने छैन । लेखक ले कृति जहाँ बाट पढे पनि हुन्छ भनेकाछन्, अत: यसअर्थ मा यसलाई फरक मान्नै पर्छ । अधिकांश ठाउँ मा यहाँ गालि गलौज नै गरिएको छ, अनि जुन सन्दर्भ मा पनि नकरात्मक कुरा ले भरिएको छ । कृति मा सकरात्मक सन्दर्भ  भेट्न निकै मुस्किल पर्छ । लेखक निर्मल थापाले “यो पुस्तक मेरो पहिलो र अन्तिम उपन्यास हुनेछ र यस कृतिलाई कुनै पनि पुरस्कार दिइयो भने ससम्मान अस्विकार गर्ने रुचि छ” भनेर सुरु मै ‘आफ्नो कुरा’ अन्तर्गत लेखे

थ्रि इडियटस् (3 Idiots), बलिउड बक्स अफिसमा सुपरहिट सावित भइसक्यो । विधु विनोड चोप्डा प्रोडक्सन को ब्यानर मा राजकुमार हिरानी ले निर्माण गरेको चलचित्र थ्रि इडियटस् संसार भर का हलहरु मा हाउसफुल का साथ चलिरहेको छ । सर्वत्र यो चलचित्र को कुरा चलिरहेको छ । कोही भन्छन्, आमिर खान को हात मा अर्को सफल चलचित्र पर्‌यो । चलचित्र त एभरेज भन्दा निकै राम्रो छ । पक्कै चलचित्र धेरै राम्रो बनेको छ, धेरै पछि हल मै गएर चलचित्र हेरेर पनि आइयो । सबैको मुख मा 'All is Well' भन्ने शब्द झुन्डिरहेको छ, त्यसबाहेक 'Give me some sun shine, give me some rain' भन्ने गित पनि धेरै को मुख मा झून्डिरहेको छ । कुनै चलचित्र सफल हुनलाई अभिनय देखि लगानि, निर्देशन, संगित, कथा, पटकथा सम्म राम्रो र स्तरिय हुनुपर्छ । चलचित्र ले उठान गरेको विषय हाम्रो आफ्नै समस्या हो भन्दा फरक पर्दैन । पुरातन शिक्षा प्रणाली लाई त्यागेर नयाँ शिक्षा प्रणाली अंगाल्नुपर्छ भन्ने चलचित्र को सन्देशलाई सबैभन्दा सकरात्मक पाटो मान्नुपर्छ । यो चलचित्र सुपरहिट सावित हुँदै गर्दा, यसका अभिनेता देखि निर्देशक सम्म ले वाह वाही बटुलिरहेकाछन्, तर

स्कुटरको मिटर मा आज १७,००० किलोमिटर पुरा भएको छ । विगत ३ वर्षदेखि सार्वजनिक यातायात फाट्टफुट्ट २-४ पटक मात्र चढेकी छु । स्कुटर चढ्ने एउटा आदत भइसकेको छ, त्यसकारण कुनै बेला बस चढ्नुपर्‍यो या हिँड्नुपर्‍यो भने धेरै गाह्रो लाग्छ । मानिस materialistic कति हदसम्म हुन्छ भन्ने कुरा म आफैँबाट प्रष्ट हुन्छ । अमेरिका जान ठिक्क परेकी म I-20 नि आएको तर म यही स्कुटर कै लोभले अमेरिका गइन । म अझै अचम्म मा नै छु, बाबाले स्कुटर किनिदिन्छु भनेकोले मैले अमेरिका जाने विचार नै त्यागिदिँए । जब स्कुटर किनियो… म त एक किसिमले खुशीले पागल नै भएकी (आजकल त नर्मल नै लाग्छ)… साइकल चलाउन नआउने मलाई ‘स्कुटर’ त के आउँथ्यो, एक महिना जस्तो त हेरेर मात्र बिताँए… स्कुटर चलाउने कल्पना मा… आज ३ वर्ष पुरा भइसकेको छ, स्कुटर सँगको यात्रा… जब स्कुटर चलाउन नआएर घरमै थन्किएको हुन्थ्यो र म बस चढ्थेँ, तब म हरेक बस चढाईलाई अन्तिम मान्थेँ र मनमनै खुब खुशी हुन्थेँ… नभन्दै त्यस्तै भयो, बस मा यात्रा गर्न निकै कम हुँदै गयो ! स्कुटर अस्ति सर्भिसिङ को लागि दिएकी थिँए, त्यतिखेर मलाई बस चढ्नुपरेको थियो… धेरै समयपछि बस चढ्दा निकै रमाईलो लाग्य

धरहरा सँगै को पार्क मा आइपुगेको छु । मध्यान्न को १२ बजेको छ । फागुन महिना भएर होला, गर्मी को आभास भै’रहेको छ । केही वर्ष अघि सम्म हेर्न मात्र पाइने धरहरा केही वर्ष देखि चढ्न मिल्ने भै’सकेको छ । त्यही भएर, यहाँ धरहरा चढेर काठमाडौँ हेर्न खोज्नेहरु को भिड छ । एउटा कुना को बेन्च मा म बसिरहेको छु, प्लान केही छैन । त्यही पुल्चोक देखि हिँडेर आएको थकाइ मार्न बसिरहेको छु । “पल्पसा क्याफे” को अडियो पेनड्राइभ मा राखेर ल्याँए भर्खरै, अच्युत दाइबाट, कति खेर सुनौँ जस्तो भै’रहेको छ । म कसैलाई पर्खिरहेको पनि छैन पार्क मा, तर पनि म बसिरहेको छु, विनाकाम पार्क मा । बाहिर होहल्ला छ, गाडि को घ्यारघ्यार को आवाज आइरहेको छ । थकाइ मार्ने पार्क त हो, तर शान्त छैन । सबै आ-आफ्नै पारामा छन्, कोही एक्लै छन्, कोही ग्रुपमा छन्, कोही साथिहरु सँग छन् त कोही सपरिवार आएका जस्ता देखिन्छन् । त्यसै बस्न अल्छि लाग्यो, एउटा फ्यान्टा ल्याएँ, सेल्फ सर्भिस रहेछ । त्यो सानो बोतल को फ्यान्टा पनि १ घन्टा लाएर सिध्याँए, सायद म अझै केहिबेर यही पार्क मा बस्ने वाहाना खोज्दैथिँए । मान्छेहरु को आगमन बाक्लिएको जस्तो लाग्छ । सबै बेन्च र कु