Skip to main content

फेसबुक टाइमलाइन आइसक्यो, तपाईले एक्टिभेट गर्नु भयो त?

तीन महिना पहिले फेसबुकको ‘एफ एट’ (f8) ‘डेभ्लपर कन्फ्रेन्स’मा फेसबुकका सहसंस्थापक तथा कार्यकारी प्रमुख मार्क जकरवर्गले फेसबुक टाइमलाइन सार्वजनिक गरेका थिए ।

सानफ्रान्सिस्कोमा भएको कन्फ्रेन्समा, मार्क जकरवर्गले ‘फेसवुक प्रोफाइल’मा आमूल परिवर्तन गरिएको बताउँदै फेसबुकमा ‘टाइमलाइन’ भन्ने ‘फिचर’ थप गरिएको बताएका थिए । New Facebook“डेभ्लपर”हरुको लागि मात्र उपलब्ध “टाइमलाइन” गत हप्ता देखि भने फेसबुकले सबै प्रयोगकर्ताको लागि उपलब्ध गराएकोछ ।

फेसबुक ‘टाइमलाइन’मा, तपाईले गरेका कामहरु, बिताएका पलहरु, कहाँ जानुभयो, के गर्नुभयो भन्ने कुरालाई समय क्रममा मिलाएर राखिएकोछ । समग्रमा भन्दा ‘टाइमलाइन’ले अब आफ्नो इतिहास बताउने छ ।

फेसबुकमा इतिहास भइसकेका हाम्रा फोटोहरु, स्टाटस अपडेटहरु र आफ्ना कार्यक्रमहरुलाई अब फेसबुकले ‘अटोमेटिक’ रुपमा ‘टाइमलाइन’ मा देखाउँछ । फेसबुक टाइमलाइनलाई आफ्नो ‘इतिहास’ वा आफ्नो ‘जिवनकथा’को रुपमा बुझ्न सकिन्छ । फेसबुकमा लेखिएका स्टाटसहरु हेर्न हामीसँग, ‘ओल्डर पोष्ट’ स्क्रोल गर्दै आफ्ना पुरानाकुराहरु हेर्नु बाहेक अन्य कुनै उपाय थिएन । अब त्यसको विकल्प को रुपमा ‘फेसबुक टाइमलाइन’ आएको छ, जसमा सम्पूर्ण कुराहरु सिनेमा जसरी छर्लङ्ग हेर्नमिल्छ ।

aakarpost time line

टाइमलाइन कसरी एक्टिभेट गर्ने?

फेसबुकले सबै प्रयोकर्ताको प्रोफाइल केही महिनाभित्रै टाइमलाइनमा परिवर्तन गर्दैछ । अत: ढिलो चाँडो तपाईले चाहे पनि नचाहे पनि फेसबुक टाइमलाइन चलाउन पाउनुहुनेछ । तपाईकोमा फेसबुक प्रोफाइलमा टाइमलाइन आइसकेको छैन भने टाइमलाइन एक्टिभेट गर्नको लागि https://www.facebook.com/timeline पेजमा जानुहोस् । त्यस पेजबाट एकै क्लिकमा तपाईले टाइमलाइन एक्टिभेट गर्न सक्नुहुन्छ ।

टाइमलाइन एक्टिभेट गरिसकेपछि आफ्नो प्रोफाइलमा “कभर फोटो” राख्न भने नबिर्सिनु होला । “कभर फोटो” प्रोफाइलको माथिल्लो भागमा रहेको हुन्छ । टाइमलाइन एक्टिभेट गर्दा, फेसबुकका धेरैजसो “प्राइभेसी सेटिङ”हरु परिवर्तन हुन्छ । अत: टाइमलाइन एक्टिभेट गरिसकेपछि आफ्नो आवश्यकता अनुसार “प्राइभेसी सेटिङ” मिलाउन नबिर्सिनुहोला ।

facebook timeline

फेसबुकमा आकार

फेसबुकमा आकारपोष्ट

यो पनि - ट्वीटर अब नयाँ स्वरुपमा [The New Twitter]

Comments

  1. दूर्जेय चेतनाAugust 1, 2012 at 12:03 PM

    गर्न त गरेँ तर नबुझेरै होला अलि अल्मलिए जस्तो भा छ। बिस्तारे बानी पर्ला नि हैन त

    ReplyDelete
  2. I've active timeline. Thank you for information

    ReplyDelete
  3. Thank you very much for information. i m going to activate it now

    ReplyDelete
  4. Bhim Prasad GhimireAugust 1, 2012 at 12:03 PM

    धन्यवाद,
    नयाँ जानकारी मिल्यो । मैले झटपट एक्टिभेट गरे । 

    ReplyDelete
  5. Thank you dai. for new Information 

    ReplyDelete
  6. I better stick to the current one. i heard that once you activate that, there is no going back!

    ReplyDelete
  7. धन्यवाद,मैले एक्टिभेट गरे । 

    ReplyDelete
  8. धन्यवाद
    मैले एक्टिभेट गरे ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

म र ऊ - एउटा अनलाइन भेट [कथा]

“तिमी को हो?” मेरो प्रश्न थियो! उसले भनी, “खुशी” । “को खुशी”, मैले सोधेँ ! “ह्या, कस्तो नचिन्या होला? म खुशी के ! रहर, छायाँ, खुशी जे भने नि म नै हो के”, उसको जवाफ ! “ए, तिमी पो, कता हराकी थियौ? अब के भनौँ त तिमीलाई उसोभए?” “जे भने नि हुन्छ!” “उसोभए म खुशी भन्छु है”, मैले भनेँ ! उसले हुन्छ भन्ने जनाउ दिन, आँखा सन्काइ र लेखी “हे हे” । कुरा यसरी नै सुरु भएको थियो च्याटमा ! च्याटमा को सँग कुरा गरिरहेछु, आफैँलाई पत्तो छैन, न पहिले च्याट गरिएको थियो, न भेट नै गरिएको थियो । ट्विटरमा नाम परिवर्तन गरिरहने ऊसँग ट्विटरमा आक्कल झुक्कल कुरा गरिने भएपनि उनको ‘म्यासेज’ पहिलोपल्ट च्याटमा अकस्मात आइपुगेको थियो ! म उनको बारेमा प्रस्ट हुन सकिरहेको थिँइन ! अत: फेरि सोधेँ, “यो खुशी को हो?” मेरो प्रश्नले, उसले आफू दुखित भएको जनाउ दिन लेखी “:(” “हैन किन यति रिङ्ग्याएको मलाई”, मैले सोधेँ । “नाम मे क्या रखा है? ;)”, उसको जवाफ ! “नाममा धेरै कुरा राख्या छ हजुर, चिन्नु त पर्यो नि, आफू कोसँग कुरा गर्दैछु भनेर”, मैले भनेँ ! “पिक द नेम, तिम्लाई जुन मन पर्छ त्यही राख”, उसले मलाई नाम छान्ने अधिकार दिई ।...

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match [LIVE]

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match खेल को पहिलो हाफसम्म जोर्डन ४ गोलले अगाडि छ ! जोर्डन ले ४ गोल हानेको छ भने, नेपाल ले कुनै पनि गोल फर्काउन सकेको छैन ! पहिलो हाल्फमा जोर्डनीहरुकै दवदवा रहेको थियो । First Half Nepal 0:4 Jordan Full Time Nepal 0:9 Jordan जोर्डन को रंगशालामा भएको खेलमा जोर्डनी टिम ९:० को विशाल अन्तर ले विजयी भएको छ ! नेपाली टिम, जोर्डनी टिम को अगाडि आज कमजोर सावित भयो, खेल अवधिभर नेपाली टिम जोर्डनी टिम को दवावमा रह्यो ! नेपालले छनौटको तेस्रो चरण प्रवेश गर्न बिहीबार दशरथ रंगशालामा अर्को एक खेल खेल्नेछ ! LIVE VIDEO WAS MOVED BY NOW Though LIVE video was moved, but we have small clip. Enjoy! Here's another Video:

KU Holi 2066 [Pictures]

This year also, I’ve celebrated Holi (Fagu Purnima) at Kathmandu University, Dhulikhel Kavre. This is my 3rd Holi at KU. Holi is one of the most interesting event over here. We are preserving KU Holi Culture. HAPPY HOLI !!! We have enjoyed a lot today, hope you are also enjoying the festival of colour HOLI. Once Again Happy Holi To You All. Here,  I’m posting some pictures of KU Holi 2066. Enjoy Holi !!!      11th and 13th Photo: By Shakun

Subscribe to Aakar Post