Skip to main content

डेमोक्रेसी भिडियो च्यालेन्ज २०१० का विजयी ‘अनुप पौडेल’, हिलारी क्लिन्टनबाट सम्मानित [Photo + Video]

डेमोक्रेसी भिडियो च्यालेन्ज २०१० का विजयी ‘अनुप पौडेल’ हिलारी क्लिन्टनबाट सेप्टेम्बर १० शुक्रबार का दिन मा स्टेट डिपार्टमेन्ट अमेरिका मा  सम्मानित भएका छन् । डेमोक्रेसी भिडियो च्यालेन्ज मा पौडेल ले ‘डेमोक्रेसी इज ब्ल्याक’ शीर्षक मा भिडियो बनाएका थिए ।

सम्मान कार्यक्रम मा बोल्दै हिलारी क्लिन्टन ले भन्नुभयो - “अहिले का युवाहरु आफ्ना आवाजहरु टेक्नोलोजी को प्रयोग गरेर, नयाँ स्वरुप मा संसार सामु पस्किरहेकाछन्,  र ती युवाका आवाजहरु ले अरु हजारौँ आवाज का प्रतिनिधि गरिरहेका हुन्छन्” । कार्यक्रम का अवसर मा अर्को हप्ता भित्र डेमोक्रेसी भिडियो च्यालेन्ज को तेस्रो संस्करण सुरु गर्नलागिएको बताउनुभएको थियो । कार्यक्रम मा भिडियो च्यालेन्ज का अन्य विजेताहरुलाई पनि सम्मान गरिएको थियो ।anupडेमोक्रेसी भिडियो च्यालेन्ज २०१० का प्रतियोगीहरुको भिडियो युट्युब मा राखिएको थियो ! प्रतियोगिता मा समावेश भएका भिडियोहरु मध्ये संसारभर बाट १८ वटा भिडियो, निर्णायकहरु ले छानेका थिए । छानिएका भिडियोलाई युट्युब मार्फत जुन १५ सम्म  अनलाइन भोटिङ गरिएको थियो । नेपाल बाट दक्षिण एसिया को प्रतिनिधित्व गर्दै, अनुप पौडेल को भिडियो ‘डेमोक्रेसी इज ब्ल्याक’ सर्वोत्कृष्ट ठहरिएको थियो ।

प्रतियोगीता मा विजयी अनुप पौडेल को अमेरीकी (लसएन्जल, न्युयोर्क तथा वासिङ्गटन) भ्रमण को सम्पुर्ण खर्च अमेरीकी सरकार ले व्यहोरेको थियो । साथै, अमेरीका भ्रमण को अवसरमा विभिन्न फिल्म अर्गनाइजेसन्, विभिन्न विशिष्ट व्यक्तिहरु सँग पनि भेटघाट भएको थियो । अनुप ले आफ्नो भिडियो ‘Motion Picture Association of America’ मा पनि देखाएका थिए ।

हिलारी क्लिन्टन बाट सम्मानित भएपछि, अनुप को पहिलो प्रतिक्रिया थियो, ‘मलाई, आफूलाई संसार को सर्वोच्च शिखर सगरमाथा मा पुगेको झैँ आभाष भइरहेको छ’ ।  ( I feel like i am in the peak of Mount Everest....today Hillary Clinton awarded us.)

अनुप पौडेललाई  हाम्रो तर्फबाट फेरि एकपटक हार्दिक बधाइ तथा शुभकामना !!!

anup1 hilari clinton hillary clinton greet

Watch Video: Hillary Clinton Greets Winners of 2010 Democracy Video Challenge

All photos by Anup Podel, except last photo. Last photo is taken from america.gov.

Comments

  1. अनुप पौडेललाई हार्दिक बधाई र तपाईँलाई धन्यवाद् । यो विषयमा भोट हाल्ने देखि सबै जानकारी तपाईँकै ब्लगबाट पाएको हो मैले :)

    ReplyDelete
  2. Its an honor and great to be proud of Anup...I am really proud and happy....many many congratulations..

    ReplyDelete
  3. Its an honor and great to be proud of Anup...I am really proud and happy....many many congratulations..

    ReplyDelete

Post a Comment

Popular posts from this blog

नियात्रा : घान्द्रुक को घुमाइ -१

शैक्षिक अध्ययन/ भ्रमण जान नपाएको धुनमा हामी एकपटक विद्यार्थीहरुकै पहलमा चिसापानी पुगिसकेका छौं। सुन्दरीजलबाट एकदिनको पदयात्रामा चिसापानी पुग्न सकिन्छ। सन् २००९ अक्टोबरको महिना। जहिले पनि शैक्षिक अध्ययन/ भ्रमणमा नलगिएको वा घुम्न नपाएको पिडाले मन भरिरहने हामी विद्यार्थीहरुलाई फेरी एकपटक घुम्नजान मन लाग्न थाल्यो। घुम्न मन लाग्यो भनौं कि पढ्न मन लागेन भनौं?... जे बुझेपनि हुन्छ। जता गएपनि सत्य तपाईंकै बटोमा हिँडेको हुनेछ। घुम्न त जाने, तर कहाँ? प्रेम छिरिङग् शेर्पाको दिमाग यहाँनेर हामी सबैको भन्दा छिटो चल्छ, जहिलेपनि। फेरी अच्चमको कुरा के भने नि- नेपालमा अधिकांश ‘घुम्ने’ ठाउँ कि त प्रेम छिरिङग् पुगिसकेको छ कि त उसका साथीहरु। निकै नै रसिक छन् हाम्रा साथी प्रेम छिरिङग् शेर्पा। हामी अधिकांश छात्रहरुलाई भक्तपुरको छ्याङग्शाला, काठमाडौंको टुकुचे भान्छा घर आदी देखाउने श्रेय यीनैलाई जान्छ। यो श्रेय कम्तिमापनि म, उसलाई कृतज्ञताका साथ दिन चाहान्छु। अघिल्लो पल्ट गएको चिसापानि पदयात्रा पनि प्रेम छिरिङग् कै सक्रियतामा संम्भव भएको थियो। त्यसैले यसपटकको यात्राको निणर्य गर्ने जिम्मा पनि प्रेम र गौरबलाई

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही &q

एक रातको कथा

भो लिपल्ट घर फर्कने रात थियो । सम्पूर्ण सामानहरु प्याक गरिसकेपनि केहि छुटेछकी भनि सोच्न बसेको थिएँ । कतैबाट तिरिरि बाँसुरीको धुन सुन्दा मनै आनन्दित भयो । "ए, निदाइस क्या हो ? फोन बजिरहेछ", रुममेटले चिच्यायो । कल रिसिभ गरेँ, निद्राकै झोकँमा, "हेलो, सुनन आज म नेपाल बाहिर जाँदैछु, यस अघि पनि कल गर्न पाइन । म विस्तारमा पछि कल गरौँला", एउटा हतारिएको खवर सुने । "ए ....., शुभयात्रा है", भने तर म अझै पनि निद्रामै थिए । वास्तवमा उनिलाई मैंले ठम्याउनै सकिन, सायद निद्रामा भएरै होला, न त नाम नै सोध्न भ्याँए आफ्ना सबै परिचित व्यक्तिहरुलाई याद गर्दा पनि त्यो आवाज ठम्याउन सकिन । अब मात्र मैले प्रतिक्षा गर्नुपर्नेछ, उनको दोस्रो कलको । अर्को विहानै आफ्नो वाटो लागिसकेको थिएँ । यात्राका दौरानमा मेरो मन सधैं मेरो जन्मथलो पुगिरहेको हुन्थ्यो । जुन माटोमा म जन्मे, जहाँ हुर्केँ, मेरो वात्सल्य , बालसखा सबै झल्झल्ती याद आउन थाले । मलाई घर छिटो पुग्नु छ, किनभने मेरो प्रतिक्षामा कसैले धेरै महिना विताएको छ । त्यही बेला मैले लेख्न थालेँ : “मेरो आउने वाटो हेरी, चौतारीमा कुर्छे होली,

हाम्रो नेपाली किबोर्ड अब आइफोनमा

बहुप्रतिक्षित हाम्रो नेपाली किबोर्ड अब आइफोन/आइप्याडमा उपलब्ध भएको छ । हाम्रो पात्रो तथा एन्ड्रोइडका लागि हाम्रो नेपाली किबोर्डको सफलता पछि, हाम्रो पात्रो टिमले आइफोनको लागि यो नयाँ किबोर्ड सार्वजनिक गरेको हो । एन्ड्रोइड नेपाली किबोर्ड मा झैँ यस किबोर्डमा पनि हामीले प्रयोग गर्दै आएको नेपाली रोमनाइज्ड किबोर्ड , नेपाली ट्रेडिसनल (बकमन) आदि लेआउटहरु समावेश गरिएकोछ । एपस्टोरबाट किबोर्ड डाउनलोड गरेर आइफोनको सेटिङमा यो नयाँ किबोर्ड 'एड' गरेपछि, जुनसुकै एपमा सरर नेपाली टाइप गर्न सकिन्छ । हाम्रो पात्रो किबोर्डमा नेपालीमा 'अटो सजेसन'हरु देखाउने हुँदा, टाइपिङ छिटो हुन्छ । ➤ आइफोन / आइप्याडको लागि हाम्रो किबोर्ड एप डाउनलोड गर्नुहोस्

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब

Subscribe to Aakar Post