डेमोक्रेसी भिडियो च्यालेन्ज २०१० का विजयी ‘अनुप पौडेल’ हिलारी क्लिन्टनबाट सेप्टेम्बर १० शुक्रबार का दिन मा स्टेट डिपार्टमेन्ट अमेरिका मा सम्मानित भएका छन् । डेमोक्रेसी भिडियो च्यालेन्ज मा पौडेल ले ‘डेमोक्रेसी इज ब्ल्याक’ शीर्षक मा भिडियो बनाएका थिए ।
सम्मान कार्यक्रम मा बोल्दै हिलारी क्लिन्टन ले भन्नुभयो - “अहिले का युवाहरु आफ्ना आवाजहरु टेक्नोलोजी को प्रयोग गरेर, नयाँ स्वरुप मा संसार सामु पस्किरहेकाछन्, र ती युवाका आवाजहरु ले अरु हजारौँ आवाज का प्रतिनिधि गरिरहेका हुन्छन्” । कार्यक्रम का अवसर मा अर्को हप्ता भित्र डेमोक्रेसी भिडियो च्यालेन्ज को तेस्रो संस्करण सुरु गर्नलागिएको बताउनुभएको थियो । कार्यक्रम मा भिडियो च्यालेन्ज का अन्य विजेताहरुलाई पनि सम्मान गरिएको थियो ।डेमोक्रेसी भिडियो च्यालेन्ज २०१० का प्रतियोगीहरुको भिडियो युट्युब मा राखिएको थियो ! प्रतियोगिता मा समावेश भएका भिडियोहरु मध्ये संसारभर बाट १८ वटा भिडियो, निर्णायकहरु ले छानेका थिए । छानिएका भिडियोलाई युट्युब मार्फत जुन १५ सम्म अनलाइन भोटिङ गरिएको थियो । नेपाल बाट दक्षिण एसिया को प्रतिनिधित्व गर्दै, अनुप पौडेल को भिडियो ‘डेमोक्रेसी इज ब्ल्याक’ सर्वोत्कृष्ट ठहरिएको थियो ।
प्रतियोगीता मा विजयी अनुप पौडेल को अमेरीकी (लसएन्जल, न्युयोर्क तथा वासिङ्गटन) भ्रमण को सम्पुर्ण खर्च अमेरीकी सरकार ले व्यहोरेको थियो । साथै, अमेरीका भ्रमण को अवसरमा विभिन्न फिल्म अर्गनाइजेसन्, विभिन्न विशिष्ट व्यक्तिहरु सँग पनि भेटघाट भएको थियो । अनुप ले आफ्नो भिडियो ‘Motion Picture Association of America’ मा पनि देखाएका थिए ।
हिलारी क्लिन्टन बाट सम्मानित भएपछि, अनुप को पहिलो प्रतिक्रिया थियो, ‘मलाई, आफूलाई संसार को सर्वोच्च शिखर सगरमाथा मा पुगेको झैँ आभाष भइरहेको छ’ । ( I feel like i am in the peak of Mount Everest....today Hillary Clinton awarded us.)
अनुप पौडेललाई हाम्रो तर्फबाट फेरि एकपटक हार्दिक बधाइ तथा शुभकामना !!!
Watch Video: Hillary Clinton Greets Winners of 2010 Democracy Video Challenge
All photos by Anup Podel, except last photo. Last photo is taken from america.gov.