सत्ता प्राप्ति को लागि, जनआन्दोलन भन्दै ६ दिन सम्म गरिएको बन्द अनन्त माओवादी ले फिर्ता लिएको छ । केही दिन शान्तिपुर्ण रहेको आन्दोलन मा, जब जनता को विरोध मिसिन थाल्यो, तब धमिलो पानी मा माछा मार्ने खेल भयो । तनाव बढ्यो, हिँसा भड्कियो । मुख्य कुरा, बन्द कसैलाई पनि मन परेन, माओवादी शैली कसैलाई पचेन ।
हिजो अस्ति नैकाप, सतुंगल, नैकाप, बुढानिलकण्ठ, कपन, भक्तपुर लगायत का क्षेत्र मा झडप भएको थियो, बन्द को प्रतिकार गर्ने क्रम मा, किनकी जनता आजित भइसकेकाथिए, बन्द र हड्ताल बाट ! आज शान्ति र्याली थियो, वसन्तपुर मा तर माओवादीले सहभागिहरुलाई बाटो बाटो मै छेक्ने र कुट्ने काम गरे ! चाबहिल, कुपन्डोल आदि ठाउँमा माओवादी ले शान्ति र्याली मा सहभागि हुन जानेहरु लाई रोके । त्यसका बाबजुद, वसन्तपुर मा सभा भयो, अनि जनसागर स्वतस्फुर्त रुपमा र्याली मा परिणत भयो।तर र्याली भृकुटिमण्डप मा पुग्दा, तनाव को स्थिति देखियो ।
धेरैको मुख बाट सुनियो, प्रहरी सक्रियता नभएको भए, आज ठूलै क्षति हुने थियो । यति मात्र हैन, यही आज कै कारण भोलि, पर्सि झनै मुठभेड चर्कने स्थिति थियो । तर आज बसेको माओवादी को बैठक ले बन्द फिर्ता लिने कार्यक्रम गरेर, देशलाई ठूलो मुडभेड बाट बचायो । भलै, माओवादीले आज को शान्ति र्याली मा जनता देखेन, ‘भाडा का मान्छे’ देख्यो, तर उसले अनन्त जनता भनेर आत्मसाथ गर्यो । सरकार ले “जनता-जनता” को भिडन्त गराउन खोज्यो भनेर, प्रचण्ड ले साँझ को बैठक पछि भने । धन्यवाद छ प्रचण्ड, देशलाई मुडभेड बाट जोगायौ, जनधन को क्षति हुनु भन्दा पहिले नै, आफूलाई सम्हाल्यौ !
जहाँ सम्म सत्ता प्राप्ति को कुरा र सरकार निर्माण को कुरा छ । त्यो वार्ता बाटै सहमति मा माओबादि पुग्छ भन्ने विश्वास छ । माओवादी को आन्दोलन देखेर सरकार ले पनि, माओवादी शक्ति को आकलन त गरेकै होला, तर एउटा कुरा चाँहि भन्नै मन लाग्यो । माओवादी को आन्दोलन सोचिएको भन्दा केयौँ गुणा शान्तिपुर्ण थियो ।शान्ति प्रकृया र संविधान निर्माण को कामलाई माओवादी ले जागरुकता का साथ उठाएर अघि बढ्छ भन्ने आशा गरौँ । कामना गरौँ, फेरि माओवादीले यस किसिम को हडताल भने नगरोस्, यी माथि का कुराहरु, सरकारी तवर मा हुने कुराहरु, आपसी छलफल बाट नै मिलाउन् । जनतालाई शान्ति र संविधान चाहिएको हो, कुर्सी मा जो बस्छौ बस, तर यत्ति हो कि, जनता को पनि आवाज सुन्ने गर ! खैर, कुरा जेसुकै होस्, प्रचण्डलाइ धन्यवाद दिइनरहन सकिँदैन, देशलाई ठूलो मुडभेड को खतरा बाट जोगायौ, धन्यवाद प्रचण्ड !
वसन्तपुर मा गरिएको शान्ति सभा मा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) ले गरेको सम्बोधन को भिडियो हेर्नुहोस् ।