Skip to main content

Thank You Prachanda !

सत्ता प्राप्ति को लागि, जनआन्दोलन भन्दै ६ दिन सम्म गरिएको बन्द अनन्त माओवादी ले फिर्ता लिएको छ । केही दिन शान्तिपुर्ण रहेको आन्दोलन मा, जब जनता को विरोध मिसिन थाल्यो, तब धमिलो पानी मा माछा prachandaमार्ने खेल भयो । तनाव बढ्यो, हिँसा भड्कियो । मुख्य कुरा, बन्द कसैलाई पनि मन परेन, माओवादी शैली कसैलाई पचेन ।

हिजो अस्ति नैकाप, सतुंगल, नैकाप, बुढानिलकण्ठ, कपन, भक्तपुर लगायत का क्षेत्र मा झडप भएको थियो, बन्द को प्रतिकार गर्ने क्रम मा, किनकी जनता आजित भइसकेकाथिए, बन्द र हड्ताल बाट ! आज शान्ति र्याली थियो, वसन्तपुर मा तर माओवादीले सहभागिहरुलाई बाटो बाटो मै छेक्ने र कुट्ने काम गरे ! चाबहिल, कुपन्डोल आदि ठाउँमा माओवादी ले शान्ति र्याली मा सहभागि हुन जानेहरु लाई रोके । त्यसका बाबजुद, वसन्तपुर मा सभा भयो, अनि जनसागर स्वतस्फुर्त रुपमा र्याली मा परिणत भयो।तर र्याली भृकुटिमण्डप मा पुग्दा, तनाव को स्थिति देखियो ।

धेरैको मुख बाट सुनियो, प्रहरी सक्रियता नभएको भए, आज ठूलै क्षति हुने थियो । यति मात्र हैन, यही आज कै कारण भोलि, पर्सि झनै मुठभेड चर्कने स्थिति थियो । तर आज बसेको माओवादी को बैठक ले बन्द फिर्ता लिने कार्यक्रम गरेर, देशलाई ठूलो मुडभेड बाट बचायो । भलै, माओवादीले आज को शान्ति र्याली मा जनता देखेन, ‘भाडा का मान्छे’ देख्यो, तर उसले अनन्त जनता भनेर आत्मसाथ गर्यो । सरकार ले “जनता-जनता” को भिडन्त गराउन खोज्यो भनेर, प्रचण्ड ले साँझ को बैठक पछि भने । धन्यवाद छ प्रचण्ड, देशलाई मुडभेड बाट जोगायौ, जनधन को क्षति हुनु भन्दा पहिले नै, आफूलाई सम्हाल्यौ !

जहाँ सम्म सत्ता प्राप्ति को कुरा र सरकार निर्माण को कुरा छ । त्यो वार्ता बाटै सहमति मा माओबादि पुग्छ भन्ने विश्वास छ । माओवादी को आन्दोलन देखेर सरकार ले पनि, माओवादी शक्ति को आकलन त गरेकै होला, तर एउटा कुरा चाँहि भन्नै मन लाग्यो । माओवादी को आन्दोलन सोचिएको भन्दा केयौँ गुणा शान्तिपुर्ण थियो ।बसन्तपुरमा भएको शान्तिसभाका सहभागी। तस्बिरः चन्द्रशेखर कार्कीशान्ति प्रकृया र संविधान निर्माण को कामलाई माओवादी ले जागरुकता का साथ उठाएर अघि बढ्छ भन्ने आशा गरौँ । कामना गरौँ, फेरि माओवादीले यस किसिम को हडताल भने नगरोस्, यी माथि का कुराहरु, सरकारी तवर मा हुने कुराहरु, आपसी छलफल बाट नै मिलाउन् । जनतालाई शान्ति र संविधान चाहिएको हो, कुर्सी मा जो बस्छौ बस, तर यत्ति हो कि, जनता को पनि आवाज सुन्ने गर ! खैर, कुरा जेसुकै होस्, प्रचण्डलाइ धन्यवाद दिइनरहन सकिँदैन, देशलाई ठूलो मुडभेड को खतरा बाट जोगायौ, धन्यवाद प्रचण्ड !

वसन्तपुर मा गरिएको शान्ति सभा मा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) ले गरेको सम्बोधन को भिडियो हेर्नुहोस् ।

MAHA - Madan Krishna & Haribansha at Basantapur Peace Rally

Comments

  1. जनसागर कस्तो हुन्छ देखेर कट्टु भिज्यो होला नि कामरेड को !

    ReplyDelete
  2. AnuragFromDhulikhelMay 8, 2010 at 3:11 AM

    माओवादीको असली चरित्र अनी जङगली ब्यबहार अब धेरै सहन सक्दैनन नि जनताले.... प्रचन्ड लगायताका देश बिगारने कुलङार कपुतहरुले अब जनता 'भेडा छैनन भनेर जाने हुन्छ । आम हड्ताल तुहिनु जनता प्रतिकारमा उत्रेर हो सबैलाई चेतना भया । प्रचन्ड नामधारी जनावर लाई धन्यवाद दियिरहनु जरुरी छैन 'आकार' कम्रेड ।

    ReplyDelete
  3. AnuragFromDhulikhelMay 8, 2010 at 3:12 AM

    माओवादीको असली चरित्र अनी जङगली ब्यबहार अब धेरै सहन सक्दैनन नि जनताले.... प्रचन्ड लगायताका देश बिगारने कुलङार कपुतहरुले अब जनता 'भेडा छैनन भनेर जाने हुन्छ । आम हड्ताल तुहिनु जनता प्रतिकारमा उत्रेर हो सबैलाई चेतना भया । प्रचन्ड नामधारी जनावर लाई धन्यवाद दियिरहनु जरुरी छैन 'आकार' कम्रेड ।

    ReplyDelete
  4. एक हिसाबले यसपालीको "आम हडताल" ले केही राम्रो सन्देश पनि दिएको छ जस्तो लाग्दैछ मलाई । कमसेकम अब देखि कुनै पनि दलले केहि हजार कार्यकर्ता प्रयोग गरेर सदनको अधिकार सडकबाट हत्याउन खोज्नुभन्दा पहिला ३ चोटी सोच्नेछन ।

    आम हडताल फिर्ताको स्वागत गर्छु तर प्रचण्डलाई धन्यवाद भने भन्न सक्दिन म, किनकी यो मेरो संवैधानिक अधिकार हो ।

    ReplyDelete
  5. नसकेपछि फिर्ता भईहाल्छन् नि जो पनि ! धन्यवाद दिइरहनु पर्छ जस्तो लाग्दैन, दिलीप दाइले भनेजस्तै संवैधानिक अधिकार हो मेरो पनि, वाईसिएलले नकुटुञ्जेलसम्म । आडम्बर र घमण्डको एउटा युगको अन्त्य भएको छ ।

    ReplyDelete
  6. Yes,...but its our perception... Their decision have saved us from further clashes... :D

    ReplyDelete
  7. कमरेड प्रचण्डेको कट्टू त पक्कै भिज्ने नै भयो नि। नेपाली जनता जब सडकमा आउँछन् माउबादी त के माउबादीको बाउ पनी भाग्नु पर्छ । त्यसले जस्तो भाडाका टट्टुहरु ल्याएका हैन नि । जनतालाइ अति भए पछि निस्केको जनसागर थियो । यदी हिजो नै माउबादीको बुद्धिको बिर्को नखुलेको भए त्यसको कट्टुमात्र भिज्ने हैन लुक्ने प्वालसम्म पनि भेट्ने थिएन ।

    ReplyDelete
  8. कमरेड प्रचण्डेको कट्टू त पक्कै भिज्ने नै भयो नि। नेपाली जनता जब सडकमा आउँछन् माउबादी त के माउबादीको बाउ पनी भाग्नु पर्छ । त्यसले जस्तो भाडाका टट्टुहरु ल्याएका हैन नि । जनतालाइ अति भए पछि निस्केको जनसागर थियो । यदी हिजो नै माउबादीको बुद्धिको बिर्को नखुलेको भए त्यसको कट्टुमात्र भिज्ने हैन लुक्ने प्वालसम्म पनि भेट्ने थिएन ।

    ReplyDelete
  9. नसकेपछि फिर्ता भईहाल्छन् नि जो पनि ! धन्यवाद दिइरहनु पर्छ जस्तो लाग्दैन, दिलीप दाइले भनेजस्तै संवैधानिक अधिकार हो मेरो पनि, वाईसिएलले नकुटुञ्जेलसम्म । आडम्बर र घमण्डको एउटा युगको अन्त्य भएको छ ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match [LIVE]

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match खेल को पहिलो हाफसम्म जोर्डन ४ गोलले अगाडि छ ! जोर्डन ले ४ गोल हानेको छ भने, नेपाल ले कुनै पनि गोल फर्काउन सकेको छैन ! पहिलो हाल्फमा जोर्डनीहरुकै दवदवा रहेको थियो । First Half Nepal 0:4 Jordan Full Time Nepal 0:9 Jordan जोर्डन को रंगशालामा भएको खेलमा जोर्डनी टिम ९:० को विशाल अन्तर ले विजयी भएको छ ! नेपाली टिम, जोर्डनी टिम को अगाडि आज कमजोर सावित भयो, खेल अवधिभर नेपाली टिम जोर्डनी टिम को दवावमा रह्यो ! नेपालले छनौटको तेस्रो चरण प्रवेश गर्न बिहीबार दशरथ रंगशालामा अर्को एक खेल खेल्नेछ ! LIVE VIDEO WAS MOVED BY NOW Though LIVE video was moved, but we have small clip. Enjoy! Here's another Video:

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

डर : एक अनुभव

डर अर्थात Fear. गुगल मा Fear भन्ने शब्द खोज्यो भने १५०,०००,००० वटा नतिजा निस्कन्छन्। तर आफ्नो जिवन मा डर खोज्यो भने, त्यो भन्दा सायद धेरै डरहरु पत्ता लाग्छन् होला ! सबैभन्दा धेरै लाग्ने डर भनेकै 'मर्ने डर' हो । जन्मेपछि मर्नुपर्छ भन्ने थाहा छ, तर अहिले को उमेर मा यही कुरा ले डर लगाउँछ कहिँ सुईकिने त हैन भनेर ! वृद्ध अवस्था मा के हुन्छ थाहा भएन, तर सबैलाई लाग्ने सबैभन्दा ठूलो डर चाँहि मृत्यु कै हो । मृत्यु पछि अन्य डरहरु आउँछन् । विद्यार्थीलाई हरेक परीक्षा मा राम्रो गर्न सक्दिन कि भन्ने डर लाग्छ। अस्ति को दिन पनि पत्रिका मा आएको थियो, एसएलसी को कपी मा विद्यार्थीहरु ले पैसा राखेछन्, पास गराइदिनु भन्दै, किनकी उनीहरुलाई डर छ, फेल भइएला कि भनेर ! व्यापारीलाई आफ्नै किसिम को डर छ, लगानी डुब्ने हो कि, नाफा नहुने हो कि ? नेतालाई आफ्नै डर छ, कतै कुर्सी गुम्ने हो कि, कतै त्यो पो सत्ता मा पुग्ने हो कि ? कसैलाई के को डर, कसैलाई के को डर ? डर सँधै हाम्रै वरिपरि सँधै घुमिरहेको हुन्छ र हरेक क्षण सतर्क गराइरहेको हुन्छ । आज चाँहि म, सुनेका कुराहरुका कारण बालमष्तिस्क मा उब्जिने डर को बारेमा कुरा...

My First Post on Blog

Subscribe to Aakar Post